मोहम्मद हबिब

छिमेकी बजारमा संक्रमित देखिएपछि मर्चवार त्रसित

शनिबार, २२ चैत २०७६

मर्चवार नजिकैको भारतीय बजार क्षेत्र कोल्हुईमा कोरोना संक्रमित देखिएपछि यस क्षेत्रका नागरिक त्रसित बनेका छन्। नेपालसँगै टाँसिएका भारतको कोल्हुई र पुरन्दरपुर थाना क्षेत्रका ६ जना विरामीमा कोरोनाको संक्रमित पुष्टी भएपछि शनिबार विहानैदेखि सीमा क्षेत्रका स्थानीय त्रसित छन्ं। टासिएको मर्चवार क्षेत्र पनि संक्रमित हुन सक्ने भन्दै उच्च सावधानी अपनाउन स्थानीय सरकारले आग्रह गरेको छन्।

क्वारेन्टाइनमा रहेका नागरिकलाई विशेष निगरानी गरिने

शुक्रबार, २१ चैत २०७६

सीमाबाट उद्वार गरिएका नेपाली र भारतीय नागरिकहरुको विषयलाई लिएर बेलहियामा नेपाल–भारत सुरक्षा अधिकारी बीच छलफल भएको छ।

भाइरसको जोखिमसगैँ आयात, भन्सारमा छैन स्यानीटाइज गर्ने संयन्त्र

बिहिबार, २० चैत २०७६

सरकारले नेपाल–भारत आवगमनमा बन्देज लगाए पनि सामान आयात निर्यातमा कुनै बन्देज लगाएको छैन। उपभोग्य र अतिआवश्यक सामान दैनिक निर्वाधरुपमा भारतबाट आइरहेका छन्। सर्वसाधरण नआए पनि मालबाहक सवारीसाधानसहित सवार चालक र सह चालकलाई दुवै देश प्रवेश सहज रुपमा दिइरहेको छ।

कोरोना ल्याब शुक्रबारसम्म सञ्चालनमा आउने

बुधबार, १९ चैत २०७६

भैरहवाको अञ्चलपुरस्थित गहुबाली अनुसन्धान केन्द्र परिसरमा निर्माणाधिन कोरोना ल्याब शुक्रबारसम्म सञ्चालनमा ल्याइने भएको छ।

नेपालीलाई नौतनवा र भारतीयलाई भैरहवा क्वारेन्टाइनमा राखिदैं

बुधबार, १९ चैत २०७६

नेपाल भारत सीमा बेलहिया नाकामा अलपत्र परेका नेपाली र भारतीयलाई उद्वार गरिएको छ । नेपाल र भारत दुई देशका स्थानीय सुरक्षा निकायको छलफलले दुबै देशतर्फ अलपत्र परेका नागरिकलाई आआफ्नै देशतर्फ व्यवस्थापन गर्ने सहमति अनुरुप उद्वार गरिएको हो।

भैरहवामा थोक पसल नखुल्दा रित्तिदै दैनिक उपभोग्य सामान

मङ्गलबार, १८ चैत २०७६

सरकारले दैनिक उपभोग्य वस्तुको उत्पादन र विक्री वितरण नियमित गर्ने भने पनि बजारका थोक पसल नखुल्दा सर्वसाधरणले सास्ती खेप्नु परेको छ।भैरहवाको मुख्य बजार गल्लामण्डी लगायत यस क्षेत्रको थोक खाद्यान्न पसलहरु नखुलेपछि फुटकर पसलमा दैनिक उपभोग्य सामान रित्तिदै गएको हो।

प्रवेशको लागि दशगजामै नाराबाजी

मङ्गलबार, १८ चैत २०७६

नेपाल–भारत सीमा बेलहिया पारी रोकिएका नेपालीहरुले सोमबार राति दशगजामा नाराबाजी गरेका छन्। शनिबारदेखि भारतको दिल्लीसहित विभिन्न शहरहरुबाट सिमामा रोकिएका ३ सय ५० बढि नेपालीले प्रवेशको माग गर्दै दशगजामा उत्रेका हुन्।

बेलहिया नाकामा साढे २ सय बढी नेपाली दुई दिनदेखि अलपत्र

सोमबार, १७ चैत २०७६

भारतबाट नेपाल फर्कनेहरुको संख्या अझै रोकीएको छैन। रुपन्देहीको बेलहिया नाकाबाट अहिले पनि भारतका बभिन्न शहरबाट घर जान भन्दै नेपालीहरु आइरहेका छन्। तर नाका बन्द र लकडाउन भएका कारण ती नेपालीहरु दुई दिनदेखि सीमामै अलपत्र छन्। शनिबारदेखि सोमबारसम्म आएका साढे २ सय बढी नेपालीहरु अहिले बेलहिया नाका पारी सुनौलीमा अलपत्र छन्। त्यसरी आउनेमा केही भारतका बिभिन्न शहरमा अध्ययनरत किशोर किशोरी र केही महिला पनि छन्।

बुटवलको कोरोना विशेष अस्पतालमा एकको मृत्यु

आइतबार, १६ चैत २०७६

बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा उपाचाररत युवकको मृत्यु भएको छ। दुबईबाट नेपाल आएका सैनामैना नगरपालिका-४ का ३४ वर्षिय बाबुराम थापाको आइसोलेसन कक्षमै मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए जानकारी दिए।

वडाध्यक्षको समन्वयमा अत्यावश्यक बस्तु उपलब्ध गराइने

शुक्रबार, १४ चैत २०७६

कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि सिद्धार्थनगर नगरपालिकाले  कोष स्थापना गरेको छ। भाइरसका कारण उत्पन्न भएको विपदलाई तत्काल व्यवस्थापन गर्न सिद्धार्थनगर नगरपालिकाको बैठकले ११ लाख ५१ हजार रुपैया विनियोजन गर्दै कोष खडा गरेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख मेयर हरि प्रसाद अधिकारीले जानकारी दिए।

कतार एयरबाट आएका २ जना सम्पर्कमा एक जनाको खोजी

बिहिबार, १३ चैत २०७६

कोरोना संक्रमित युवतीसँगै कतारबाट चैत ४ गते नेपाल आएका रुपन्देहीका ३ जना मध्ये २ जनालाई सम्पर्कमा आइसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक हेमकुमार थापाले बताए । रोहिणाी गाउँपालिका वडा न २ का मेराज अहमद र तिलोत्तमाका यात्रु सम्पर्कमा आइसकेका छन् द्वयको अवस्था सामान्य छ, स्वास्थ्य चेकजाँच गरी क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको प्रहरी उपरिक्षक थापाले बताए। संक्रमितसंगै आएको एक जान यात्रुको खोजी भइरहेको छ।

१४ दिन क्वारेन्टाइन राखिने

बिहिबार, १३ चैत २०७६

नेपाल भारत सिमानाका बेलहिया–सुनौली दशगजामा अलपत्र परेका नेपालीलाई बिहीबार दिउँसो १२ बजे उद्वार गरिएको छ। भारतको विभिन्न राज्यबाट आएका ४ विद्यार्थीसहित २९ जना नेपालीलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीको निर्देशनमा क्वारेन्टाइनमा राखिएको छ।

आइसोलेसनमा उपचाररत विरामीमा कोरोना 'नेगेटिभ'

बुधबार, १२ चैत २०७६

भिम अस्पतालको आइसोलेसन कक्षमा उपचाररत प्युठानको विरामीमा कोरोना नेगेटिभ देखिएको छ।

भैरहवामा कोरोना उपचार केन्द्र र ल्याब बन्ने

बुधबार, १२ चैत २०७६

भैरहवास्थित भिम अस्पतालमा रहेको आइसोलेसन कक्षलाई कोरोना उपचार कक्षको रुपमा स्थापना गर्न लागिएको छ। प्रदेश सरकारको मन्त्री परिषदको निर्णय अनुसार भीम अस्पताललाई कोभिड–१९ समर्पित अस्पतालको रुपमा विकसित गर्ने निर्णय बमोजिम कोरोना उपचार कक्षको रुपमा स्थापना गर्न लागिएको हो।

भैरहवामा लकडाउन थप प्रभावकारी

बुधबार, १२ चैत २०७६

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले मंगलबारदेखि गरेको लकडाउन दोस्रो दिन अझै प्रभावकारी देखिएको छ। कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि गरेको लकडाउनमा सुरक्षा संयन्त्र कडा रुपमा लागेपछि रुपन्देहीको भैरहवा क्षेत्रमा पहिलो दिन भन्दा आज थप प्रभावकारी देखिएको हो।

लकडाउन प्रभावः सुनसान भैरहवा, नियम उल्लंघन गर्ने पाँच जना पक्राउ (फोटो फिचरसहित)

मङ्गलबार, ११ चैत २०७६

कोभिड–१९ भाइरस संक्रमणको जोखिमबाट बच्न सरकारले आज बिहान ६ बजेदेखि लागू गरेको लकडाउनका कारण रुपन्देहीको भैरहवा पनि सुनसान देखिएको छ। ‘लक डाउन’ ले बेलहियाको सीमा नाकाबाट मालबाहक सामान बोक्ने गाडी केही आए पनि भैरहवा बजार सुनसान बनेको हो।

तेल भर्न गएको ट्याङकर गोरखपुर सीमाबाट फिर्ता

मङ्गलबार, ११ चैत २०७६

नेपाल भारत सीमा रुपन्देहीको बेलहिया हुँदै खाली ट्याङकरहरु नेपाल फिर्ता आएको छ। नेपाल आयल निगमको भलवारी डिपोका लागि भारततर्फ पेट्रोलियम पदार्थ बोक्न गएका ट्याङ्करहरुलाई भारतीय पक्षले प्रवेश नदिएपछि रित्तै फकिएको छ।

सुरक्षा निकायबाट स्वास्थ्य परीक्षण, भारतीय बालिका सीमाबाट फिर्ता

शनिबार, ०८ चैत २०७६

कोरोना भाइरसको जोखिम देखिएसंगै न्यूनीकरणका लागि बेलहिया नाकाबाट नेपाल र भारतका दुई देशीय बस सेवा स्थगन गरिएको छ।

लक्ष्य बिर्सिदै भैरहवा भन्सार

बिहिबार, ०६ चैत २०७६

मुलुककै दोस्रो ठूलो र प्रदेश ५ को पहिलो भन्सार नाकाको रुपमा रहेको भैरहवा भन्सार कार्यालयले फागुन महिनामा पनि लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेको छैन।

सुरक्षाको माग गर्दैै पेन डाउन

बुधबार, ०५ चैत २०७६

भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी र डाक्टरले सुरक्षाको माग गर्दै पेन डाउन गरेका छन्।

Ncell Footer Ad