मोहम्मद हबिब

जितगढी क्रिकेट क्लबलाई सफलता

बिहिबार, ०९ माघ २०७६

जितगढी क्रिकेट क्लब बेलबासले भैरहवामा जारी नेपाल टेलिकम रूपन्देही सुपर लिग डिभिजन ‘ए’ अन्तर्गत बुधबार सम्पन्न समूह ‘सी’ को खेलमा देवदह क्रिकेट युनिटलाई १ सय १६ रनले पराजित गरेको छ।

सीमामा लागुऔषध नियन्त्रण अभियान

बुधबार, ०८ माघ २०७६

रुपन्देहीको सिमानाका बेलहियामा चलाइएको अभियानले लागुऔषध अपराध र तस्करी नियन्त्रण गरेको छ। विगत ३ वर्षदेखि स्थानीय संसार विजय गुरुङको नेतृत्वमा स्थानीय बेलहिया गाउँ समाज, इलाका प्रहरी कार्यालय बेलहिया र विभिन्न १८ वटा संघसंस्थाहरुको पहलमा सुरु भएको लागुऔषध नियन्त्रण अभियान सिधा कारबाहीले लागुऔषध प्रयोगकर्ताहरु र कारोबारीहरुमा कमि आएको हो।

जितगढी क्रिकेट क्लब विजयी

बुधबार, ०८ माघ २०७६

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग डिभिजन ए अन्तर्गतको बुधबार सम्पन्न गु्रप सी अन्तर्गतको खेलमा जितगढी क्रिकेट क्लब बेलबास विजयी भएको छ। देवदह क्रिकेट युनिटलाई ११६ रनले पराजित गर्दै जितगढी क्रिकेट क्लब विजयी भएको हो।

म्याद सकियो, काम ४० प्रतिशत बाँकी

बुधबार, ०८ माघ २०७६

भैरहवा–लुम्बिनी–तौलिहवा सडकको म्याद सकिएपछि आयोजनाले ४ महिना म्याद थपका लागि प्रक्रिया अगाडि बढाएको छ।

लुम्बिनी खुकुरी क्रिकेट क्लब विजयी

मङ्गलबार, ०७ माघ २०७६

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग डिभिजन ए अन्तर्गत मंगलबार भएको खेलमा लुम्बिनी खुकरी क्लबले बुद्ध स्पोटर्स क्लबलाई २२८ रनले हराएको छ।

आमाबुबाले १२ वर्षपछि पाए माया मारिसकेको छोरा

मङ्गलबार, ०७ माघ २०७६

अभिभावकले माया मारीसकेको छोरा रुपन्देहीबाट १२ वर्षपछि फेला परेका छन्। १२ वर्षअघि रोजगारीको शिलशिलामा भारतबाट हराएको छोरा सन्तोस सुनार प्रहरी र विभिन्न संघ सस्थाको सहयोगमा परिवारले जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट बुझेका हुन्।

रुपन्देही सुपरलिग क्रिकेट, एमसीसी २२ रनले विजयी

सोमबार, ०६ माघ २०७६

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग डिभिजन ए अन्तर्गत सोमबार भएको खेलमा मेलवोर्न क्रिकेट क्लब एमसीसीले शिवशक्ति क्रिकेट क्लबलाई २२ रनले पराजित गरेको छ। टस जितेर व्याटिङ रोजेको एमसीसीले ४८ दशमलव १ ओभर सबै विकेट गुमाउदै १५२ रन बनाएको थियो।

बलिदानी दिवसमा दीप प्रज्वलन

आइतबार, ०५ माघ २०७६

रुपन्देहीमा पनि मधेश आन्दोलनका शहीदहरुको सम्झनामा बलिदानी दिवस मनाइएको छ। भैरहवाको मिलनचोकमा समाजवादी पार्टी र राजपा नेपाल रुपन्देहीले संयुक्त रुपमा दीप प्रज्वलन गरी बलिदानी दिवस मनाएका हुन्।

लिग चरणको खेल सुरु, न्यु होराइजन विजयी

आइतबार, ०५ माघ २०७६

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग डिभिजन ए अन्तर्गत आइतबार भएको न्यु होराइजन क्लब विजयी भएको छ। लिग चरणको पहिलो खेलमा वेस्टर्न क्रिकेट क्लबलाई न्यु होराइजन क्लबले ५६ रनले पराजित गर्दै २ अंक हासील गरेको हो।

सूचना प्रविधि विधेयकको विरोधमा भैरहवामा प्रदर्शन

आइतबार, ०५ माघ २०७६

सूचना प्रविधि विधेयक फिर्ताको माग गर्दै नेपाली कांग्रेस रुपन्देहीले भैरहवामा विरोध प्रदर्शन गरेको छ। नेपाल विशेष सेवा गठन र सञ्चाल सम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तथा सूचना प्रविधि विधेयक लगायत संविधान प्रदत्त नागरिक अधिकार हनन गर्ने सरकारी नीतिविरुद्ध विरोध प्रदर्शन गर्दै सरकारलाई जिल्ला प्रशासन कार्यालय मार्फत विरोध पत्र बुझाएको हो।

जितगढी र एमसीसी जितसँगै डिभिजन 'ए' मा

शनिबार, ०४ माघ २०७६

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग डिभिजन (बी) अन्तर्गत भएको शनिबारको क्रिकेट प्रतियोगितामा एमसीसी र जितगढी क्रिकेट क्लब विजयी भएको छन्। २ दिन बर्षाले प्रतियोगिता अवरुद्ध भएपछि शनिबार भएको दुई खेलमध्ये पहिलो खेलमा जितगढी क्रिकेट क्लबले ६७ रनले स्टार क्रिकेट क्लबलाई पराजित गरेको हो भने दोस्रो खेलमा एमसीसी क्रिकेट क्लबले बुटवल राइनोजलाई ३४ रनले पराजित गर्‍यो।

सीमामा पाँच विओपी थप्ने प्रस्ताव

शुक्रबार, ०३ माघ २०७६

रुपन्देहीमा ५ वटा बोर्डर आउटपोस्ट (विओपी) स्थापनाका लागि सशस्त्र प्रहरी बल रुपन्देहीले प्रस्ताव गरेको छ।

डिभिजन ‘ए’ मा न्यु होराइजन

बिहिबार, ०२ माघ २०७६

बिहीबार स्टार क्रिकेट क्लब ओमसतिया र जितगढी क्रिकेट क्लब बेल्बासबीच खेल हुने आयोजकले जानकारी दिएको छ।

न्यू होराइजन जितसँगै डिभिजन 'ए' मा

बुधबार, ०१ माघ २०७६

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग डिभिजन (बी) अन्तर्गत भएको बुधबारको क्रिकेट प्रतियोगितामा न्यू होराइजन क्रिकेट क्लब बुटवल डिभिजन विजयी भएको छ।

बुटवल राइनोज विजयी

मङ्गलबार, २९ पुष २०७६

मंगलबारको खेलको प्रोफेसनल मास्टर्स ११ र बुद्ध स्पोर्ट्स क्लबबीच बिहान ८ः३० बजे सुरु हुने आयोजकले जानकारी दिएका छन्। मंगलबारको खेलमा विजयी हुने टिम डिभिजन ‘ए’ मा उक्लिनेछ।

बुटवल राइनोज २९ रनले विजयी

सोमबार, २८ पुष २०७६

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा सोमबार भएको खेलमा बुटवल राइनोज २९ रनले विजयी भएको छ।

कराते च्याम्पियनसिपमा नेपाल प्रथम

सोमबार, २८ पुष २०७६

इन्डियन आर्मी कराते डो महासंघ नोटका फाउन्डर एवं फाउन्डर चिफ कोचसमेत रहेका काजीलाई गार्ड अफ रनरबाट सम्मानित गरिएको हो।

जितगढी क्रिकेट क्लब विजयी

आइतबार, २७ पुष २०७६

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा आइतबार भएको खेलमा जितगढी क्रिकेट क्लब ७ विकेटले विजयी भएको छ।

नेपालले चुम्यो नवौं अन्तरराष्ट्रिय कराते च्याम्पियनसिप

आइतबार, २७ पुष २०७६

भारतको कोलकत्तामा सम्पन्न नवौं अन्तरराष्ट्रिय कराते च्याम्पियनसिप नेपालले हात पारेको छ। भारतको कोलकतास्थित उलवरिया रविन्द्र भवनमा जनवरी ९ देखि ११ तारिख ३ दिनसम्म भएको प्रतियोगितामा २० स्वर्ण र २ रजतसहित २२ पदक जित्दै नेपाल प्रथम भएको हो।

सामूहिक अर्गानिक तरकारी खेतीमा रमाउदै किसान

आइतबार, २७ पुष २०७६

मेयर खत्रीले सरनटाडी देशकै नमूना गाउँको रुपमा रहेकाले सबै कृषक एकजुट भएर कृषिमा लाग्न आग्रह गरे। सरनटाडीलाई नगरपालिकाले सिमी पकेट क्षेत्र घोषणा गरेको छ।

Ncell Footer Ad