लोकेन्द्र खनाल

पश्चिम नेपालका १९ स्थानामा उपनिर्वाचन हुँदै

सोमबार, २७ साउन २०७६

उपनिर्वाचनको लागि निर्वाचन आयोगले तयारीलाई तीव्रता दिएको बताएको छ। आयोगले अहिले जिल्लामा दर्ता भएका मतदाता नामवली संकलन गर्ने काम गरिरहेको आयोगका प्रवक्ता सहसचिव शंकरप्रसाद खरेलले जानकारी दिए।

किरिया गरेको १५ वर्षपछि जीवितै घर फर्के पूर्वलडाकु

बिहिबार, २३ साउन २०७६

काजकिरिया गरिएको १५ वर्षपछि पूर्वलडाकु उमेश विश्वकर्मा यही साउन १९ गते घर फर्केका हुन्। २०६१ सालमा रुकुमको खारामा भएको लडाइँमा सहभागी विश्वकर्मा घर नफर्किएपछि मरेको ठानेर परिवारले किरिया गरेको थियो।

विप्लव समूहका केन्द्रीय सदस्यसहित तीन जना पक्राउ

बुधबार, २२ साउन २०७६

रुकुम (पश्चिम) प्रहरीले विप्लव समूहका तीन जना नेताहरूलाई पक्राउ गरेको छ। प्रहरीले विप्लव समूहका केन्द्रीय सदस्य श्यामबहादुर बोहरासहित तीन जनालाई पक्राउ गरेको बताएको छ।

बालविवाहले सम्बन्ध बिच्छेद बढाउँदै

मङ्गलबार, ३१ असार २०७६

रुकुम (पश्चिम)मा वर्षेनी सम्बन्ध बिच्छेदका घटना बढ्दै गएको एक तथ्याङ्कले देखाएको छ। जिल्लामा विभिन्न कारणले सम्बन्ध बिच्छेद गर्नेहरुको संख्या बढ्दै गएको जिल्ला अदालत रुकुम (पश्चिम)को तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष २०७५/०७६ मा मात्रै एक सय ५४ वटा सम्बन्ध बिच्छेका उजुरी दर्ता भएको जिल्ला न्यायाधीश आत्मदेव जोशीले जानकारी दिए। महिला र पुरुष दुवैले सम्बन्ध बिच्छेदको माग गर्दै अदालतमा उजुरी दर्ता गरेको उनको भनाई छ।

छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैद

आइतबार, २९ असार २०७६

आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा रुकुम (पश्चिम)का एक व्यक्तिलाई जन्मकैदको फैसला भएको छ। जिल्लाको सानीभेरी गाउँपालिकाका ३४ वर्षीय बलबहादुर (नाम परिवर्तन)लाई सर्वस्वसहित जन्मकैदको फैसला भएको हो।

जंगली च्याउ खाँदा १२ बिरामी

आइतबार, २९ असार २०७६

जंगली च्याउ खाँदा रुकुम पश्चिममा एकै गाउँका १२ बिरामी भएका छन्।

पाँच जना गम्भीर घाइते

शुक्रबार, २७ असार २०७६

रुकुम (पूर्व)मा अटोरिक्सा दुर्घटना हुँदा पाँच जना गम्भीर घाइते भएका छन्। जिल्लाको भुमे गाउँपालिकाको लुकुमबाट गाउँपालिकाको कार्यालय खाबाङ्बगरमा आउँदै गरेको रा १ घ ३९६९ नम्बरको रिक्सा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

सिँचाई कुलो निर्माण भएपछि गाउँमा खुशीयाली

बिहिबार, १९ असार २०७६

गाउँ नजिकै वर्षभरी बग्ने खोला भए पनि सिँचाईको अभाव भएको रुकुम (पश्चिम)को बाँफिकोटको एक गाउँमा वर्षाैं पछि सिँचाई सुविधा पुगेको छ।

जिल्लास्तरीय रनिङ शिल्ड सुरु

बुधबार, १८ असार २०७६

रुकुम (पूर्व) दोस्रो पटक जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड सञ्चालन भएको छ। नयाँ जिल्ला स्थापना भएपछि यहाँ दोस्रो पटक भएको शिल्डमा यहाँ रहेका विद्यालय स्तरमा अध्ययन गर्ने बालबालिकाहरु सहभागी हुने छन्। जिल्ला खेलकूद विकास समितिको आयोजनामा शिल्ड सुरु भएको हो।

महिलामाथि कुटपिट गर्ने वडाध्यक्षलाई एक हजार जरिवाना

बिहिबार, १२ असार २०७६

गाउँकी महिलालाई कुटपिट गर्ने रुकुम (पूर्व)का एक वडाध्यक्षलाई एक हजार रुपैयाँ जरिवाना भएको छ। जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका ११ का वडाध्यक्ष जयकुमार बुढालाई जिल्ला अदालत रुकुमकोटले एक हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो।

हत्या गरेर भारत फरार, घर फर्किँदा पक्राउ

मङ्गलबार, १० असार २०७६

हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)ले एक युवालाई पक्राउ गरेको छ। जिल्लाको बाँफिकोट गाउँपालिका ६ मग्माका २४ वर्षिय बृषबहादुर बश्याललाई हत्या आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए।

मदिरा नियन्त्रण अभियानः उच्चले रोक्यो, सर्वोच्चले बाटो खोल्यो

सोमबार, ०९ असार २०७६

रुकुम (पश्चिम)मा मदिरा मुक्त गर्ने अभियानले केहि महिनादेखी निकै चर्चा पाएको छ।

सकियो सम्झौता, बनेन पुल

बिहिबार, ०५ असार २०७६

ठेकेदार कम्पनीले समयमै काम गर्दा उक्त पुल निर्माण अलपत्र परेको हो।

करेन्ट लागेर महिलाको मृत्यु

सोमबार, २७ जेठ २०७६

घाँस काट्न जंगल जाँदै गरेकी एक महिलाको सल्यानमा करेन्ट लागेर मृत्यु भएको छ। जिल्लाको बागचौर नगरपालिका २ की ३६ वर्षिया भुमी ओलीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। स्थानीय सेराचौरमा घाँस काट्न जंगल जाँदै गरेकी उनीलाई भुइँमा झरेको तारबाट करेन्ट लागेको बताइएको छ।

बुकी पाटनको यार्सामा सिन्डिकेट

आइतबार, २६ जेठ २०७६

रुकुम (पूर्व)को विभिन्न बुकीपाटनमा पाइने बहुमूल्य यार्सा संकलनको लागि यहाँ सरकारी निकायको कुनै पनि निर्याण मान्य हुँदैन। बुकीमा पाइने यार्सा संकलनका लागि सरकारी निकायबाट अनुमति आवश्यक पर्दैन। कहिले यार्सा टिप्ने भन्ने मितिदेखि यार्सा संकलन तथा व्यापारको लागि कति शुल्क लगाउने आदि सबै यहाँका स्थानीयले गर्ने निर्णय नै अन्तिम हुने गर्छ। यार्सा संकलनका लागि विभिन्न ठाउँबाट बुकी पुगेका सर्वसाधारणले यार्सा व्यवस्थापन समितिले गरेको निर्णयअनुसार नै शुल्क बुझाउनुपर्ने बाध्यता छ। बुकीमा पाइने यार्सामा स्थानीय सिन्डिकेट कायमै रहेको छ। स्थानीय, प्रदेश तथा केन्द्र सरकारको पहुँचभन्दा बाहिर रहेको बुकीको यार्सा यहाँका स्थानीयको पहुँचमा रहेको छ।

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु दुई घाइते

शनिबार, २५ जेठ २०७६

ट्याक्टर दुर्घटना हुँदा सल्यानमा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

विवाह गर्ने उम्मेरमा सम्बन्ध विच्छेद

मङ्गलबार, २१ जेठ २०७६

चालु आवमा जिल्ला अदालतमा दर्ता भएका १ सय २६ वटामध्ये ४० वटा मुद्दा सम्बन्ध विच्छेदका छन्। तीमध्ये ६ वटा पुरुषले गरेका उजुरी छन् भने बाँकी ३४ वटा महिलाले हालेका मुद्दा रहेका छन्।

असिना पानीसँगै आएको हावाहुरीले ठूलाे क्षति

सोमबार, २० जेठ २०७६

शनिबार र आइतबार आएको असिना पानीका कारण रुकुम (पश्चिम)का विभिन्न ठाउँमा व्यापक क्षति गरेको छ।

चोरीको मोटरसाइकल ओडारमुनी लुकाउने दुई युवा पक्राउ

सोमबार, २० जेठ २०७६

रुकुम (पश्चिम)मा चोरी गरेको पल्सर मोटरसाइकल सहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ।

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

शनिबार, १८ जेठ २०७६

रुकुम (पूर्व)मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

Ncell Footer Ad