दिनेश लुइटेल

विदेशको लोभ देखाएर ठग्ने दलाल गाउँ गाउँमा सक्रिय

बिहिबार, ०५ पुष २०७५

विदेशिने नाममा दलालको पासोमा परेका केही प्रतिनिधि पात्र मात्र हुन् यी त । आर्थिक वर्ष २०७४ र ०७५ मा मात्र विदेश पठाइदिने नाममा १ हजार १ सय नौ नेपाली विभिन्न व्यक्ति बाट ठगिएका वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउछ । ती ११ सय नौ जनाले ७५ करोड ३७ लाख १० हजार रुपैया एजेन्टले खाएको भन्दै  असुल गरिदिन विभागमा उजुरी गरेका छन् ।

जब एयरपोर्टमा छोरीले बाबुको शव बुझिन्...

बुधबार, ०४ पुष २०७५

सरकारले मंगलवार (हिजो) अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनायो। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले त श्रमिकको हितका लागि आफू ‘तोप’ बन्न तयार छु पनि भने। तर, वैदेशिक रोजगारीमा गएकामध्ये दैनिक ३ जनाको शव बाकसमा फर्किने कहालीलाग्दो अवस्थाको अन्त्य कहिले होला? वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका परिवारलाई आर्थिक सहायता दिएर मात्र सरकारको जिम्मेवारी पुरा होला र?

कतारले रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण नेपालमै गर्ने

आइतबार, ०२ मङि्सर २०७५

नेपालमा गरिने स्वास्थ्य परीक्षणको गुणस्तरीयता प्रति पटक-पटक प्रश्न उठाउँदै आएको कतारले अन्तत आफ्नो देशमा जाने कामदारको स्वास्थ्य परीक्षण आफ्नै स्वास्थ्य संस्थामा गर्ने भएको छ।

मलेसिया खुल्न अझै एक महिना लाग्ने (भिडियो)

मङ्गलबार, २७ कार्तिक २०७५

समझदारी पत्रमा हस्ताक्षर गरेको दुई साता बित्दा पनि सुरु हुन नसकेको रोजगारीको लागि मलेसिया जाने प्रक्रिया सुचारु हुन अझै एक महिना लाग्ने भएको छ।

अमेरिकी डलरको प्रभाव धेरै दिन टिक्दैन :अर्थशास्त्री डा. शर्मा (भिडियाे)

बिहिबार, ११ असोज २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका सुधार सम्बन्धी केही नीतिले विश्व अर्थतन्त्रमा बलियो बन्दै गएको अमेरिकी डलरको प्रभाव विश्व बजारमा लामो समय नटिक्ने योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थशास्त्री डा. शंकर शर्माले बताएका छन्।

कतारी राजदूत भन्छन् : अब नेपालीले पिआर पाउँछन् (भिडियाे)

आइतबार, ०७ असोज २०७५

कतार सरकारले आफ्नो देशमा कार्यरत विदेशी कामदारलाई स्थायी  बसोबास अनुमति पिआर दिने भएको छ। विद्यमान आप्रवासी नीतिमा परिमार्जन गर्दै कतारले आफ्नो देशमा कार्यरत आप्रवासी कामदारलाई पिआर दिने कानुन केही दिनपछि नै कार्यान्वयनमा आउने नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहमद अल हेलले नागरिकलाई बताए। पिआर पाउनका लागि कतारले विभिन्न ५ मापदण्ड तोकेको छ।

Ncell Footer Ad