पश्चिमेली ब्युरो

खानेपानी अभाव झेल्दै प्रदेश ५ का सहर

शनिबार, २१ बैशाख २०७६

स्वच्छ खानेपानी प्रयााप्त उपभोग गर्न पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हो। खानेपानीको उचित प्रबन्ध गर्नु राज्यको दायित्व हो। तर तीन/तीनवटा सरकार हुँदा पनि आमनागरिकले पर्याप्त पानी खान पाएका छैनन। तीनवटै सरकारले देश समृद्धिको यात्रामा अघि बसिकढेको बताइरहँदा प्रदेश ५ का अधिकांस जिल्ला सदरमुकाम तथा सहरी क्षेत्र भने खानेपानीको चरम अभाव बेहोर्न बाध्य छन्।

पश्चिममा विप्लव नेकपालाई धक्का

आइतबार, १७ चैत २०७५

सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएसँगै प्रदेश ५ मा प्रहरीले उसका गतिविधि रोक्न सक्रियता बढाएको छ। प्रदेशका १२ वटै जिल्लामा उच्च सुरक्षा सर्तकता अपनाइएको प्रदेश प्रहरीले जनाएको छ। प्रहरी सक्रियता बढेसँगै विप्लव नेकपाका नेता, कार्यकर्ता पक्राउ पर्ने क्रम बढेको छ। पछिल्लो दुई सातामा १० जना पक्राउ परेका छन्। प्रक्राउ पर्नेमा पार्टीका जिल्ला इन्चार्ज, भातृ संगठनका अध्यक्ष, विभाग प्रमुख तथा सैन्य इन्चार्ज पनि छन्।

बन्दका कारण पश्चिम नेपालकाे जनजीवन प्रभावित

शुक्रबार, ०१ चैत २०७५

विप्लव निकट नेकपाले गरेको बन्दले बिहीबार पश्चिम नेपालका जिल्लाको जनजीवन प्रभावित बन्यो। बन्दका क्रममा कतै गाडी जलाइए भने मुख्य सहरहरूमा शंकास्पद वस्तु भेटिए। सडक बजारमा बन्दकर्ता नभेटिए पनि बजारहरू बन्द थिए। लामो तथा छोटो दूरीका सवारीसाधन चलेनन्। बन्दका कारण प्रदेश ५, कर्णाली र सुदूरपश्चिमका जिल्लाको जनजीवन प्रभावित बन्न पुगेको हो।

पश्चिम तराईमा माघी रौनक

सोमबार, ३० पुष २०७५

पुस लाग्नेबित्तिकै माघीको त्रासदीले सताउन थाल्थ्यो। माघी उत्सव होइन, अभिशाप बनेर आइदिन्थ्यो। चाहना मुक्तिको थियो तर ‘कमलरी’ दासताको म्याद माघीले थपिदिन्थ्यो। प्रदेश ५ की उपसभामुख पूर्वकमलरी कृष्णी चौधरी भन्छिन्, ‘उतिबेला माघी उत्सव होइन, अभिशाप बन्थ्यो।’ सात वर्षको कलिलो उमेरदेखि कमलरी दासतामा बाँधिनुपर्दा माघीको रौनक कहिल्यै आउन दिएन उनलाई। वर्ष दिनको सय रुपैयाँ ज्याला र एकसरो लुगामा उनले डेढ दशक माघी मालिकसँगको सम्झौतामै बिताइन्।

राजमार्गको यात्रा, सास्तीमै बित्छ दिन

आइतबार, २४ भदौ २०७५

कर्णाली राजमार्गअन्तर्गत प्रदेश राजधानी वीरेन्द्रनगरदेखि मुगु सदरमुकाम गमगढीसम्मको दुरी दुई सय ९४ किलोमिटर छ।

सुस्त गतिमा ठूला आयोजना

सोमबार, १८ भदौ २०७५

सन् १९७८ मा विश्वकै प्रख्यात जापानी वास्तुविद् प्रोफेसर केन्जो टांगे नेतृत्वको टोलीले ६ वर्ष लगाएर लुम्बिनी गुरुयोजना तयार ग-यो । सन् १९९५ (१७ वर्षमा) मा गुरुयोजनाको काम सक्ने लक्ष्य थियो। तर, त्यो अधुरै छ।

डेढ महिनामा ३३ बलात्कार, बढी जोखिममा बालिका

बुधबार, १३ भदौ २०७५

रूपन्देही कञ्चनपुर गाउँपालिकामा ६ वर्षीया बालिकालाई २० वर्षीय विकल पुनले प्रलोभनमा पारेर बलात्कार गरे । इलाका प्रहरी कार्यालय सालझन्डीका अनुसार चकलेट र पैसाको लोभ देखाएर विकलले बालिका बलात्कार गरेका थिए । परिवारले घटनाबारे प्रहरीमा उजुरी दिएपछि विकल पक्राउ परे।

  • 1 (current)
Ncell Footer Ad