दिलबहादुर छत्याल/पुष्पराज जोशी

ऐलानी जग्गाबाट पनि लखेटिए सुकुमबासी

सोमबार, ०६ साउन २०७६

हरैया शिविरमा बसेका सुकुमबासीका टहरा तोडफोड गर्दै आएका भाडाका ‘बाउन्सर’ ले ऐलानी जमिनमा बसेका सुकुमबासीलाई पनि लखेटेका छन्। हरैयामा एक बिघा सात कट्ठा सवा चार धुर ऐलानी जमिनमा बनाइएका सुकुमबासीका घर भत्काइएका छन्। आफ्नो लालपुर्जा भएको जमिनमा बसेकालाई हटाउन पाउनुपर्ने बताउँदै आएका पोखराको सौभाग्य रियल स्टेट एन्ड हाउजिङ प्रालिका सञ्चालकले परिचालन गरेका बाउन्सरले ऐलानी जमिनमा बस्दै आएका सुकुमबासीलाई पनि हटाएका हुन्।

रिमोट च्यापिँदा विष्फोट (घटनाकाे नालीबेलीसहित)

शनिबार, ०४ साउन २०७६

सिंहसँग झोलामा स्टिलको टिफिन बक्समा फिट गरेको ‘रिमोट बम’ थियो । रिमोट च्यापिँदा बम विष्फोट भएको खुलेको छ ।

सुकुमबासी बस्तीमा ‘गुन्डाराज’ कायमै

बुधबार, ०१ साउन २०७६

भाडाका बाउन्सर’ लगाएर हरैयास्थित सुकुमबासी बस्तीमा घर भत्काउने, कुटपिट गर्ने र आगजनी गर्ने कार्य ६ दिनसम्म जारी रहेको छ। अविरल झरीमा सुकुमबासीको बिचल्ली बनाउने गरी गुन्डागर्दी शैलीमा हरैयाका झुप्रा भत्काउने कार्यको चौतर्फी आलोचना हुँदा पनि प्रहरी–प्रशासन र सरकार मौन बसेको छ। २०÷२५ जना ‘बाउन्सर’हरू भाडामा प्रयोग गरेर बिहीबारदेखि सुकुमबासी बस्ती भत्काउन सुरु भएको स्थानीय बताउँछन्। मंगलबारसम्म एक सय झुप्रा भत्काइएका छन्। अझै ३० घर बाँकी छन्। उनीहरूले चक्कु, गैंची, हथौडा, करैंती बोकेर घर भत्काउने र कुटपिट गर्ने गरेका छन्।

‘माओवादी नेताले नै बसाले, उनैले नै उठीबास लगाए’

आइतबार, २९ असार २०७६

बाँसले बनाएको सानो झुप्रो । झुप्रोभित्र बालकलाई काखमा राखेर दूध चुसाउँदै थिइन् देवी विक । एक्कासि हातमा गैटी, चक्कु, कोदालो, करेंत बोकेको एक समूहले झुप्रोमा गैटीले हिर्काउन थालेपछि उनी त्रासमा बाहिरिइन् । त्रसित उनले हात जोड्दै बिन्ती गरिन्, ‘पकाएको खाना खान दिनुस् । त्यसपछि भत्काउनु होला घर ।’ छेउमै रहेकी अर्र्की महिलाले कराउँदै भन्न थालिन्, ‘बच्चाभित्र छन्, बाहिर निकाल्न दिनुस्, भित्रै मर्लान् ।’

भारतीय तरकारी रोकिएपछि किसान उत्साहित

शनिबार, १४ असार २०७६

विषादी परीक्षणबिना आयात हुने तरकारी तथा फलफूलका कारण मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको भन्दै भन्सार विभागले असार २ गते तरकारी फलफूल आयात बन्द गर्न भन्सार कार्यालयहरूलाई निर्देशन दिएको थियो ।

घरभित्रै छाता ओढेर रात बिताउँछन् हुरी पीडित

सोमबार, ०९ असार २०७६

हुरीले छानो उडाएको १९ दिन बितिसक्दा पनि आर्थिक रुपमा विपन्न सयौं परिवारको छाना बन्न सकेको छैन्। खुला आकाशमुनि बसेका हुरी पीडित परिवारको मनसुन सुरु भएसँगै बिचल्ली भएको छ। कतैबाट राहत नपाएको र आफूसँग पनि पैसा नहुँदा भत्केको घर बनाउन नसकेकालाई वर्षामा ओत कहाँ लाग्ने भन्ने पिरलो भएको छ।

अझै पाएनन् खेलाडीले पुरस्कार

मङ्गलबार, ०३ असार २०७६

सुरुदेखि नै विवादित बनेको प्रथम मुख्यमन्त्री कप प्रतियोगिताका विजेताले अहिलेसम्म पुरस्कार राशि पाउन सकेका छैनन् । गत फागुन २९ गतेदेखि चैत ३ गतेसम्म धनगढीमा सञ्चालन भएको प्रथम मुख्यमन्त्री कप प्रतियोगिताको पुरस्कार राशि तीन महिना बित्दासमेत पाउन नसकेको भन्दै खेलाडीहरूले गुनासो गरेका छन् ।

‘कापीकिताब उडायो, कसरी स्कुल जाने

शुक्रबार, ३१ जेठ २०७६

शारदा माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत सन्तोषी धामी हुरीले कापीकिताब र पोसाक उडाइदिएपछि एक सातादेखि स्कुल जान सकेकी छैनन्।

साता बित्यो, छानो बनेन

बिहिबार, ३० जेठ २०७६

‘संघीय सरकारले कैलाली–कञ्चनपुरका हुरीपीडितको पक्षमा कुनै चासो देखाएन। हिजो त सुदूरपश्चिम उपेक्षामा थियो नै आज गणतान्त्रिक सरकार हुँदा पनि काठमाडौंलाई यहाँका जनताको पीडाले छोएन।’

छानोबिनाको घरमा हुरीपीडित

सोमबार, २७ जेठ २०७६

विद्युत् नहुँदा धनगढीका एक दर्जन दैनिक पत्रपत्रिका तीन दिनदेखि प्रकाशित हुनसकेका छैनन् भने एफएम रेडियोसमेत बन्द छन्।

हुरीले अस्तव्यस्त कैलाली–कन्चनपुर

आइतबार, २६ जेठ २०७६

तीन दिनअघि हुरीले वितन्डा मच्याएको सुदूरपश्चिम प्रदेशको जनजीवन अझै सामान्य बन्न सकेको छैन। बस्ती तहसनहस छ। कैलाली र कञ्चनपुरका गाउँबस्तीमा विद्युत् आपूर्ति ठप्प छ। बस्ती तहसनहस भएका छन् ा। उद्धार कार्य अझै प्रभावकारी हुन सकेको छैन।

सरसफाइमा ‘अति उत्तम’ छैनन् होटेल

शनिबार, २१ बैशाख २०७६

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा अर्बौं लगानीमा तारे होटेलहरू सञ्चालनमा छन्। तर, पनि सरसफाइ र मापदण्डअनुसारको खानपिनमा भने ती होटेलले ध्यान नदिएको पाइएको छ।

अस्पतालमै जोखिम !

आइतबार, १० चैत २०७५

चिकित्सकको लापरबाहीले बिरामीको ज्यान गएको गुनासो बारम्बार आइरहँदा पनि सेती अञ्चल अस्पताल प्रसाशनले बेवास्ता गर्दा घटना दोहोरिँदै गएको सर्वसाधारण बताउँछन्।

थुनियो अन्तर्राष्ट्रिय जैविक मार्ग

सोमबार, ०४ चैत २०७५

एक महिनाअघि भारतीय सीमा–नाकामा ट्रेन्च खनेर अवरोध पारिएको अन्तर्राष्ट्रिय जैविक मार्गमा भारतले पुनः एकलौटी रूपमा काँडेतार लगाएको छ। सीमा क्षेत्रमा रहेको भारततर्फको दुधुवा नेसनल पार्कबाट वन्यजन्तु ओहोरदोहोर गर्न थालेको, चोरी सिकारी र जंगलबाट तस्करी बढेको भन्दै भारतीय पक्षले ट्रेन्च खनेको एक महिनापछि काँडेतार लगाएको हो।

प्रथम मुख्यमन्त्री कप प्रतियोगिता : समेटिएनन् ओलम्पियन जन्माउने खेलहरु

सोमबार, २७ फागुन २०७५

खेलकुद जगतमा कीर्तिमानी खेलाडी दीपक बिष्टलगायत पाँच जना ओलम्पियन सुदूरपश्चिमले जन्माएको छ। राज्यबाट पर्याप्त सुविधा नभएर पनि आफ्नै लगानीमा तेक्वान्दोबाट बिष्ट र निशा रावल ओलम्पियनसम्म पुगे। यसैगरी बिष्णुबहादुर सिंह र डम्मरदत्त भट्टलाई सुदूरपश्चिमले बक्सिङ खेलबाट ओलम्पियन जन्मायो भने भारत्तोलनमा स्वर्गीय भरत साउँद ओलम्पियन बने।

‘आम्दानीको स्रोत बन्न सक्छ छाडा चौपाया ’

मङ्गलबार, २१ फागुन २०७५

चुनावताका स्थानीय तहका सबै राजनीतिक दलका उम्मेदवारको मुख्य ऐजेन्डा मध्येमा छाडाचौपाया व्यवस्थापन गर्ने पनि थियो। धेरैजसो स्थानीय तहले छाडा चौपाया व्यवस्थापन गर्न दशौं लाख विनियोजनसमेत गरेका छन्।

सीमामा भारतीय ड्याम, १३ सय परिवार डुबानको जोखिममा

बिहिबार, ०९ फागुन २०७५

सीमा नजिकै भारतीय पक्षले एकतर्फी रुपमा ड्याम निर्माण गर्न थालेको छ। भारतीय पक्षले कैलारी गाउँपालिकाको वडा नम्बर ३, ५ र ७ को सीमामा ड्याम निर्माण गर्न थालेको हो। सन्धि सम्झौता विपरीत मनपर्दी तरिकाले सीमामा आफूखुसी भारतीय पक्षले ड्याम निर्माण गर्न थालेपछि यो क्षेत्रको बस्ती डुबानको उच्च जोखिममा परेको छ।

पैसा लोभले मरेको संख्या बढाइयो

सोमबार, २८ माघ २०७५

घोडाघोडी नगरपालिकाका गौशालामा मरेका गाईको संख्या गैरसरकारी संस्थाले बढाइचढाई सार्वजनिक गरेको खुलासा भएको छ। दुई हजारको संख्यामा गाई मरेको भन्दै गैरसरकारी संस्थाले प्रचारप्रसार गरेका थिए।

‘७० गाईमात्र मरेका हुन्, अरू भागेका हुन्’

आइतबार, २७ माघ २०७५

घोडाघोडी नगरपालिकाले गत भदौमा जुक्ति निकाल्यो– स्थानीय छाडा चौपायालाई चुरे फेदीमा रहेको राष्ट्रिय वनमा गौशाला बनाई व्यवस्थापन गर्ने। सोहीअनुसार भदौ पहिलो साता नगरपालिका क्षेत्रमा भएका सबै छाडा चौपाया जम्मा पारियो। तर यस्ता पशुचौपाया दुई हजारको हाराहारीमा भएपछि एउटै गौशालामा व्यवस्थापन गर्न गाह्रो देखियो। यसकारण नगरपालिकाले वडा नम्बर ८ लठुवा गाउँको सिस्नेघारी, वडा नम्बर ४ को च्युरेपानी र वडा नम्बर ९ को कालीभावरमा तीनवटा गौशाला निर्माण ग-यो।

ठेकेदारको मनपरी, नदीमै क्रसर उद्योग

आइतबार, २० माघ २०७५

कैलालीका स्थानीय तहले नियमित नियमन र अनुगमन नगर्दा नदीजन्य पदार्थको दोहन तीव्र रुपमा भइरहेको छ। स्थानीय तहले नदीजन्य पदार्थ उत्खननका लागि ठेकेदारलाई ठेक्का दिइसकेपछि नियमन र अनुगमन नगर्दा जथाभाबी दोहन बढेको हो।

Ncell Footer Ad