विनोद परियार

नेपाल बन्छ, बनाउँछौं हामी : मुख्यमन्त्री पोखरेल

शुक्रबार, ०३ फागुन २०७५

प्रदेश नम्बर ५ सरकारले प्रथम स्थापना दिवस शुक्रबार मनाएको छ। प्रदेशको अस्थायी राजधानी रहेको बुटवल उपमहानगरपालिकासँग सहकार्य गरेर प्रथम स्थापना दिवस मनाएको हो। दिवसका अवसरमा प्रदेशका १२ वटै जिल्लाका साँस्कृतिक झाँकी सहितको प्रभातफेरी निकालिएको थियो।

योजना प्रदेशमा हस्तान्तरण, ११ अर्ब अपुग

बुधबार, ०१ फागुन २०७५

संघीय सरकारबाट हस्तान्तरण भएका योजनामा बजेट कम आएपछि प्रदेश सरकारलाई कार्यान्वयन गर्न सकस परेको छ। मुलुक संघीयतामा गएपछि प्रदेश सरकारलाई संघीय सरकारले सञ्चालन गरेका योजना प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो। सडक, खानेपानी, सिँचाइ र आवासका योजना सम्पन्न गर्न १० अर्ब ७५ लाख रुपैयाँ अपुग रहेको प्रदेश ५ भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। तीमध्ये ५६ करोड रुपैयाँ मात्रै बजेट आएको छ।

न्यूनतम पारिश्रमिक सरकारले कार्यान्वयन गरेरै छाेड्छ : मन्त्री बाँस्काेटा

सोमबार, २८ माघ २०७५

सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले न्यूनतम पारिश्रमिक कार्यान्वयन गरेरै छाेड्ने बताएका छन्। उनले नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारहरुको तलब ५० प्रतिशत बृद्धिको माग गरेकोमा २५ प्रतिशत मात्रै पूरा गर्दा पनि विरोध हुनु अस्वभाविक भएको बताए।

प्रदेश ५ गाडी खरिद प्रकरण : ५७ लाख घोटाला भएकोे लेखाको ठहर

शुक्रबार, २५ माघ २०७५

सार्वजनिक लेखा समितिले प्रदेशसभा र सरकारले खरिद गरेको गाडीमा अनियमितता भएको निष्कर्ष निकालेको छ। प्रदेश नम्बर ५ को प्रदेशसभा र सरकारले खरिद गरेको टाटा कम्पनीको स्ट्रोम गाडीमा आर्थिक घोटाला भएको निष्कर्ष निकालेको छ।

प्रदेशको विकासले राष्ट्रिय मानक पूरा गर्छ : मुख्यमन्त्री पोखरेल

बिहिबार, २४ माघ २०७५

मुख्यमन्त्री शंकर पोखरेलले एक वर्षभित्र प्रदेश सरकारको कामले विकासको राष्ट्रिय मानकलाई पूरा गर्ने बताएका छन्।

वर्षौंदेखि लालपुर्जाको पर्खाइ

मङ्गलबार, २२ माघ २०७५

हरेकपटकका निर्वाचनमा लालपुर्जा मुख्य एजेन्डा बन्यो रुपन्देहीको रुद्रपुर गाउँमा। २०५४ देखि २०७४ सालको स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा लालपुर्जा पाउने आसमा यहाँका जनताले मत दिए। तर, दुई दशक बित्दा पनि पनि लालपुर्जा हात लागेको छैन।

डोजर लगाएर बन्दा नष्ट गर्ने महतोलाई बुटवलमा सम्मान

सोमबार, २१ माघ २०७५

प्राङगणमा विद्यार्थी लामबद्ध छन्। अगाडि पट्टी सानो मञ्च बनाइएको छ। त्यसको दायाँ छेउमा असरल्ल राखिएकोछ बन्दा। यो दृश्य हो, दीप बोर्डिङ्ग स्कूल बुटवलको। आफ्ना बच्चा लिन पुगेका अभिभावक पनि छक्क पर्दै भन्दै थिए —‘विद्यालयमा बन्दाको व्यापार भइरहेको छ की कसो ?’

तिलोत्तमा गोल्डकप फागनु २ देखि

आइतबार, २० माघ २०७५

काण्ठमाडौं बाहिरको चर्चित तिलोत्तमा गोल्ड कप आउदो फागुन २ गतेदेखि हुने भएको छ। नामको हिसाबले चर्चित र ठूलो तिलोत्तमा गोल्डकप फागुन २ देखि ११ गतेसम्म बुटवलमा हुने भएको हो। रुपन्देही जिल्ला फुटबल संघको आयोजना तथा बुटवल उपमहानगरको संरक्षकत्वमा २१ औं संस्करणको रुपमा गोल्डकपको तयारी गरिएको छ।

तिलोत्तमा गोल्डकप फागुन २ देखि, विजेताले ८ लाख ८० हजार पाउने

शनिबार, १९ माघ २०७५

२१ औं संस्करणको तिलोत्तमा गोल्डकप आउँदो फागुन २ देखि हुने भएको छ। बुटवल देविनगरस्थित एन्फा एकेडेमीको खेल मैदानमा हुने गोल्डकप फागुन ११ सम्म सञ्चालन हुनेछ। प्रतियोगिता रुपन्देही जिल्ला फुटबल संघको आयोजना तथा बुटवल उपमहानगरको संरक्षकत्वमा आयोजना हुनेछ।

अख्तियारद्वारा छानबिन सुरु

मङ्गलबार, १५ माघ २०७५

प्रदेश नम्बर ५ प्रदेशसभाले खरिद गरेको गाडीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन थालेको छ। सार्वजनिक लेखा समितिको उपसमितिमार्फत छानबिन गरिरहेको बेला अख्तिायारले गाडी खरिदमा भएको अनियमितताबारे छानबिन थालेको हो।

प्रदेश ५ गाडी खरिद प्रकरण : अख्तियारले छानबिन थाल्यो

सोमबार, १४ माघ २०७५

प्रदेश नम्बर ५ प्रदेशसभाले खरिद गरेको गाडीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन थालेको छ।

सुधारको सट्टा मर्यादापालक फिर्ता

शुक्रबार, ११ माघ २०७५

प्रदेशसभा सचिवलायले एक वर्षदेखि कार्यरत दुई मर्यादापालकलाई फिर्ता पठाएको छ। नागरिक दैनिकमा ‘माननीयलाई करोडको गाडी, मर्यादापालकलाई रात काट्नै सकस’ शीर्षकमा समाचार आएपछि त्यसको निहुँमा दुईजना मर्यादापालक फिर्ता पठाइएको स्रोतले जनाएको छ।

माननीयलाई करोडको गाडी, मर्यादापालकलाई रात काट्नै सकस

बिहिबार, १० माघ २०७५

प्रदेश ५ मा सांसद र पदाधिकारीका लागि करोडौंको गाडी छ। चालक, सहयोगी र आवास सुविधा पनि छ। प्रदेशसभाका सचिवले समेत पदाधिकारीकै सेवा सुविधा उपभोग गर्छन्। बाँकी अधिकृत तहका कर्मचारीले पनि यातायात सुविधा पाएका छन्। सांसद पदाधिकारीका लागि महंँगो टाटा स्ट्रोम गाडी दिने प्रदेशसभाले मर्यादापालकलाई भने न्यूनतम सुविधा पनि दिएको छैन।

प्रदेश ५ : गाडी खरिद प्रकरणमा लेखाले थप छानबिन गर्ने

मङ्गलबार, ०८ माघ २०७५

प्रदेश ५ मा यतिखेर प्रदेशसभा र मन्त्रालयले खरिद गरेको गाडी विषय निकै चर्चामा छ। चिया पसलदेखि संसद्सम्म गाडीकै चर्चा भइहेको छ। संघीय सरकारमा बाइबडि विमान खरिद प्रकरणमा भएको आर्थिक घोटाला जस्तै प्रदेश ५ मा टाटा कम्पनीको स्ट्रोम सफारीको चर्चा भएको हो।

प्रदेश ५ गाडी खरिद प्रकरण : पर्याप्त प्रतिस्पर्धा नभएपछि पुन: सूचना किन भएन ?

आइतबार, ०६ माघ २०७५

१० दिन लगाएर अध्ययन गरेको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले गाडी खरिद प्रक्रियामा पर्याप्त प्रतिस्पर्धा नभएपछि पुन: सूचना प्रकाशन किन नगरेको भनेर प्रश्न उठाएको छ।

प्रदेश ५ मा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम शुरु

शनिबार, ०५ माघ २०७५

प्रदेश नम्बर ५ सरकारले गरिब र पिछडिएको क्षेत्रका नागरिकलाई लक्षित गरि मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम शुरु गरेको छ। प्रदेशका १२ वटा जिल्लाका ३४ गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम शुरु गरिएको हो।

कांग्रेस नेता पोखरेल गाडी फिर्ता गरी इ-रिक्सामा घर फर्किए

शुक्रबार, ०४ माघ २०७५

प्रदेश ५ काे प्रमुख विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले आफूले चढ्दै आएको गाडी संसदलाई नै फिर्ता गरेका छन्।

प्रदेशसभा मै छन १७ गाडी

बुधबार, ०२ माघ २०७५

प्रदेशसभाले आर्थिक बर्ष ७५/७६ को बजेटमा २ करोड ९० लाख रुपैयाँ गाडी खरिदका लागि बजेट छुट्टयायो। यसको कारण थियो –‘ धेरै गाडी पनि चाहिन्न, महंगो पनि आवश्यक पर्दैन।’ तर यो बजेटले प्रदेशसभाकै कर्मचारीका लागि आवश्यक गाडी खरिद गर्न पनि नपुग्ने भयो। ४ वटा विषयगत समिति बढेर ७ वटामा पुग्यो।

गणतन्त्रमाथि खतरा : राष्ट्रिय जनमोर्चा

सोमबार, ३० पुष २०७५

राष्ट्रिय जनमोर्चाले गणतन्त्रमाथि खतरा देखिएको बताएको छ। उसले हिन्दु धर्मको आडमा राजतन्त्र पुनर्स्थापनाको चलखेल भइरहेको बताएको हो।

प्रदेश ५ गाडी खरिद प्रकरण : सार्वजनिक लेखाले कागजपत्र मगायो

बुधबार, २५ पुष २०७५

प्रदेशसभाले खरिद गरेको गाडीको मूल्यमा फरक देखिएपछि सार्वजनिक लेखा समितिले छानविन गर्ने भएको छ। प्रदेशसभाले खरिद गरेको गाडीमा लाखौंको अनियमितता भएको समाचार सार्वजनिक भएपछि प्रदेश ५ को सार्वजनिक लेखा समितिले चासो देखाएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।