रेणु त्वानाबासु

कहिले बन्छ निकोसेराको सडक

शुक्रबार, २४ साउन २०७६

निकोसेरा खण्डको सो सडक खण्डमा ठूल्ठूला खाल्डा छन्। खाल्डोयुक्त सो सडकमा स्कुटरलगायतका साना सवारीसाधनलाई आवतजावतमा ठूलो समस्या हुने गरेको छ।

पार्किङ बन्यो दत्तात्रय मन्दिर परिसर

बुधबार, २२ साउन २०७६

हिजोआज सो मन्दिरवरिपरि धेरै कफीसप र रेस्टुरेन्ट थपिएका छन्। त्यसकारण पनि यो समस्या बढेको देखिन्छ।

भित्राइयो यस वर्षको खम्ये

आइतबार, १९ साउन २०७६

भक्तपुरको नवदुर्गा द्यो छेंमा यस वर्ष चढाइने खम्ये अर्थात राँगो भित्र्याइएको छ। दशैंमा बली चढाउने खम्ये राँगो वर्षेनी नवदुर्गा द्यो छेंमा नै भित्र्याउने परम्परा छ। खम्येलाई दशंैको महानवमीसम्म नवदुर्गा द्यो छेंमा राखिन्छ र रातभर जात्रा गरेर बली चढाइन्छ।

पार्किङस्थल बन्यो दत्तात्रय मन्दिर परिसर

बुधबार, १५ साउन २०७६

भक्तपुरको ऐतिहासिक महत्व बोकेको दत्तात्रय मन्दिर परिसर पार्किङस्थल बन्दै गएको छ। विश्व सम्पदामा सूचीकृत भक्तपुरको दरबार क्षेत्रपछि दोस्रो महत्वपूर्ण यो ऐतिहासिक ठाउँ अनाधिकृत पार्किङस्थल बनेको हो।

विभेदविरुद्ध उभिएर

शनिबार, ११ साउन २०७६

‘समता’ खण्डकाव्यको श्लोक १५ मा उल्लेख गरिएका यी पंक्तिले जुनसुकै जात वा धर्ममा आश्रित व्यक्ति जन्मने रीत एउटै हो र सबै प्रक्रिया पनि एउटै हो भन्ने दर्शाउँछ। तर, मान्छेभित्र उमेर अर्थात् बोली आएपछि आफ्नो संस्कार खोज्न थाल्छ र आफूले जे सिकेको छ, त्यसैलाई पछ्याउँछ।

चिनियाँ भाषा मोह

शनिबार, ११ साउन २०७६

बागेश्वरी माध्यमिक विद्यालय भक्तपुरका विद्यार्थीमा चिनियाँ भाषाको मोह बढेको छ। कक्षा ७ का ९० जना विद्यार्थीले भाषा सिक्न थालेका छन्।

अनुमानितभन्दा निकै कम लागतमा जीर्णाेद्धार

शुक्रबार, १० साउन २०७६

भक्तपुरको टौमढीस्थित पाँचतले मन्दिरअगाडिको भैरवनाथको मन्दिरको जीर्णाेद्धार लागत अनुमानभन्दा निकै कममा सम्पन्न भएको छ।

५५ झ्याले दरबार अवलोकन गर्न भीड

बुधबार, ०८ साउन २०७६

विश्वप्रसिद्ध ५५ झ्याले दरबार अवलोकन गर्न आउने सर्वसाधारणहरूको भीड बढेको छ।

पचपन्न झ्याले दरवारः खुलेदेखि १८ हजारले गरे अवलोकन

मङ्गलबार, ०७ साउन २०७६

भक्तपुरको प्रसिद्ध ५५ झ्याले दरवारको हालसम्म झण्डै १८ हजारले अवलोकन गरेका छन्। २०७५ साल पुस २ गतेदेखि सर्वसाधारणका लागि खुलेको दरवारको हालसम्म १७ हजार ५ सय ३४ जनाले अवलोकन गरेको जनाइएको छ।

भक्तपुरमा पुजिन्छन् ‘भुइँ भगवान्’

शनिबार, ०४ साउन २०७६

भगवान् भन्नेबित्तिकै प्रायको दिमागमा मन्दिर र मूर्तिका आकृति आउँछन्। भक्तपुरमा भने ‘भुइँका भगवान्’हरू हुने विश्वास गरिन्छ, जसका मूर्ति हुन्नन् र तिनलाई मन्दिरमा पनि सजाइँदैन। ती भगवान् बाटामा बस्छन् भन्ने जनविश्वास पाइन्छ। संस्कृतिविद् ओम धौभडेलका अनुसार मन्दिरभित्रका भगवान्भन्दा भुइँ भगवान्को महŒव धेरै हुन्छ। त्यस्ता भगवान् तीन प्रकारका रहेको उनी बताउँछन्। ती हुन्– कुमार, क्षेत्रपाल र छ्वास।

पाँचतले मन्दिरको जन्मोत्सव

बिहिबार, १९ असार २०७६

साँस्कृतिवृद् ओम धौभडेलले पाँच तले मन्दिर निर्माण सम्पन्न भएको उपलक्ष्यमा झन्डोत्तोलन गरिने चलन चलेको बताउँछन्।

कम छैनन् सरकारी स्कुल

बुधबार, १८ असार २०७६

सरकारी स्कुलहरु पनि कम छैन भने उदाहरण भक्तपुरको एउटा स्कुलले पनि दिएको छ। भक्तपुरको वागीश्वरी माध्यमिक विद्यालयले यस वर्षको एसईई परीक्षाको परीक्षाफलमा २ सय ४० जना विद्याथीहरुले एसईई दिएकामा ३.६ देखि ४.०० मा ४० जना विद्यार्थी, ३.२० देखि ३.५९ मा ४१ जना विद्यार्थी, २.८० देखि ३.१९ मा ७५ जना विद्यार्थी, २.४० देखि २.७९ मा ६४ जना, २.२० देखि २.३९ मा १२ जना र १.६० देखि २.१९ मा ८ जना विद्यार्थी जीपीए ल्याउन सफल भएर उदाहरण देखाइदिएका छन्।

पाँचतले मन्दिरमा झण्डोत्तोलन

बुधबार, १८ असार २०७६

भक्तपुरको प्रसिद्ध पाँचतले मन्दिरको गजुरमा बुधबार बुसाँरा (झण्डोत्तोलन) गरिएको छ। बर्सेनि असार शुक्ल प्रतिपदाको दिन बुसाँरा मनाइँदै आइएको छ।

सहिद बन्नुपर्ने मान्छे !

शनिबार, ०७ असार २०७६

बीस वर्षअगाडि सामान्य प्रशासन मन्त्रालयकोे उपसचिवबाट सेवानिवृत डा. इन्दुल केसीलाई चिनाउने पुस्तक प्रकाशित भएको छ– चौथौं आयाम। पुस्तकमा उनका बारेमा विद्धानबाट लेखिएका १६ लेख तथा शुभकामना छन्।

ओझेलमा छन् भक्तपुरका संग्रहालय

शनिबार, ०७ असार २०७६

भक्तपुरको दरवार स्क्वायरमा रहेको राष्ट्रिय कला संग्रहालयमा घुम्न आउने घटेका छन्। २०७२ सालको भूकम्पपछि यहाँ घुम्न आउने घटेका हुन्। संग्रहालयअन्तर्गत तीनवटा म्युजियम रहेका छन् चित्रकला, धातुकला र काष्ठकला। चित्रकला भक्तपुर दरवार स्वायरस्थित राष्ट्रिय कला संग्रहालयमा रहेको छ। काष्ठकला भक्तपुरकै तचपाल टोलस्थित दत्तात्रय मन्दिरको दक्षिणतर्फ रहेको छ भने धातुकला तचपाल टोलस्थित दत्तात्रय मन्दिरको उत्तरतर्फ चिकंफ मठमा रहेको छ।

सुध्रिँंदै सामुदायिक विद्यालय

मङ्गलबार, ०३ असार २०७६

विद्यालयका प्रिन्सिपल दीपक माक विद्यालयमा बर्सेनि १०/१५ जना विद्यार्थी बढेको बताउँछन्।

पातलिँदै लिंगाे वनका रूख

सोमबार, २७ जेठ २०७६

संस्कृतिविद ओम धौभडेलले लिंगो वनमा विशेष गरी विस्का जात्राको लागि भक्तपुरबाट सम्बन्धित गुठीका व्यक्तिहरु तथा सर्वसाधारण लिंगो लिन जाने बताए।

घर आधुनिक, झ्याल–ढोका परम्परागत

सोमबार, ०६ जेठ २०७६

भक्तपुरमा कलात्मक तथा परम्परागत झ्याल–ढोकाको प्रयोग अझै हुने गरेको छ। यी झ्याल–ढोकामा मेसिन प्रयोग गरिँदैन।

पोटरी स्क्वायरको पहिचान मेटिँदै

शुक्रबार, ०३ जेठ २०७६

कुनै बेला पोटरी स्क्वायरमा कुमाले समुदायका मानिसले माटोका भाँडा बनारहेका देखिन्थे। जताततै माटोका भाँडा राखिएका हुन्थे। तर, आजभोलि यस्तो दृश्य देखिँदैन।

भक्तपुरमा पाइलैपिच्छे पाटी

शुक्रबार, २७ बैशाख २०७६

भक्तपुरको प्रख्यात नागपोखरी छेउमा छन्, दुई पाटी। त्यहाँबाट पाँच मिनेटको पैदल दूरीमा पुगिने महालक्ष्मी मन्दिरसम्म ८ पाटी छन्। त्यति मात्रै होइन, भक्तपुरको हरेक वडामा कम्तीमा दुई दर्जन पाटी छन्।

Ncell Footer Ad