अशोकराज पाण्डे

पाँच वर्षमा बेलायतमा तेस्रो निर्वाचन

शुक्रबार, २७ मङि्सर २०७६

बेलायतमा पाँच वर्षको अवधिमा तेस्रोपटक आमनिर्वाचन भएको छ। आमनिर्वाचनअन्तर्गत बिहीबार मतदान सम्पन्न भएको छ। यसअघि सन् २०१५ र २०१७ मा पनि आमनिर्वाचन भएको थियो। बेलायतमा सामान्यतया चार वा पाँच वर्ष अवधिमा आमनिर्वाचन हुने गर्छ।

नोबेल नालीबेली

शनिबार, ०२ कार्तिक २०७६

नोबेलकी पूर्वपत्नी (बर्था) युद्ध र हतियारको विरोधी थिइन्। उनले ‘ले डाउन योअर्स आम्र्स’ पुस्तक लेखेकी छन्, जुन पुस्तक विश्व विख्यात छ। उनी विश्व शान्ति अभियानकी अभियन्ता थिइन्। आफ्नी पूर्वपत्नीको यस्तो सोच र कार्य देखेपछि नोबेलले आफ्नो इच्छापत्रमा ‘शान्ति पुरस्कार’ पनि थपे। रमाइलो त यो छ कि सन् १९०५ मा बर्थाले नै नोबेल शान्ति पुरस्कार पाइन्।

चन्द्रमामा मान्छेको पाइला परेको ५० वर्ष पूरा

आइतबार, ०५ साउन २०७६

चन्द्रमामा मान्छेको पाइला परेको शनिबार ५० वर्ष पूरा भएको छ। सन् १९६९ जुलाई २० का दिन मानव इतिहासमै पहिलो पटक अमेरिकी नागरिक नील आर्मस्ट्रङ र एड्विन बज एल्ड्रिलले चन्द्रमाको सतहमा पाइला चुम्न सफल भएका थिए।

दोस्रो कार्यकालका लागि नरेन्द्र मोदीले लिए प्रधानमन्त्री पदको शपथ

शुक्रबार, १७ जेठ २०७६

दोस्रो कार्यकालका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार साँझ पद तथा गोपनियताको शपथ लिएका छन्। हालै सम्पन्न लोकसभा निर्वाचनमा अत्याधिक बहुमत पाएको भारतीय जनता पार्टी (भाजपा) र उसको नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनका नेता मोदीलाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले हजारौं आमन्त्रित व्यक्तिको सामु पद तथा गोपनियताको शपथ गराए।

भाजपा गठबन्धनको ऐतिहासिक जित

शुक्रबार, १० जेठ २०७६

भारतको सत्रौं लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी ९भाजपा० को गठबन्धनले ऐतिहासिक जित हासिल गरेको छ। बिहीबार राति १० बजेसम्म भाजपा नेतृत्वको गठबन्धन राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) ले कुल पाँच सय ४२ सिटमध्ये तीन सय ४९ मा अग्रता कायम गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको दल भाजपा एक्लैले पनि ऐतिहासिक जित हासिल गर्ने देखिएको छ। भाजपा एक्लैले तीन सय सिट जित्ने मत गणनाको प्रारम्भिक अग्रताले देखाएको छ। यसअघि सन् २०१४ मा भएको लोकसभा निर्वाचनमा भाजपा एक्लैले २८२ सिट जितेको थियो। एनडिए प्रधानमन्त्री मोदीको नेतृत्वमा चुनावमा उत्रिएको हो। भारतमा फेरि पनि सरकारको नेतृत्वमा मोदीले गर्ने छन्।

सुरक्षा जिम्मा नेपाली सेनाको काँधमा

मङ्गलबार, २६ चैत २०७५

अफ्रिकी राष्ट्र लिबियामा द्वन्द्व चर्किएपछि त्यहाँ रहेका अमेरिकी फौजलाई अस्थायी रूपमा अन्यत्र सारिएको छ। द्वन्द्वका कारण भारतले पनि शान्ति सेनामा खटिएका सेन्ट्रल रिजर्भ फोर्सका १५ वटा टुकडीलाई त्रिपोलीबाट हटाएको छ।

अमेरिका—उत्तर कोरिया सम्बन्ध नयाँ युगमा

बुधबार, ३० जेठ २०७५

एकआपसमा कट्टर दुस्मन मानिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच पहिलोपटक मंगलबार सिंगापुरमा ऐतिहासिक शिखर बैठक भएको छ । बैठकपछि दुई देशबीच चारबुँदे बृहत् सम्झौता भएको छ । सम्झौतासँगै अमेरिका–उत्तर कोरिया सम्बन्ध नयाँ युगमा प्रवेश गरेको छ।

  • 1 (current)
Ncell Footer Ad