दीपेन्द्रसिंह थापा

हाते लेन्सको करामत

शनिबार, ०४ साउन २०७६

जीवनमा कतिकति गुरुहरू भोगिए, देखिए र सुनिए। यस्ता लहरमा देखा पर्ने कतिपयलाई सम्झिँदा लाग्छ, न ती मेरा चाहनाले मेरा गुरु बन्न आइपुगेका थिए न उनीहरूले चाहेर नै म उनीहरूका शिष्य। स्थान, काल, परिवेशअनुसारका आ–आफ्ना अभिनय थिए जीवनका रंगमञ्चमा।

शैलुङ डाँडामा चुर्लुम्मै

शनिबार, ०४ जेठ २०७६

छिनमै घाम, छिनमै बादल। कहिले कुहिरो र सिर्सिरे बतास। एकै छिनमा पानी नै बर्सिन पनि के बेर ! चिसो याममा बुरबुरती खस्ने हिउँको सौन्दर्य त अवर्णनीय छँदै छ। पहिलोचोटि शैलुङ पुग्दा मनमा लाग्यो, ‘सुन्दर चञ्चलतासहित प्रकृतिको उन्मत्त बैँस प्रदर्शित हुने कुनै दिव्य क्रीडास्थलमा पो छु कि म ?’ सय वटा थुम्काका लुङ शैलुङ, त्यो पनि मालाका लुङजस्तै लहरलहरमा मिलेका। कतै जोल्ठिएजस्ता, कतै अङ्कमाल गरेजस्ता र कतै आपसमा मिलेर टाँसिएजस्ता । अनेक बान्कीका थुम्काहरू। जता हे¥यो त्यतै कलात्मक परिदृश्य। हेरेर र घुमेर त, खै को पो अघाउला र यहाँ पुग्नेहरू जस्तो लाग्ने। मेरो मन पनि लुटपुटिनुसम्म लुटपुटिरह्यो। आँखाहरूले तनतनी सौन्दर्य पिई नै रहे, नथाकी।

शिक्षकविरुद्ध जुलुस

शनिबार, १४ बैशाख २०७६

‘केटाकेटीको गोठालो लागेर आउँदै छु’, बाटोमा भेटिएका अर्को व्यक्तितिर आफ्नो बोली सम्प्रेषित गर्दै थिए एक शिक्षक।

घुमाउने दह

शनिबार, १६ चैत २०७५

कञ्चन पानी कुलकुलाउँदै बग्ने पहाडी खोला कसलाई मन नपर्ला? प्रकृतिको सजीव बिम्ब हुन्छ त्यहाँ। निरन्तरताको प्रतीक हो खोला, र हो गतिशीलताको ध्वनि पनि। त्यसैले त खोलाको स्वच्छ पानी र बगिरहने बानी दुबै मन पर्छ मलाई पनि, अन्य प्रकृतिप्रेमीलाई जस्तै।

पिठो मीठो पानीघट्टैकाे

शनिबार, १९ माघ २०७५

कुनै बेला खुब चर्चित गीत हो, ‘सररर पानीघट्टमा, म त प्यारी फर्कन्छु, फर्कन्न नाम सारे है पेन्सनपट्टामा।’ सशस्त्र द्वन्द्वको दलदलमा देश जकडिँदाका व्यथाका बिम्ब असरल्ल छन् गीतमा। युद्धकालीन त्यो प्रतिकूलता अनि रातदिन नभनी सुरक्षाकर्ममा खटिने देशसेवकहरू। खासमा उनीहरूकै उच्च जोखिमयुक्त जीवन ध्वनित हुन्छ गीत सुन्दा। दुर्गम भेगका बासिन्दाको जीवनसँग अभेद्य सम्बन्ध जोडिएको पानीघट्टलाई नै किन प्रतीक बनाइयो होला यो गीतमा ? मलाई लाग्छ, अन्य प्रतीक प्रयोग गरिएको भए यति गहिरो विरही मनोदशाको चित्रण पक्कै हुने थिएन।

उत्तरगया बचाउने संघर्ष

शनिबार, २८ पुष २०७५

वारि नुवाकोट वेत्रावती, पारि रसुवा वेत्रावती। दुई जिल्लाको सिमाना मात्र छुट्टयाउँदैन वेत्रावतीले, दुवै तर्फका केही भूभागलाई यही नामले चिनाउँछ पनि। यति मात्र होइन वेत्रावतीको परिचय। सांस्कृतिक चिनारीको अलग्गै उचाइ छ यसको।

फूलको डोली पछ्याउँदा

शनिबार, २२ मङि्सर २०७५

समय र सम्भावना न स्थिर छ, न सीमित। हिँडिएका, भोगिएका बाटोका बाछिटा भने स्मृतिका अन्तरकुन्तरमा जम्मा भई बस्छन् र छचल्किन छाड्दैनन्। बेलाबखत सलबलाउँछन्, चलमलाउँछन् बितेका समयका छायाँहरू आफैँभित्र। झन्डै तीन दशकअघिको एउटा जात्रामय स्केच ताजै छ मेरो मनमा। यति ताजा कि न उडेको छ रङ त्यसको, न त धमिलिएका छन् रेखाहरू नै।

अघोषित पाठशालाको शिक्षा

शनिबार, १७ कार्तिक २०७५

कुरैकुरामा कहिलेकाहीँ कसैले प्याच्च बोलेको सुन्छु, ‘सङ्गत गुनाको फल’ । लाग्छ, सङ्गतलाई सामान्य ठान्न नहुने रहेछ । सङ्गतको प्रभाव कुनै न कुनै रूपमा प्रतिबिम्बित हुन्छ मान्छेमा । अझ असरदार देखिन्छ मान्छेका व्यवहारका मोडहरूमा।

मनको चचहुई

शनिबार, २० असोज २०७५

प्रत्येक वर्ष आवृत्त हुन्छ शारदीय सौन्दर्य । छरिन्छ मनमनमा समयको एकखाले आकर्षण । प्रकृतिको यही अनुक्रमसँगै जोडिएर आउँछ दसैँ । नेपाली मनका लागि सबैभन्दा ठूलो सांस्कृतिक उत्सवका रूपमा छुट्टै आकर्षण छ दसैँको । ग्रामीण परिवेशको दसैँ बिम्ब अझै उल्लेख्य लाग्छ मलाई ।

बालुवामा कोरिएका अक्षर

शनिबार, ०६ असोज २०७५

जीवन प्रकृतिको अंश । प्रकृति जनित विशिष्टताको गठजोडबाट उब्जिनु र प्रकृतिकै विशालतामा विलय भएर एक दिन सिद्धिनु जीवनको विशेषता । लाग्छ, प्रकृतिको सामीप्यमा रम्नेहरूको जीवन जति शान्त, सुशील र ऊर्जाशील हुन्छ, त्यति कृत्रिमताका पछि कुद्नेहरूको हुन्न ।

मनमा झंकृत झोराहाट

शनिबार, २३ भदौ २०७५

एउटा बिम्ब नै बनिसकेको छ झोराहाट गाउँ, उर्वर सांस्कृतिक चेतना छ त्यहाँ । गाउँमै नाटकघर स्थापना गरिएको छ । नाटक र साहित्यका अन्य विधामा समेत निरन्तर जीवन्त गतिविधि गर्दै आएको छ त्यहाँको ‘झोराहाट नाट्य केन्द्र’ले ।

जदौ!

शनिबार, ०२ भदौ २०७५

मृत्यु सबैभन्दा अप्रिय तर अवश्यम्भावी पाटो हो जीवनको । हो, सबैको जीवनको अन्त्य दुःखद नै हुन्छ । त्यसमा पनि आफूले आदर्श ठानेका, असल मानेका पात्रलाई असमयमै गुमाउनु पर्दाको पीडा कस्तो होला ?

चराका गुँड खोज्दा...

शनिबार, १९ साउन २०७५

जिन्दगीरूपी पुस्तकका प्रारम्भिक पृष्ठहरू कहिलेकाहीँ आफसेआफ फर्र पल्टिल्छन् । ती बिर्सन नसकिने भएर बसेका हुने रहेछन् स्मृतिका गर्तमा । सबैका बाल्यकाल आफ्नै किसिमका रङ र अनुभूतिले भरिएको हुन्छ।

लाङटाङ काव्य यात्रा

शनिबार, १९ जेठ २०७५

लाङटाङ पुगेर आँखाभरि लाङटाङ हिमालको सौन्दर्य सजाउने धोको थियो मनमा। म धादिङमा जन्मेको मान्छे भए पनि नजिकैको रसुवा पुग्ने साइत यस अघि किन जुरेको थिएन? आफैँसँग चित्तबुझ्दो उत्तर छैन। जब रसुवाका मित्र फुर्पा तामाङबाट रसुवाको सुन्दर पर्यटकीय गन्तव्य लाङटाङसम्मको पदयात्रामा सहभागी हुन निम्तो पाएँ, तत्कालै निम्तो स्वीकार्नु मेरा लागि खुसीको क्षण बन्यो।

  • 1 (current)
Ncell Footer Ad