रूबी रौनियार

रूबी रौनियार

वेदविद्याश्रमका विद्यार्थी ११ कक्षा पढ्नबाट वञ्चित

बिहिबार, २८ असार २०७५

एसइईको नतिजा भएसँगै विद्यार्थीहरु आफनो क्षमता र रुचिअनुसार कक्षा ११ मा विषय र विद्यालय छनोट गर्न व्यस्त छन् । विद्यार्थीलाई विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा समूहमा भर्ना गर्न विद्यालयहरुको तछाडमछाड पनि देखिन्छ।

विद्यालय पुनर्निर्माणलाई ५९ अर्ब अपुग

आइतबार, २४ असार २०७५

२०७२ वैशाख १२ को महाभूकम्पछि क्षति भएका कुल ७ हजार ५ सय ५३ विद्यालय पुनर्निर्माणका ५९ अर्ब रकम अपुग छ ।

उपकुलपति कोइरालालाई विदेश जान रोक

आइतबार, २४ असार २०७५

सरकारले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालालाई विदेश जान रोक लगाएको छ।

विद्यालयहरुले लिएका मनोमानी शुल्क फिर्ता हुने

बुधबार, २० असार २०७५

चालू शैक्षिक सत्रमा निजी विद्यालयहरुले मनोमानी रुपमा असुलेको शुल्क एक महिनाभित्र फिर्ता हुने भएको छ।

एसइईपछिको अन्योल, संवेदनशील छैन पदाधिकारी

मङ्गलबार, १९ असार २०७५

राष्ट्रिय परीक्षा बोर्डले असार ९ गते कक्षा १० को नतिजा सार्वजनिकमा त्रुटि हुँदा ९ हजार बढी विद्यार्थीको नतिजामा फेरबदल भयो।

मस्यौदा पारित नहुँदै पाठ्यक्रमको तयारीे

सोमबार, १८ असार २०७५

पाठ्यक्रम विकास केन्द्रले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप सार्वजनिक नगरी पाठ्यक्रम निर्माणमा लागेको छ। कक्षा ११ र १२ को विज्ञान समूहबाट गणित विषय हटाएपछि चौतर्फी विरोध आएपछि सरकार यस वर्ष प्रारुप कार्यान्वयन गर्न पछि हटेको थियो।

त्रिविमा सरकारको स्वीकृतिबिनै दरवन्दी

शुक्रबार, १५ असार २०७५

त्रिभुवन विश्वविद्यालयका उपकुलपति तिर्थ खानियाँ, रेक्टर सुधा त्रिपाठी र रजिष्ट्रार डिल्लीराम उप्रेतीको मिलेमतोमा सरकारको स्वीकृतिबिनै विश्वविद्यालयमा तीन निर्देशनालय र एक गुणस्तर प्रमाणीकरण तथा प्रत्यायोजन केन्द्र (क्युएए) थपिएको छ।

ग्रेडिङ प्रणालीमा पोख्त नहुँदा एसइईको गलत नतिजा प्रकाशित

मङ्गलबार, १२ असार २०७५

राष्ट्रिय परिक्षा बोर्ड सानो ठिमीले शनिवार प्रकासित गरेको त्रुटिपुर्ण नतिजाका कारण कक्षा १०(एसइइ)को परीणाममा ९ हजार ४७ विद्यार्थी प्रभावित बने।

कमजोर विद्यार्थीको संख्या बढ्दै

सोमबार, ११ असार २०७५

सरकारले सार्वजनिक शिक्षा सुधारको लक्ष्यसहित तीन वर्षअघि अक्षरांकन पद्धतिबाट नतिजा प्रकाशनको थालनी गरे पनि उपलब्धि हासिल गर्न सकेको छैन।

कार्यक्षेत्र मिच्दै बौद्ध विश्वविद्यालय

आइतबार, १० असार २०७५

बौद्ध धर्म, संस्कृति र दर्शनलगायत प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित लुम्बिनी बौद्ध विश्वविद्यालयले आफ्नो कार्यक्षेत्रबाहिर गएर सम्बन्धन दिएको छ।

अझै बन्न सकेनन् ३७ सय स्कुल

बिहिबार, ०७ असार २०७५

सरकारले विनासकारी भूकम्पले क्षति भएका सबै स्कुलहरु तीन वर्षभित्र बनिसक्ने प्रतिबद्धता जनाए पनि भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि ३२ जिल्लाका ७ हजार ५ सय ५३ स्कुलमध्ये ३ हजार ७ सय ६७ स्कुल बन्न सकेका छैनन्।

नयाँ पाठ्यक्रम कार्यान्वयन यो वर्ष नहुने

बिहिबार, ०७ असार २०७५

शिक्षा मन्त्रालयले यसै शैक्षिक सत्रदेखि कक्षा ११ मा कार्यान्वयनमा ल्याउने गरी पास गरेको विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ विवादमा आएपछि सरकार यसको कार्यान्वयनबाट पछि हटेको छ।पूर्वतयारी नपुगेकाले यस वर्ष परीक्षण गर्ने भन्दै शिक्षा मन्त्रालय पछाडि हटेको छ।

विद्यालयबाट ‘रकम असुल्न’ शैक्षिक हडताल

सोमबार, ०४ असार २०७५

केही दिनअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठनले काठमाडौं पश्चिम भेगमा नाम चलेको एक निजी विद्यालयसँग ‘मोटो रकम’ माग गर्यो । विद्यालय सञ्चालक र त्यहाँ पैसा माग्न पुगेका सो संगठनका विद्यार्थीबीच केहीबेर रकममा बार्गेनिङ भयो।

त्रिविमा श्रेणी बढुवा गरी कामु दिने प्रावधान गैरकानुनी

आइतबार, ०३ असार २०७५

त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनियाँले विश्वविद्यालयको ९ महाशाखा तथा कार्यालयहरूमा एक तह मुनिका कर्मचारीलाई श्रेणी बढुवा गरी कायममुकायम दिने प्रस्ताव गैर कानुनी भएको भन्दै कानुन संकायमा डिन ताराप्रसाद सापकोटाले कार्यकारी परिषद्को सदस्यबाट राजीनामा दिएका छन्।

राष्ट्रिय पाठ्यक्रम प्रारुप विवादित

शुक्रबार, ०१ असार २०७५

शिक्षा विज्ञान तथा प्राविधि मन्त्रालयअन्र्तगतको पाठ्यक्रम विकास केन्द्र सानोठिमीले यसै शैक्षिक सत्रदेखि कार्यान्वयन हुने गरी पारित गरेको विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ मा कक्षा ११ र १२ को पाठ्यक्रम विवादित बनेको छ।

कक्षा ११ काे विज्ञानमा हटाइयाे गणित

सोमबार, २८ जेठ २०७५

कक्षा ११ र १२ का विज्ञान समूहका विद्यार्थीले अब गणित विषय पढ्न नपाउने भएका छन्। यसो भएसँगै गणितबिनाको विज्ञान अध्ययनले स्वदेश तथा विदेशमा समेत विज्ञान तथा प्रविधि विषयमा उच्चशिक्षा हासिल गर्नबाट वञ्चित हुनुपर्नेछ।

प्रारम्भिक बालविकास शिक्षामा फड्को मार्दै नेपाल

बुधबार, २३ जेठ २०७५

डेढ दशकमा नेपालले प्रारम्भिक बालविकास शिक्षामा फड्को मारेको छ। नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार आयोजना गरेको एसिया प्रशान्त क्षेत्रीय बालविकास तथा तेस्रो एशिया प्रशान्त क्षेत्रीय नीति मञ्चको बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नेपालमा हाल प्रारम्भिक बालविकास (इसिडि) शिक्षामा ४ वर्षसम्मका बालबालिकाको ८४ प्रतिशत पहुँच पुगेको तथ्यांक प्रस्तुत गरे। सन् २००२ मा १२ प्रतिशत बालबालिकाले मात्र इसिडिको अनुभव हासिल गरेको तथ्यांक प्रस्तुत गर्दै उनले बालविकासको क्षेत्रमा नेपालले राम्रो उपलब्धी हासिल गरेको जनाए।

शैक्षिक हड्तालले देशभरका निजी विद्यालय बन्द

मङ्गलबार, २२ जेठ २०७५

आठ विद्यार्थी संगठनले ९ बुँदे माग राख्दै सोमबार घोषणा गरेको शैक्षिक हड्तालका कारण देशभरका संस्थागत विद्यालयहरु बन्द भए। विद्यार्थी संगठनहरूले निजी विद्यालयको चर्को शुल्क वृद्धिको विरोधमा हड्ताल गरेका हुन्। हड्तालका कारण सोमबार देशभरका ६ हजार संस्थागत विद्यालयका २० लाख विद्यार्थीको पठनपाठन प्रभावित भयो।

भर्ना अभियानमा समेटिएनन् ६० हजार बालबालिका

आइतबार, २० जेठ २०७५

‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचमा सुनिश्चितता र सिकाइमा स्थायित्व’ भन्ने नारासाथ सञ्चालित विद्यालय भर्ना अभियन सम्पन्न भएको छ। यस वर्ष विद्यालयबाहिर रहेका ३ लाख १३ हजार २ सय ८९ बालबालिकालाई विद्यालयभित्र ल्याउने लक्ष्यसाथ सञ्चालित अभियानले अझै विद्यालयबाहिर रहेका करिब ६० हजार विद्यालय तहका बालबालिकालाई विद्यालयभित्र ल्याउन सकेको छैन।

कक्षा ११ र १२ मा नेपालीलाई कम क्रेडिट आवर

शनिबार, १९ जेठ २०७५

नेपाली भाषासँग सरोकार राख्ने विभिन्न पक्षबाट विरोध हुँदाहुँदै पनि राष्ट्रिय पाठ्यक्रम विकास परिषद्ले कक्षा ११ र १२ मा नेपाली विषयलाई ३ क्रेडिट आवरको व्यवस्थासहित विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप शुक्रबार पारित गरेको छ । परिषद्का अध्यक्ष शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको बैठकले पाठ्यक्रम प्रारुप पास गरेको हो।

Ncell Footer Ad