रूबी रौनियार

रूबी रौनियार

उपसचिव सरुवा गरिएको ठाउँमा गएनन्

सोमबार, ०३ मङि्सर २०७५

स्थानीय निकायमा सरुवा भइसकेका शिक्षाका उपसचिवहरुलाई शिक्षा मन्त्रालयअन्तर्गतका शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आइतबार हाजिर गर्न नदिँदा हाजिर कपी खोसाखोस भएको छ । शिक्षाका उपसचिवहरुलाई मन्त्रालयले असोज २९ गतेसरुवा गरे पनि वरिष्ठताको क्रम नमिलेको भन्दै उपसचिवहरु खटाइएको ठाउँमा जान मानेका छैनन् । उनीहरुले हाल केन्द्रमै हाजिर गरिरहेका छन्।

विज्ञान समूहका विद्यार्थीले गणित पढ्न पाउने

मङ्गलबार, २७ कार्तिक २०७५

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले आगामी साउनदेखि कार्यान्वयन गर्न तयार पारेको राष्ट्रिय पाठ्यक्रम प्रारुपलाई परिमार्जन गरी कक्षा ११ र १२ का विज्ञान समूहका विद्यार्थीका लागि गणित अध्ययन गर्ने बाटो खुला पारेको छ।

पेचिलो बन्दै चिकित्सा शिक्षा विधयेक

शुक्रबार, १६ कार्तिक २०७५

शिक्षा तथा स्वास्थ्य संसदीय समितिअन्तर्गतको चिकित्सा शिक्षा विधयेक सम्बन्धी अध्ययन गर्न बनेको उपसमितिको बिहीबारको बैठकमा सदस्यहरु अनुपस्थित भएपछि बैठक बस्न सकेन।

विश्वविद्यालय सम्पत्ति विवादले कामकारबाहीमा समस्या

बिहिबार, १५ कार्तिक २०७५

सरकारले आठ वर्षअघि स्थापना गरेको मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयबीचको सम्पत्ति विवाद समाधान नहुँदा कामकारबाहीमा समस्या देखिएको छ। ती विश्वविद्यालयका विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्रमा पनि अझै त्रिभुवन विश्वविद्यालयकै नाम रहेको छ।

माविसम्म एकै खालको प्राविधिक तथा व्यवसायिक शिक्षा दिन सुझाव

बुधबार, १४ कार्तिक २०७५

सरकारले प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिमसम्बन्धी भावी नीति र संस्थागत संरचनाको सुझाव दिन गठन गरेको उच्चस्तरीय कार्यदलले प्राविधिक शिक्षा माध्यामिक तहसम्म एउटै प्रकारको हुनुपर्ने सुझाएको छ।

मदरसासम्बन्धी विधेयकमा विवाद

सोमबार, १२ कार्तिक २०७५

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले दुई साताअघि मदरसा शिक्षालाई व्यवस्थित गर्न मदरसा शिक्षा बोर्ड गठनसम्बन्धी विधेयक, २०७५ प्रदेश सभामा प्रस्तुत गरेलगत्तै प्रदेश सभासदहरुले सो विधेयकको विरोध गरेका छन्।

बस चढ्ने रहर

शुक्रबार, २६ असोज २०७५

गत आइतबार बिहान साढे सात बजे ताहचलमा रहेको क्रिस्टल होमको अगाडि प्रिमियर, युरोकिड्स, रुपिज, त्रियोग, चाँदबागलगायत विभिन्न स्कुलका बस रोकिए। बालबालिकाहरू स्कुल पोसाकमा झोलाको भारी बोकेर बसमा चढ्दै थिए ।

शिक्षा सुधारका लागि ‘सिल्भर भोलेन्टियर’

बुधबार, २४ असोज २०७५

सरकारले कार्यान्वयनमा ल्याएको अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनमा काठमाडौं महानगरपालिका जुटेको छ।

विद्यार्थीको दुर्गम सेवा घटाउन माग

सोमबार, २२ असोज २०७५

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छात्रवृत्तिमा अध्ययन गरेका मेडिकलका विद्यार्थीहरुले दुर्गममा अन्य विश्वविद्यालयमा व्यवस्था भएअनुसार २ वर्षको मात्र कार्य सेवा हुनुपर्ने माग गरेका छन्।

निःशुल्क शिक्षा कार्यान्वयन कठिन

आइतबार, २१ असोज २०७५

सरकारले शिक्षामा सबै बालबालिकाको पहुँच पु-याउने लक्ष्यसहित अनिवार्य तथा निःशुल्क शिक्षा ऐन हालै कार्यान्वयनमा ल्याएको छ।

शिक्षकका सन्तान पढ्न थालेपछि गुणस्तर वृद्धि

मङ्गलबार, १६ असोज २०७५

सार्वजनिक विद्यालयका शिक्षकहरुले आफूले पठनपाठन गराउँदै आएका स्कुलमा आफ्ना नानी पढाउन थालेपछि स्कुलको पठनपाठन, सरसफाई, शैक्षिक वातावरण तथा अनुसानसमा सुधार हुन थालेको छ।

शिक्षामा बजेट बढाउन माग

मङ्गलबार, ०९ असोज २०७५

विश्व निकेतन स्कुलमा प्रारम्भिक बालकक्षादेखि कक्षा १२ सम्म २ हजार ७ सय विद्यार्थी अध्ययन गर्छन्। स्कुलमा शिक्षक र कर्मचारी गरी १ सय १५ कार्यरत छन् ।

‘धिक्कार होइन सकारात्मक व्यवहार गरौं’

सोमबार, ०८ असोज २०७५

धादिङका शिव श्रेष्ठ ११ वर्ष पुग्दा उनको व्यवहार असामान्य देखियो। पछि थाहा भयो उनी बौद्धिक अपांग रहेछन्।

महिलाहिंसाबारे पाठ्यक्रम बनाउने तयारी

शुक्रबार, ०५ असोज २०७५

उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले समाजमा बढ्दै गएको महिलाहिंसा न्यूनीकरण गर्न विद्यालयस्तरका पाठ्यक्रमै हिंसाविरुद्धका पाठ समावेश गरिने सरकारी तयारी भइरहेको बताएकी छिन्।

शिक्षा विधेयकमा निजी स्कुलको असहमति

मङ्गलबार, ०२ असोज २०७५

निजी विद्यालयले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक नमान्ने चेतावनी दिएका छन्।

परिपक्व प्रस्ताव ल्याउन कुलपतिको चेतावनी

शनिबार, ३० भदौ २०७५

कृषि तथा वन विश्वविद्यालयको शुक्रबार बसेको सातौं सभामा उपकुलपति ईश्वरीप्रसाद ढकालले पेस गरेको प्रस्ताव विश्वविद्यालयको हितमा नभएका भन्दै कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकृत गरेका छन्।

त्रिविमा प्रक्रियाविपरीत कामु दिइँदै

शुक्रबार, २९ भदौ २०७५

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले प्रक्रियाविपरीत पुनः दुई कर्मचारीलाई श्रेणी बढुवासाथ रेक्टर र रजिस्ट्रार कार्यालयका कायममुकायम पदमा नियुक्त गरेको रहस्य खुलेको छ।

बीचमै पढाइ छाड्ने विद्यार्थी बढे

बिहिबार, १४ भदौ २०७५

१९ वर्षीय रविन्द्र राम दिउँसोको टन्टलापुर घाममा सुन्धाराको नजिकैको पेटीमा बसेर बटुवाहरुको चुडिएको जुत्ताचप्पल सिलाउने र पालिस गर्ने गर्छन् । दिउँसभरिको कमाई जम्मा गरेर घरपरिवारको बिहान–बेलुकाको छाक टार्छन् ।

सृजनको विश्वकीर्तिमान

बिहिबार, १४ भदौ २०७५

भक्तपुरका २० वर्षीय सृजन तिमिलसिनाले विश्वकै सबैभन्दा लामो शीर्षकमा किताब लेखेर विश्व कीर्तिमान कायम राख्न सफल भएका छन्। सृजनले मस्तिष्कको विकासका बारेमा ५० पृष्ठको किताब लेखेका छन् ।

विद्यालयमा स्वास्थ्योपचार अनिवार्य

बुधबार, १३ भदौ २०७५

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संसद्मा पेस गरेको अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धि विधेयक २०७५ अनुसार अब देशभरका सरकारी तथा निजी विद्यालयमा विद्यार्थीका लागि निःशुल्क स्वाथ्योपचारको अनिवार्य व्यवस्था गर्नुपर्ने भएको छ।

Ncell Footer Ad