रूबी रौनियार

रूबी रौनियार

निजी कलेजको भर्ना अमान्य

मङ्गलबार, २४ पुष २०७५

कृषि तथा वन विश्वविद्यालयको स्वीकृतीबिना निजी कलेजहरुले कृषि तथा वन विज्ञान संकायमा विद्यार्थी भर्नाको तयारी थालेका छन्। केही निजी कलेजहरुले भर्ना सूचना प्रकाशित गरी विद्यार्थी भर्ना प्रक्रि सुरु गरेका छन्।

त्रिविमा नयाँ विषय थपिँदै, पुराना सुक्दै

शुक्रबार, २० पुष २०७५

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले अध्ययनबिना नै नयाँ विषय थप्दै जाने प्रवृत्तिका कारण विगतमा स्थापित महत्वपूर्ण विषयमा विद्यार्थी घट्दै गएका छन्। विश्वविद्यालयका पदाधिकारीले लहडमै नयाँ विषयका विभाग खोल्ने र प्रमुख हुने उद्देश्यले नयाँ विषय थप्दै जाँदा पुराना विषयमा विद्यार्थी सुक्दै गएको प्राध्यापकले नै औंल्याएका छन्।

त्रिविको ४४ औं दीक्षान्तमा छात्रा वर्चस्व

मङ्गलबार, १७ पुष २०७५

त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा लामो समयदेखि छात्रहरु सर्वोत्कृष्ट हुँदै आएका थिए भने यस वर्षको दीक्षान्तमा छात्राहरु उत्कृष्ट भएका छन्। विगतमा एक दुई विषयमा मात्र छात्रा उत्कृष्ट हुने गरेका थिए भने यस वर्ष उत्कृष्ट विद्यार्थीको पदकमा छात्राहरुकै बाहुल्यता रह्यो।

‘करारलाई स्थायी गर्नु विश्वविद्यालयको अहितमा’

सोमबार, १६ पुष २०७५

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्का पदाधिकारी उपकुलपति, रेक्टर र रजिष्ट्रारले त्रिविमा अध्यापनरत करार शिक्षकहरुलाई स्वतः स्थायी गराउने लिखित प्रतिबद्धता जनाएपछि चार दिनदेखि अवरुद्ध त्रिभुवन विश्वविद्यालय प्रध्यापक संघको चुनाव आइतबार सम्पन्न भएको छ।

‘जुसे करार’ को अवरोधले चुनाव प्रभावित

शनिबार, १४ पुष २०७५

त्रिभुवन विश्वविद्यालयमा करार सेवामा कार्यरत शिक्षण सहायकहरूको अवरोधका कारण त्रिवि प्राध्यापक संघको अधिवेशन प्रभावित भएको छ। करार सेवामा कार्यरत स्वतः स्थायी हुुनुपर्ने माग पूरा गराउने प्रतिवबद्धता नगरेसम्म चुनाव हुन नदिने अडान लिएपछि शुक्रबार चुनाव हुन नसकेको हो।

त्रिविको दाम, निजी कलेजमा काम

बिहिबार, १२ पुष २०७५

नेपालकाे पहिलो र ठूूलो त्रिभुवन विश्वविद्यालयको गिर्दाे शैक्षिक स्तरमाथि प्रश्न उठिरहेका छन्। अर्कोतिर यति नै बेला त्रिविमै अध्यापन गराउने शिक्षकहरूले सञ्चालन गरिरहेका निजी कलेज भने दिन दुगुना रात चौगुना हिसाबले ‘फस्टाइरहेका’ छन्।

शिक्षा आयोगको प्रतिवेदन : निजी स्कुल सञ्चालककाे आपत्ति

बिहिबार, १२ पुष २०७५

सरकारले गठन गरेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले पूर्वतयारी बिना नै सबैका लागि गुणस्तरीय सार्वजनिक शिक्षाको सुनिश्चिता गर्ने बहानामा निजी विद्यालयलाई सिध्याउने गर्ने गरी तयार पारेको प्रतिवेदनले समग्र शिक्षा क्षेत्रमै ठूलो दुर्घटना निम्त्याउने निजी विद्यालय सञ्चालकहरुले आपत्ति जनाएका छन्।

कक्षा ११ को नतिजा चित्त नबुझे उत्तरपुस्तिका पुनःपरीक्षण गर्न पाइने

आइतबार, ०८ पुष २०७५

कक्षा ११ को वार्षिक परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योगका लागि निवेदन दिएका विद्यार्थीहरुले पुनर्योगका नतिजा पश्चात उक्त नतिजामा समेत चित्त नबुझे उत्तरपुस्तिका पुनःपरीक्षण गराउने ब्यवस्था राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले गरेको छ।

शिक्षा निःशुल्क गर्न अर्थ मन्त्रालयसँग छलफल

शुक्रबार, ०६ पुष २०७५

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले संघीय शिक्षा ऐनको मस्यौदामाथि छलफल गर्न बिहीबारदेखि दुई दिने राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ।

निजी विद्यालय राज्यमातहत ल्याउन सुझाव

सोमबार, ०२ पुष २०७५

निजी विद्यालयलाई राज्यमातहत ल्याई सेवामूलक बनाउन सरकारलाई सुझाव दिने तयारी भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले पुस ५ गते राष्ट्रिय सम्मेलन गरी यस्तो सुझाव दिने तयारी गरेको हो। सम्मेलनमा आयोगले आफ्नो प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरी थप रायसुझाव लिनेछ।

बालबालिका लक्षित यौन शिक्षा आवश्यक

बिहिबार, २७ मङि्सर २०७५

गत साता युनेस्केकोले आयोजना गरेको यौन शिक्षाबारेको गोष्ठिमा एक सहभागीले विज्ञ डा. खेम कार्कीलाई सोधे, ‘मेरो छोरीले मलाई सेक्स के हो भनेर सोधिन्, मैले त आमालाई सोध भनिदिएँ। मैले उनलाई कसरी बताउनु भनि आमातर्फ देखाएदिएँ। के मैले ठीक गरेँ?'

गृहकार्य नगरेको निहुँमा विद्यार्थीलाई यातना

बुधबार, १९ मङि्सर २०७५

ललितपुरको एक सरकारी विद्यालयका गृहकार्य नगरेको निहुँमा विद्यार्थीलाई यातना दिँदा त्रासले विद्यार्थी विद्यालय जानै छाडेका छन्।

विषेश शिक्षाका शिक्षक कर्मचारीमाथि विभेद भएकोमा विरोध

सोमबार, १७ मङि्सर २०७५

विशेष शिक्षा अध्यापनमा संलग्न शिक्षक तथा कर्मचारीको सेवा सुविधा साधारण विद्यालयका शिक्षक तथा कर्मचारी सरह नै हुनुपर्ने माग गर्दै विशेष शिक्षा शिक्षक महासमितिमा आबद्ध देशभरिका शिक्षकहरु आन्दोलनमा उत्रने भएका छन्।

वल्र्ड ट्रेडले तिरेन जग्गा भाडा

शुक्रबार, १४ मङि्सर २०७५

त्रिभुवन विश्वविद्यालयको १० रोपनी १३ आना ३ पैसामा रहेको वल्र्ड ट्रेड सेन्टर, त्रिपुरेश्वरको व्यापरिक कम्प्लेक्सका सञ्चालक शुकुन्तलाल हिराचनले १५ वर्षअघि विश्वविद्यालयसँग ३० वर्षको सम्झौता गरी जग्गा भाडामा लिएको हो।

प्रभावकारी हुन सकेन इसिडी

बिहिबार, १३ मङि्सर २०७५

सरकारले कार्यान्वयनमा ल्याएको एक वर्षे प्रारम्भिक बालविकास केन्द्र (इसिडी)को प्रभावकारी व्यवस्थापन नहुँदा विद्यार्थीको संख्या घट्दै गएको पाइएको छ।

तराइ–पहाड जोड्दै नेपाल भाषा

सोमबार, १० मङि्सर २०७५

काठमाडौंको गणबहालमा रहेको नेपाल आदर्श माविका कक्षा ४ का विद्यार्थी र शिक्षक अचेल नेवारीमा वार्ता गर्छन्। बिहीबार दिउँसो स्कुलमा पुग्दा नेपाल भाषा शिक्षिका सरस्वती तुलाधार नेपाल भाषाको पुस्तक लिएर कक्षामा प्रवेश गर्दा पनि विद्यार्थीसँग नेवारीमै कुरा गरिन्।

भर्ना दर बढ्यो, बढेन गुणस्तर

आइतबार, ०९ मङि्सर २०७५

विद्यालय शिक्षामा भर्ना दर बढे पनि गुणस्तर भने खस्कँदै गएको सरकारी तथ्यांकले नै देखाएको छ।

अब्बल प्रधानाध्यापकलाई कमजोर स्कुलमा खटाइने

शनिबार, ०८ मङि्सर २०७५

काठमाडौं महानगरपालिकाले सरकारी शिक्षाको गुणस्तर सुधारका लागि अब्बल स्कुल बनाउने प्रधानाध्यापकलाई कमजोर सरकारी स्कुलमा खटाउने निर्णय गरेको छ।

छात्रवृत्तिमा पढेका तोकिएको ठाउँमा नगए बिगो भराउने

बिहिबार, ०६ मङि्सर २०७५

सरकारले छात्रवृत्तिमा अध्ययन गरेकाहरु खटाएको ठाउँमा सेवा गर्न नगए पढाइमा लागेको सम्पूर्ण खर्च बराबरको बिगो भराउने तयारी गरेको छ।

उपसचिव सरुवा गरिएको ठाउँमा गएनन्

सोमबार, ०३ मङि्सर २०७५

स्थानीय निकायमा सरुवा भइसकेका शिक्षाका उपसचिवहरुलाई शिक्षा मन्त्रालयअन्तर्गतका शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आइतबार हाजिर गर्न नदिँदा हाजिर कपी खोसाखोस भएको छ । शिक्षाका उपसचिवहरुलाई मन्त्रालयले असोज २९ गतेसरुवा गरे पनि वरिष्ठताको क्रम नमिलेको भन्दै उपसचिवहरु खटाइएको ठाउँमा जान मानेका छैनन् । उनीहरुले हाल केन्द्रमै हाजिर गरिरहेका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad