नीरज लवजू

‘हाउ डेयर यु ?’

शनिबार, ११ असोज २०७६

‘के तपाईंहरूलाई उनीहरू (राजनीतिक नेताहरू)ले हाम्रो कुरा सुन्छन् जस्तो लाग्छ ?’ सहभागीहरू चिच्याए– लाग्दैन। अनि दृढ स्वरमा ग्रेटाले भनिन्, ‘हामी उनीहरूलाई हाम्रो कुरा सुन्ने बनाउँछौं।’

पर्यटनसँग जोडौं परम्परा

शुक्रबार, ०६ भदौ २०७६

सापारुका बेला सांस्कृतिक उत्सवलाई पर्यटनस“ग जोड्ने प्रयास थालनी भएको छ। तर भक्तपुर र मध्यपुरमा अझै रात्रिकालीन पर्यटन प्रवद्र्धन हुन नसक्दा यस्ता सांस्कृतिक गतिविधिले पर्यटन उद्योगमा जति योगदान गर्न सक्थे, त्यति हुन सकेको छैन।

जरोमै उपचार जरुरी

मङ्गलबार, ३१ असार २०७६

अविरल वर्षाका कारण देशभरि जुन जनधन क्षति भइरहेको छ, यसले के पुष्टि गर्छ भने यस वर्ष पनि सरकारले प्राकृतिक विपद्बाट हुने क्षति न्यूनीकरणका लागि पर्याप्त पूर्वतयारी गरेन। जेठ, असार, साउन र भदौ, नेपालमा पानी पर्ने महिना हुन्। विशेषतः यी ४ महिनासम्म रहने मनसुन नेपालका लागि वरदान र श्राप दुवै हुने गरेको छ।

नौटंकी रोजगार कार्यक्रम

आइतबार, ०८ असार २०७६

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रचारप्रसार तामझामका साथ ग-यो। तर यस कार्यक्रमका नाममा गरिएका गतिविधिले सरकारको छवि उकासिएन बरु देशभरि गरिएका अनुत्पादक खर्चले बदनामी अझ बढायो। असारको मुखमा जिल्ला–जिल्लामा सञ्चालन गरिएको यो कार्यक्रम सरकारी बजेट सिध्याउने असारे विकासको नया“ जामामात्र सिद्ध भयो।

भक्तपुरमा हराउँदै भजन

आइतबार, २६ जेठ २०७६

उत्पादन सम्बन्धमा आएको फेरबदलसँगै काठमाडौँ उपत्यकाको संस्कृतिमा पनि क्रमशः परिवर्तन भइरहेको छ। उपत्यकाका तीन प्रमुख सहरमध्ये भक्तपुरमा तुलनात्मक रूपमा मूर्त–अमूर्त सम्पदा र संस्कृति संरक्षण भइरहेको बताइन्छ। तर त्यहाँका रैथाने बासिन्दाको आर्थिक सम्बन्धमा आएको परिवर्तनसँगै कतिपय अमूर्त संस्कृति क्रमशः क्षीण बन्दै गएको देखिन्छ।

अन्तवार्तामा हेमिङ्ग्वे

शनिबार, १८ जेठ २०७६

अमेरिकी फ्लोरिडा राज्यको मायामी सहरबाट क्युवा ९० माइल टाढा पर्छ। क्युवा कुनै समय अमेरिकी कुलीन वर्गको ऐयासी गर्ने ठाउ“ थियो। तर, सन् १९५९ मा फिडेल क्यास्ट्रोको नेतृत्वमा भएको विद्रोहले सत्ता कब्जा गरेपछि क्युवा र अमेरिकाबीच सम्बन्ध चिसियो। अमेरिकी लगानीकर्ताहरूको नियन्त्रणमा रहेका सबै उत्पादनका साधनलाई क्युवा सरकारले राष्ट्रियकरण ग¥यो। त्यसपछि क्युवाप्रति अमेरिकी कुलीनहरूको छवि बदलियो। क्युवा अमेरिकाको नाकैमुनिको कट्टर अमेरिकी साम्राज्यविरोधी देश बन्यो। अमेरिकी र क्युवाबीचको तिक्ततापूर्ण राजनीतिक सम्बन्ध मिठो बनिसकेको छैन।

इरान–अमेरिका द्वन्द्वमा नेपाल

बिहिबार, ०२ जेठ २०७६

इरानस“ग तेल आयात गरिरहेका देशहरूलाई अमेरिकाले इरानी तेल आयात पूर्णरूपमा रोक्न नत्र आफ्नो नाकाबन्दी सामना गर्न चेतावी दिएको छ। एक वर्षअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको वैशाख १८(मे १) सम्ममा इरानस“ग तेल खरिद शून्यमा झार्नुपर्ने आदेशात्मक अभिव्यक्ति दिएका थिए। अमेरिकी विदेश सचिव माइक पम्पेओले महिना दिनअघि सोही चेतावनी दोहो¥याएका थिए। वैशाख १९ देखि लागु हुनेगरी वासिङ्टनले यस्तो सूचना सार्वजनिक गरेको थियो। इरानस“ग तेल आयात गर्ने देशहरूमा विशेषत: भारत, चीन, जापान, दक्षिण कोरिया र टर्की छन्।

उन्मक्त भाजपा

शनिबार, २३ चैत २०७५

भारतमा चैत २८ देखि ०७६ जेठ ५ गतेसम्म सत्रौं लोकसभाको निर्वाचन सात चरणमा हु“दैछ। सात चरणमध्ये सबैभन्दा बढी ११५ स्थानका लागि वैशाख १० गते चुनाव हुनेछ भने सबैभन्दा कम ५१ स्थानका लागि वैशाख २३ गते। चुनावले भारतीय लोकसभाका लागि ५४३ स्थानका सांसद निर्वाचित गर्नेछ।

स्थानीय पाठ्यक्रम : कुहिराको काग

बुधबार, २० चैत २०७५

राष्ट्रिय पाठ्यक्रम प्रारूपले स्थानीय तहलाई कक्षा १ देखि ८ सम्मका लागि स्थानीय पाठ्यक्रम विकास गर्न सक्ने अधिकार प्रदान गरेको छ। तर यो अधिकार व्यावहारिक अभ्यासमा भने चुनौतीपूर्ण देखिएको छ। स्रोत साधन र जनशक्तिका हिसाबले कुनै कमी नभएका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका समेत यसबारे केही मेलोमेसो नपाएर कुहिरोमा अल्मलिएको काग बनिरहेको अवस्थामा दुर्गम क्षेत्रका पालिकाहरूले यो अधिकारको प्रयोग कसरी गर्ने हुन् ? सोचनीय विषय हो।

मार्खेजको नविन प्रयोग

शनिबार, १६ चैत २०७५

कोलोम्बियाली आख्यानकार गार्बियल गार्सिया मार्खेजका उपन्यास पढ्न नेपाली पाठकले झेल्नुपर्ने चुनौती भनेकै साँस्कृतिक दूरी हो। त्यसकारण उनका उपन्यासमा आउने पात्र नेपाली पाठकका लागि अजीव र अस्वाभाविक लाग्छन्। उनको उपन्यास ‘लिफ स्ट्रम’ को केन्द्रीय पात्र डाक्टर पनि यस्तै अजीव र अस्वाभाविक पात्र लाग्नेछ।

नार्सिसस र नाङ्गा बादशाह

मङ्गलबार, २१ फागुन २०७५

ग्रीक मिथकमा एउटा पात्र छ– नार्सिसस। नार्सिसस आफ्नो रूपमा यति निमग्न थियो, ऊ सधैँ तलाउमा आफ्नो सुन्दर छाया“ हेरिबस्थ्यो। एक दिन ऊ त्यही पोखरीमा डुबेर म¥यो। नार्सिससकै नामस“ग जोडेर आत्मप्रशंसाको मनोरोगीलाई नार्सिस्ट भनिन्छ। आफ्नो कुनै कमजोरी देख्न नचाहने र सर्वत्र जयजयकार मात्र सुन्न चाहने मनोविज्ञान नै नार्सिस्ट हुनुको लक्षण हो। नार्सिस्टहरू आलोचना वा विरोधदेखि सदैव डराउने गर्छन् जबकि समाजमा आलोचना र विरोध स्वाभाविक हो।

मधेसको राजनीतिक स्केच

शनिबार, ०५ माघ २०७५

मधेसको भौगोलिक परिभाषा के हो ? आज पनि यो प्रश्नको परख गर्दा धेरै थरि मत बाझिनेछन्। नेपालको पूर्वदेखि पश्चिमसम्मको दक्षिणी समथर भूभागलाई ‘मधेस’ भन्नु ऐतिहासिक र राजनीतिक रूपमा कति ठीक वा बेठीक ? मधेस र तराईबीच भिन्नता के हो ? यस्ता धेरै प्रश्नमा लामो छलफल गर्न सकिन्छ।

निर्मला बलात्–हत्याबारे घनश्याम भूूसालहरूको सिद्धान्त के भन्छ?

मङ्गलबार, ११ मङि्सर २०७५

सत्तासीन दलका एक जना सांसदकी छोरी शृंखला खतिवडा सामाजिक सञ्जालमा चर्चित छिन्। चीनमा चलिरहेको विश्व सुन्दरी प्रतियोगितामा उनले पाएको सफलतासम्बन्धी भिडियोहरूले एकछत्र प्रभुत्व जमाइरहेको पनि छ।

वामपन्थले ग्रीस संकटबाट सिक्छ?

शुक्रबार, २८ बैशाख २०७५

अनुत्पादक क्षेत्रमा बढ्दो वित्तीय लगानीका कारण सन् २००७ मा संयुक्त राज्य अमेरिकी अर्थतन्त्र वित्तीय संकटमा फस्यो। विश्वको प्रमुख आर्थिक शक्तिमा फैलिएको वित्तीय संकट अमेरिकी अर्थतन्त्रसँग अन्योन्याश्रित रूपमा जोडिएका अन्य पुँजीवादी अर्थतन्त्रमा सल्किन धेरै बेर लागेन। सन् २००८ मा वित्तीय आर्थिक संकट नवउदार अर्थतन्त्र अँगालेका धेरै पुँजीवादी देशमा फैलियो। युरोपका धेरै देश यो आर्थिक संकटबाट नराम्ररी प्रभावित भए। त्यही वित्तीय संकटका कारण थला परेको एउटा देश हो–ग्रीस।

  • 1 (current)

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad