उपेन्द्र खड्का

बन्ध्याकरणमा ऊर्जाको भ्रम

शनिबार, ०१ चैत २०७६

विपरीत लिंगी यौन जाेडीबीच यौन सम्पर्क भएको खण्डमा गर्भ नरहोस् भन्ने उद्देश्यले स्थायी बन्ध्याकरण गर्न सकिन्छ । स्थायी बन्ध्याकरण गर्भ नरहने भरपर्दो उपाय भए पनि बन्ध्याकरणप्रति मानिसको भ्रम भने कायम रहेको चिकित्सक बताउँछन् ।

मनमा मौसमको प्रभाव

आइतबार, ०४ फागुन २०७६

मौसमले मनलाई प्रभावित पारेको हुन्छ । यी दुवै अन्तर सम्बन्धित हुन्छन् । मौसमी परिवर्तनले व्यक्तिको शारीरिक तथा मानसिक परिवर्तनमा प्रभाव पार्ने चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार मौसम परिवर्तन हुँदा बिरुवाले पालुवा फेरेझैं मन परिवर्तित हुन्छ ।

पर्दा लत्रक्क फूल झपक्क

मङ्गलबार, २८ माघ २०७६

जाडो मौसम सुरु भएसँगै काठमाडौंको गोठाटारस्थित अग्रिम नर्सरीमा ‘बिग्नोनिया भेनस्टा’ फूलका बिरुवा किन्न पुग्ने ग्राहकको संख्या मनग्ये बाक्लिन्छ । अग्रिम नर्सरीका सञ्चालक अम्बरबहादुर खड्काले यो फूल जाडोमा फुल्ने भएकाले फुलेको हेरेर किन्ने ग्राहकहरु जाडो मौसममै नर्सरी पुग्ने गरेको सुनाए ।

मस्तिष्कको विस्मृति

बुधबार, ०८ माघ २०७६

केही महिनाअघि मनोचिकित्सक डा. कपिलदेव उपाध्यायकहाँ दुई छोराले ८० वर्षीय बुबालाई उपचारका लागि पुर्‍याए । ती वृद्ध बा हराएर भेटिएका रहेछन् ।

जाडोमा सुन्दर फूल फुलाउने टेक्निक (फोटो फिचर)

शनिबार, ०५ पुष २०७६

गर्मी मौसममा मात्रै हैन जाडो मौसममा समेत आकर्षक तथा सुन्दर फूल फुलाउन सकिन्छ । जाडो मौसममा सुन्दर फूल फूलाएर घर तथा गार्डेन झिलिमिली बनाई बेहुलीजस्तै सिंगार्न सकिन्छ । गर्मी मौसमको तुलनामा जाडो मौसममा फूल फूलाउँदा भने निक्कै ध्यान दिनु पर्छ ।

अव्यवस्थित जीवनशैलीले कुपोषणको जोखिम

मङ्गलबार, १७ मङि्सर २०७६

व्यक्ति कुपोषित हुने विभिन्न कारण हुन्छन् । अव्यवस्थित जीवनशैली कुपोषणको कारक हो । खान नपाएर भन्दा पनि सन्तुलित रुपमा भोजन गर्न नजान्दा कुपोषणको जोखिम हुने पोषणविद्को तर्क छ । पोषणविद्का अनुसार नेपालमा सामान्यतः दुई किसिमका कुपोषणका समस्या देखिन्छ ।

पत्रकारिताको नशामा डुब्ने प्राध्यापक

बिहिबार, १२ मङि्सर २०७६

प्राध्यापक पी खरेल पत्रकारिता जगतमा नौलो नाम हैन । २००९ सालमा काभ्रेको खरेलथोकमा जन्मिएका खरेलको अक्षर चिन्ने कार्य गाउँमै भयो । बुबा गणेशप्रसाद खरेल २०१६ सालमा संसद्को महासभा सदस्य भएकाले पनि छोराछोरीलाई शिक्षा दिलाउनुपर्नेमा सचेत थिए ।

नेपालमै सुन्दर बन्ने सर्जरी

शुक्रबार, ०८ कार्तिक २०७६

सुन्दर देखिने चाहना सबैमा हुन्छ । तर, सबैको त्यो चाहना पूरा नहुन सक्छ । आजकाल भने सुन्दर हुन चाहनेका लागि नेपालमै विभिन्न प्रविधि भित्रिएका छन् ।

चाडपर्वमा स्वस्थ खानपानका सूत्र

बिहिबार, १६ असोज २०७६

चाडपर्व तथा उत्सव भन्नेबिक्तिकै खानपानको कुरा आउँछ । मिठो–मसिनो खानपान गरेर चाडपर्वको उमंगमा रमाउनु नेपालीको विशेषता हो ।

दसैंको मौलिकता ओझेलमा

बुधबार, १५ असोज २०७६

दसैं नेपालीको मौलिक पर्व हो । दसैंको मौलिक धार्मिक तथा आध्यात्मिक पक्ष बिस्तारै ओझेलमा पर्दै जान थालेको प्रति संस्कृतिविद् चिन्तित देखिएका छन् । दसैंको सामाजिक तथा सांस्कृतिक महत्व छँदै छ । दसैं धार्मिक तथा आध्यात्मिक पर्व भएकाले उत्सवसँगै यसको धार्मिक तथा आध्यात्मिक पक्षलाई पनि सँगै लैजानुपर्ने उनीहरुको सुझाव छ ।

आकर्षक सयपत्री फुलाउने विधि

आइतबार, २९ भदौ २०७६

दशैं-तिहार नजिकिँदै गर्दा घर तथा गार्डेनमा सयपत्री रोपेर सजाउने नेपालीको परम्परा नौलो हैन । विशेषगरी दशैं–तिहारमा गाउँघरका फुलबारी होस् वा आधुनिक सहरिया घर तथा गार्डेनै किन नहोस् अधिकांशले सयपत्री फुलाएको देखिन्छ ।

ग्याष्ट्रिकले बन्छ कुरुप अनुहार

आइतबार, २२ भदौ २०७६

ग्याष्ट्रिकले अनुहारको सुन्दरतामा असर गर्छ भन्दा तपाईंलाई अनौठो लाग्न सक्छ । तर ग्याष्ट्रिकले व्यक्तिको सुन्दरतामा समेत असर पुर्‍याउने चिकित्सक बताउँछन् ।

तीज विशेषः व्रतको काइदा, ज्यानलाई फाइदा

बुधबार, १८ भदौ २०७६

विशेषगरी हिन्दू नेपाली महिलाले पानीसम्म नपिई निराहार रुपमा तीजको व्रत बस्ने धार्मिक परम्परा छ । चिकित्सकीय दृष्टिकोणबाट हेर्दा जो व्यक्ति व्रत बस्यो उसैको आयु बढ्ने चिकित्सक बताउँछन् ।

पानीमा नडराउने फूल

शनिबार, १८ साउन २०७६

जिनिया गर्मी सिजनको लोकप्रिय सिजनल फूल हो। गर्मी सिजनको सिजनल फूलमध्ये सयपत्री पछि यो फूल शौखिनको रोजाइमा पर्छ। यो फुल घर, गार्डेनमा सजाउन मात्रै नभई कट फ्लावरको रुपमा थुँगा सजाउन सकिन्छ।

दूषित पानीले स्वास्थ्यमा के असर पार्छ ?

मङ्गलबार, १४ साउन २०७६

पानी जीवन रक्षाका लागि अत्यावश्यक तरल पदार्थ हो। अमृत हो। स्वच्छ तथा सफा पानीले जीवन रक्षा गर्छ। त्यही पानी भने कतिपय अवस्थामा प्राण घातकसमेत भइदिन्छ। दूषित पानीले व्यक्तिको ज्यानसमेत जाने जोखिम हुन्छ।

सुखद यौनको उपाय

बुधबार, ०८ साउन २०७६

स्वस्थ यौन जीवनले यौन जोडीमा मात्रै हैन व्यक्तिको जीवनमा समेत खुसी ल्याउन मद्दत गर्छ। तर स्वस्थ यौन जीवनका लागि पोषणयुक्त खानपानमा ध्यान दिनै पर्छ।

सुन्दर फूल सहज उत्पादन

बुधबार, ११ असार २०७६

‘जेरानियम’ फूल हामीले देखिरहेकै फूल हो। यो फूलको नाम सुनिएको मात्रै हैन हाम्रो घर, आँगन, कौशी तथा गार्डेनमा फुलिरहने फूल हो। तपाईंको घर तथा गार्डेनमा फुलिरहेको पनि होला। यो फूल परिचित फूल हो। खास नौलो फूल हैन। ‘जेरानियम’लाई ‘प्यालारगोनियम’को नामले पनि चिनिन्छ।

रगत बग्ने फूल

बुधबार, २२ जेठ २०७६

नामै काफी छ, ‘ब्लिडिङ हर्ट’। अर्थात् मुटुबाट झरेको रगत। ‘ब्लिडिङ हर्ट’ लोकप्रिय फूल हो। मुटु आकारको देखिने फूलबाट बाहिर निस्किएको जिब्रो वा घण्टी हेर्दा लाग्छ, ‘मुटुबाट रगत बगिरहेको छ’। हो,‘ब्लिडिङ हर्ट’ फुल्दा मुटुबाट रगत बगेको जस्तै देखिन्छ।

जुम्बाका फाइदा

बुधबार, २५ बैशाख २०७६

जुम्बा गर्दा शरीरका मांशपेशी मजबुत हुनुका साथै शारीरिक फिटनेस हुन्छ। शारीरिक फिटनेसका लागि पनि जुम्बा आवश्यक छ।

अर्किडको माग छ, उत्पादन छैन

सोमबार, २५ चैत २०७५

अर्किड’। ‘अर्किड’ फूल निक्कै सुन्दर फुल्ने फूल हो। अर्किडलाई फूलको राजा मानिन्छ। यो फूल फूलेपछि लामो समय टिक्छ। अर्किडलाई नेपालीमा ‘सुनाखरी’ भनिन्छ।

Ncell Footer Ad