धन बस्नेत

जापानीज धावक युसुकेले जिते पोखरा म्याराथनको उपाधि

शनिबार, ०३ फागुन २०७६

पोखरा म्याराथनको १४ औं सस्करणको उपाधि जापानीज धावक यासुके थाकानासीले जितेका छन्। उनले २ घण्टा २६ मिनेट ५१ सेकेण्डमा दुरी पुरा गर्दै उपाधि जितेका हुन्।

धनबहादुरलाई सूर्य नेपाल वेस्टर्न ओपन

शनिबार, ०३ फागुन २०७६

दुई वर्षपछि पोखराको हिमालयन गल्फ कोर्समा त्रिभुवन आर्मी क्लबका गल्फर धनबहादुर थापाले २०औं संस्करणको सूर्य नेपाल वेस्टर्न ओपन टुरको उपाधि जितेका छन्।

दोस्रो दिन थापा शीर्षमा

शुक्रबार, ०२ फागुन २०७६

पहिलो दिन लेभल पार खेल्दै गतिलो सुरुआात गरेका धनबहादुर थापाले दोस्रो दिन बिहीबार दिन २ अन्डर(६७)को स्कोर कार्ड बनाएपछि ३६ होल टुंगिदा २ अन्डर १३६ कार्डसहित शीर्षस्थानमा उक्लिएका छन्।

अभिलाषा र प्रेरणा सेमिफाइनलमा

शुक्रबार, ०२ फागुन २०७६

पोखरामा अयोजित आइटिएफ जुनियर विश्व वरीयता टुर टेनिस प्रतियोगितामा नेपालका खेलाडीद्वय प्रेरणा कोइराला र अभिलाषा विष्टले जित निकाल्दै सेमिफाइनल प्रवेश गरेका छन्।

वेस्टर्न ओपन गल्फमा शिवरामको अग्रता

बिहिबार, ०१ फागुन २०७६

दशौं होलमा इगल प्रहार गरेका शीर्ष वरीयताका गल्फर शिवराम श्रेष्ठले १८ होलको खेल पार गर्दा १ अन्डर ६८ को कार्डसहित सूर्य नेपाल वेस्टर्न ओपन गल्फमा पहिलो दिन अग्रता लिएका छन्।

महिलातर्फ सुखद नजिता

बिहिबार, ०१ फागुन २०७६

आइटिएफ विश्व वरीयता जुनियर यु–१८ टेनिस प्रतियोगिता अन्तर्गत नेपालकी प्रेरणा कोइराला र अभिलाषा विष्टले बुधबार जित निकालेका छन्।

नेपाली खेलाडीको कमजोर प्रदर्शन

बुधबार, २९ माघ २०७६

यु–१८ नेपाली शीर्ष वरीयताका आर्यन गिरी पोखरामा आयोजित आइटिएफ (अन्तर्राष्ट्रिय टेनिस फेडेरेसन) यु–१८ सर्किट–२ अन्तर्गतको प्रतिस्पर्धामा मंगलबार भारतीय खेलाडी आर्यन लक्ष्मणसँग सोझो सेटमा पराजित भएका छन्।

महिलातर्फ नेपालको सुखद सुरुआत

मङ्गलबार, २८ माघ २०७६

पालका १८ जना खेलाडीको सहभागितासँगै पोखरामा सोमबारदेखि आइटिएफ (अन्तराष्ट्रिय टेनिस फेडेरेसन) यु–१८ सर्किट–२ सुरु भएको छ।

शून्यतातिर उर्वर भूमि

सोमबार, १३ माघ २०७६

हिजोको भलिबलमा पश्चिमाञ्चलको गर्विलो छवि थियो। हरेक उपाधि पश्चिमाञ्चलको नाममा लेखिन्थ्यो। तर समय फेरिएको छ। पश्चिमाञ्चलको महिला तथा पुरुष भलिबल शून्यतातिर झरेको छ।

मलेसिया ११ फेरि पराजित

बुधबार, ०८ माघ २०७६

दोस्रो एकदिवसीय खेलमा मलेसिया ११ लाई १ सय ७० रनले पराजित गर्दै नेपाल क्रिकेट संघ–११ ले तीन खेलको शृंखलामा २–० को अग्रता लिएको छ।

मैत्रीपूर्ण खेलमा मलेसिया ११ पराजित

मङ्गलबार, ०७ माघ २०७६

चौथो विकेटका लागि सन्दीप जोरा र आरिफ शेखले १ सय ५३ रनको महत्वपूर्ण साझेदारी गर्दै सम्मानजनक स्कोर बनाए।

एन्फामा आबद्ध नभएका जिल्ला पनि सहभागी

बुधबार, ०१ माघ २०७६

एन्फामा आबद्ध नभएका जिल्लालाई गण्डकी प्रदेश मुख्यमन्त्री र सामाजिक विकास मन्त्रालयले प्रतियोगितामा सहभागी गराउन एन्फालाई परिपत्र गरेको थियो। एन्फाले आग्रह स्विकार्दै ती जिल्लालाई सहभागी गराउन निर्देशन दिएको छ।

सुस्तायो सेपाक ताक्रो

मङ्गलबार, २९ पुष २०७६

सिंगापुरे लाहुेर बिदा मनाउन आउने क्रममा सेपाक ताक्रो खेल पोखरा भित्र्याएका हुन्। पोखराको अमरसिंह चोकमा खेल्न सुरु गरेपछि विस्तार हुँदै डेढ दशकमै राष्ट्रियस्तरमा आफ्नो छवि बनाउन सफल भएको थियो।

पोखरामा मलेसियासँग प्रतिस्पर्धा हुने

बुधबार, २३ पुष २०७६

पोखरालाई क्रिकेटको अन्तर्राष्ट्रिय ‘न्युट्रल भेन्यु’ बनाउन सकिने चर्चा चलेको वर्षौं बितिसक्यो। तर ठोस पूर्वाधार तयार गर्नेतर्फ राष्ट्रिय खेलकुद परिषद् र क्यान चुकिरहेका छन्।

पोखरामा पनि अपार्टमेन्ट सुरू

मङ्गलबार, २२ पुष २०७६

आगामी माघदेखि पोखराकै सेदीमा बि एन्ड बी हाउजिङले १२ तले अपार्टमेन्टको निर्माण कार्य सुरु गर्ने योजना छ । झन्डै वर्ष दिनअघि १७ तले योजनासहित निर्माण सुरु गर्ने तयारी थियो । महानगरपालिकाले स्वीकृति नदिएपछि कम्पनीले १२ तलामा नयाँ डिजाइनसहित निर्माण गर्ने अन्तिम तयारी गरेको छ ।

‘प्यासन’ ले दिलाएको सफलता

शनिबार, १९ पुष २०७६

साइकल चलाउन डाउनहिल आफैंमा गाह्रो र कठिनाइ हुन्छ। त्यसमा पनि छोटो समयको प्रशिक्षणपछि प्रतिस्पर्धामा उत्रिनु अर्को चुनौती हो। त्यही चुनौतीलाई पन्छाउँदै २२ वर्षीया जमुना थापाले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा साइक्लिङ डाउन हिल प्रतिस्पर्धामा रजत पदक जितिन्। रजत पदकमा साइक्लिङ संघले मात्रै नभई पोखरेलीले गर्व गरेका छन्।

वन्यजन्तु उद्धार केन्द्रमा विवाद

बिहिबार, १७ पुष २०७६

चिडियाखानाको अवधारणाअनुरूप स्थापित वन्यजन्तु उद्धार केन्द्र यतिबेला विवादमा परेको छ। आन्तरिक विवादमा रुमलिएपछि सबै काम पूर्ण रूपमा ठप्प छन्।

पर्यटन प्रवर्द्धनका लागि व्यापार मेला

बिहिबार, १७ पुष २०७६

मेला र महोत्सव व्यावसायिक प्रवर्द्धन मात्रै नभई संस्कृति संरक्षण र प्रवद्र्धनको रुपमा समेत आयोजना हुन थालेका छन्। नेपाल सरकारले भ्रमण वर्ष घोषणा गरिसकेको अवस्थामा व्यावसायिक उत्पादनलाई बढावा दिई आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसमेत मेला र महोत्सवको छ। मेलामार्फत होमस्टे प्रवद्र्धन गर्दै नयाँ पर्यटकीय गन्तव्यको प्रचार गरिने ध्येयसमेत लिइएको छ।

संरक्षकलाई उपाधि

मङ्गलबार, १५ पुष २०७६

महिलातर्फको उपाधि प्रेरणा कोइरालाले उचालिन्। सलोनी तामाङमाथि ७–५ र ६–१ को सोझो सेटमा जित निकाल्दै शीर्ष वरियताकी प्रेरणाले उपािध आफ्नों नाममा गराएकी हुन्।

रनरेटमा विराटनगर भाग्यमानी

बिहिबार, १० पुष २०७६

विराटनगर टाइटन्स बुधबार काठमाडौ गोल्डेन्सलाई नेट रनरेटमा पछि पार्दै पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) को प्लेअफमा प्रवेश गरेको छ। समूह चरणका पाँचवटै खेल जितेको चितवन राइनोज १० अंकका साथ समूहको शीर्ष स्थानमा बस्दै यसअघि नै फाइनल प्रवेश गरिसकेको थियो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad