टपेन्द्र कार्की

एउटा आयोजनाको जग्गा अर्कोले नपाउने, रेलमार्ग र सुरुङमार्गबारे संघीय सरकारले नै निणर्य गर्ने

आइतबार, ०१ असार २०७६

एउटा आयोजनाले प्रयोग गरेको जग्गा अर्को आयोजनाले प्रयोग गर्न नपाउने भएको छ। जग्गा प्राप्तिसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदाअनुसार कुनै आयोजना वा प्रयोजनका लागि प्रयोग नगरेमा वा प्रयोग हुन नसकेमा त्यस्तो जग्गा अर्को आयोजना वा प्रयोजनका लागि प्रयोग हुन नसक्ने व्यवस्था गरेको हो। एउटा आयोजनाले प्रयोग गरेपछि त्यही जग्गा अर्को आयोजनाले भने पुनः प्रयोग गर्न पाउनेछ। सो ऐनको दफा ४४ को उपदफा १ मा सो विषय उल्लेख छ।

अन्सारीको ग्याङ खोतल्दै प्रहरीे

शुक्रबार, ३१ जेठ २०७६

प्रहरीले यसअघि एक नेपाली र दुई विदेशीलाई १ करोड २२ लाख रुपैयाँसहित पक्राउ गरेको थियो।

सरकारी टोलीको दुरबिन विप्लव कार्यकर्ताको कब्जामा

शुक्रबार, ३१ जेठ २०७६

सगरमाथको उचाइ नाप्न गएको सरकारी टोलीको साथमा रहेको दुरविन जेठ ७ गते विप्लवका कार्यकर्ताले खोटाङ लौरेडाँडाबाट लुटेर कब्जामा लिएको खुलासा।

सिर्जनाको मृत्यु कुटपिटबाट भएको आफन्तको दाबी

बिहिबार, ३० जेठ २०७६

सिर्जनाका शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ।

नेकपामा निर्णायक बन्दै थापा

बिहिबार, ३० जेठ २०७६

नेकपाको केन्द्रीय समितिमा थापा जता लाग्यो उतै पल्लाभारी हुने अवस्था बनेको छ।

विवादास्पद विधेयकमै अल्झियो सरकार

बुधबार, २९ जेठ २०७६

सरकारले ल्याएका धेरैजसो विधेयक विवादित बन्दै गएका छन्। सरोकारवाला विधेयकको विरोध गर्दै आन्दोलनमा उत्रेका छन्। विधेयक विवादमा आएपछि सरकार अलमलमा परेको छ।

स्वार्थ बाझिँदा नेकपामा कार्यविभाजन अलमल

शुक्रबार, २४ जेठ २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक केन्द्रीय सदस्यहरूको कार्यविभाजनमा नेताहरूको स्वार्थ बाझिँदा डेढ साता पछि धकेलिएको छ।

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

बिहिबार, २३ जेठ २०७६

ललितपुरको फुर्के डाँडा प्राविका प्रधानाध्यापक राम नारायण यादवलाई प्रहरी पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त चापागाउँले कक्षा ३ मा अध्ययनरत ८ बर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेका आरोपमा पक्राउ गरेको हो।

केन्द्रीय सदस्यको कार्यविभाजनमा सकस

बिहिबार, २३ जेठ २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुलाई केन्द्रीय सदस्यको कार्यविभाजनमा सकस परेको छ। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको एक वर्षपछि केन्द्रीय सदस्यहरुलाई जिल्ला कमिटी इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोक्न जारी सचिवालय बैठकमा शीर्ष नेताहरुबीच सहमति जुट्न सकेको छैन।

विप्लव कार्यकर्ता खोज्न डिएसपी नै फिल्डमा

बुधबार, २२ जेठ २०७६

प्रदेश १ प्रहरी कार्यालयका प्रमुख केदार रिजालले ती जिल्लामा विप्लव समूहको गतिविधि बढेका कारण जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई नै फिल्डमा खटिन आदेश दिएका थिए।

जिम्मेवारी बाँडफाडमा विवाद

बुधबार, २२ जेठ २०७६

नेपालसहितका केही नेता दोहोरो जिम्मेवारीको विपक्षमा उभिएपछि सचिवालय बैठक बिनानिष्कर्ष टुंगियोे। नेपाल पक्षले पहिला पोलिटब्युरो गठन हुनुपर्ने प्रस्ताव राखे पनि त्यसमा अध्यक्षद्वय ओली र दाहाल सहमत हुन सकेका छैनन्।

‘हाइकमान्ड’ लाई हतारो,नेता–कार्यकर्ता अन्योलमा

सोमबार, २० जेठ २०७६

पार्टी सचिवालयमै छलफल नभईकन जिल्ला अधिवेशन वा महाधिवेशनबारे नेताहरुले आफूखुसी अभिव्यक्ति दिन थालेका छन्।

नेकपामा रस्साकस्सी

आइतबार, १९ जेठ २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रिया गाउँ तहसम्म नपुग्दै शीर्ष नेताहरूमा महाधिवेशनको रन्को देखिन थालेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहालले बारम्बार एक वर्षभित्र जिल्ला अधिवेशन र त्यसपछि पार्टीको महाधिवेशन हुनुपर्ने बताउँदै आएका छन्। सार्वजनिक कार्यक्रममै उनले जिल्ला अधिवेशन एक वर्षभित्र हुनुपर्ने र त्यसका लागि कार्यकर्तालाई वैचारिक बहस गर्नसमेत निर्देशन दिएका छन्।

प्रधानमन्त्री कार्यालयबाट भयो हेलचक्र्याइँ

मङ्गलबार, १४ जेठ २०७६

अनुसन्धान विभागले दिने सूचनामा ‘पिनप्वाइन्ट’ नहुने भएकाले प्रधानमन्त्री कार्यालयले गम्भीरताका साथ नलिने अनुसन्धान विभागको अनुभव छ।

विप्लवको बमले आफ्नै कार्यकर्ताको ज्यान लियो

सोमबार, १३ जेठ २०७६

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूह आतंककारी गतिविधिमा संलग्न हुँदा आइतबार चारजनाको ज्यान गएको छ। सोमबारका लागि नेपाल बन्द आह्वान गरेको विप्लव समूहले बन्दको पूर्वसन्ध्यामा पड्काउन तयार पारेको सिलिन्डर बम अचानक कोठाअगाडि नै पड्किदा आफ्नै कार्यकर्ताको ज्यान गएको हो।

घट्टेकुलोमा बम विस्फोटपछि भागेका ७ जना कोटेश्वरबाट पक्राउ, कुकर बम बरामद

आइतबार, १२ जेठ २०७६

घट्टेकुलाेमा सिलिण्डर बम लिन गएका र त्यहाँ विस्फोट भएपछि भागेर कोठामा आएका सात जनालाई प्रहरीले काठमाडौको कोटेश्वरबाट पक्राउ गरेको छ।

अनामनगर विस्फोटका घाइते विप्लवका कार्यकर्ता

आइतबार, १२ जेठ २०७६

अनामनगर विस्फोटमा घाइते हुने रवीन्द्र केसी नेत्रविक्रम चन्द समूहको विद्यार्थी संगठनका कार्यकर्ता भएको खुलेको छ। उनी अनामनगरस्थित साथीको डेरामा पुगेको समयमा विस्फोट भएको थियो। मृतकको पहिचान हुन नसके पनि उनकै साथी भएको महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले बताए। केसीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

करोडौं ठगी गर्ने गुरुङ समातिए सात जना अझै फरार

आइतबार, १२ जेठ २०७६

थाइल्याण्डमा बसेर मानव बेचविखन तथा ओसारपसारको आरोपमा गत चैतमा पक्राउ परेका परशुराम गुरुङलाई नेपाल ल्याइएको छ। आरोपित सात जना भने अझै फरार रहेका छन्।

युनिस पुरानै धन्दामा

शनिबार, ११ जेठ २०७६

भारतीय जाली नोट तस्करी प्रकरणमा युनिस अन्सारी पुरानो नाम होइन। लामो समय जेल बसेपछि धरौटीमा रिहा भएको दुई वर्षमै उनी पुरानै जाली नोट तस्करी धन्दा गरेको अभियोगमा शुक्रबार प्रहरीको फन्दामा परे।

सशस्त्रमा समूहगत प्रणाली खारेजीको प्रस्ताव

बिहिबार, ०९ जेठ २०७६

सशस्त्र प्रहरी बलमा प्रवक्ता सुरजकुमार श्रेष्ठले लेखा उपसमूहतर्फ कार्यरत सशस्त्र प्रहरी कर्मचारीलाई निरन्तर आर्थिक तथा लेखा मात्र जिम्मेवारी दिनुपर्ने बाध्यात्मक स्थितिका कारण एउटै व्यक्तिले लामो समयसम्म लेखामा काम गर्दा भ्रष्टचारलाई बढवा सम्भावना बढेका कारण खारेजीको प्रस्ताव राखेको बताए।

Ncell Footer Ad