टपेन्द्र कार्की

मापदण्डविपरीत खटाइएका पूर्वमन्त्रीका सुरक्षाकर्मी फिर्ता हुँदै

बुधबार, ०८ साउन २०७६

सरकारले पूर्वगृहमन्त्री तथा पूर्वमन्त्रीहरूको निजी सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मी फर्काउने तयारी गरेको छ।

श्रेष्ठले किन दाबी गरे स्कूल विभाग

बुधबार, ०८ साउन २०७६

श्रेष्ठलाई नजिकबाट चिन्ने एक नेताका अनुसार नेकपा एकता केन्द्र र माओवादी एकिकरणपछि श्रेष्ठले सधै दाहाललाई सहयोग गर्दै आएको र एकताकेन्द्र र माओवादी एकीकरण गर्दा दाहालले नै मोन बैद्य र बाबुराम भट्टराई सो सरहको उपाध्यक्ष्को हैसियत दिएर एकीकरण गराएपछि उनीहरु एक अर्काको परिपूरक जस्तै भएका छन्।

नेकपामा नेपाल समूह हावी, स्कुल विभागमा अझै विवाद

सोमबार, ०६ साउन २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्जका टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकले ७७ जिल्ला इन्चार्ज र सहइन्चार्जका साथै छ महानगरपालिकाका इन्चार्जको टुंगो लगाएको हो। पार्टी एकीकरण भएको एक वर्षपछि टुंगो लागेको जिल्ला इन्चार्जमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष हावी देखिएको छ।

बालुवाटारमा पूर्वएमालेको छुट्टै बैठक

आइतबार, ०५ साउन २०७६

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल, पूर्वउपप्रधानमन्त्री वामदेव गौतम, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलको शनिबार साँझ छुट्टै बैठक बसेको हो।

विमानस्थलबाट चार किलो ‘आइस ड्रग्स’सहित पोर्चुगलका नागरिक पक्राउ

शुक्रबार, ०३ साउन २०७६

नेपालको विमानस्थल प्रयोग गरेर  जापान जान लागेका पोर्चुगलका नागरिक लागुऔषध साढे चार किलो ‘आइस ड्रग’ सहित पक्राउ परेका छन्। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  आइस ड्रग्ससहित मेन्डिज पेरिरा टिआगो पक्राउ परेका हुन।

विप्लव समूहसँग वार्ता गर्न तीन सम्पर्क सूत्र

सोमबार, ३० असार २०७६

सरकारले छुट्टाछुट्टै संयन्त्र परिचालन गरी नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहसँग वार्ताको तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाले आफ्ना विश्वासपात्र नेताहरुलाई परिचालन गरी वार्तामार्फत राजनीतिको मूलधारमा ल्याउने तयारी गरेका हुन्।

हतियारसहित गोंगबुबाट तीन जना पक्राउ

आइतबार, २९ असार २०७६

महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको टोलीले गोंगबु मित्रनगरमा अवस्थित नेपाल तारा गेस्ट हाउसबाट इटालियन पेस्तोल र पाँच राउण्ड गोलीसहित तीन जनालाई पक्राउ गरेको गरेको छ।

'अब तर वा यदि सह्य हुने छैन’

आइतबार, २९ असार २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले ६० प्रतिशत काम गरेर सय प्रतिशतको मूल्यांकन नहुने भन्दै मन्त्रालयहरूको कार्यसम्पादनप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आयोजनामा गरेको आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक समीक्षामा उनले असन्तुष्टि व्यक्त गरेका हुन्।

राजधानीमा बाढीको कहर, दुई सय नाै जनाकाे उद्धार

शनिबार, २८ असार २०७६

तीनदेखि परेको अविरल वर्षाको कारण डुबानमा परेका दुई सय नौ जनालाई सशस्त्र प्रहरीको टोलीले काठमाडौंको विभिन्न ठाउँबाट उद्वार गरेको छ । बाढी तथा झरीको कारण डुबानमा परेका व्यक्तिहरुलाई सशस्त्र प्रहरी टोलीले उद्वार गरेको हो । काठमाडौँको विभिन्न स्थान बाढी तथा डुबानमा परेपछि

सुत्केरी उद्धारदेखि मोबाइल एप्ससम्म

शुक्रबार, २७ असार २०७६

सरकारको कामकारबाहीबारे सत्ता र प्रतिपक्षीबाट आलोचना भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षको मन्त्रालयगत प्रगति विवरणको ब्रिफिङ लिएका छन्। सोअनुसार बिहीबार १८ मन्त्रालयका सचिवहरूले प्रधामन्त्रीसमक्ष आ–आफ्ना मन्त्रालयका कार्यप्रगति विवरण पेस गरे। विवरणमा गर्भवती तथा सुत्केरी महिलाको उद्धारदेखि स्थानीय तहमा प्रयोगमा ल्याएका मोबाइल एप्ससम्मको फेहिरिस्त छ।

कस्तुरीको बिनासहित प्रहरी हवल्दार पक्राउ

आइतबार, २२ असार २०७६

प्रतिबन्धित कस्तुरीको बिनाको कारोबार गरेको आरोपमा पूर्वमन्त्री दिनानाथ शर्माका अंगरक्षक प्रहरी हवल्दार बमबहादुर चन्द पक्राउ परेका छन्।

अझै जुटेन सहमति, एकता प्रक्रिया लम्बिने संकेत

आइतबार, २२ असार २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरुको कार्यविभाजन र जनसंगठनको एकीकरण प्रक्रिया यही असारभित्र सक्ने भने पनि राजनीतिक प्रतिवेदन प्रकाशित नहँुदा विलम्ब हुने संकेत देखिएको छ। प्रतिवेदन प्रकाशित नहँुदा सचिवालय बैठक पनि टाढिँदै गएको छ। असार मसान्तभित्र राजनीतिक दस्तावेज प्रकाशित गर्ने र जनसंगठनहरुको एकता तथा केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंग्याउने भनिए पनि अहिलेसम्म प्रतिवेदनलाई अन्तिम रुप दिएर प्रेसमा पठाउने तयारी भएको छैन्।

विशिष्टको सुरक्षामा एक बटालियन सशस्त्र, धार्मिक गुरुलाई पनि चालक

बुधबार, १८ असार २०७६

विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि २०७० मा गृहमन्त्रीलाई १० जना र पूर्वगृहमन्त्रीलाई २ जना सुरक्षाकर्मी दिने व्यवस्था छ। तर मापदण्डविपरीत पिएसओ, चालक र सहयोगीका रुपमा सुरक्षाकर्मी खटाइएको अवस्था छ।

आफ्नै सांसदद्वारा सरकारको आलोचना

मङ्गलबार, १७ असार २०७६

प्रचण्डजीले ल्याएको मस्यौदामा मैले नहेरी सही गरेको हुँ। त्यसकारण केही असमझदारी जस्तो देखिएको होला तर त्यस्तो होइन। सरकारका गतिविधि पनि सही ढंगले अघि बढेका छन्,’ बैठकमा सहभागी एक सांसदले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने।

युवतीलाई बोक्सीको आरोपमा यातना दिने ‘धर्तीमाता’ पक्राउ

शुक्रबार, १३ असार २०७६

सिंहदरबारको ‘आँखा’अगाडि, नेपाली सेनाको मुख्यालयसँगै जोडिएको भद्रकाली मन्दिरमा एक युवतीमाथि बर्बर आक्रमण गर्ने धर्तीमाता पक्राउ परेकी छिन्।

दुई सुरक्षा निकाय जुधाउँदै सरकार

बिहिबार, १२ असार २०७६

गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको कार्यक्षेत्रमा विवाद आउनेगरी सशस्त्र प्रहरी ऐन मस्यौदा तयार गरेको छ। सशस्त्र प्रहरी बलको गठन, सेवा सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा सशस्त्रलाई पक्राउ पुर्जी जारी, पक्राउ, खानतलासी र मुचुल्का गर्न पाउने अधिकार प्रस्ताव गरिएका कारण विवाद आउने देखिएको छ।

विधान स्पष्ट, राजनीतिक प्रतिवेदन गोलमटोल

बुधबार, ११ असार २०७६

राजनीतिक प्रतिवेदनमा विश्वव्यापी रुपमा स्वीकृत लोकतन्त्रका आधारभूत विषयवस्तु मानव अधिकार, स्वतन्त्र न्यायपालिका तथा शक्ति पृथकीकरणलाई संविधानले प्रत्याभूत गरेको उल्लेख छ।

नेकपामा ‘कार्यदिशा’ विवाद चुलिँदै

सोमबार, ०९ असार २०७६

तत्कालीन एमालेसँग नजिक अध्यक्ष केपी ओलीसहितका नेता ‘जनताको बहुदलीय जनवाद’को पक्षमा छन् भने माओवादीबाट आएका नेताहरु ‘जनताको जनवाद’का पक्षमा देखिएका छन्।

दुई अध्यक्ष दुईतिर

शुक्रबार, ०६ असार २०७६

दुई पार्टी एकीकरण हुँदा ‘जेट विमानका दुई पाइलट’ भनिए पनि दुई अध्यक्षबीच सरकार र पार्टी सञ्चालनको विषयमा मतभेद देखिएको छ।

दुई जिल्लाका इन्चार्जसहित विप्लवका पाँच कार्यकर्ता पक्राउ

बिहिबार, ०५ असार २०७६

महानगरिय प्रहरी अपराध महाशाखाको टोलीले एक जनालाई काठमाडौं र चार जनालाई भक्तपुरबाट पक्राउ गरेको हो।

Ncell Footer Ad