टपेन्द्र कार्की

अध्यागमनलाई झुक्याउँदै इरानी

बुधबार, २९ साउन २०७६

विभागले राहदानी नक्कली हो कि सक्कली भनी छुट्याउन नसक्दा दुई इरानी नेपाल घुमेर भारत पुगे। भारतमै उनीहरुको राहदानी नक्कली भएको खुलेको हो।

नेकपामा गुट अदलबदल

मङ्गलबार, २८ साउन २०७६

सुटुक्कै बालुवाटार पुग्ने गरेका वामदेव गौतमसँग केपी ओलीले पूर्वएमालेको भागमा परेका विभागीय प्रमुखहरूको जिम्मेवारीबारे समेत छलफल गरेका थिए। त्यसक्रममा ओलीले गौतमलाई संगठन विभागको प्रस्ताव गरेका थिए।

अदालतमा थन्किँदै सम्बन्ध विच्छेदका मुद्दा

आइतबार, २६ साउन २०७६

नयाँ मुलुकी देवानी संहिता, २०७४ लागू भएपछि परेका सम्बन्ध विच्छेदका मुद्दा अदालतमै थन्किने गरेका छन्। प्रतिवादीले म्याद मात्र बुझी प्रत्युत्तर नै नफिराई निवेदन दाबीलाई स्वीकार गरी एकपक्षीय रूपमा रहेका निवेदन एक वर्षपछि मात्र फैसला गर्ने प्रावधान भएपछि त्यस्ता मुद्दाहरू अदालतमा थन्किने गरेका हुन्।

विप्लव नेता–कार्यकर्ता धमाधम पक्राउ

आइतबार, २६ साउन २०७६

सकारले प्रतिबन्ध लगाउनुपूर्व नै विप्लव समूहका १ हजार ३ सय ५ नेता–कार्यकर्ता पक्राउ परेका छन्। त्यस्तै प्रतिबन्धपति पक्राउ पर्नेको संख्या ६०९ पुगेको छ। सो समूहविरुद्ध १ हजार ३ सय १३ मुद्दा दर्ता भएका छन्।

सिंहदरबार बृतको हिरासतबाट दुई अभियुक्त फरार

शनिबार, २५ साउन २०७६

चोरी अभियोगमा थुनामा रहेका दुई जना गएराराति सिंहदरवार वृत्तको हिरासतबाट फरार भएका छन्।

कैदीलाई प्रजनन अधिकार प्रस्ताव, कारागारभित्रै बच्चा जन्माउन पाइने

शनिबार, २५ साउन २०७६

मस्यौदामा सन्तान नभएका तर सन्तान जन्माउन इच्छुक कैदीबन्दीलाई सात प्रदेशका सातवटा कारागारभित्र यौन सम्पर्कका लागि दम्पती भेटको विशेष व्यवस्था गरिने उल्लेख छ।

तयार रहन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

बिहिबार, २३ साउन २०७६

विप्लव समूहका गतिविधिलाई लक्षित गर्दै सशस्त्र प्रहरी महानिरीक्षकले सुरक्षा चुनौती सामना गर्न तयार रहन मातहतका निकायलाई निर्देशन दिएका छन्।

भारतीयलाई नागरिकता दिलाउनेमाथि अनुसन्धान सुरु

बुधबार, २२ साउन २०७६

मन्त्रिपरिषद्को बैठकले झुटो विवरण पेस गरी नागरिकता लिने र दिने दुवैलाई कारबाही गर्न निर्देशन दिएको छ।

चार किलो सुनसहित विमानस्थलबाट चिनिया नागरिक पक्राउ

सोमबार, २० साउन २०७६

चार किलो सुनसहित एक जना चिनिया नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

विप्लवप्रति सरकार कठोर बन्ने संकेत, गृहमन्त्रीलाई सुरक्षा अधिकारीको बिफ्रिङ

आइतबार, १९ साउन २०७६

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीविरुद्ध कठोर हुने संकेत दिएको छ। सो पार्टीले देशभर बम विस्फोट गराउनुका साथै पार्टीभित्र सरकारसँग वार्ता गर्नुपर्छ भन्ने नेतालाई कारवाही गरेको छ। यसबाट रुष्ट बनेको सरकारले विप्लवका नेताकार्यकर्तालाई नियन्त्रणमा लिन बल प्रयोग हुने संकेत दिएको हो। सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको पार्टीले बिहीबार देशका विभिन्न स्थानमा रहेका एनसेलका २५ वटा टावरमा विस्फोट र आक्रमण गरेको थियो।

नख्खु कारागारमा कुटाकुट हुँदा एकको मृत्यु

शुक्रबार, १७ साउन २०७६

ललितपुरस्थित नख्खु कारागारमा दुई कैदीबन्दीबीच कुटाकुट हुँदा एकजनाको मृत्यु भएको छ।

परिवार नै बैरी

बिहिबार, १६ साउन २०७६

पछिल्लो चार वर्षको अवधिमा सौतेनी आमा र बाबुले चार जना सन्तानको हत्या गरेका छन्। तीन जना ज्वाइँजेठानको हत्या गरेको, बाबुले एक्लै २३ जना छोराछोरीको हत्या गरेको तथा अन्य घरपरिवारका सदस्यअन्तर्गत ५१ जनाको हत्या भएको प्रहरी जनाएको छ।

कलंकी घटनाले लियो नयाँ मोड, बरामद हतियारबाट गोली नचलेको रिपोर्ट

बिहिबार, १६ साउन २०७६

विष्णुप्रसाद शर्माको कलंकीस्थित घरमा गोली चलेको घटनामा बरामद भएका दुवै हतियारबाट गोली नचलेको रिपोर्ट बाहिर आएको छ ।

बारम्बार ढिलासुस्ती गरे कारवाही: प्रधानमन्त्री

बिहिबार, १६ साउन २०७६

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मन्त्रालयहरूको वार्षिक कार्ययोजना प्रस्तुति तथा कार्यसम्पादन सम्झौता बैठकलाई प्रधानमन्त्री ओलीले मन्त्री र सचिवलाई आवश्यक निर्देशन दिएको बताए।

कलंकी गोलीकाण्डः कारणबारे प्रहरी अन्योलमा

बुधबार, १५ साउन २०७६

बरामद भएका दुइटै हतियार परीक्षणका लागि विधि विज्ञान प्रयोगशाल पठाइएको र परीक्षणपछि महानगरीय प्रहरी वृत्त कालिमाटीमा पठाइएको छ। तर परीक्षणको रिपोर्ट भने प्राप्त भइसके पनि ढकालकै घरबाट शर्माको घरमा गोली प्रहार भएको हो वा होइन भन्नेमा प्रहरीले केही बताएको छैन।

कलंकीमा पूर्वउपसचिवको छोरीलाई लक्षित गरी गोली प्रहार

मङ्गलबार, १४ साउन २०७६

गोली प्रहार भएको कोठामा उनकी छोरी पढिरहेकी थिइन्। घटनाको बारेमा महानगरीय अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ।

दुई साताका लागि सचिवालय बैठक स्थगित

मङ्गलबार, १४ साउन २०७६

सोमबारको बैठकमा विभागको जिम्मेवारीका कुरा आएपछि प्रधानमन्त्री ओलीले आज बाघ दिवस भएकाले त्यसलाई सरकारी तबरबाट कसरी संरक्षण गर्न सकिन्छ भन्दै सल्लाह सुझाव मागेर विषयान्तर गरेका थिए।

नेकपामा शीर्ष नेताको विभाग मोहले उल्झन

आइतबार, १२ साउन २०७६

पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले नै विभागीय प्रमुखमा रुचि देखाएका छन्। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीका ३२ विभागमध्ये प्रमुख ६ वटामा चारवटा पूर्वएमाले र २ वटा पूर्वमाओवादी केन्द्रको भागमा लगाएका छन्। ती विभागमा शीर्ष नेताहरूले नै आँखा लगाउँदा विवाद देखिएको छ।

विप्लवसँग वार्ता तयारी

शुक्रबार, १० साउन २०७६

सोमप्रसाद पाण्डे संयोजक रहेको वार्ता टोलीले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि मन्त्रिपरिषद्ले गृह मन्त्रालयमा पठायो। प्रतिवेदनमा विप्लव समूहलाई राजनीतिक वार्ताबाटै मूलधारमा ल्याउन सुझाव दिइएको छ।

विप्लव समूहसँग औपचारिक वार्ता गर्ने सरकारकाे संकेत !

बिहिबार, ०९ साउन २०७६

सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेत्रविक्रम चन्द विप्लव समूहसँग औपचारिक वार्ता गर्ने संकेत गरेका छन्। बुधबार मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै बाँस्कोटाले प्रतिबन्धित विप्लव समूहसँग वार्ता गर्ने संकेत गरेका हुन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad