टपेन्द्र कार्की

बढेन सरकारको लोकप्रियता

बुधबार, ११ बैशाख २०७६

पहिलोपटक केपी शर्मा ओलीले सरकार बनाउँदा समुद्रमा नेपाली ध्वजावाहक पानीजहाज सञ्चालन गरिने बताए। त्यसको दुई वर्षपछि तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रको संयुक्त निर्वाचन घोषणापत्रमा नेपाली ध्वजावाहक पानीजहाज सञ्चालन गरिने कुरा उल्लेख भयो।

सहमतिपछि चार जिल्लामा हेरफेर

मङ्गलबार, १० बैशाख २०७६

कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमको बीचमै हिँडेपछि नेता माधव नेपाल जिल्ला नेतृत्व चयनप्रति असन्तुष्ट रहेको आशंका गरिएको छ।

तत्कालीन जिल्लाअध्यक्षलाई नै जिम्मेवारी

सोमबार, ०९ बैशाख २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले ७७ वटै जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुंगो लगाएको छ। तत्कालीन जिल्ला अध्यक्षलाई नै नेतृत्व दिने सहमति गरी अध्यक्ष र सचिवको टुंगो लगाइएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको सचिवालय बैठकले ७७ जिल्लाकै जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

कार्यकर्ताको प्रश्न– एकता कहिले टुंगिन्छ

आइतबार, ०८ बैशाख २०७६

एकता प्रक्रिया टुंग्याउन शीर्ष तहका नेताहरूबीच छलफल भए पनि वरिष्ठता र संगठनमा लामो समय काम गरेका नेता–कार्यकर्ताको व्यवस्थापनमा कुरा मिल्न सकेको छैन।

प्रधानमन्त्रीको सम्बोधनमा मन्त्रीबाट 'बहिष्कार'

मङ्गलबार, ०३ बैशाख २०७६

नयाँ वर्ष २०७६ को शुभकामनासहित प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा गरेको सम्बोधनका बेला मन्त्रिपरिषद्का प्रभावशाली मन्त्रीहरू नै उपस्थित भएनन्। प्रधानमन्त्री ओलीले आइतबार बिहान साढे ६ बजेभित्र बालुवाटार उपस्थित हुन सबै मन्त्रीलाई खबर गरे पनि तत्कालीन माओवादी केन्द्रका तर्फबाट मन्त्रिपरिषद्मा सहभागी गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चन्द्रप्रकाश खनाल र खानेपानीमन्त्री बिना मगर सम्बोधनमा उपस्थित नभएका हुन्।

साहित्यकार 'रसुवाली कवि' पक्राउ

सोमबार, ०२ बैशाख २०७६

रसुवाली कविका नामले परिचित साहित्यकार ठाकुर प्रसाद तिमिल्सिनालाई प्रहरीले गिरफ्तार गरेकाे छ।

प्रहरीलाई पालबाट भवनमा सार्न दुई अर्ब माग

सोमबार, ०२ बैशाख २०७६

भूकम्पपछि टेकुस्थित नेसनल ट्रेडिङको भवन र खाली चौरमा पाल टाँगेर कार्यालय सञ्चालन गर्दै आएका दुई प्रहरी निकायलाई व्यवस्थापन गर्न नेपाल प्रहरीले बजेट दिन अर्थ मन्त्रालयले आनाकानी गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखालाई नयाँ भवन निर्माण गरी त्यहाँबाट सार्न प्रहरी प्रधान कार्यालयले जग्गा खरिद गर्न अर्थसँग दुई अर्ब रुपैयाँ मागेको थियो। तर अर्थले आनाकानी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

चार नेता चन्द्रागिरि रिसोर्टमा

शनिबार, ३० चैत २०७५

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसहित गृहमन्त्री एवं सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेलबीच पार्टी एकीकरण टुंग्याउने विषयमा छलफल भएको छ। उनीहरुबीच बिहीबार राति र शुक्रबार दिनभर चन्द्रागिरि रिसोर्टमा छलफल भएको हो।

मलद्वारमा लुकाएको सुनसहित ३ चिनियाँ नागरिक पक्राउ

बिहिबार, २८ चैत २०७५

मलद्वारमा लुकाएर सुन ल्याउने तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। तीन किलो ३ सय ग्राम सुनसहित ३ जना चिनियाँ नागरिकलाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको एसपी कृष्ण कोइरालाले जानकारी दिए।

भारतमा बरामद ३३ किलो सुन नेपालबाट नलगिएको दाबी

बिहिबार, २८ चैत २०७५

भारतीय प्रहरीले गत पुसमा बरामद गरेको ३३ किलो सुन नेपालबाट गएको नभई भुटानबाट आएको दाबी गरेको छ। भारतीय राजस्व अनुसन्धान विभागले दिएको जानकारीअनुसार सो परिमाणको सुन नेपालबाट लगिएको नभई भुटानबाट तस्करी भई भारत आएको हो। कोलकाताको राजस्व अनुसन्धान विभागका वरिष्ठ अनुसन्धान अधिकृत तुषारकान्ती विश्वासले दिएको प्रतिवेदनमा बरामद ३३ किलो सुन भुटानको बाटो हँुदै भारत भित्रिएको र सुन ल्याउने व्यक्ति पनि भारतीय नै भएको उल्लेख छ।

सांसद लिंङदेनलाई ज्यान मार्ने धम्की

बुधबार, २७ चैत २०७५

झापाबाट निर्वाचित संघीय सांसद राजेन्द्र लिंङदेनलाई मार्न भन्दै ५० लाखको सुपारी दिएको म्यासेज पठाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा म्यानपावर एजेन्ट बनेर काम गर्दै आएका झापाका तिलकदास पराजुली र हुम्लाका प्रदीप रोकायलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

असन्तुष्ट पक्षसँग बेग्लाबेग्लै भेट

सोमबार, २५ चैत २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण प्रक्रियामा विवाद उत्पन्न भएपछि दुई अध्यक्षले असन्तुष्ट नेताहरुलाई एक्लाएक्लै भेट गर्न थालेका छन्। पार्टी एकीकरण प्रक्रियामा माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले असन्तुष्टि व्यक्त गरिरहेकै बेला प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले उनीहरुसँग बेग्लाबेग्लै भेट गरी छलफल थालेका हुन्।

भिआपीको पछुवा गाडीले ठक्कर दिएपछि...

आइतबार, १७ चैत २०७५

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आफ्नो सुरक्षामा खटिएको पछुवा गाडीले ठक्कर दिएका स्कुटरचालक सन्तोष कुँवर र उनकी पत्नीलाई लोकन्थलीस्थित निवासमा बोलाएर घटनाप्रति दुःख व्यक्त गरेका छन्।

निर्दयी ट्याक्सीचालक, बिरामीलाई सडकमा छाड्दा ज्यान गयो

शनिबार, १६ चैत २०७५

ग्राहकलाई भगवान् मान्ने ट्याक्सीचालकले नै बिरामी यात्रुलाई ट्याक्सीबाट निकालेर सडकमै फालिदिन्छन् र यात्रुको मृत्यु हुन्छ भन्ने सायदै सोचिन्छ। बाटो नदेखे वा निश्चित गन्तव्यसम्म जान ट्याक्सी प्रयोग गरिन्छ। त्यसैले ट्याक्सीलाई सुरक्षित सवारीसाधन पनि मानिन्छ। तर बुधबार भने एक चालकले ट्याक्सीमा बिरामी भएका यात्रुमाथि कसैले नसोचेको संवेदनाहीन व्यवहार गरे। जसका कारण यात्रुको ज्यान गयो।

निर्दयी ट्याक्सीचालक, बिरामीलाई सडकमा छाड्दा ज्यान गयो

शनिबार, १६ चैत २०७५

ग्राहकलाई भगवान् मान्ने ट्याक्सीचालकले नै बिरामी यात्रुलाई ट्याक्सीबाट निकालेर सडकमै फालिदिन्छन् र यात्रुको मृत्यु हुन्छ भन्ने सायदै सोचिन्छ। बाटो नदेखे वा निश्चित गन्तव्यसम्म जान ट्याक्सी प्रयोग गरिन्छ। त्यसैले ट्याक्सीलाई सुरक्षित सवारीसाधन पनि मानिन्छ। तर बुधबार भने एक चालकले ट्याक्सीमा बिरामी भएका यात्रुमाथि कसैले नसोचेको संवेदनाहीन व्यवहार गरे। जसका कारण यात्रुको ज्यान गयो।

नागरिकता विधेयकमा नेकपाभित्र विवाद

बिहिबार, १४ चैत २०७५

संसदमा पेस भएको नागरिकतासम्बन्धी विधेयक छलफल भइरहेका बेला सत्तारुढ नेकपाभित्र सोही विषयलाई लिएर असन्तुष्टि बढेको छ। हाल राज्य व्यवस्था समितिले नागरिकता विधेयकमा देखिएका समस्या समाधान गर्न सांसद विजय सुब्बाको संयोजकत्वमा उपसमिति गठन गरेर छलफल गरिहरको भए पनि सत्तारुढ सांसदबीचै असन्तुष्टि उत्पन्न भएको हो।

प्रधानमन्त्री र रक्षामन्त्रीबीच नै मतभेद

मङ्गलबार, १२ चैत २०७५

सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई प्रतिबन्ध लगाएको छ। तर उसलाई हेर्ने दृष्टिकोणमा सत्तारुढ दलभित्रमात्र होइन, सरकारमा सहभागी मन्त्रीबीच पनि मतभेद देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलबीच नै चन्द नेतृत्वको समूहप्रतिको दृष्टिकोण बाझिएको हो।

सके फकाउने नभए तर्साउने

सोमबार, ११ चैत २०७५

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रति दोहोरो रणनीति अख्तियार गरेको छ। उसलाई सके फकाएर नसके तर्साएर काबुमा ल्याउने रणनीतिमा सरकार जुटेको छ। सरकारले फागुन २८ गते विप्लव समूहलाई प्रतिबन्ध लगाइसकेको छ। विप्लव समूहलाई आपराधिक तथा विध्वंशकारी परिभाषित गरेको सरकारले राजनीतिको मूलधारमा ल्याउन कारबाही प्रक्रिया पनि अघि बढाउने र वार्ता पनि चलाउने रणनीति बनाएको छ।

एकीकरण टुंग्याउन शीर्ष तहमा छलफल

शुक्रबार, ०८ चैत २०७५

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तल्लो तहको एकीकरण प्रक्रियाको बाँकी काम टुग्याउन शीर्ष चार नेताहरूबीच छलफल चलिरहेको छ। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गए पनि एकीकरण प्रक्रिया अघि बढाउन अर्का अध्यक्ष केपी शर्मा ओलीले छलफल अघि बढाएका हुन्।

विप्लव समूहविरुद्ध प्रहरीको आक्रामक अपरेसन

बिहिबार, ०७ चैत २०७५

सरकारले नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) समूहका गतिविधिलाई रोक लगाएपछि प्रहरीले आक्रामक अपरेसन सुरु गरेको छ। विप्लव समूहले पहाडी जिल्ला केन्द्रित गतिविधिलाई तीव्र बनाएसँगै प्रहरी प्रधान कार्यालयले पनि तिनै जिल्लामा अपरेसन केन्द्रित गर्न मातहतका निकायलाई निर्देशन दिएको छ। प्रहरीले आवश्यकताअनुसार नियन्त्रित अनुसन्धान प्रविधि (कन्ट्रोल डेलीभरी) र गुप्त कारबाही (अन्डर कभर अपरेसन) पद्धति अपनाएर अपरेसन सुरु गरेको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।