टपेन्द्र कार्की

बैंकबाट रकम ट्रान्सफर गरी ५३ लाख लुटपाट, महिलासहित १० जना पक्राउ

बुधबार, ०८ असोज २०७६

प्रहरीले कृषि विकास बैंकको रकम ट्रान्सफरगरी लुटापाट गरेको आरोपमा १० जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार राती अबेरसम्म प्रहरीले उनीहरलाई काठमाडौ र काठमाडौ बाहिरबाट नियन्त्रणमा लिएको हो ।

अख्तियार प्रमुखले नमान्दा नेपालको बयान रोकियो

बुधबार, ०८ असोज २०७६

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको कार्यकालमा भएको निर्णयमा टेकेर ललितानिवासको जग्गा किनबेच भएको भनिएको विषयमा उनलाई बयानमा बोलाउने प्रक्रिया रोकिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीनकुमार घिमिरेले प्रधानमन्त्रीकै रुपमा नेपालको नियत खराब देखिने आधार नभएको र बयानमा बोलाउँदा राजनीतिक प्रतिशोध मात्रै देखिने ठहर गरेपछि प्रक्रिया रोकिएको हो।

अनुुसन्धनमा गृहको प्राविधिक टोली सक्रिय

बुधबार, ०८ असोज २०७६

गृह मन्त्रालयले कञ्चनपुर भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानका लागि प्राविधिक विज्ञ टोली गठन गरी अनुसन्धान सुरु गरेको छ।

समाजवादको चिनियाँ मोडल हामीलाई प्रेरणा : प्रधानमन्त्री

मङ्गलबार, ०७ असोज २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ मोडलको समाजवाद नेपालका लागि प्रेरणा रहेको बताएका छन्। नेपाली क्रान्तिको आफ्नै मोडल रहेको तथा नेपाल कम्युनिस्ट पार्टीको आफ्नै मौलिक सिद्धान्त रहेको चर्चा गर्दै उनले चिनियाँ समाजवाद नेपालका लागि प्रेरणा हुने बताएका हुन्। नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीचको संयुक्त विचारगोष्ठीमा सोमबार प्रधानमन्त्री ओलीले नेपाल चीनको विकासे मोडेलको साझेदार बन्न चाहेको बताए।

चिनियाँ समाजवाद प्रेरणा : प्रधानमन्त्री

मङ्गलबार, ०७ असोज २०७६

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिन फिङको नेतृत्व र त्यहाँको कम्युनिस्ट पार्टीको पछिल्लो समाजवादी मोडलको उनले प्रशंसा गरे। विश्वको सर्वशक्तिमान मुलुकका रुपमा उदाएको चीन बलियाले सानालाई हेप्ने कतिपय राष्ट्रको नीतिमा सहभागी नभएको समेत उनले बताए।

खोलाको जग्गामा साढे चार करोड ऋण

सोमबार, ०६ असोज २०७६

झापा र सुनसरीमा कमसल धितो राखेर चार करोड ५० लाख ऋण प्रवाह गरेको आरोपमा बैंक अफ काठमाडौंका पूर्व प्रमुखकार्यकारी अधिकृत (सिइयो)सहित १९ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ४९ दिनको मेहनतपछि शुक्रबार १७ जना र त्यसअघि दुई गरी १९ जना पक्राउ गरेको हो।

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच विचार आदानप्रदान सम्झौता हुँदै

सोमबार, ०६ असोज २०७६

नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच भ्रातृत्व सम्झौता हुने भएको छ। दुई कम्युनिस्ट पार्टीको स्कुल विभागले सोमबारबाट संयुक्त रूपमा आयोजना गर्न लागेको दुई दिने विचार गोष्ठीको अन्तिम दिन भाइचारा सम्बन्ध निरन्तरता दिन भ्रातृत्व सम्बन्ध सम्झौता हुने भएको हो। चिनियाँ राष्ट्रपतिको सी चिनफिङको भ्रमण पूर्वसन्ध्यामा हुन लागेको विचार गोष्ठीमा दुई देशका कम्युनिस्ट पार्टीको नीति सिद्धान्त, विचार र कार्यक्रमबारे छलफल हुने क्रममा दुईपार्टी बीच भ्रातृत्व सम्बन्ध कायम गर्नेगरी सम्झौता हुन लागेको हो।

बैक अफ काठमाण्डूका पूर्वसिइयोसहित ११ कर्मचारी पक्राउ

आइतबार, ०५ असोज २०७६

नक्कली जग्गा धनीको लालपूर्जा राखेर उनीहरुले कर्जा प्रवाह गरेको अभियोग लगाइएको छ।

संविधान परिमार्जन गर्न सकिन्छ : प्रधानमन्त्री

शनिबार, ०४ असोज २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि मूर्छित सपनालाई जगाएको बताएका छन् । संविधान दिवस मनाउन शुक्रबार टुँडिखेलमा जम्मा भएका सर्वसाधारण र सरकारी कर्मचारीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘खै त रेल, खै त पानी जहाज ? कहाँ छ सुरुङ खनेको ? कता छ सतह जलमार्गमा मालवाहक सवारी कुदेको ? अझै जोड दिएर सोध्न सकिन्छ– हामीलाई सपना किन देखाएको ? हामीमा आशा किन जगाएको ? म विनम्रताका साथ स्विकार्छु– हो, मैले मूर्छित सपनामाथि पानी छम्केकै हुँ । मैले भनेको हुँ, निदाएको बेलामा देख्ने सपना हैन, ब्युँझिएको बेलाको सपना देखौं ।’

‘के लोकतन्त्र खतरामा छ?

बिहिबार, ०२ असोज २०७६

नेताहरूले बारम्बार लोकतन्त्र खतरामा रहेको बताउँदै आए पनि कोबाट र कसरी खतरा छ भन्नेबारे प्रामाणिक कुरा हालसम्म नआएकाले यस्तो अभिव्यक्ति एकले अर्कोलाई लगाउने राजनीतिक आरोपमा मात्रै सीमित भएको देखिन्छ।

गृहमन्त्रीका भाई नरेश एक लाख धराैटीमा रिहा

बुधबार, ०१ असोज २०७६

संगठित गिरोहसँग मिलेर रकम उठाएको आरोमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का भाई नरेशकुमार थापालाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ।

चीन रिझाउन हिमालका ७३ क्षेत्र निषेधित

मङ्गलबार, ३१ भदौ २०७६

चीनसँग सिमानामा जोडिएका ताप्लेजुङदेखि दार्चुलासम्मका ७३ स्थानलाई नेपाल सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ। चीनसँग सीमा जोडिएका अधिकांश क्षेत्रमा सरकारले निषेधित क्षेत्र घोषणा गरेको हो। सरकारले निषेध गरेको स्थानमा निर्वाध हेलिकोप्टर, ड्रोन उडानमा समेत रोक लगाएको छ।

थापाकाे 'हिरासत' चिरायु अस्पताल

मङ्गलबार, ३१ भदौ २०७६

पक्राउ परेदेखि नै बिरामी भएको भन्दै गृहमन्त्रीका साहिँला भाइ नरेशकुमार थापा बसुन्धरास्थित चिरायु अस्पतालमा भर्ना भएर बसेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को आफ्नै हिरासत भए पनि चिकित्सको ‘प्रेप्सकिप्सन’ ल्याएर उनी सो अस्पतालमा भर्ना भएका हुन्। ‘केही दिनदेखि उहाँ हाम्रो अस्पतालमा उपचारका लागि आउनुभएको छ,’ अस्पताल स्रोतले भन्यो, ‘उहाँको उपचार भइरहेको छ।’

आन्तरिक किचलोले नेकपा बैठक अन्योलमा

सोमबार, ३० भदौ २०७६

‘कसैलाई काममाथि कामको तथा अवसरमाथि अवसरको बोझ थपिएको र मन नपरेकालाई जिम्मेवारीविहीन बनाइएको तितो अनुभव हामीसँग छ,’ केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने।

गृहमन्त्रीका भाइको गुन्डा नाइकेसँग ‘कनेक्सन’

शुक्रबार, २७ भदौ २०७६

पक्राउ परेका थापासहितलाई आपराधि लाभ र संगठित अपराधमा मुद्दा चलाइएको छ।

राष्ट्रिय वाणिज्य बैंकको एटिएम बुथमा ह्याकरको कार्ड ‘सिज’

बिहिबार, २६ भदौ २०७६

चिनियाँ ह्याकरहरूले राष्ट्रिय वाणिज्य बैंकको एटिएम बुथको स्विच ह्याक गर्न लाग्दा कार्ड ‘सिज’ भएको पाइएको छ।

नेकपामा विवादै विवाद

बुधबार, २५ भदौ २०७६

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रमा शीर्ष नेताबीच देखिएको विवादको असर जिल्लातहसम्म पनि देखिएको छ। नेकपाभित्र पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुुमार नेपाल, नारायणकाजी श्रेष्ठ तथा रामबहादुर थापाले छुट्टाछुट्टै गुट सञ्चालन गर्दा त्यसको असर तलसम्म परेको हो।

यस्तो बन्दैछ प्रहरी परिसर र महाशाखा

मङ्गलबार, २४ भदौ २०७६

भूकम्पपछि पालमा र पार्टी प्यालेसबाट कार्यालय सञ्चालन गर्दे आएका काठमाडौका दुई प्रहरी कार्यालयको आफ्नै भवन बन्ने भएको छ।

दिनदिनै छलफलमा दाहाल–ओली

मङ्गलबार, २४ भदौ २०७६

प्रधानमन्त्रीसमेत रहेका अध्यक्षको ओलीको स्वास्थ्य अवस्थाका साथै पार्टीको कार्यक्रकारी अध्यक्षको जिम्मेवारी अर्का अध्यक्ष दाहाललाई दिनुपर्ने आवाज उठिरहेका बेला दुई अध्यक्षबीच शनिबार, आइतबार र सोमबार पनि भेटघाटलाई निरन्तरता दिएका छन्।

यौन दुर्व्यवहार आरोपमा पूर्व सांसद घिसिङ पक्राउ

सोमबार, २३ भदौ २०७६

पूर्व सांसद योगेन्द्र घिसिङ पक्राउ परेका छन्। सार्वजनिक यातायातमा महिला माथि यौन दुर्व्यवहार गरेको अभियोगमा घिसिङ पक्रराउ परेको महानगरिय प्रहरी परिसर ललितपुरका एसपी दुर्गा सिंले बताइन। उनलाई प्रहरीले एकान्तकुनाबाट नियन्त्रणमा लिएको थियो।

Ncell Footer Ad