टपेन्द्र कार्की

नक्कली छोरा बनाएर मिर्गौला तस्करी

सोमबार, १४ जेठ २०७५

भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा बनेपा नगरपालिका २ का ३० वर्षीय कुमार गिरीको पत्थरीको शल्यक्रिया गर्ने भन्दै झुक्याएर मिर्गौला निकालिएको पाइएको छ। मोरङका थर्क बस्नेतले नक्कली कागजपत्र तयार पारी छोरा बनाएर उनको मिर्गौला झिकेका हुन्। गिरीका आफन्तले प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो। नाता प्रमाणीकरणको नक्कली कागजपत्रका आधारमा केन्द्रले गिरीको मिर्गौला निकालेर बस्नेतलाई प्रत्यारोपण गरिदिएको थियो।

कहाँ छन् ‘गोरे’ ले लिएका तीन थान हतियार

आइतबार, १३ जेठ २०७५

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ ले प्रयोग गरिरहेको हतियार फेला परेको छैन। गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले उनले प्रयोग गरेका तीन वटा पेस्तोल खोजिरहेको छ। ‘उनले दुईजना व्यक्तिसँग किनेको हतियार फेला परेको छैन। हामीले खोजी गरिरहेका छौं’, समिति स्रोतले भन्यो, ‘हिरासतमै भएका मानिससँग छ भन्ने सूचना आएकाले अनुसन्धान गरिरहेका छौं।’

बालकृष्ण ढुंगेललाई 'माफी'

बिहिबार, १० जेठ २०७५

कर्तव्य ज्यान मुद्दामा जेलसजाय भोगिरहेका नेकपाका नेता बालकृष्ण ढुंगेललाई बाँकी कैद मिनाहा गर्न सिफारिस गरिएको छ । डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका नेता ढुंगेललाई गणतन्त्र दिवसका अवसरमा कैद मिनाहा गर्न कारागार व्यवस्थापन विभागले गृह मन्त्रालयसमक्ष सिफारिस गरेको हो ।

सुन तस्करीका थप रहस्य खुलेको छानबिन समितिकाे दाबी

मङ्गलबार, ०८ जेठ २०७५

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई पक्राउ गरी गृहमन्त्रालयमा सार्वजनिक गरिएको छ।

यी हुन् सुन तस्करका नाइके 'गोरे' भनिने चुडामणि उप्रेती

मङ्गलबार, ०८ जेठ २०७५

सुन तस्करका मुख्य नाइके गोरे भनिने चुडामणि उप्रेती पक्राउ परेका छन् । प्रहरीले मंगलबार गृहमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै गोरलाई सार्वजनिक गरेको छ । आयोजित पत्रकार सम्मेलनमा गोरेलाई आज बिहान काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको जानकारी गरायो ।

बालकृष्ण ढुंगेललाई माफी दिने तयारी

सोमबार, ०७ जेठ २०७५

सरकारले कर्तव्य ज्यान मुद्दामा जेलसजाय भोगिरहेका नेकपाका नेता बालकृष्ण ढुंगेललाई सर्वोच्च अदालतको आदेशविपरीत बाँकी कैद मिनाह गर्ने तयारी गरेको छ । डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका नेता ढुंगेललाई गणतन्त्र दिवसको अवसरमा कैद मिनाह गरी छुटाउन खोजिएको हो।

गृहले माग्यो ढिलासुस्ती गर्ने ठेकेदारको सूची

शुक्रबार, ०४ जेठ २०७५

गृह मन्त्रालयले भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर समयमै काम नगर्र्नेे ठेकेदारको सूची एक साताभित्र पठाउन देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ। ठेकेदारले समयमा काम सम्पन्न नगर्ने तथा सम्पन्न गरेका काम पनि कमसल हुने गरेको गुनासो बढेपछि मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरी बिहीबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको हो।

‘लुट’ का निर्माता वाग्ले नक्कली नोटसहित पक्राउ

बिहिबार, ०३ जेठ २०७५

चलचित्र ‘लुट’ मा निर्माता माधवराज वाग्लेले बैंक लुट्ने तरिका सिकाएका थिए । त्यो चलचित्र हेर्दा लुटिएको पैसा बोरामै बोकेर हिँडेको देखिन्छ । सोही शैलीमा नक्कली नोट कारोबारमा संलग्न भएको आरोपमा वाग्लेसहितलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपाली हजार रुपैयाँ दरका नक्कली नोटसहित चलचित्र निर्माता वाग्लेसहित ६ जनालाई पक्राउ गरेको हो।

भक्तपुरमा मेयरमाथि आक्रमणः विप्लवका जिल्ला इन्चार्ज पक्राउ

मङ्गलबार, ०१ जेठ २०७५

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठमाथि आक्रमणको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला इन्चार्जलाई पक्राउ गरेको छ।

सिलवाल प्रकरणमा फेरि अनुसन्धान हुने

मङ्गलबार, ०१ जेठ २०७५

एमाले सांसद एवं पूर्वडिआइजी नवराज सिलवालविरुद्धको किर्ते अभियोगमा पुनः अनुसन्धान हुने भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले तीन महिनाअघि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पठाएको किर्ते अभियोगको फाइल पुनः अनुसन्धान गर्न परिसरलाई नै फिर्ता पठाउने तयारी भएको छ।

गोरेलाई सरकारी वकिल र प्रहरीकै संरक्षण

सोमबार, ३१ बैशाख २०७५

सुन तस्करी आरोपमा अहिले मुद्दा चलाइएका चूडामणि उप्रेती ‘गोरे’ लाई यस्तै मुद्दामा अघिल्लो वर्ष सरकारी वकिलको कार्यालयले प्रतिवादी नबनाई उन्मुक्ति दिएको खुलेको छ।

ज्यान मुद्दाको अभियोगमा मेयर पक्राउ

बिहिबार, २७ बैशाख २०७५

कर्तव्य ज्यान मुद्धाको अभियोगमा रौटहट कटहरिया नगरपालिकाका प्रमुख (मेयर) पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी)ले जन्मकैदको सजाय सुनाइएका कटहरियाका मेयर सियाराम कुशवाहालाई काठमाडौबाट पक्राउ गरेको हो ।

भीओआइपी सञ्चालन गर्नेहरु पक्राउ

मङ्गलबार, २५ बैशाख २०७५

अवैध रुपमा भीओआइपी सञ्चालन गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानरपालिका ९ स्थित स्टार गेज होटेलको कोठा नम्बर ३०४ र काठमाडौं कागेश्वरी मनहरा ७ शान्तीदीप टोलस्थित भोलाराज गौतमको घरमा अवैध भीओआइपी संचालन गर्ने २ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले पक्राउ गरेको हो।

मोदी सुरक्षाका लागि २५ भारतीय सैनिक जनकपुरमा

मङ्गलबार, २५ बैशाख २०७५

नेपाली पक्षले सुरक्षाको तयारी गरिरहेकै बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि २५ जना भारतीय सुरक्षाकर्मी नेपाल आएका छन्।

सुन तस्करीमा पुरानै समूह सक्रिय

सोमबार, २४ बैशाख २०७५

पछिल्ला दुई अनुसन्धानबाट सुन तस्करीमा पुरानै समूह सक्रिय रहेको खुलेकोे छ। ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा गठित उच्चस्तरीय छानबिन समितिले गरेको अनुसन्धान र गत वर्ष प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरेको अनुसन्धानबाट सुन तस्करीमा प्रायः उनै व्यक्ति देखिएपछि पुरानै समूह सक्रिय रहेको खुलेको हो।

यस्तो छ मोदीको सुरक्षा तयारी

आइतबार, २३ बैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लक्षित गरेर गृहमन्त्रालयले सुरक्षा तयारी थालेको छ । अतिविशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७० अनुसार सम्बन्धित सुरक्षा निकायसँग समन्वय गरेर सुरक्षा तयारी थालेको हो। मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा बनेको सुरक्षा समितिले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणलाई लक्षित गरेर सुरक्षा तयारीका लागि समन्वय थालेको हो।

अवैधरुपमा काम गर्ने उत्तर कोरियाका ११ जना पक्राउ

शनिबार, २२ बैशाख २०७५

अवैधरुपमा नेपालमा काम गर्दे आएका १२ जना उत्तर कोरियाका नागरिकहरु पक्राउ परेका छन्। दरवारमार्गमा रेष्टुरेण्ट चलाएर बस्दै आएका उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो।

अनुसन्धानकर्ता नै आरोपित

मङ्गलबार, १८ बैशाख २०७५

आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई ‘ट्र्याप’ मा पार्न प्रायः अपराध अनुसन्धानकर्ता प्रहरीले प्रयोग गर्ने ‘फन्दा’ ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा आफ्नै विरुद्ध प्रयोग हुने खतराले नेपाल प्रहरीभित्र आतंक उत्पन्न भएको छ। यो प्रक्रियामा एकथरी प्रहरी अपराध अनुसन्धान र अभियुक्त गिरफ्तारीका निम्ति क्रियाशील छन् भने अर्काथरी त्यही प्रकरणका सहयोगी। तस्करी र हत्याका दुवै थरीमाथि शंकाको आधार भनेको सञ्चार सम्पर्क मात्र हो। अपराध अनुसन्धानकर्ताहरूले तिनलाई ‘फन्दा’ मा पार्न गरेको नाटकीय संवाद अन्ततः आफ्नै विरुद्ध प्रयोग हुने खतरा बढेको छ।

३३ किलो सुन प्रकरणमा डिएसपी केसी पक्राउ

आइतबार, १६ बैशाख २०७५

३३ किलो सुन तथा सनम शाक्य हत्या प्रकरणमा महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रजित केसी पक्राउ परेका छन्।

प्रहरीमा तक्माबापतको दुई अंक हटाउन प्रस्ताव

शनिबार, ०८ बैशाख २०७५

प्रहरी कर्मचारीले बढुवाका लागि मानपदवी (तक्मा) बापत पाउने २ अंक प्रस्तावित संघीय प्रहरी ऐनबाट हटाइएको छ। कार्यक्षेत्रमा खटिँदा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीले तक्मा नपाउने तर भनसुन गर्नेले पाउन थालेपछि मानपदवीबापतको २ अंक हटाउन प्रस्ताव गरिएको हो।

Ncell Footer Ad