टपेन्द्र कार्की

हुन्डी र सुन तस्करी आरोपमा पोद्दार पक्राउ

बिहिबार, ०७ असार २०७५

हुन्डीको मुख्य कारोबार गर्ने र सुन तस्करीमा संलग्न रहेको भन्दै व्यापारी विमलकुमार पोद्दारलाई नियन्त्रणमा लिइएको छ । ३३ किलो सुन तस्करी तथा सनम हत्या प्रकरणमा सरकारले गठन गरेको उच्चस्तरीय छानबिन टोलीले पोद्दारलाई नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरीको उपस्थिति ७७ वटै जिल्लामा

बुधबार, ३० जेठ २०७५

अर्धसैन्य संरचनाको सशस्त्र प्रहरी बलको उपस्थिति ७७ वटै जिल्लामा हुने भएको छ। गृह मन्त्रालयले सोमबार केन्द्रीय सरकारको प्रतिनिधित्व गर्दे सबै जिल्लामा सशस्त्र प्रहरीको उपस्थिति रहने गरी सशस्त्र मुख्यालयलाई व्यवस्थापन गर्न निर्देशन दिएपछि सोहीअनुसार तयारी सुरु गरेको छ।

गोरे, खत्री, भुजुङ र बाङ्गेललाई काठमाडौं ल्याइदै

सोमबार, २८ जेठ २०७५

साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका अभियुक्त चुडामणि उप्रेती गोरे, एसएसपी श्याम खत्री, भुजुङ गुरुङ, छिरिङ वाङ्गेल घलेलाई काठमाडौं ल्याइने भएको छ।

पाँच एआइजीलाई राजीनामा वा घटुवा स्वीकार्न दबाब

सोमबार, २८ जेठ २०७५

सरकारले सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक (एआइजी) को दरबन्दी दुईमात्रै कायम गरेपछि सो संगठनका पाँच एआइजीलाई राजीनामा दिन दबाब परेको छ। सशस्त्र प्रहरीमा जिम्मेवारीविहीन अवस्थामा रहेका एआइजी जानकीराम भट्टराई, निराकारामविक्रम शाह, सुबोध अधिकारी, षडानन्द चौधरी र राजेश श्रेष्ठलाई गृह मन्त्रालयले राजीनामा दिन दबाब दिएको हो।

एमकेका साझेदार खोज्दै प्रहरी

आइतबार, २७ जेठ २०७५

सुन तस्करीको मुख्य लगानीकर्ताको आरोपमा मुद्दा खेपिरहेका मोहनकुमार अग्रवाल (एमके) को घरमा छापा मारेलगत्तै उनका व्यापारिक साझेदारको खोजी सुरु भएको छ। ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरण अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन टोलीले उनको घरबाट शुक्रबार बरामद गरेको विभिन्न कागजातका आधारमा व्यापारिक साझेदारको खोजी सुरु भएको हो। अग्रवालको घरमा छापा मार्दा भटिएका महत्वपूर्ण विवरणले तस्करीमा संलग्न गिरोहबारे थप सूचना मिलेको छानबिन टोलीका एक सदस्यले बताएका छन्।

नेपाल प्रहरीमा ५, सशस्त्रमा २ एआइजी प्रस्ताव

शुक्रबार, २५ जेठ २०७५

संघीय प्रहरी ऐन नबन्दै सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआइजी) को दरबन्दी घटाउने भएको छ। गृह मन्त्रालयले नेपाल प्रहरीमा प्राविधिकसहित ५ र सशस्त्र प्रहरीमा दुई एआइजी राख्ने निर्णय गर्दै मन्त्रिपरिषद्मा प्रस्ताव पठाउन लागेको छ।

ठूला माछा हात पर्नै लागे :गृहमन्त्री

बिहिबार, २४ जेठ २०७५

गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीका मुख्य नाइके पक्राउनजिक रहेको दाबी गर्दै तस्करलाई सहगोग गर्ने पनि निगरानीमा रहेको बताएका छन् । ३३ किलो सुन तस्करी तथा सनम हत्या प्रकरणसम्बन्धी उच्चस्तरीय छानबिन समितिको काम प्रभावित बनाउने र तस्करलाई जोगाउने प्रयास भइरहेको दाबी गर्दै उनले त्यस्ता समूह र व्यक्ति पनि निगरानीमा रहेको बताएका हुन् ।

आन्तरिक सुरक्षामा तीन चुनौती : गृहमन्त्री थापा

बुधबार, २३ जेठ २०७५

गृहमन्त्री रामबहादुर थापाले आन्तरिक सुरक्षा चुनौतीका लागि ३ वटा समूह रहेको दाबी गरेका छन्।

नेताका अंगरक्षक प्राथमिकतामा

मङ्गलबार, २२ जेठ २०७५

नेपाल प्रहरीमा केही दिनअघि भएको बढुवा सिफारिसमा प्रधानमन्त्रीदेखि दलका नेताहरुको सुरक्षामा खटिने प्रहरी अधिकृतहरु प्राथमिकतामा परेका छन्। प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डिएसपी) को बढुवा समितिले कार्य क्षेत्रमा खटिएका अधिकृतहरुलाई भन्दा अंगरक्षकलाई प्राथमिकता दिएर सिफारिस गरेको हो।

के गर्दैछन् ‘भिआईपी’ कैदी

सोमबार, २१ जेठ २०७५

डिल्लीबजार कारागारमा पूर्वप्रहरी महानीरिक्षक ओमविक्रम राणा, प्रतिनिधिसभामा कैलालीबाट निर्वाचित रेशम चौधरी, प्रदेशसभामा मनाङबाट निर्वाचित दीपक मनाङे, काभ्रेबाट प्रदेशसभाका लागि उम्मेदवार भएका गणेश लामा, पत्नीको हत्या गरेर सर्वस्वसहित जन्मकैद फैसला भएका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालालगायत कैद जीवन बिताइरहेका छन्। जेल पर्नुअघि प्रतिष्ठित सामाजिक र सुविधाभोगी जीवन बिताइरहेका यी सबै पूर्व भिआइपी हुन्।

यसरी हुन्थ्यो सेटिङ

शुक्रबार, १८ जेठ २०७५

अदालतमा आत्मसमर्पण गरी थुनामा परेका एसएसपी श्याम खत्रीले २०६८ सालदेखि नै सुन तस्करलाई लाइन मिलाउने काम गरेको खुलेको छ। महानगरीय प्रहरी अपराध महाशाखामा रहँदा उनी सुन तस्करको सम्पर्कमा पुगेका हुन् । त्यसयता उनले नै तस्करलाई प्रहरीको लाइन मिलाउँदै आएका थिए। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले २०७३ पुस २१ मा साढे ३३ किलो सुन बरामद गरेपछि सुनतस्करसँगको उनको सम्बन्ध खुलेको हो।

यी हुन् सुन तस्करीका नाइके

बिहिबार, १७ जेठ २०७५

नेपालमा हुने सुन तस्करीमा भुजुङ गुरुङ, मोहनकुमार (एमके) अग्रवाल र छिरिङ वांगेल घलेको मुख्य संलग्नता रहेको पाइएको छ ।

नक्कली छोरा बनाएर मिर्गौला तस्करी

सोमबार, १४ जेठ २०७५

भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा बनेपा नगरपालिका २ का ३० वर्षीय कुमार गिरीको पत्थरीको शल्यक्रिया गर्ने भन्दै झुक्याएर मिर्गौला निकालिएको पाइएको छ। मोरङका थर्क बस्नेतले नक्कली कागजपत्र तयार पारी छोरा बनाएर उनको मिर्गौला झिकेका हुन्। गिरीका आफन्तले प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो। नाता प्रमाणीकरणको नक्कली कागजपत्रका आधारमा केन्द्रले गिरीको मिर्गौला निकालेर बस्नेतलाई प्रत्यारोपण गरिदिएको थियो।

कहाँ छन् ‘गोरे’ ले लिएका तीन थान हतियार

आइतबार, १३ जेठ २०७५

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ ले प्रयोग गरिरहेको हतियार फेला परेको छैन। गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले उनले प्रयोग गरेका तीन वटा पेस्तोल खोजिरहेको छ। ‘उनले दुईजना व्यक्तिसँग किनेको हतियार फेला परेको छैन। हामीले खोजी गरिरहेका छौं’, समिति स्रोतले भन्यो, ‘हिरासतमै भएका मानिससँग छ भन्ने सूचना आएकाले अनुसन्धान गरिरहेका छौं।’

बालकृष्ण ढुंगेललाई 'माफी'

बिहिबार, १० जेठ २०७५

कर्तव्य ज्यान मुद्दामा जेलसजाय भोगिरहेका नेकपाका नेता बालकृष्ण ढुंगेललाई बाँकी कैद मिनाहा गर्न सिफारिस गरिएको छ । डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका नेता ढुंगेललाई गणतन्त्र दिवसका अवसरमा कैद मिनाहा गर्न कारागार व्यवस्थापन विभागले गृह मन्त्रालयसमक्ष सिफारिस गरेको हो ।

सुन तस्करीका थप रहस्य खुलेको छानबिन समितिकाे दाबी

मङ्गलबार, ०८ जेठ २०७५

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई पक्राउ गरी गृहमन्त्रालयमा सार्वजनिक गरिएको छ।

यी हुन् सुन तस्करका नाइके 'गोरे' भनिने चुडामणि उप्रेती

मङ्गलबार, ०८ जेठ २०७५

सुन तस्करका मुख्य नाइके गोरे भनिने चुडामणि उप्रेती पक्राउ परेका छन् । प्रहरीले मंगलबार गृहमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै गोरलाई सार्वजनिक गरेको छ । आयोजित पत्रकार सम्मेलनमा गोरेलाई आज बिहान काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको जानकारी गरायो ।

बालकृष्ण ढुंगेललाई माफी दिने तयारी

सोमबार, ०७ जेठ २०७५

सरकारले कर्तव्य ज्यान मुद्दामा जेलसजाय भोगिरहेका नेकपाका नेता बालकृष्ण ढुंगेललाई सर्वोच्च अदालतको आदेशविपरीत बाँकी कैद मिनाह गर्ने तयारी गरेको छ । डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका नेता ढुंगेललाई गणतन्त्र दिवसको अवसरमा कैद मिनाह गरी छुटाउन खोजिएको हो।

गृहले माग्यो ढिलासुस्ती गर्ने ठेकेदारको सूची

शुक्रबार, ०४ जेठ २०७५

गृह मन्त्रालयले भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर समयमै काम नगर्र्नेे ठेकेदारको सूची एक साताभित्र पठाउन देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ। ठेकेदारले समयमा काम सम्पन्न नगर्ने तथा सम्पन्न गरेका काम पनि कमसल हुने गरेको गुनासो बढेपछि मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरी बिहीबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको हो।

‘लुट’ का निर्माता वाग्ले नक्कली नोटसहित पक्राउ

बिहिबार, ०३ जेठ २०७५

चलचित्र ‘लुट’ मा निर्माता माधवराज वाग्लेले बैंक लुट्ने तरिका सिकाएका थिए । त्यो चलचित्र हेर्दा लुटिएको पैसा बोरामै बोकेर हिँडेको देखिन्छ । सोही शैलीमा नक्कली नोट कारोबारमा संलग्न भएको आरोपमा वाग्लेसहितलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपाली हजार रुपैयाँ दरका नक्कली नोटसहित चलचित्र निर्माता वाग्लेसहित ६ जनालाई पक्राउ गरेको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।