टपेन्द्र कार्की

अनुसन्धान प्रतिवेदन हेडक्वार्टर मगाइयो

बिहिबार, ०९ फागुन २०७५

प्रतिनिधिसभाकी सांसद निरुदेवी पालमाथि भएको आक्रमणबारेको अनुसन्धान प्रतिवेदन प्रहरी प्रधान कार्यालयले झिकाएको छ। उनीमाथि आक्रमण भएको आठ महिनापछि अनुसन्धान प्रतिवेदन प्रधान कार्यालयमा झिकाइएको हो।सांसद पाललाई पेस्तोल ताकेर धम्क्याइएको घटनामा अनुसन्धान कहाँ पुग्यो भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंबाट प्रतिवेदन तुरुन्तै प्रधान कार्यालय पठाउन परिसरलाई निर्देशन दिएको छ।

मोबाइलले खोल्यो सुनकाे पोल

शनिबार, ०४ फागुन २०७५

मंसिर ७ गते भारतबाट भन्सार पास लिएर डिएल १० सिएफ ६९२१ नम्बरको इको स्पोर्टस गाडी नेपाल भित्रियो। भन्सार र प्रहरी कर्मचारी दुवैले सो गाडीभित्र के छ भनी सामान्य सोधीखोजी गरे पनि खनातलासी गरेनन्। त्यसको केही समयपछि त्यही नम्बरको गाडी हराएको भन्दै दिल्लीका एक व्यापारीले कञ्चनपुर प्रहरीमा उजुरी दिए। उजुरीमा ती व्यापारीले लक्ष्मण तिरुवाले गाडी चलाएर नेपाल लगेको र उनी आफ्नो कर्मचारी भएको समेत उल्लेख छ। त्यसपछि प्रहरीले लक्ष्मण तिरुवासहित सो गाडीको खोजतलासी गर्न थाल्यो।

काम थोरै, भाषण धेरै

बिहिबार, ०२ फागुन २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक सम्बोधनमा मुलुक समृद्धिको मार्गमा लम्केको र विकास सुशासन आफ्नो प्राथमिकता रहेको बताउँदै आए पनि व्यवहारमा भने त्यस्तो देखिएको छैन। गत जेठ ७ गते प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा ५ वर्षभित्र नेपालीको आय दोब्बर बनाउने र वैदेशिक रोजगारीमा जान नपर्नेजस्ता महŒवाकांक्षी योजना अघि सारिए पनि त्यसको कार्यान्वयन गर्नेतर्फ कुनै कार्य भएको पाइँदैन। अझ रेल, पानीजहाज, हावाबाट बिजुलीजस्ता महत्वाकांक्षी योजना भाषणमा सीमित छन्।

मापदण्डविपरीतका अंगरक्षक खोसिँदै

बुधबार, ०१ फागुन २०७५

‘२०७५ जेठदेखि नेता र पूर्व प्रहरी अधिकारीहरुको सुरक्षामा खटिएका अंगरक्षकलाई फिर्ता बोलाउन सुरु गरिएको हो। अहिलेसम्म दुई सय ८० जना फिर्ता भएका छन्, यो क्रम जारी छ।’

एनजिओ/आइएनजिओ दर्तामा खुकुलो बन्दै सरकार

मङ्गलबार, २९ माघ २०७५

राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैरसरकारी संस्था (एनजिओ÷आइएनजिओ) दर्तामा सरकारी नीति खुकुलो बनाउने तयारी भएको छ। संस्था दर्ता ऐन २०३४, राष्ट्रिय निर्देशन ऐन २०१८, समाज कल्याण ऐन २०४९लाई समायोजन गरी सामाजिक संस्था ऐन २०७५ मार्फत एनजिओ आइएनजीओ दर्ता खुकुलो बनाउन लागेको हो।

दूरी घटाउन ओली–दाहाल भेट

आइतबार, २७ माघ २०७५

भेनेजुएलाको राजनीतिक संकटलाई लिएर जुहारीमा उत्रिएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच शनिबार भेटवार्ता भएको छ। उनीहरुबीच शनिबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको हो। भेटमा भेनेजुएलासम्बन्धी विज्ञप्तिले उब्जाएको विवाद तथा पार्टी एकीकरणसम्बन्धी विषयमा कुराकानी भएको स्रोतले जनाएको छ।

चिकित्सक साहकी छोरीका अपहरणकारी पक्राउ

मङ्गलबार, २२ माघ २०७५

प्रसूतिगृहकी चिकित्सक बबिता साहकी छोरी अपहरणमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ। महनगरीय प्रहरी परिस काठमाडौंले अपहरणका मुख्य आरोपी मनीष गुप्तालाई महोत्तरीबाट पक्राउ गरेको हो।

साढे ३३ किलो सुन तस्करी प्रकरणका आरोपी खड्का दुबईमा पक्राउ

मङ्गलबार, २२ माघ २०७५

दुवईबाट नेपालमा सुन पठाउने मुख्य व्यक्तिलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ। सुन तस्करीको अनुसन्धानसम्बन्धी दुइटा प्रतिवेदनले दोषी औंल्याएका हरिशरण खड्कालाई दुबई प्रहरीले पक्राउ गरेको हो। दुबई प्रहरीले यसबारे नेपाल प्रहरीलाई जानकारी गराएको छ।

चौथो कार्यदल पनि सुस्तायो

आइतबार, २० माघ २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एकताका लागि गठन गरेको चौथो कार्यदल पनि अलमलमा परेको छ। पुस मसान्तभित्र पार्टी एकीकरण र सांगठनिक संरचना बुझाउने जिम्मेवारीसहित गठित रामबहादुर थापा नेतृत्वको कार्यदल समयसीमाभित्र ‘मिसन’ पूरा गर्न असफल भएको छ। थापा कार्यदलअघि एकता प्रक्रिया अघि बढाउन विभिन्न तहमा तीनटा कार्यदल बनेका थिए।

अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पाद्वारा राजीनामा

शुक्रबार, १८ माघ २०७५

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन्। मानव बेचबिखनको आरोप लगेपछि परराष्ट्र मन्त्रालयको आग्रहमा नेपाल अाएकी राजदूत शेर्पाले राजीनामा दिएकी हुन्।

देवीदेवताका नाम हटाउँदै सशस्त्र प्रहरी

बिहिबार, १७ माघ २०७५

अर्धसैन्य संरचना रहेको सशस्त्र प्रहरीले बाहिनी र गण गुल्मको नाम परिर्वतन गर्न सुरु गरेको छ। सशस्त्र प्रहरी बल नेपालको नयाँ संरचना सम्बन्धी विस्तृत कार्ययोजना लागु भएसँगै उसले विभिन्न देवी देवताको नाममा रहेका कार्यालयहरुको नाम अंकमा परिवर्तन तथा नयाँ नामपनि अंककै आधारमा राख्न थालेको हो।

३ कराेडमा १२ हजार सहिद

बुधबार, १६ माघ २०७५

करिब तीन करोड जनसंख्या भएको मुलुकमा सहिदको संख्या झन्डै १२ हजार पुगेको छ। सरकारले प्रत्येक वर्ष आफूअनुकूल संख्या थप्दै जाँदा सहिदको सूची लम्बिएको हो। यसले गर्दा सहिदकै अवमूल्यन हुन थालेको छ।

विशेष टोली गठन गर्न सिफारिस, भेजिनल स्वाबको नमुना संकलन नै गलत

सोमबार, १४ माघ २०७५

राष्ट्रिय मानवअधिकार आयोगले निर्मला पन्तको भेजिनल स्वाबको नमुना परीक्षणको संकलन प्रक्रिया गलत रहेको जनाएको छ। कञ्चनपुर भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया पन्तको गत साउनमा बलात्कारपछि हत्या गरिएको थियो।

अपहृत बालिकाको सात घन्टापछि उद्धार

शनिबार, १२ माघ २०७५

काठमाडौंको कोटेश्वरबाट अपहृत दुई वर्षीय बालिकाको सात घन्टापछि सकुशल उद्धार गरिएको छ। सामान्य लेनदेन विवादमा थापाथलीस्थित प्रसूतिगृहकी डाक्टर बबिता साहकी दुई वर्षीया छोरी शुक्रबार बिहान अपहरणमा परेकी थिइन्।

प्रहरीमा ३० वर्षे सेवाअवधि हटाउँदै सरकार

शुक्रबार, ११ माघ २०७५

गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा रहेको अवकाशसम्बन्धी ३० वर्षे सेवाअवधि हटाएर उमेरहद र पदावधिमात्रै कायम गर्न संघीय प्रहरी ऐन मस्यौदा बनाएको छ। गृहमन्त्री रामबहादुर थापाकै निर्देशनमा प्रहरी नियमावलीमा भएको ३० वर्षे सेवाअवधि हटाएर संघीय ऐनमा अवकाशको आधार उमेरहद र पदावधि मात्र कायम गर्न लागिएको हो।

सरकारलाई सूचना दिन तोकिए नौ संस्था

मङ्गलबार, ०८ माघ २०७५

प्रधानमन्त्री कार्यालयको सम्पत्ति शुद्धीकरण तथा राजस्व अनुसन्धान महाशाखाले वित्तीय तथा गैरवित्तीय संस्था, व्यवसाय र पेसाकर्मीको क्षेत्रमा नियमनकारी निकाय तोकेको छ। महाशाखाले सम्पत्ति शुद्धीकरण अनुसन्धान ऐन, २०६४ अनुसार नियमक निकाय तोकेको हो।

नेकपा एकीकरण अन्योलमा

सोमबार, ०७ माघ २०७५

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच नौ महिनाअघि एकीकरण भए पनि तल्लो तहको एकता प्रक्रिया अझै अन्योलमा परेको छ। पार्टी एकीकरणको नौ महिना, नौ सदस्यीय सचिवालय र नौ सदस्यीय कार्यदल संयोग भए पनि उल्लेख्य काम केही गर्न नसकेको भन्दै केन्द्रीय सदस्यहरूले नेतृत्वको आलोचना गर्न थालेका छन्। नौ सदस्यीय कार्यदलको बैठक २४ पुसपछि बस्न सकेको छैन।

मर्यादाक्रमप्रति प्रजिअ असन्तुष्ट

बुधबार, ०२ माघ २०७५

सरकारले नयाँ मर्यादाक्रम सार्वजनिक गरेपछि देशभरका प्रमुख जिल्ला अधिकारी (सिडियो) ले आपत्ति जनाएका छन्। उनीहरुले नयाँ मर्यादाक्रममा संघीय सरकारका प्रतिनिधिसमेत रहेका प्रजिअलाई स्थानीय तहका जनप्रतिनिधिसरह राखेर अपमान गरेको भन्दै आपत्ति जनाएका हुन्

नेपालबाट तीन सय ७३ चिनियाँ निष्कासित

सोमबार, ३० पुष २०७५

भिसामा तोकिएभन्दा बढी समय बसोबास गरेर विभिन्न क्षेत्रमा काम गर्दै आएका चिनियाँ नागरिकलाई गृह मन्त्रालयले निष्कासन गरेको छ। मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले जलविद्युत, सडक, रसुवा करिडोर तथा सिमेन्ट कारखानामा कार्यरत चिनियाँ नागरिकलाई अनुमतिबिना (ओभर स्टे) नेपालमा बसेको भन्दै देशनिकाला गरेको हो। सन् २०१८ मा तीन सय ७३ जना चिनियाँ नागरिकलाई निष्कासन गरिएको छ।

तिब्बतीलाई सघाउने अमेरिकी सिनेटको निर्णय

सोमबार, ३० पुष २०७५

नेपालले एक चीन नीति लिइरहेका बेला अमेरिकी सरकारले भने नेपालका शरणार्थी जीवन बिताइरहेका तिब्बती नागरिकलाई सहयोग गर्ने भएको छ।