मेल्लेख गाँउपालिका वडा नम्वर ५ बिन्देवासिनीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रमेश खड्का विजयी भएका छन्। उनले नेपाली कांग्रेसका वीरबहादुर बोहरालाई २१५ मतले पछि पार्दै विजयी भएका हुन्।
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले राजनीतिक अस्थीर वातावरण द्धन्द्ध र देशको आर्थिक अवस्था कमजोरीका कारणले खेलकुदको क्षेत्रमा विकास हुन नसकेको बताएका छन्।
भीरबाट खसेर अछाममा एकजनाको ज्यान गएको छ। बुधबार घर नजिकैको जंगलमा दाउरा चिर्न जाने क्रममा बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर ६ दर्नाको भीरबाट खसेर ज्यान गएको हो।
खाल्डोमा जमेको पानीमा डुबेर अछाममा दुई जनाको ज्यान गएको छ। शनिवार विहान बाख्रा चराउन घर नजिकैको जंगलमा गएका १३ वर्षीय ललित बादी र १२ वर्षीय युकेश दमाईको अछामको मंगलसेन नगरपालिका वडा नं ७ जनालीमा सडकको खाल्डोमा जमेको पानीमा डुबेर ज्यान गएको हो।
अछामको मेल्लेख गाउँपालिका ७ नन्देगडाकी कौसी साउद भदौ १३ गते शुक्रबार बिहानै छोराछोरीलाई बजारबाट चाउचाउ, बिस्कुट ल्याइदिने भन्दै फकाउँदै थिइन्। मुलाको भारी बोकेर हिड्न लागेको देख्दा दुई बर्षको कान्छो छोरो गणेश उनलाई पछ्याउँदै रोइरहेको थियो। आफू बजारबाट छिट्टै फर्किने र चक्लेट ल्याइदिने भन्दै उनी रोइरहेको छोरालाई छोडेर हिँडिन्। उनीसंगै उनकी सासु नाता पर्ने किथ्थी पनी आलुको भारी बोकेर उनीसंगै साँफेबगर तर्फ लागिन्।
दुई समूहबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ। अछामको ढकारी गाउँपालिका वडा २ मा सोमबार दिउँसो तीजमा नाच्ने क्रममा स्थानीय दुइर् युवा समूहकाे झडपमा एक जनाकाे मृत्यु भएकाे हाे।
जंगली जनावर बदेलले पाक्नै लागेको बाली नष्ट गर्न थालेपछी किसान चिन्तित बनेका छन्। मकै, धान, कोदो जस्ता बर्खे बाली उम्रिने बेला देखी नै बँदेलले खाएर नष्ट गर्न थालेपछि भोकमरी हुने भन्दै चिन्तितमा कृषक छन्। बँदेलबाट बाली जोगाउने चुनौती कुनै निश्चित एक गाउँ किसानलाई मात्र नभएर जिल्लाका अधिकांश किसानलाई यो चुनौति छ।‘
मेल्लेख गाउँपालिका र विद्युत प्राधिकरण अछाम वितरण केन्द्रको सयुक्त पहलमा अछामको मेल्लेख गाउँपालिकाका सबै वडाहरुमा विद्युतीकरणको काम भईरहेको छ। विद्युत प्राधिकरण अछामले जिल्लाका दुर्गम गाउँमा विद्युत विस्तार गर्न थालेपछि स्थानीय खुशी भएका छन्।
सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अछामका १२ वटा वडा कार्यालयमा तालाबन्दी गरेको छ। पार्टीको सेती महाकाली ब्युरोका नाममा पम्पलेट टासेर आईतवार बिभिन्न स्थानीय तहका वडाहरुमा तालाबन्दी गरेको हो ।
जिल्लाको चौरपाटी गाउँपालिका–३ स्थित दसपल्ले माविमा बिहानी कक्षा सञ्चालन हुने गर्छ। त्यहाँ पढ्ने धेरै विद्यार्थी बिहानै उठेर हतारहतार विद्यालय कुद्नुपर्ने अवस्था छ। बाटोमा ट्याक्टर भेटियो भने विद्यार्थीहरू राहत महसुस गर्छन् र त्यसैमा अटाईनअटाई चढेर विद्यालय जाने गर्दछन्। बुधबार बिहान गाउँदेखि विद्यालय पुग्न करिब आधा घन्टा पैदल हिँड्नुपर्ने विद्यार्थीहरूले ट्याक्टर भेट्टाए।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले नेपालमा कम्युनिस्ट पार्टी जनताका निम्ति काम गर्ने नभएर सिंहदरबारको अधिकार प्राप्तिका लागि एक भएको आरोप लगाएका छन्। अछामको मुजाबगरमा आइतबार आयोजित कांग्रेसको आमसभालाई सम्बोधन गर्दै थापाले दुई पार्टीबीच मिलन भएकाले अहिले सरकारको काम कारवाहीबाट जनता निराश भएको बताए।