डा. सुभाष पोखरेल

डा. सुभाष पोखरेल

मानिसको दिमागको गहिराइ

मङ्गलबार, २५ बैशाख २०७५

स्नातक तहसम्म विज्ञानको पुस्तकै नपढेका दाङका प्रकाश अधिकारी अहिले चीनमा वरिष्ठ वैज्ञानिकका रूपमा कार्यरत रहेको खबर सुन्दा जो कोहीलाई अचम्म लाग्नु अस्वाभाविक होइन। भाषा सिक्नका लागि कोरिया गएका अधिकारीले त्यहाँका प्राध्यापकलाई आफूले अहिलेसम्म साइन्स नपढेको तर अवसर पाए राम्रो गरेर देखाउन सक्ने कुरामा विश्वस्त तुल्याए।

धनी र गरिबको खाडल

मङ्गलबार, ११ बैशाख २०७५

अन्तर्राष्ट्रिय संस्था अक्सफामले गत जनवरीमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार संसारका ४२ उच्चतम धनीहरूको सम्पत्ति र विश्वका गरिबतम सूचकांकमा रहेका ३ अरब ७० करोड मानिसको जायजेथा बराबर देखियो। संसारमा सन् २०१७ मा वृद्धि भएको कुल पुँजीको ८७ प्रतिशत रकम पृथ्वीका १ प्रतिशत अधिकतम धनाढ्यको खल्तीमा गएको देखियो।

क्यान्सरको तथ्य र तथ्याड्क

मङ्गलबार, २७ चैत २०७४

संसारका एकतिहाई मानिसलाई जीवनकालमा अर्बुद रोग लाग्छ। तीस वर्ष उमेर समूहका महिलामा ४०० मा एकलाई ब्रेस्ट (स्तन) क्यान्सर देखिन्छ भने ७० वर्षका आमा समूहमा उक्त अनुपात बढेर ९ मा १ महिलालाई उक्त रोग लाग्ने देखायो तथ्यांकले। १ लाख जनसंख्या भएको नगरमा प्रतिवर्ष १७१ जना क्यान्सरले मर्छन्।

महावैज्ञानिकसँगको साक्षात्कार

मङ्गलबार, १३ चैत २०७४

संसारमा सबैभन्दा पारदर्शी क्षेत्र मानिन्छ विज्ञान। वैज्ञानिकको वजन उसको आविष्कारमार्फत मापन गरिने भएकाले विज्ञानलाई निष्पक्ष विषय भनिन्छ। सर्वोत्कृष्टअन्वेषण गर्ने व्यक्तिले सम्बन्धित क्षेत्रको नोवल पुरस्कार पाउँछ।