डा. सुभाष पोखरेल

डा. सुभाष पोखरेल

स्वास्थ्यबर्धक खाना कि औषधि ?

मङ्गलबार, २८ फागुन २०७५

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जले आफ्नो हातामा रहेको फार्मेसीमा फलफूल तथा तरकारीसमेत बेच्न थाल्यो भने के भन्लान् ? उच्च रक्तचाप भएर जचाउन आएको बिरामीलाईलाई परीक्षणपछि औषधि दिनुको बदला तपाईँ चाबहिल चोकबाट हिँडेर दैनिक टिचिङ हस्पिटल आउनूस् भनी डाक्टरले कहेमा कस्तो प्रतिक्रिया आउला ? औषधि खाएर मधुमेहको समस्या तुरुन्तै रोकथाम गर्ने उद्देश्यले आएको बिरामीलाई चिकित्सकले दबाइ दिनुको बदला फलानो फलानो खान्की यति मात्रामा खान भनी सल्लाह दिएमा रोगीका आफन्तले के भन्लान् ?

बदलिँदो उपचार विधि

मङ्गलबार, १४ फागुन २०७५

विज्ञान सदैव अग्रगामी हुन्छ। आजको वैज्ञानिक आविष्कारले भोलिको मार्गचित्र कोर्छ। गल्ती नदोहो-याउनु विज्ञानको मर्म हो। अनुसन्धानात्मक निष्कर्षका आधारमा मेडिकल साइन्सका प्रोटोकलहरू लेखिन्छन्, सच्याइन्छन्। केही वर्षअघिसम्म माछा/मासु नखाए शरीरलाई आवश्यक पोषण पदार्थ पुग्दैन भन्ने मान्यता थियो चिकित्सा विज्ञानमा। त्यसैअनुसारको सल्लाह दिन्थे डाक्टरहरू। तर उक्त धारणामा अहिले परिवर्तन आयो। अनुसन्धानात्मक आकडाले मांसाहारी खानाभन्दा शाकाहारी भोजन खाने मानिस बढी स्वस्थ देखाएपछि तद्नुरूपका खानपिन आचारसंहिता बनाउने निचोडमा पुग्यो मेडिकल साइन्स।

युवाको दायित्व, दायित्व र नागरिक समाज

मङ्गलबार, २९ माघ २०७५

भविष्यका चुनौती सामना गर्नुपर्ने युवाहरू निहित स्वार्थ र वर्गीय मुनाफामा बरालिने मुलुकको ग्रहदशा उचित छैन भनी आकलन गर्नका लागि कुनै ज्योतिषीको आवश्यकता पर्दैन। संसद्मा स्पष्ट बहुमत नभई देशको विकास हुन कठिन छ भन्नेहरूलाई वर्तमान सरकारको कार्यशैलीले दरो प्रहार गर्दो छ।

नेताको योग्यता र समाजसेवीको दूरदर्शिता

मङ्गलबार, १५ माघ २०७५

सम्राट अकवरको दरवारमा संगीतकार तानसेन निकै शक्तिशाली थिए। राजालाई संगीत सुनाउने उनको दायित्व थियो। म्युजिकमा रुचि भएको राजप्रसादमा तानसेनको हैसियत उँचो हुने नै भयो। ९ शक्तिशाली भारदार समूहमा रहेकाले उनलाई मुगलको नवरत्न पनि भनिन्थ्यो। पटाड्गिनीमा तानसेनले एक साँझ राजालाई बाँसुरी सुनाइरहेका बखत टाढा जंगलमा मधुर सगीत गुञ्जियो।

डिएनए जाँचका चुनौती र शक्ति

मङ्गलबार, ०१ माघ २०७५

सम्पूर्ण जीवको अस्तित्वको आधार आणुवांशिक पदार्थ ‘डिएनए’ हो। प्रत्येक जीवमा आआफ्नै किसिमको डिएनए हुन्छन्। मानिस, भ्यागुतो, चराका आणुवांशिक पदार्थ फरक फरक हुन्छ। डिएनएको अध्ययनले अभूर्त आणुवांशिक पदार्थ कुन प्राणीको हो भनी सहजै पहिचान गर्न सकिन्छ।

निन्द्राको आयाम र महत्व

मङ्गलबार, १७ पुष २०७५

हामी जीवनको एकतिहाई समय सुतेर बिताउँछौँ। मानिसमात्र होइन, अहिलेसम्म अध्ययन भएका सबै प्राणीका लागि सुत्नु आवश्यक देखियो। यद्यपि सुताइको प्रकृति भने प्राणी नै पिच्छे फरक देखिए। टाटे बाघ दैनिक १६ घण्टा सुत्छ भने जिराफका लागि केवल २ घण्टा निदाउनु पर्याप्त देखियो।

स्मार्टफोनको नकारात्मक असर

मङ्गलबार, ०३ पुष २०७५

गत हप्ता कोकाकोलाको भगिनी कम्पनी भिटामिनबाटरले एक वर्षसम्म स्मार्टफोन प्रयोग नगर्ने व्यक्तिलाई एक लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा ग-यो। सहभागीले ३६५ दिनसम्म आइफोनको बदला भिटामिनबाटरले उपलब्ध गराएको सामान्य फोन भने प्रयोग गर्न पाउने भन्यो कम्पनीले। उक्त अवधिभर आइप्याड तथा ट्याब्लेट चलाउन नपाउने तर ल्यापटप तथा डेस्कटप कम्प्युटर थिच्न भने हिस्सेदारको अधिकार भएको बतायो इनर्जी ड्रिंक उत्पादक कम्पनीले।

चिताएअनुरूपको सन्तान

मङ्गलबार, १८ मङि्सर २०७५

बेलायती लेखक एल्डस हक्सलेले सन् १९३२मा ‘ब्रेभ न्यु वल्र्ड’ उपन्यास लेखे। भविष्यमा कस्ता मानिस जन्मन्छन् र के गुण भएका नागरिकले संसारलाई शासन गर्छन् भन्ने भविष्यवाणी गरिएको उक्त पुस्तकलाई सन् २००३ मा बेलायती प्रशारण संस्था बिबिसीले झण्डै १० लाख पाठकमाझ गरेको सर्भे ‘द बिग रिड’ ले प्राचीनकालदेखि त्यसबेलासम्म प्रकाशित लाखौँ पुस्तकमध्ये पढ्नैपर्ने उच्च १०० को स्थानमा छान्यो।

भविष्य : शाकाहारी भोजनको

मङ्गलबार, ०४ मङि्सर २०७५

अघिल्लो २–३ दशकमा मानिसको औसत आयु ह्वात्तै बढ्यो । बाल तथा मातृ मृत्यु दरमा आएको गिरावट तथा औषधि विज्ञानको सफलताले मानिसको सालाखाला उमेर बढ्यो ।

स्वच्छताको मध्यमार्ग

मङ्गलबार, २० कार्तिक २०७५

संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यको फल्स चर्चमा रहेको ‘इनोभा बेमेन्स हस्पिटल’ मा गत हप्ता नवजात शिशुको शरीरमा ब्याक्टेरियाको लेपन गरियो । भर्खरै जन्मिएको बच्चामा उक्त सुक्ष्म जीवाणुको संक्रमण कुनै भवितव्यका कारण नभएर औषधि उपचारको अनुगमन गर्ने अमेरिकी संस्था ‘फुड एन्ड ड्रग्स एडमिनिस्ट्रेसन (एफडिए)’ को स्वीकृतिमा गरिएको अनुसन्धान हो।

मानवमा ब्याक्टेरियाको प्रभाव

मङ्गलबार, १३ कार्तिक २०७५

ब्याक्टेरियालाई रोगको उद्गम ठानिन्छ । क्षयरोग, म्यानेन्जायटिस जस्ता भयानक रोगका कारक भएकाले ब्याक्टेरियाको नाम सुन्नेबित्तिकै मानिसमा त्रास पैmलन्छ । तर, के सूक्ष्म जीवाणु भन्दा नै आत्तिनुपर्ने अवस्था छ त?

नोबल स्तरको अनुसन्धान

मङ्गलबार, २३ असोज २०७५

यस वर्षकालागि नोबल पुरस्कारको घोषणा सकियो । रशायनशास्त्र, भौतिकशास्त्र र आयुर्विज्ञान क्षेत्रका नोबल पुरस्कारको घोषणा सुन्न संसारभरका बैज्ञानिक आतुर हुन्छन् ।

औषधिविहीन संसारको सम्भाव्यता

मङ्गलबार, ०९ असोज २०७५

आधुनिक समाजमा ओखती नखाने मानिस विरलै पाइन्छ । ६० वर्षीय समूहमा परेर पनि औषधि नखानु पर्ने मानिसलाई दैवी शक्ति पाएका भाग्यमानी भन्दा अन्यथा नहोला ।

उपचारमा मनोवैज्ञानिक आत्मविश्वास

मङ्गलबार, २६ भदौ २०७५

समयको पर्खाइ अथवा औषधिको उपभोगबिना रोग ठीक हुँदैन भन्ने आयुर्विज्ञानको स्थापित मान्यताहो। शरीरको प्रतिरोधात्मक क्षमताका कारण धेरै रोग समयको बहाबसँगै ठीक हुन्छन्।

जेनेरिक औषधि र केमिकल नाम

मङ्गलबार, १२ भदौ २०७५

डाक्टरले बिरामीकालागि औषधि सिफारिस गर्दा ओखतीको चलनचल्तीको नामको बदला उक्त दवाइमा हुनेक्रियाशील केमिकल पदार्थको नाम लेख्नुपर्ने गरी जनस्वास्थ्यसंम्बन्धी विधेयक संसद्मा पेश भयो।

दीर्घजीवी मानवको सम्भाव्यता

मङ्गलबार, २९ साउन २०७५

विज्ञानलेसपना सार्थक बनाउँछ । चराझैँ उड्ने चाहनाले हवाईजहाज आविष्कार भयो । अन्तरग्रह यात्राको सपनाले रकेट बन्यो ।

सुखको अनुभूति र यथार्थ

मङ्गलबार, १५ साउन २०७५

गरिब बच्चाको मुहारमा एउटा चकलेट पाउँदा देखिने खुसी र धनीले आफ्नो छोरालाई आइप्याड दिँदा कलिलो अनुहारमा प्रष्टिने सुखबीचको फरक ठम्याउन कठिन छ।

एन्टिबायोटिक्सको घट्दो प्रभावकारिता

मङ्गलबार, ०१ साउन २०७५

अणुवांशिक पदार्थ ‘जिन’ मा आउने खराबी, ब्याक्टेरियाको संक्रमण तथा भाइरसको आक्रमण रोगका मुख्य कारण हुन् ।

स्तन क्यान्सरको उपचारमा गतिशीलता

मङ्गलबार, १९ असार २०७५

केहीअघि एक मित्रले आफ्नी बहिनीको मेमोग्राम गर्दा स्तन क्यान्सर देखिएकाले उपचारका आयामबारे सल्लाह गर्न सम्पर्क गरे।

अनुसन्धानका निचोड र प्रस्तुति

मङ्गलबार, ०५ असार २०७५

केहीअघि काठमाडौँ गएका बखत सहपाठी भेट्न जाँदा ऊ आफ्नो छोरालाई चकलेट खुवाउन मरिहत्ते गर्दै थियो। किन गुलियो खुवाउन बल गरेको भन्दा चकलेटले मानिसको बौद्धिक क्षमता खारिने हुँदा आफूले छोरालाई नियमितरूपमा टफी खुवाउने गरेकोमात्र बताएन बरु चकलेट खुवाउँदा पढाइमा तेजहुने सन्दर्भमा प्रकाशित भएको अनुसन्धानको हवाला दिँदै मलाई पनि त्यसै गर्न सल्लाह दिन भ्यायो मित्रले। आफू उक्त अनुसन्धानको अद्योपान्त परिचित भए पनि एकछिनका लागि भेट भएको मित्रसँग वैज्ञानिक बहसमा समय खर्चिनुभन्दा पारिवारिक सद्भावमा रम्न उचित हुने ठानेँ।

Ncell Footer Ad