रामदेवी महर्जन

शीतल ककनी !

शनिबार, २८ असार २०७६

काठमाडौं खाल्डो गर्मीले हपक्कै भएका बेला ककनी चिसै हुन्छ। हामी त पुग्यौं शीतल डाँडामा, तपाइँ पनि गर्मी छल्न त्यहाँ जाने कि ?

सर्भाइकल पेन, गर्धन दुखाइ के हो ?

शनिबार, २१ असार २०७६

उठ्ने, बस्ने, पढ्ने, लेख्ने, हिँड्ने, सुत्ने, खाने, खेल्ने, व्यायाम गर्ने आदि शरीरले गर्ने गतिविधि नमिलेर मेरुदण्डमा समस्या आउँछ। त्यसैले गर्धन दुख्नुको मुख्य कारण शरीरको पोस्चर नमिलेर हुन्छ भने केही दुखाइ खाएको खाना नमिलेर पनि हुन्छ। हामीले खाएको खाना नमिलेर शरीरमा फोहर जम्मा हुन्छ जसले रक्त संचारमा अवरोध भई जोर्नीहरू दुख्ने हुन्छ।

हरेक दिन योग दिवस

शनिबार, ०७ असार २०७६

योगले निरोगी बनाउँछ। तन र मन दुवैलाई सुन्दर बनाउन सघाउँछ। त्यसैले सानैदेखि नियमित योग अभ्यास गर्नु पर्छ। सरकारले पनि विद्यालय तहको पाठ्यक्रममै अनिवार्य योग शिक्षा राख्नु पर्ने देखिन्छ।

सादा पानी : अमृत समान

शनिबार, ०७ असार २०७६

पानी नै औषधि हो। पानी रोगहरूको शत्रु हो। पानीले रोग नाश गर्दछ। भाइबहिनी हो ! पानी हाम्रो शरीरका लागि अति आवश्यक घटक हो। हाम्रो शरीरमा ५० देखि ७० प्रतिशत भाग पानी हुन्छ। शरीरभित्रका हरेक क्रिया सञ्चालन हुन पानी चाहिन्छ। त्यसैले हाम्रो स्वास्थ्य र पानीको गहिरो सम्बन्ध छ। जसरी पृथ्वीमा उम्रेका बोटविरुवा, वनस्पति आदि पानी नपाउँदा ओइलाउन थाल्छन्। त्यसैगरी हाम्रो शरीरमा पनि पानीको कमी हुँदा विभिन्न समस्या आउँछ। त्यसैले पानी नियमित पिउनु पर्छ।

बालबालिकालाई व्यायाम किन ?

शनिबार, २५ जेठ २०७६

शरीरलाई जति चलायमान राख्यो त्यति शरीर बलियो र फुर्तिलो हुन्छ। जति आराम गरायो त्यति आलस्य हुन्छ। रोग र अरू समस्या आउँछन्। भाइबहिनी हो ! हामीले खाएको खानाले हाम्रो शरीर निर्माण गर्दछ भने नियमित व्यायामले शरीरलाई लचिलो, फुर्तिलो र बलियो बनाउँछ। ऊर्जा भरेर शरीरलाई पुनः जागृत गराउँछ। उदाहरणका लागि प्रकृतिमा रहेका सबै जीवजन्तुले जीवन निर्वाहका लागि केही न केही काम गर्नुपर्छ। चुप लागेर बसेमा उनीहरूले केही खान पाउँदैनन्। जस्तै मांसाहारी जनावरले मासु खान अरू जनावरको हत्या गर्न दौडिनु पर्छ। घाँस खाने जनावरले घाँस खान हिँड्नु पर्छ। शरीर चलायमान रहे अंगहरूको व्यायाम हुन्छ। प्रकृतिले हामीलाई दुई हात परिश्रम गरेर खान र दुई खुट्टा हिँड्नलाई दिएका हुन्। जति परिश्रम ग¥यो र हिँड्यो उति शरीर बलियो हुन्छ।

दलचोकी कलिङ

शनिबार, १८ जेठ २०७६

प्रकृतिप्रेमी समूहले निरोग आनन्दधाम बनाएसँगै ललितपुरको दलचोकी स्वास्थ्य पर्यटन गन्तव्यका रुपमा चिनिँदै छ । समूहको १४३ औं हाइकिङ पनि दलचोकीमै भएको थियो । त्यो डाँडाको शिरानमा स्थानीय गाउँपालिकाले भ्यू टावर पनि बनाउँदै छ ।

कम्मर किन दुख्छ ?

शनिबार, २८ बैशाख २०७६

भाइबहिनी हो ! हाम्रो कम्मर (ढाड)को लचकताले नै हाम्रो यौवनावस्था कायम गर्छ। जति कम्मरको लचकता हुन्छ त्यति नै शरीर बलियो र लचिलो हुन्छ। कम्मर, ढाड अर्थात् पिठ्यूँ जसलाई हामी मेरुदण्ड भन्छौ, यो शरीरको खम्बा हो।

ढाड सधैं सिधा राखौं

शनिबार, १४ बैशाख २०७६

मेरुदण्डलाई बाङ्गो र झुकाएर काम गर्ने बानीले गर्दा मेरुदण्डमा दबाब परी नशा च्यापिने र दुख्ने हुन्छ । जुन भागमा बढी दबाब प-यो त्यही ठाउँको नशा च्यापिने हुन्छ ।

गुराँसे हाइकिङ

शनिबार, २३ चैत २०७५

झलमल्ल हिमाल। तलतल काठमाडौं उपत्यकाको पूरा छवि। चारैतिर हरिया डाँडा, एउटा होइन, दुइटा होइन, अनगिन्ती आपसमा खप्टिएझै देखिने। कति सुन्दर प्रकृति ! जता हे-यो उतै हरियाली। त्यसमाथि पनि गुराँसको लालीले वनै राताम्मे। नयाँ दुलहीले रातो सारी लगाएझैं देखिने पहाडहरू।

खाने कसरी, पिउने कसरी?

शनिबार, २३ चैत २०७५

हामीले खाने खानेकुरा मिलाएर खाएमा खाना नै औषधि हो र मिलाएर खान नजाने खाना नै विष बन्छ। हाम्रो शरीर बन्ने र बिग्रने हामीले खाएको खानामा भर पर्छ। शरीर निर्वाह गर्न र स्वस्थ रहन खाना चाहिन्छ। तर नमिलेको खानाले शरीरलाई हानि गर्छ।

के खाने ? के नखाने ?

शनिबार, ०९ चैत २०७५

खाना जीवन निर्वाहका लागि चाहिन्छ। खानाले नै हाम्रो शरीर निर्माण, बृद्धि र मर्मत हुन्छ। हामी जस्तो खाना खान्छौ त्यस्तै शरीर र स्वास्थ्य बन्छ। खानाले हाम्रो शरीर र विचारलाई प्रभाव पार्छ। त्यसैले सधैं शरीरलाई सजिलो गराउने खाना खानु पर्छ। हाम्रो शरीर कार्वन, हाइड्रोजन, नाइट्रोजन, अक्सिजन, सल्फर, फोस्फोरस जस्ता रासायनिक तत्व मिलेर बनेको हुन्छ। हामीले खानुपर्ने खाना पनि यिनै रासायनिक तत्वको अनुपात हो।

दक्षिण ललितपुरका गुराँसे पदमार्गहरू

शनिबार, ०२ चैत २०७५

ललितपुर भन्नेबित्तिकै हामी लगनखेल र वरपरका बस्ती सम्झन्छौं। यति मात्र होइन, पूर्वको फुल्चोकीदेखि दक्षिण महाभारत श्रृखलासम्मका पहाडी भू–भाग पनि ललितपुर हुन्।

सुत्ने कसरी, उठ्ने कसरी ?

शनिबार, २५ फागुन २०७५

सुत्दा जहिले पनि ढाड, गर्धन र टाउको सिधा हुनुपर्छ । बाङ्गो भएर, कुचुक्क परेर सुत्नाले शरीरको रक्तसंचारमा गडबडी हुन जान्छ । ढाड र गर्धनमा नशा च्यापिने सम्भावना हुन्छ । त्यसैले सुत्दा जहिले पनि खुकुलो र सिधा भएर सत्नु पर्छ।

हिउँले सेताम्मे दलचोकी

शनिबार, ११ फागुन २०७५

माघको चिसो मौसम, त्यसमाथि तीन दिनदेखि निरन्तर परेको पानीले चिसो बढाएको थियो। चिसोको कारण पदयात्रीहरु फोनबाटै नाम काट्दै थिए। र पनि हामी माघ २६ गते विहान ४ वटा गाडीमा निरोगधाम (सातदोबाटो)बाट पदयात्रा गन्तव्यतिर निस्कियौं।

सुन्तला हाइकिङ

शनिबार, २६ माघ २०७५

आँखाले भ्याएसम्म चारैतिर  सुनौला सुन्तला। बाटोबाटै सुन्तला देख्दा दंग प-यौं हामी। ‘सुन्तला किन्न आउनु भको हो नानी ?’, कौसीबाट आवाज आयो। घरबेटी हजुरआमैको आवाज। ‘सुन्तला देखेर आको, किन्छौं’ भन्यौं। उहाँ कौसीबाट तल झर्दा हामी आँगनमा पुगिसकेका थियौं। उहाँले छोरालाई सुन्तला टिपिदिन भन्नुभयो। हामी सबै मिलेर १० किलो सुन्तला टिप्यौं। बोटबोटै टिपेर खायौं पनि। अहा, कति गुलियो !

पूर्वमा आत्मीय होमस्टे

शनिबार, १२ माघ २०७५

घाम बादलभित्र लुक्ने तर्खरमा थियो। सिरसिर चिसो वतास चल्दै थियो। हामी कन्याम चियाबगान घुमिवरी सिद्धीखोलबाट करिब ९ किमि हिँडेर ३ बजेतिर पुग्यौं इलामको श्री अन्तुडाँडा (१,७०० मिटर)। चिटिक्क घर, सफा आँगन, आँगनभरि ढकमक्क फूल। पुग्ने वित्तिकै घरभेटी दिदीले खादा ओढाइदिनु भयो।

अाजै घुमाैंँ भीमढुंगा

शनिबार, २१ पुष २०७५

जाडोमा न्यानो पहार ताप्न पाइन्छ भीमढुंगामा। हिँडेर जाने कि गुडेर, दुबै सुविधा छ। खान, बस्न र आराम गर्न होटल एवं होमस्टे पनि छँदैछन्। चिटिक्क घर। सफा आँगन। नजिकै करेसा बारी। बारीमा लहलह सागसब्जी। चारैतिर खुल्ला दृष्य। नागार्जुन डाँडाको फेदमा अबस्थित थाप्ले (१,८०० मिटर) सुन्दर छ।

पाथीभरामा प्रकृतिप्रेमी समूह

शनिबार, २२ मङि्सर २०७५

सुनौलो मुहार। नीला अनि तेजिला आँखा। रातो पहिरनमा सजिएकी। दुबै हातमा खड्ग, त्रिशुल, विणा र अन्य हतियार बोकेकी। सिंहमा चढेकी पाथीभरा। नजिकै राताम्मे प्राचीन शिला। साथमा अन्य देवदेवीका मूर्ति।

लुकेको हिरा

शनिबार, ०१ मङि्सर २०७५

चारैतिर लहलह सुनौला धानबाली । खेतमा धान काटिरहेका किसान । काठमाडौंबाट पहिलो पटक पदयात्रामा आएकी ११ बर्षे नानी धानबालीमा चुलबुल गर्दै फोटा खिच्न थालिन् । उनी मात्र होइन सबै पदयात्रीले स्मार्ट फोनमा ति दृश्यहरू कैद गरे । कोही धानबालीमा पसेर, कोही धान काट्दै त कोही डोको बोकेर।

दशैं हाइकिङ

शनिबार, २७ असोज २०७५

सबैतिर दशैंको रमझम सुरु भैसकेको छ। दशैंका लागि धेरैजना आ–आफ्नो घर गाउँमा पुगिसकेका छन्।

Ncell Footer Ad