सविता श्रेष्ठ

२८ करोड लगानीमा चितवन पूर्ण विद्युतीकरण

मङ्गलबार, १० मङि्सर २०७६

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यही आर्थिक वर्षमा देशका ४१ वटा जिल्लालाई पूर्ण विद्युतीकरण बनाउँदैछ। जसमा चितवनलाई पनि समावेश गरिएको छ। चितवनका सबै घरधुरीमा यही वर्षभित्र विद्युत् पु¥याइने तयारी अघि बढाइएको छ।

जंगली हात्तीको आक्रमणबाट बाबुछोराको मृत्यु

आइतबार, ०१ मङि्सर २०७६

जंगली हात्तीको आक्रमणमा परी शनिबार माडीमा दुईजनाको मृत्यु भएको छ। माडी नगरपालिका–१ को बरुवाका ६५ वर्षीय बाबुराम पौडेल र उनका ३५ वर्षीय छोरा राजु पौडेलको हात्ती आक्रमणमा परी४४ब्ल्म्एउसमृत्यु भएको हो।

हात्तीको आक्रमणबाट दुईको मृत्यु

शनिबार, ३० कार्तिक २०७६

माडीमा जंगली हात्तीको आक्रमणबाट दुई जनाको ज्यान गएको छ। माडी नगरपालिका वडा नम्बर १ को बरुवा ६५ वर्षिय बाबुराम पौडेल उनका ३५ वर्षका छोरा राजुको हात्तीको आक्रमणमा मृत्यु भएको हो।

विकाससँगै संरक्षण पनि : दाहाल

बुधबार, २७ कार्तिक २०७६

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पुर्वाधार विकास सँगसँगै संरक्षणलाई पनि सन्तुलित रुपमा अगाडी बढाउनुपर्ने बताएका छन्।

सोमेश्वर गढीमा मूर्ति कुँद्दै कलाकार

मङ्गलबार, २६ कार्तिक २०७६

माडी नगरपालिकाको सोमेश्वर गढीमा देशभरका कलाकारहरु भेला भएका छन्। सोमेश्वर गढी वरपर बसेर ३० जना कलाकारहरु बिहानदेखि बेलुकीसम्म ठूला ढुंगा फोडेर कलात्मक आकृति बनाउन व्यस्त छन्। कोही हातमा छिनो, हतौडा लिएर ढुंगासँग रमाइरहेका छन्। कोही आफ्नै कलात्मक शैलीको आकृति बनाउन गम्भिर देखिन्छन्। कलाकारलाई कलामा रमाउने सबै मेसो माडी नगरपालिकाले मिलाएको छ। राष्ट्रिय प्रस्तर मूर्ति कार्यशाला आयोजना गरी नगरपालिकाले सोमेश्वर गढीलाई मूर्तिसहितको फूलबारी बनाउन लागेको हो।

बजेट अभावमा तटबन्धन सुस्त

आइतबार, २४ कार्तिक २०७६

नारायणी नदीमा तटबन्धन गर्न थालिएको दशक पुग्न लाग्यो। आर्थिक वर्ष ०६६/६७ मा ‘जनताको तटबन्धन’ योजना सुरु भएपछि नदीमा तटबन्धन गर्ने काम कार्यालय स्थापनासमेत गरियो। नदी तटबन्धनको काम सोही बेलादेखि सुरु भए पनि हालसम्म पूरा हुन सकेको छैन।

पर्यटन प्रवर्द्धन गर्न मेघौलीमा राइनो पार्क

बुधबार, २० कार्तिक २०७६

जिल्लाका पर्यटकीय गन्तब्यमध्येको मेघौलीमा पर्यटन प्रवद्र्धन गर्न ‘मेघौली राइनो पार्क’ निर्माण गरिने भएको छ। पश्चिम चितवनको पर्यटकलाई आकर्षित गरेर पर्यटकीय गतिविधि बढाउन पार्क बनाउने प्रक्रिया अघि बढाइएको छ।

हाटबजार व्यवस्थित गर्दै महानगरपालिका

मङ्गलबार, १९ कार्तिक २०७६

सागसब्जी, सिजन अनुसारका तरकारी र फलफूल, मासुजन्य उत्पादन खरिद बिक्री गर्ने थलो हो हाटबजार। हाटबजारमा मःम, चाउमिन, मिठाइका परिकार पनि पाइन्छ।

विकास रनिङ शिल्ड पुलिसलाई

आइतबार, १० कार्तिक २०७६

विभागीय टोली नेपाल पुलिस क्लबले टुबोर्ग जेसिज विकास रनिङ शिल्ड २०७६ राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शनिबार भएको फाइनल प्रतिस्पर्धामा घरेलु टोली चितवन–११ लाई टाइब्रेकरमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो। निकै प्रतिस्पर्धात्मक रहेको खेलको निर्धारित समयमा दुवै टोलीबाट गोल हुन सकेन। नेपाल पुलिस क्लबले दबाबमा राखेको खेलमा पाएका अवसर क्लबले सदुपयोग गर्न सकेन।

भरतपुर अब ‘सहयोगापेक्षी सडक मानवमुक्त’

आइतबार, १० कार्तिक २०७६

भरतपुर महानगरपालिकालाई ‘सहयोगापेक्षी सडक मानवमुक्त’ घोषणा गरिएको छ। बेवारिसे अवस्थामा सडकमा बसोबास गर्दै आएका मानिसलाई उद्धार गरेर महानगरपालिकालाई ‘सहयोगापेक्षी सडक मानवमुक्त’ घोषणा गरिएको हो।

रंगशालाको डिपिआर तयार

बिहिबार, ०७ कार्तिक २०७६

तीन अर्ब लागत अनुमान गरिएको रंगशालालाई ७ करोड रुपियाँको प्रतिबद्धता। अहिलेसम्म १ करोड मात्रै संकलन।

बाख्रापालनलाई सुधार गर्न विज्ञ सम्मेलन

बुधबार, ०६ कार्तिक २०७६

एसिया क्षेत्रीय बाख्रा विज्ञहरुको सम्मेलन आइतबारदेखि चितवनमा सुरु भएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायले विश्वविद्यालयको केन्द्रीय कार्यालय रामपुरमा आयोजना गरेको सम्मेलनमा १७ देशका विज्ञ सहभागी छन्।

क्यान्सरको मुख्य औषधि आत्मबल

बुधबार, ०६ कार्तिक २०७६

क्यान्सर निदान भएर सक्रिय जीवनयापन गरिरहेकाहरूको चितवनमा एउटा समूह नै छ। क्यान्सर विजेता समूहका नामबाट उनीहरू स्वास्थ्य सचेतनालगायत सामाजिक काममा सक्रिय छन्।

जावलाखेल क्वार्टरफाइनलमा

सोमबार, ०४ कार्तिक २०७६

युनाइटेड फुटबल क्लब दार्जिलिङलाई ३–१ गोलअन्तरले पराजित गर्दै जावलाखेल फुटबल क्लब आइतबार नारायगढको क्याम्पाचौरमा जारी टुबोर्ग जेसिज विकास रनिङ शिल्ड राष्ट्रिय फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

एपिएफ क्वार्टरफाइनलमा

आइतबार, ०३ कार्तिक २०७६

सडन डेथमा झापा–११ लाई ५–४ ले पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ क्लब शनिबार नारायणगढमा जारी टुबोर्ग जेसिज विकास रनिङ शिल्ड राष्ट्रिय फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। निर्धारित समयभित्र दुवै टोलीले गोल गर्र्ने प्रयास गरे पनि सफल नहुँदा खेल टाइब्रेकरतर्फ धकेलिएको थियो।

परिवर्तनमा हामीबाटै खतराः दाहाल

शुक्रबार, ०१ कार्तिक २०७६

‘हामी कतै अल्लि बढी व्यक्तिवादी हुँदै त गएका छैनौं। परिवर्तनमा खतरा अरु कसैबाट छैन, समाजवाद निर्माणको यात्रामा कहींकतैबाट खतरा हुन्छ भने तपाई–हामी आफैंबाट हुन्छ। धेरै ठूलो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धि संस्थागत गर्ने प्रक्रियामा अहिले बढी नै हेलचक्र्याइँ भएको छ।

१८ मध्ये तीन पुल बने

बिहिबार, ३० असोज २०७६

सडक विभागले अहिले सो सडकखण्डमा १५ वटा पुल निर्माणका लागि बोलपत्र आह्वानको सूचना निकालेको छ।

सुली मल बनाउन हाइटेक उपकरण

बुधबार, २९ असोज २०७६

कुखुरापालन गर्ने किसानलाई कुखुराको सुली व्यवस्थापन झन्झटिलो र प्रमुख समस्याको रुपमा छ। ठूलो संख्यामा कुखुरा पालेका व्यवसायीलाई यो समस्याले अझ बढी सताउँछ। हजारौंको संख्यामा पालिने कुखुराबाट निस्कने सुलीले दुर्गन्ध र फोहोर पनि बढाउँछ।

कठिन मोडमा केटो

मङ्गलबार, २८ असोज २०७६

चोरीसिकारबाट गैंडा नमरे पनि चितवन राष्ट्रिय निकुञ्ज प्राकृतिक कारणबाट गैंडा मर्ने दर ह्वात्तै बढेको छ। प्रमुख बासस्थानमै अस्वाभाविक रूपमा गैंडा मर्नुले संरक्षणमा नयाँ प्रश्न उब्जिएको छ।

चितवनमा अब धान जोन

सोमबार, २७ असोज २०७६

पूर्वी चितवनका रत्ननगर, खैरहनी र राप्ती नगरपालिकाका धान खेती गरिने क्षेत्रलाई समेटेर धान जोन बनाउने तयारी छ।

Ncell Footer Ad