प्रजु पन्त

जो प्रधानमन्त्री पुत्रीका रुपमा चिनिन चाहन्नन्

शुक्रबार, १७ साउन २०७६

यसपछिका १० वर्ष उनले बुबाको मुखसमेत हेर्न पाइनन्। बुबा जेल परेपछि, बुबाकहाँ जाने भनेर मीना रोइछन्। एक पटक उनकी आमाले बुबाका लागि खाना पु-याउन जेल जाँदा सँगै लिएर गएकी थिइन्। त्यहाँका कर्मचारीले कसैगरी उनलाई भेटन दिएनन्।

बालखैमा पाँच जिल्लाकाे घुमाई

शुक्रबार, १० साउन २०७६

पेसाले डाक्टर हुन् सरोज धिताल। काठमाडौं मोडल हस्पिटलमा कार्यरत उनी सर्जरीका प्राध्यापक पनि हुन्। समसामयिक विषयमा लेख्न, पढ्न र बहस गर्नमा रुचि राख्छन्। उनको रोजाइमा सामाजिक, राजनीतिक दार्शनिक पुस्तकहरु पर्छन्।

कलेजले भर्ना लिन नमानेपछि...

सोमबार, ०९ असार २०७६

प्राध्यापक हरि शर्मा राजनीतिक विश्लेषक, पूर्वराष्ट्रपति डा. रामवरण यादव र पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कार्यकालमा राजनीतिक सल्लाहकार भएर काम गरिसकेका बहुचर्चित व्यक्तित्व हुन्।

जो कारागार रुँगेर बसे

सोमबार, ०९ असार २०७६

घडीले रातको ठीक १२ बजाएपछि सुन्दरीजल कारागारमा उनी मैनबत्ती बालिदिन्छन्। यो दिन उनका लागि ठूलो विजयको दिन थियो। उनले ठूलो संघर्ष गरेर सुन्दरीजल कारागारलाई एउटा चर्चित ठाउँका रुपमा स्थापित गर्न सफल भएका थिए।

दुई दिन नजरबन्द

सोमबार, २० जेठ २०७६

डेराको एउटा पाली (एक भाग)मा घिमिरे दाजुभाइ बस्थे भने अर्को पालीमा नेकपाका नेता झलनाथ खनाल। घिमिरे भन्दा तीन ब्याच सिनियर रहेछन् खनाल। त्यो बेला नै खनाल पढ्नमा धेरै तेज रहेको कुरा गाइँगुइँ चल्थ्यो।

डेउडा गायिका डिक्रा वादीको पुनरागमन

आइतबार, २४ चैत २०७५

‘१२ वर्षमा खोला पनि फर्किन्छ’ भन्ने उखान निकै प्रचलित छ। यो उखान ठ्याक्कै लागू हुन्छ डेउडा गायिका डिक्रा वादीमा। कुनै समय सुदूरपश्चिममा निकै चर्चित थिइन् उनी। उनीविनाका एल्बम चल्दैैनथे। डिक्राले गीत गाउने भन्ने प्रचार भएपछि कार्यक्रम तथा महोत्सवहरुमा गाउँ नै उर्लिन्थ्यो।

बीपीको भाषणले फुराएको गीत

शनिबार, २३ चैत २०७५

‘यो सम्झिने मन छ म बिर्सुँ कसरी, तिमी नै भनिदेऊ हे जाली निष्ठुरी’ स्वर सम्राट नारायण गोपालले गाएको गीत होस् या तारादेवीले गाएको ‘सोचे जस्तो हुन्न जीवन’ भन्ने गीत यस्तै चर्चित गीतका रचयिता हुन् दिनेश अधिकारी । पेशाले वकिल अधिकारीले दर्जनौँ गीत तथा सयौँ कविता लेखेका छन् । काठमाडौँस्थित पिंगलास्थान बस्ने अधिकारी सानै उमेरदेखि साहित्यमा लागेका हुन् ।

मेरी क्लासमेट चादँनी राणा

बुधबार, ०२ माघ २०७५

काठमाडौँको डिल्लीबजारस्थित चारखाल अड्डा भएको ठाउँ त्यतिबेला देवकोटा, तिवारी, जोशीहरुको ठूलो बस्ती थियो। त्यही बस्तीमा एउटा तिवारी टोल थियो। त्यही टोलमा साहित्यकार भीमनिधि तिवारीको घर। त्यही घरमा भीमनिधि तिवारी र भुवनेश्वरी तिवारीको दोस्रो सन्तानको रुपमा वि.सं. २००४ माघ महिना १६ गते जन्मेकी हुन्, साहित्यकार मञ्जु काचुँली तिवारी।

‘बुबाको साक्षीमा बिहे’

शनिबार, २९ मङि्सर २०७५

‘सिक्ने कार्य स्कुल–कलेजमा औपचारिक रुपमा मात्र हैन जीवनपर्यत्न अनौपचारिक रुपमा सिक्न सकिन्छ। पढ्ने भन्ने कुरा जति पढे पनि सकिँदैन, जतिपढ्यो त्यति विस्तृत हुँदै जान्छ र गहिराइ बढ्दै जान्छ। जति जान्यो आफूलाई त्यति नजाने जस्तो हुन्छ। सायद ज्ञानको गहिराइको कुनै सीमा हुँदैन।’ सानैमा आफ्ना पिताबाट यस्तो शिक्षा पाएका लेखक तथा विश्लेषक श्याम श्रेष्ठ।

त्याे समयकाे विवाह

सोमबार, २४ मङि्सर २०७५

गत असोज ७ गते राष्ट्रकविका रुपमा ख्याति पाएका माधवप्रसाद घिमिरेले आफ्नो सयौँ जन्मदिन मनाए । उनको शरीर बुढो हुँदै गएको छ, उनलाई  आफ्नै बगैँचामा जाँदा डो-याउनुपर्छ । केही समयअघि रगत ‘इन्फेक्सन’ भएपछि कम हिँडडुल गर्ने गरेका घिमिरेको शरीर थाकेजस्तो देखिए पनि  उनको आत्मविश्वास, उनको अध्ययनशीलता र उनको निरन्तर लेखाइ–पढाइमा कुनै थकावट आएको छैन ।

प्रेमपत्र डिनलाई लगेर दिएँ

सोमबार, ०५ कार्तिक २०७५

सिरहा जिल्लाको लाहन बस्तीपुरमा २०१७ साल साउन २८ गते आमा  दिव्यश्वरी अधिकारी र बुबा श्यामप्रसाद अधिकारीको जेठो सन्तानका रुपमा जन्मिएकी रेणु कक्षा ४ सम्म भारतमा पढिन् । पछि मामाघर सिरहा ल्याएर हजुरआमाका साथमा बस्न थालिन् । उनी सिराहामा नै बसेर पढ्न थालिन् ।

विद्रोही उपमेयर

बिहिबार, ०१ कार्तिक २०७५

‘नचिनेको मान्छे देखेपनि मुसुक्क मुस्कुराउने, पाहुनालाई असाध्यै मान्ने अनि सबै जातजाति मिलेर बस्न सक्ने हामी नेपालको बानी मलाई असाध्यै मन पर्छ ।’ देशका ७७ जिल्लामध्ये करिब ६२ जिल्ला घुमिसकेकी काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीको भनाइ हो यो।

त्रिविका सबैभन्दा खराब विद्यार्थी !

सोमबार, २२ असोज २०७५

किशोर अवस्थाका सरुभक्त आफू मात्रै बसेको र साथीभाइ सबै उभिनुपरेपछि हाँसोले आफूले आफूलाई रोक्न सकेनन् साथीहरूतर्फ हेर्दै मज्जाले हाँसिदिएछन् । त्यसपछि मार्था गुरुआमाको रिसले पारो चढेछ । अरूलाई बसाएर स्टिलको स्केलले उनैले कुटाइ खाएछन् । त्यो घटना सम्झिँदै रोमाञ्चित भएका सरुभक्तले थपे, ‘आफू मात्रै बसेको, अरू सबै उठेको त्यो दृश्य देख्दा हिजोआज त हाँसो उठ्छ झन् त्यतिबेला किन नउठ्नु ?’

स्कुलै नपढी कलेज

बुधबार, २७ भदौ २०७५

साहित्यकार माया ठकुरी भारतको लख्नौको सैनिक अस्पतालमा जन्मिएकी हुन् । उनी परिवारको पहिलो सन्तान थिइन् । पहिलो सन्तान जन्मँदा जुन किसिमको हर्षोल्लास हुनुपर्ने हो, त्यो उनी जन्मँदा भएन । उनका पिताले छोरा जन्मेपछि खुसी मनाउने भन्दै तोप पड्काउन ठिक पारेर राखेका थिए । तर, जसै छोरी जन्मिइन् उनले पुर्पुरोमा हात समाउँदै छोरीको मुखै हेरेनन् ।

‘आफ्नो उपचार आफैँ’

शुक्रबार, ०१ भदौ २०७५

‘जबसम्म जीवनमा उत्तरचढाव आउँदैन तबसम्म प्रगति नहुने रै’छ’ । बडी विल्डर अमितचन्द आर्यको अनुभव हो यो । जब उनी ६ महिनासम्म बेड रेष्ट गर्ने गरी थला परे उनको जीवन पूरै परिवर्तन भयो । उनी पूरै फेरिए उनको जीवनशैली सोच्ने तरिका समाजलाई हेर्ने दृष्टिकोण पूरै फेरिए । बाह्य कुरामा मात्र फेरिएनन् । उनकै भाषामा उनी इनर वर्ल्डतर्फ पनि फर्किए । जसले उनको जीवन कायापलट भयो । उनी भन्छन्, ‘यदि पेटमा ट्युमर नपलाएको भए, अस्पतालमा बसेर मृत्युलाई नजिकबाट साक्षात्कार नगरेको भए सायद आज म यो ठाउँमा हुँदिनथेँ कि ।’

स्नातकको लाजमर्दो नतिजा

बिहिबार, २४ साउन २०७५

त्रिभुवन विश्वविद्यालयमा तोकिएको शैक्षिक सत्रमा लगातार पास हुने विद्यार्थीको संख्या निकै कम छ। नियमित विश्वविद्यालय जाने विद्यार्थीहरुसमेत वर्षौवर्ष ब्याकपेपरको चाङ बोकेर बस्छन्। त्रिविको नतिजा खस्कदै गएको छ।

‘दिदीका कारण जेल जानबाट बचेँ’

आइतबार, २४ असार २०७५

विद्यार्थी नेतृ शैलजा आचार्य सहितले फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा टुँडीखेलको खरीको रुखको मञ्चमा हुने कार्यक्रममा राजा महेन्द्रलाई कालो झण्डा देखाउने योजना भएछ ।

एकै दिनमा ४ जना बिरामी बितेपछि...

बुधबार, ३० जेठ २०७५

तेजिला आँखा, निकै राम्री एक सोह्र वर्षीया केटीको टिचिङ अस्पताल महाराजगञ्जमा डा. भगवान कोइरालाले ओपन हार्टको सर्जरी गरेका थिए । कोइरालाले सफलतापूर्वक सर्जरी गरेपछि नर्सको जिम्मा लगाएर घरतिर गए । यता बिरामीलाई नर्सहरुले स्याहार गरिरहेका थिए ।

होस्टलमा बस्दा पम्फा भुसालसँग बेड जुधेपछि...

शनिबार, १९ जेठ २०७५

पिता यमुनाप्रसाद यादव तथा माता रामरतिया यादवको पहिलो सन्तानको रूपमा २०२२ जेठ १५ गते  सिराहा जिल्लामा जन्मिएकी हुन् चित्रलेखा यादव । राजा ज्ञानेन्द्रले निर्वाचित प्रतिनिधि सभा विघटन गरेपछि उपसभामुखको हैसियतले सडकमै प्रतिनिधि सभा बैठक बोलाएर चर्चित भइन् । गणतन्त्र ल्याउनका लागि, जनतालाई स्वतन्त्र गर्नका लागि, थोरै   भए पनि काम गर्न सकेकोमा उनी गर्व गर्छिन् । १८ महिना शिक्षामन्त्री सम्हालेकी उनी विवादरहित भने हुन सकिनन् ।

किशोर–किशोरीलाई कसरी बुझ्ने ?

मङ्गलबार, ०१ जेठ २०७५

धेरैजसो किशोर–किशोरी बाल्यावस्थाबाट किशोरावस्थामा प्रवेश गरेपछि पहिलेको भन्दा फरक किसिमको बानी व्यवहार देखाउन थाल्छन् । जस्तो कि तपाईंसँग नजिक हुने ती छोराछोरी उमेर बढेसँगै टाढिँदै जान्छन् ।

Ncell Footer Ad