रत्न प्रजापति

रत्न प्रजापति

मोहनी महिमा

शनिबार, १८ असोज २०७६

तिथिमिति मिल्ने भएकाले धेरैले दशैँ र मोहनी नखःलाई एउटै चाड भन्ठान्छन्, तर होइन। दशैँ मनाउने गैरनेवारले नेवारले दशैँ मनाउँछन् भन्ने बुझिरहेका हुन सक्छन्, खासमा यस्तो पनि होइन। नेवारले मोहनी नखः नै मनाउने हुन्। दशैँ र मोहनी फरक चाड हुन्, यी दुवै मनाउने विधि र प्रक्रिया फरक छन्।

नीलमका समग्र कथा

शनिबार, ०७ भदौ २०७६

नीलम कार्की निहारिका कविता, कथा र उपन्यास लेखनमा सक्रिय छन्। कविताबाट लेखन यात्रा थाले पनि पछिल्लो समय उनी उपन्यासमा बढी क्रियाशील छिन्। उपन्यास ‘योगमाया’ (२०७४) का लागि मदन पुरस्कारबाट पुरस्कृत नीलमका ‘मौन आवाज’, ‘नियतिको खेल’, ‘अर्की आइमाई’ र ‘चीरहरण’ उपन्यास प्रकाशित छन्।

सर्पबाट भयभीत दिनहरू

शनिबार, ११ साउन २०७६

असार लाग्नासाथ काठमाडौं उपत्यका र आसपासका काँठहरूमा रोपाइँको चटारो सुरु हुन्थ्यो। अब ती दिन रहेनन्। उपत्यकाका सहरी क्षेत्रमा रोपाइँ गर्ने जमिनै बाँकी रहेनन्। मानव वस्ती काँठतिर सर्न थालेपछि काँठ पनि विस्तारै घरहरूले भरिन थालेका छन्।

सामाजिक यथार्थका कथा

शनिबार, १४ असार २०७६

आफ्नो सशक्त लेखनीबाट पाठक, स्रोता र दर्शकमाझ पनि निकै लोकप्रिय भइसकेका राजेन्द्र थापाले आफूलाई सबैभन्दा पहिले गीतकार, त्यसपछि उपन्यासकार र मुक्तक तथा गजलकार अनि नाटककार र अभिनेता हुँदै पछिल्लो पटक कथाकारको रूपमा पाठकमाझ दरो र खरोरूपमा उभ्याएका छन्।

बढ्दो बेरोजगारी र चिन्ता

बिहिबार, १६ जेठ २०७६

शैक्षिक योग्यता, दक्षता अथवा पुख्र्यौली पेसागत अनुभव अथवा सीपका आधारमा स्वरोजगार बन्न सकिने धेरै आधार हुँदाहुँदै पनि जागिर खाने प्रवृत्तिले युवा बेरोजगारी र विशेषगरी शिक्षित बेरोजगारीको स्थितिले भयावह रूप लिन पुगेको हो।

स्वादिलो कफीगफ

शनिबार, २१ बैशाख २०७६

पछिल्लो समय गैरआख्यानको लहरै आएको छ। गैरआख्यानले पाठक पनि उत्तिकै तानेकै छन्। आख्यान पढ्ने पाठकले गैरआख्यान नपढेका होलान्, तर आख्यान नपढ्ने पाठकले पनि गैरआख्यान पढ्ने गरेका छन्।

लगानी सम्मेलन र उपलब्धि

बुधबार, ०४ बैशाख २०७६

भर्खरै लगानी सम्मेलन भयो। प्रधानमन्त्रीले यो सम्मेलन उपलब्धिमूलक भएको दाबी गरेका छन्। तर सहभागिताका हिसाबले सम्मेलन उत्साहजनक देखिए पनि प्रतिबद्धताका दृष्टिले उपलब्धिमूलक देखिन्न। ‘सोकेस’मा राखिएका परियोजनाका लागि आवेदन दिने समय अप्रिल २० सम्म रहेकाले लगानी प्रतिबद्धता अझै बढ्नसक्ने सरकाको अनुमान छ।

बन्दीपुरका यादहरू बोकेर

शनिबार, २३ चैत २०७५

घुमफिरको कुरा उठ्नासाथ हामी विदेश सम्झन्छौं। थुप्रै खर्च गरेर विदेश पुग्छौं। तर थोरै खर्चमा आफ्नै देशका धेरै ठाउँ घुम्ने र नयाँनयाँ अनुभव बटुल्ने अवसरलाई भने हामी बेवास्ता गर्छौं।

गाउँ : वृद्धाश्रम

बुधबार, २९ फागुन २०७५

आधुनिक जीवनशैली अपनाउने क्रम बढेसँगै समाजमा परिवारबाट छुट्टिएर बस्ने चलन पनि निकै बढेको छ । पश्चिमा समाजमा छोराछोरी बालिग हुनासाथ अभिभावकबाट छुट्टिने गर्छन् । त्यही संस्कृतिको प्रभावमा परेका नेपालीहरूमा पनि बाबुआमासँग छुट्टिएर अलग बस्ने परिपाटी सुरु भएको छ ।

दबू प्याखँ

शनिबार, १८ फागुन २०७५

पुरुषलाई नै महिलाजस्तै सिँगारेर दबू प्याखँमा प्रस्तुत गरिन्थ्यो। महिलाको आवाज निकाल्नुपर्दा स्वाभाविक अभिनयमा पनि केही हदसम्म असर गरेको हुन्थ्यो। तैपनि महिला बनेर अभिनय गर्ने पुरुषको अभिनयलाई कसैले खिसी गर्न सक्दैनथे र दबू प्याखँप्रति दर्शकको आकर्षण पनि कम हुँदैनथ्यो।

भ्रष्टचारबाट कहिले झर्ने ?

आइतबार, २० माघ २०७५

ट्रान्सपरेन्सी इन्टरनेसनलले भ्रष्टाचार अवधारणा सूचकांक २०१८ सार्वजनिक गरेको छ। सार्वजनिक सूचकांकअनुसार सर्वेक्षणमा समेटिएका १८० मुलुकमध्ये नेपाल १२४औँ स्थानमा परेको छ। यसवर्ष नेपालले कुल ३१ अंक प्राप्त गरेको छ। अघिल्लो वर्ष सर्वेक्षणमा समेटिएका १८० मुलुकमध्ये नेपाल १२२औँ स्थानमा थियो भने सो वर्ष पनि नेपालले कुल ३१ अंक नै प्राप्त गरेको थियो।

सङ्गत

शनिबार, ०७ पुष २०७५

आज कथा सुन्ने पालो। कक्षाका सबै विद्यार्थीहरू कथा सुन्न उत्सुक थिए। गुरुआमा पनि कथा सुनाउन तयार हुनुहुन्थ्यो। कुनचाहिँ कथा सुनाउने होला ? गुरुआमा एकछिन् सोचमग्न हुनुभयो। उहाँले मनमनै सोच्नुभयो – कथा सुनेर बाबुनानीले केही ज्ञानगुनका कुरा सिक्नुपर्छ। यस्तै सोचेर गुरुआमाले कथा भन्न थाल्नुभयो।

व्यावसायिक वातावरणको प्रतीक्षा

बिहिबार, ०५ पुष २०७५

विश्व बैंकले भर्खरै सार्वजनिक गरेको ‘डुइङ बिजनेस २०१९’ प्रतिवेदनमा नेपाल गत वर्षको १०५औँ स्थानबाट तल झरेर ११०औँ स्थानमा पुग्यो । कुल १९० मुलुकलाई समेटिएको प्रतिवेदनमा नेपाल अघिल्लो वर्षभन्दा ०.३२ अंक कम पाएर कुल ५९.६३ अंकसहित ११०औँ स्थानमा परेको हो ।

भाग्यले बाँचेकी उनी

शनिबार, २९ मङि्सर २०७५

यो वर्षको दसैं केही चिन्ता, केही तनाव, केही हतार र केही हताशमा बित्यो। परिवारका कुनै एक सदस्य विरामी पर्दा यस्तो चिन्ता, तनाव, हतार र हताश हुनेरहेछ। यो एकपटक मात्रै होइन धेरै पटकको अनुभव हो। तर, यसपालि अलि बेग्लै किसिमको चिन्ता, तनाव, हतार र हताशको अनुभव भयो।

खेर गएको मानव पुँजी

बिहिबार, ०६ मङि्सर २०७५

अहिले संसारका कुनै पनि मुलुक आर्थिक दृष्टिकोणले सम्पन्न र शक्तिशाली बन्ने होडमा छन्। त्यसैले आर्थिक प्रतिस्पर्धामा खरो उत्रन सबै मुलुक आफ्नो अर्थतन्त्र मजबुत बनाउने प्रयासमा छन्। अर्थतन्त्र मजबुत बनाउने क्रममा लगानीका विविध क्षेत्र पहिचान गर्दै तिनमा लगानी प्रवद्र्धन गरेर उत्पादकत्व र उत्पादन वृद्धिमा विश्वका हरेक मुलुकको ध्यानकेन्द्रित भइरहेको छ।

बेथितिले विचलित युवा

बुधबार, ०७ कार्तिक २०७५

पछिल्लो समय दैनिक हजारौँको संख्यामा नेपाली युवा विदेश पलायन भएको देखेर सर्वत्र चासो र चिन्ता बढेको छ ।

हरियो जमरा

शनिबार, २० असोज २०७५

‘बुबा, सबैका पहेँलो जमरा, हाम्रोमात्रै किन हरियो जमरा?’

(अ)न्यायपूर्ण समाज

मङ्गलबार, ०९ असोज २०७५

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भयो । यस्तो जघन्य अपराधका दोषी पत्ता लगाई कारबाही गर्न पीडित परिवार र कञ्चनपुरवासी सडकमा उत्रिए।

करको दर र दायरा

बुधबार, ०६ भदौ २०७५

राज्यलाई कर तिर्नेहरूको गुनासो छ– कर तिरेअनुसार सेवा, सुविधा र सहुलियत पाइएन । नागरिकले तिरेको करको सदुपयोग भएन । कर नतिर्नेहरू भन्छन्— केही सेवा, सुविधा र सहुलियत नदिने राज्यलाई किन कर तिर्ने ? कर तिर्ने र कर नतिर्ने दुवैखाले नागरिकको प्रश्न जायज छ।

अन्तिम काम

शनिबार, ३० असार २०७५

‘काम गर्ने मान्छे पनि राख्नुमात्रै हो, कहिल्यै समयमा आउने होइन ।’ यसो भन्दै आशा ओछ्यान मिलाउन थालिन् । उनको घरमा बिहान–बेलुका खाना बनाउने, सफा गर्ने र लुगा धुने काम गर्ने गंगा अझैसम्म आएकी थिइन् ।

Ncell Footer Ad