शुष्मा बराली

शुष्मा बराली

सारंगीको धुनसँगै स्वादिलो शाकाहारी खान्की

बिहिबार, २६ भदौ २०७६

दिलु गन्धर्बको लोकप्रिय गीतलाई सुर र ताल दिँदै गाउन व्यस्त थिए कलाकारहरु, केही विदेशीहरु सारङ्गीको धुनसँगै रमाउँदै नाच्नमा व्यस्त देखिन्थे । यो दृश्य ठमेलस्थित सारङ्गी शाकाहारी भोजनालयको हो । जहाँ सारङ्गीको धुनमा नेपाली गीतको भाका फेर्दैै विदेशी तथा स्वदेशी पाहुनालाई नचाइन्छ ।

‘व्यक्तित्व विकासको प्रमुख आधार फेसन होइन’

आइतबार, २२ भदौ २०७६

नेपाली चलचित्र जगतमा पहिचान बनाउन सफल चर्चित नायिका दिया मास्के पछिल्लो समय रियालिटी सो ‘रोडिज’ मा व्यस्त छिन् । रोडिजमा जजको भूमिका पछि उनी निकै चर्चामा छिन् । नेपाली चलचित्र जगतमा छुट्टै पहिचान बनाउन सफल नायिका दिया मास्केसँग नागरिक परिवारका लागि शुष्मा बरालीले गरेको कुराकानी :

रंगमञ्च सधैं प्रिय : अभिनेत्री उषा रजक

आइतबार, ०८ भदौ २०७६

अभिनेत्री उषा रजक सर्वनाम थिएटरमा मञ्चन भइरहेको ‘अर्को कुरुक्षत्र’ नामक नाटकमा पुनः अभिनयमा फर्किएकी छिन्। आठ वर्षको किर्गिस्तान बसाईपछि अभिनेत्री रजक नेपाली रंगमञ्चमा देखिएकी हुन्।

हिट हुन 'टिकटक' मा भिडियाे

मङ्गलबार, ०३ भदौ २०७६

अभिनेत्री प्रियंका कार्कीले तीन वर्षअघि एक युट्युव च्यानललाई दिएको अन्तर्वार्ता अहिले टिकटक नामक सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। सो अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘मेरी आमा सात महिनाको गर्भवती हुँदा म उहाँको पेटमा थिए रे। मेरी आमा ऐयरहोस्टेज हुनुहुन्थ्यो। म अष्ट्रेलिया तीन पटक गईसकेको छु।

याज्ञवल्क्यको व्यक्तित्वमाथि चर्चा

मङ्गलबार, २८ साउन २०७६

नेपाली भाषाबाट संस्कृतमा अनुवाद गरिएको ‘महर्षियाज्ञवल्क्य’ नामक ग्रन्थका विभिन्न पक्षमाथि बहस गरिएको छ। सोमबार ललितपुरस्थित यलमाया केन्द्रमा आयोजना गरिएको कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले ‘महर्षियाज्ञवल्क्य’ ग्रन्थका पात्र याज्ञवल्क्यको स्मृति गरेका थिए।

कलाकारहरुको फ्रेन्डसिप डे

आइतबार, १९ साउन २०७६

अंग्रेजी महिना अगस्टको पहिलो आइतबार फ्रेन्डसिप डे अर्थात विश्व मित्रता दिवस मनाउने गरिन्छ। हरेक वर्ष झै यो वर्षको फ्रेन्डसिप डे विशेषगरी सामाजिक सञ्जालमा चर्चामा छ।

महिला मुद्दा बेवास्ता गर्ने अभिनेत्री विवादमा

शुक्रबार, १७ साउन २०७६

अभिनेत्री रिमा विश्वकर्माले ‘घाँटीभन्दा तल त राम्री नै छे’ बोलको गीतमा अभिनय गरेको विषयमा सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी आइरहेका छन्। महिलालाई होच्याइएको सो गीतको भिडियो आफ्नो औपचारिक फेसबुक पेजबाट सेयर गरेकी अर्की अभिनेत्री केकी अधिकारीको चौतर्फी आलोचना भइरहेको छ।

‘घाटी भन्दा तल राम्रै छि’ मा महिला पात्रमाथी गरिएको भद्धा मजाक

बिहिबार, १६ साउन २०७६

आर्जुन पाण्डेको स्वरमा रहेको ‘घाटी भन्दा तल राम्रै छि’ बोलको गीत अहिले निकै नै आलोचना भएको छ। महिला पात्रलाई तल खसाल्ने शब्द प्रयोग गरिएको भन्दै विभिन्न सञ्चार माध्यमहरुमा गितको बिरोध गरिएको हो। विभिन्न कलाकारहरुले गितलाई लिएर आ– आफ्नो विचार राखेका छन्। एपिवान टेलिभजिनबाट प्रशारित कार्यक्रम नेपाल आइडलमा सह– उद्योषकले मिटु अभियानलाई लिएर गरेको मजाक सेलाउँन नपाउँदै रिमा बिश्वकर्मा अर्को बिबादमा मिस्सिएकी छिन्। महिला हक–अधिकारका विषयमा बोल्ने, बिभिन्न कार्यक्रममा सहभागी हुँदै आएकी उनी स्वयम महिलाको अपमान गर्ने गितमा मोडलिङ् गरेको बिषयलाई लिएर उनको दाहोरो भुमिकालाई लिएर टिप्पणी गरीएको छ। उक्त गितको शब्दलाई लिएर उनीसंग कुराकानी गर्न खोज्दा उनी भने सम्पर्कमा आउँन चाहनिन्।

साउने व्रतः के भन्छन् सेलिब्रेटी ?

सोमबार, १३ साउन २०७६

हरियो महिनाको रूपमा परिचित साउन महिना हिन्दु नारीहरुको लागि विशेष मानिन्छ। साउनभरी हरियो रंगको चुरापोते, पहिरन र मेहन्दी लगाएर उनीहरु प्रत्येक सोमबार व्रत बसेर भगवान् शिवको पूजा गर्न व्यस्त रहन्छन्।

‘डटर अफ नेपाल’ मा भूमिगत अस्मिताको कथा

बिहिबार, ०९ साउन २०७६

भारतकी फिल्म मेकर सुरभी देवान अहिले नेपालमा डकुमेन्ट्री ‘डटर अफ नेपाल’ लिएर आएकी छिन्। सशस्त्र द्वन्द्वमा भूमिगत भएका अभिभावककी एकमात्र छोरी अस्मिताको कथामा आधारित ‘डटर अफ नेपाल’ नामक डकुमेन्ट्री राजधानीको विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ। सन् २००९ मा खिचिएको उक्त डकुमेन्ट्री मूख्य पात्र अस्मिता अर्थात मानुषी भट्टराई अहिले नेपाली राजनीतिमा आवद्ध छिन्। १० वर्षपछि पहिलो पटक नेपालमा प्रर्दशन भइरहेको डकुमेन्ट्री लिएर निर्देशक सुरभी र मानुषी राजधानीका विभिन्न स्थानमा पुगिरहेका छन्।

महिला आत्मसम्मान पक्षमा नाटक ‘तीनकुने’

बुधबार, ०८ साउन २०७६

सामाजिक प्राणीको रूपमा परिभाषित मानिसको स्वभाव फरक हुन्छ। एक अर्काको सोच फरक भएकाले उनीहरूको भोगाइ र अनुभवमा भिन्नता हुने गरेको छ।

हरियाली साउनमा हरियै पहिरन

मङ्गलबार, ०७ साउन २०७६

साउनमा हरियो लगाउनुपर्ने सांस्कृतिक प्रचलनअनुसार महिलाले हातभरि हरियो चुरा, हरियो पोते आदिका साथै मेहेन्दी लगाउन सुरु गरिसके। हातभरि मेहेन्दीको बुट्टाले भरिभराउँ बनाउने चलन फेसनको रुपमा निकै विकसित भैसकेको छ।

‘संगीतको कुनै भाषा हुँदैन’

मङ्गलबार, ०७ साउन २०७६

भारतीय रियालिटी शो ‘सारेगमा लिल च्याम्प’ मा तेस्रो भएका इटहरीका प्रितम आचार्यको व्यस्तता बढेको छ। रियालिटी शोमा तेस्रो भएर नेपाल फर्किएलगत्तै उनी विभिन्न कार्यक्रममा सहभागि हुन भ्याइनभ्याइ भएको छ।

फेस एपमा रमाउँदै कलाकारहरू

शुक्रबार, ०३ साउन २०७६

अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जाल आफ्नो बुढ्यौली फोटो सार्वजनिक गरेका छन्। फुलेका कपाल र चाउरी परेर बुढ्यौली झल्काएको फोटो फेस एपले बनाइदिएपछि उनको बुढ्यौली झल्काउने फोटोले चर्चा पाइरहेको छ। जुनसुकै उमेर समूहका मानिसहरूले आफ्नो बुढेयौलीपनको झलक फोटो फेस एपले बनाइदिएपछि कलाकारहरू यसमा रमाउन थालेका छन्।

मेंहन्दीको रौनक बढ्दो

बुधबार, ०१ साउन २०७६

हरियाली साउन महिना सुरू भएसँगै हरियो पहिरन, चुरापोते र मेंहन्दी लगाउने प्रचलन बढ्ने गरेको छ। झरी बर्सिरहने यस महिनामा महिलाहरू हरियो पहिरन, चुरापोते र मेंहन्दीमा देखिन मनपराउँछन्। हरियो पहिरन, चुरापोते र मेंहन्दीले साउनको व्यापारको रौनक बढाइदिने गरेको छ। यस महिनामा अविवाहित युवतीहरू हातभरी हरियो चुरा र मेंहन्दीमा देखिन इच्छुक हुने हुँदा त्यसको व्यापार फस्टाउने गरेको छ।

‘गल्तीबाट पाठ सिक्नु जरुरी छ’

मङ्गलबार, ३१ असार २०७६

राष्ट्रपतिको कार्यालय शीतल निवासमा गत शुक्रबार चलचित्र विकास बोर्डले राष्ट्रिय चलचित्र पुरस्कार वितरण कार्यक्रममा नृत्य प्रस्तुत गर्न सहभागी कलाकारहरूले सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी गरेका छन्।

स्वदेशमै सपना पूरा गर्दै क्षितिज

शनिबार, २८ असार २०७६

गैरीधारा चोकबाट केही समय हिँडेपछि सानो गल्लीमा पुगिन्छ। त्यही गल्लीलाई पछ्याउँदै हिँडेपछि देखिन्छ– सेतो रंगको आकर्षक दरबार। १८ औं शताब्दीको सुरुवातमा तत्कालीन श्री ३ महाराज जुद्धशम्शेर जंगबहादुर राणाले बनाएको यो दरवार अहिले भने प्रसिद्ध होटलका रूपमा परिचित छ।

गर्मीमा छालाको विशेष स्याहार

शनिबार, २१ असार २०७६

हाम्रो छालाको हेरचाहका लागि अन्य समयमा भन्दा गर्मी समयमा विशेष ध्यान दिनुपर्ने हुन्छ। टन्टलापुर घाम अनि तातो हावाले छालालाई बिगार गर्छ।

‘कानुन’मा विद्यार्थी आकर्षण बढ्दो

बिहिबार, १९ असार २०७६

एसइई पार गरेपछि कुन विषय पढ्ने भन्दै धेरैजना अलमलमा परिरहेका बेला केही विद्यार्थी भने निर्धक्क भएर कानुन विषय पढ्ने भनेर लागिपरेका भेटिन्छन्। अर्थात् अचेल कक्षा ११ मा कानुन विषय लिएर पढ्न चाहने विद्यार्थीको संख्या बढ्दै गएको देखिन्छ।

मारमा सुकुम्बासी

शनिबार, ३२ जेठ २०७६

थापाथली खोलानजिकै सुकुम्बासी बस्तीमा अधिकांश मजदुर बस्छन्। केही महिलाले खाजाघर चलाएका छन् भने केही ठेलामा चटपटे बेच्छन्, अनि केही भने घरायसी कामकाज गर्छन्। कमाइभन्दा खर्च धेरै हुने गुनासो गर्छिन्, सुशीला धिमाल। मोरङकी उनी अहिले श्रीमानसँग थापाथलीस्थित सुकुम्बासी बस्तीमा बसिरहेकी छन्। बिहान– बेलुका खाजाघरमा व्यस्त हुने उनी घरायसी सर–सामानको भाउ निकै बढेको बताउँछिन्। बिहान उठेदेखि बेलुका नसुतेसम्म आवश्यक सामानको भाउ बढ्दा दैनिक जीवनशैलीमा नै प्रभाव पारेको उनले बताइन्। ‘हामीलाई चाहिने अत्यावश्यक वस्तुमध्ये नुन, तेल, ग्यास, तरकारी, दाल, चामल दैनिक नभई हँुदैन, अब यसरी भाउ बढेपछि कसरी बाँच्नु यो काठमाडौंमा ?’ उनले प्रश्न गरिन्।

Ncell Footer Ad