कमलराज भट्ट

कमलराज भट्ट

शेखर भन्छन् : कांग्रेस कम्युनिष्ट जस्तो होइन, सभापतिको 'डिक्टेटर' चल्दैन

बिहिबार, १८ असोज २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले विधान संशोधनको मस्यौदामा असहमति जनाउँदै सभापतिलाई 'डिक्टेटर' बनाउन खोजिएको आरोप लगाएका छन्। ‘हामी विधान संशोधनको चरणमा छौं। विधानमा सभापतिलाई बलियो बनाउने भनिएको छ। यसमा रहेका प्रावधानले सभापतिलाई निरंकुश बनाउँछ, अधिकार बढाउने नाममा सभापतिलाई डिक्टेटर बनाउने?’ उनले प्रश्न गरे।

नेकपामा ओली र नेपाल समूहबीच आरोप प्रत्यारोप, मिल्ला त विवाद ?

आइतबार, १४ असोज २०७५

वरिष्ठ नेता माधवकुमार नेपालले सरकार र नेतृत्वको आलोचना गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद सुरु भएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु उनीमाथि खनिएका छन् भने नेपाल पक्षधर नेताले बचाउ गरिरहेका छन्।

मन्त्रालयका काममा प्रधानमन्त्री असन्तुष्ट, निगरानी गर्न टोली खटाइयो

सोमबार, ०८ असोज २०७५

दुई तिहाई बहुमतबाट बनेको शक्तिशाली सरकारमाथि जनताको विश्वास र भरोसा पातलिँदै गएको छ। ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा लिएको सरकारबाट प्रतिबद्धताअनुसार काम नभएपछि जनतामा आशंका र चिन्ता बढेको हो। स्वयं सत्तारुढ नेकपाका उच्च नेता नै सरकारको कामबाट असन्तुष्ट छन्।

गुफाडाँडा

शनिबार, १६ भदौ २०७५

सिन्धुपाल्चोकको गुफाडाँडामा प्रशस्तै पर्यटकीय संभावना देखिन्छ । मेलम्ची नगरपालिका–९ मा अवस्थित डाँडा आकर्षक छ । त्यहाँबाट हिमाली सृङ्खला, मेलम्ची खानेपानी आयोजना, धुलिखेल, नगरकोट लगायत अवलोकन गर्न सकिन्छ।

निर्मला हत्या प्रकरण : अनुसन्धानका लागि गृह मन्त्रालयले खटायो टोली

बुधबार, ०६ भदौ २०७५

गृह मन्त्रालयले कञ्चनपुरको निर्मला पन्त हत्या घटनाको छानविनका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विक्रम चन्दको नेतृत्वमा टोली पठाउने निर्णय गरेको छ। गत साउन १० गते साथीको घर गृहकार्य गर्न गएकी भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मलाको शव ११ गते उखुबारीमा बलात्कार गरी विभत्स हत्या गरिएको अवस्थामा फेला परेको थियो।

स्वदेशी चिनीले बजार पाएन, किसानले भुक्तानी पाएनन्

बुधबार, ३० साउन २०७५

शिवशक्ति ग्रुपअन्तर्गतको रिलायन्स चिनी उद्योगले यस वर्ष साढे २५ हजार टन चिनी उत्पादन गर्‍यो। किसानबाट १५७ करोडको ४० लाख क्वीन्टल उखु खरिद गरी उक्त परिमाणमा उत्पादन गरेपनि बजारमा ६ हजार मेट्रिक टन चिनी मात्रै विक्री भयो।

चिनी उद्योगले बिजुली बेच्ने!

सोमबार, २८ साउन २०७५

उद्योगबाट विद्युत् उत्पादन हुने कुरा सुन्दा अचम्म लाग्न सक्छ। सबैभन्दा बढी बिजुली खपत गर्ने उद्योगबाटै विद्युत् उत्पादन हुनु साँच्चिकै आश्चर्यजनक कुरा हो।

पर्यटनमन्त्रीको योजना : पाँच वर्षभित्र वायुसेवा निगमसँग २१ जहाज

बिहिबार, १७ साउन २०७५

संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको क्षमता अझै विस्तार गर्ने योजना बनाएको छ। पाँच वर्षभित्र निगमले ६ वटा अन्तर्राष्ट्रिय र १५ वटा राष्ट्रिय विमानबाट सेवा दिने मन्त्रालयले जनाएको हो।

चिनियाँ एनजीओ पहिलोपटक नेपालमा

आइतबार, १३ साउन २०७५

उत्तरी छिमेकी चीनका गैरसरकारी संस्था (एनजीओ) पहिलोपटक नेपाल भित्रिएका छन्। शिक्षा, स्वास्थ्य, विपद व्यवस्थापन, स्वरोजगार, सीपमा आधारित तालिम, सामुदायिक विकास लगायत क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित चीनका ३२ वटा एनजीओ विधिवत रुपमा नेपाल भित्रिएका हुन्।

उपत्यकाको ३२ ठाउँमा ट्राफिक लाइट आवश्यक (भिडियो रिपोर्ट)

शनिबार, १२ साउन २०७५

ट्राफिक जाम व्यवस्थापन र दुर्घटना न्युनिकरणमा महत्वपूर्ण मानिने ट्राफिक लाइट विस्तारमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले जोड दिएको छ। महाशाखाका अनुसार उपत्यकाका ३२ स्थानमा ट्राफिक लाइट आवश्यक छ।

टिपर आतंक: दुर्घटना रोक्न ‘लेफ्ट र राइट’ लेन

बुधबार, ०९ साउन २०७५

काठमाडौं उपत्यकामा टिपरका कारण हुने दुर्घटना रोक्न प्रहरीले ‘लेफ्ट र राइट’ लेनको अवधारणा ल्याएको छ। यो अवधारणाले राजधानीमा हुने सडक दुर्घटना रोक्न मदत गर्ने विश्वास गरिएको छ।

यस्ता छन् मन्त्रिपरिषदका ९ निर्णय

बिहिबार, ३१ जेठ २०७५

सरकारले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०७५ पारित गर्न असार २० गते दुबै सदनको संयुक्त बैठक बोलाउने निर्णय गरेको छ।

भलिबल खेल्दा बुवाको कुटाइ खाइयो

शनिबार, ०५ जेठ २०७५

भलिवल नखेली हुर्कनेहरु कमै होलान्। देशका सबै ठाउँमा सहजै खेल्न मिल्ने भएर पनि यो खेल लोकप्रिय छ। जुम्लाका पूर्ण चौंलागाईले पनि स्कुले जीवनमा भलिवल खेल्दै अन्तर्राष्ट्रिय रेफ्रीसम्मको यात्रा तय गरे। विकासका दृष्टिले कर्णली अझै दुर्गम छ। त्यही कर्णकालीको जुम्लाबाट यो यात्रा तय गर्नु पक्कै पनि सहज थिएन। तर निरन्तरको लगाव र मिहिनेतले उनलाई सफलताको शिखरमा पुर्यायो।

सीपी गजुरेलसहित वैद्य माओवादीका २९ जना रत्नपार्कबाट पक्राउ

शनिबार, २९ बैशाख २०७५

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारीका नेता सीपी गुजरेलसहित २९ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा २४ पुरुष र ५ महिला रहेका छन्।

राजपाले माग्यो उपराष्ट्रपति

शुक्रबार, २५ फागुन २०७४

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले उपराष्ट्रपतिमा दाबी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारमा सहभागी हुने विषयमा भइरहेको वार्तामा राजपाले उपराष्ट्रपति आफूलाई छाड्न प्रस्ताव गरेको हो।

पूर्व सांसद रेणु चन्दले गरिन दोस्रो बिहे

बिहिबार, २४ फागुन २०७४

नेकपा माओवादी केन्द्रकी पोलिटब्यूरो सदस्य एवं पूर्वसभासद रेणु चन्दले दोस्रो विवाह गरेकी छिन्। माओवादी नेता एवं कञ्चनपुरबाट निर्वाचित पूर्व सभासद टेकेन्द्र भट्टसँग काठमाडौं जिल्ला अदालतमा ६ वर्षअघि सम्बन्ध विच्छेद गरेकी चन्दले सोमबार काठमाडौंनिवासी चिरण मानन्धरसँग दोस्रो विहे गरेकी हुन्। पहिलो श्रीमान्बाट चन्दकी एक छोरी छिन्।

सिलवाल र चौधरीले सांसदको सपथ लिन पाउने, कसले पाउँदैनन् ?

शनिबार, १९ फागुन २०७४

नेकपा एमालेको टिकटमा ललितपुर १ बाट निर्वाचित नवराज सिलवालले प्रतिनिधिसभा सदस्यको सपथ लिन पाउने भएका छन्। पूर्व डीआईजी समेत रहेका सिलवालमाथि आइजीपी बढुवासम्बन्धी कागजात कीर्तेमा मुद्दा चलिरहेको छ। उनीविरुद्ध इन्टरपोलमा डिफ्युजन नोटिस समेत जारी भइसकेको छ।

राजपाले भन्यो : फोरमको एकल सम्झौता मान्य हुँदैन

शुक्रबार, १८ फागुन २०७४

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान संशोधनका लागि संघीय समाजवादी फोरमले वाम गठबन्धनसँग गर्न लागेको एकल सम्झौता मधेसलाई मान्य नहुने बताएको छ।

सभामुखमा लेखराज भट्टको दाबी

शनिबार, १२ फागुन २०७४

नेकपा माओवादी केन्द्रका नेता एवं ७ नम्बर प्रदेशका इन्चार्ज लेखराज भट्टले सभामुख पदमा दाबी गरेका छन्। वाम गठबन्धनसहित पार्टी एकताको अन्तिम चरणमा रहेका नेकपा एमालेले राष्ट्रपति र माओवादी केन्द्रले सभामुख पाउने भागवण्डा भएसँगै भट्टले आफ्नो दाबी प्रस्तुत गरेका हुन्।

विना मगर मन्त्री बन्ने

बिहिबार, १० फागुन २०७४

पतिवियोगमा परेकी नेकपा माओवादी केन्द्रकी पोलिटब्यूरो सदस्य विना मगर मन्त्री बन्ने निश्चित भएको छ।  अध्यक्ष पुष्पकमल दाहालकी बुहारीसमेत रहेकी मगरलाई माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बनाएर पठाउने तयारी गरेको स्रोतले बतायो। यद्यपी उनले कुन मन्त्रालय पाउने भन्ने तय भइसकेको छैन्।

Ncell Footer Ad