कमलराज भट्ट

कमलराज भट्ट

सभामुखले संसदमा प्रतिपक्षीभन्दा सत्तापक्ष सांसदलाई बढी समय बोल्न दिएपछि...

मङ्गलबार, २८ जेठ २०७६

नेपाली कांग्रेसका सांसदले सत्ता पक्षका सांसदलाई बढी समय दिएको भन्दै आपत्ति जनाएका छन्। मंगलबारको बैठकको सुरुवातमा गुठी विधेयकविरुद्ध उत्रिएका आन्दोलनकारीमाथि भएको दमनको विरोधमा कांग्रेस सांसद राजन केसीले आफ्नो भनाई राखे।

लालीगुराँस मैदानले फेरिएको सपना

आइतबार, २६ जेठ २०७६

सम्म पारिएको मैदान, वरिपरि डाँडा र पहाड, पृष्ठभूमिमा देखिने धौलागिरि हिमालको मनोरम दृश्य, गर्मीयाममा पनि चिसो मौसम, मैदानमा केही बालक तथा किशोर क्रिकेट खेलिरहेछन्। यो दृश्य हो लालीगुराँस रंगशालाको। भौगोलिक रूपमा विकट तथा क्रिकेटमा बामे सर्दै गरेको प्युठानमा जिल्लाकै पहिलो रंगशाला हो, निर्मार्णाधीन लालीगुराँस मैदान।

नेताज्यू ! समयको महत्व बुझ्ने की?

शनिबार, ०४ जेठ २०७६

देशको कार्यकारी प्रमुख, प्रमुख दलका शीर्ष नेताले समयलाई ख्याल नगरेर अस्तव्यस्त हुँदा जनताका पक्षका कसरी काम गर्छन भन्ने प्रश्न पनि उठ्छ। निश्चय नै शीर्ष नेताहरु देश र जनताको काममा व्यस्त हुन्छन्। तर, व्यस्त हुने भन्दैमा अस्तव्यस्त हुने, समयको ख्याल नगर्ने भन्ने हुँदैन्। समय व्यवस्थापन उनीहरुको प्राथमिकतामा हुनुपर्छ। यो विषय जवाफदेहिता, उत्तरदायित्वसँग पनि जोडिन्छ।

वृद्धभत्ता हटाउने सरकारको तयारी

शुक्रबार, ०६ बैशाख २०७६

सरकारले वृद्धभत्ता हटाउने तयारी सुरु गरेको छ। हरेक निर्वाचनमा दलहरुको चुनावी अजेन्डा बन्दै आएको वृद्धभत्तालाई सरकारले अनुत्पादक क्षेत्रको लगानी र खराब संस्कृति भन्दै व्यवस्थित गर्न लागेको हो। वृद्धभत्ताको सट्टामा सरकारले छोराछोरीको कमाइबाट वृद्ध बुवाआमाको खातामा पैसा पठाउनुपर्ने व्यवस्था गर्न लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका छन्।

वैदेशिक राेजगारीले परिश्रमी बनायो

आइतबार, ०१ बैशाख २०७६

मेलम्ची नगरपालिका–३ हैवुङका देवेन्द्र गुरुङ २०६८ मा मलेसिया गए। नेपाली सेनाको ६ वर्षे जागिर छाडेर वैदेशिक रोजगारीमा मलेसिया पुगेका गुरुङले सेक्युरिटी गार्ड भएर चार वर्ष बिताए। मलेसिया रहँदा उनलाई यति मेहनत गरे नेपालमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने लाग्यो। त्यसपछि केही रकम जम्मा गरेर उनी नेपाल फर्किए।

‘म सधैंभरी पदमा बस्ने हो र! आफू होइन सिस्टमलाई शक्तिशाली बनाउन खोजेको हुँ’

बिहिबार, २८ चैत २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले सिस्टमलाई शक्तिशाली बनाउन खोजेको बताएका छन्। उनले आफू सधै पदमा नरहने भन्दै विकास र सुशासनका लागि सिस्टम बलियो हुनुपर्ने तर्क गरे।

मन्त्री पदबाट हट्ने भएपछि मातृका यादव भावुक, कर्मचारीले टेर्न छोडेको गुनासो

शुक्रबार, ०१ चैत २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी सम्मेलनपछि कार्यसम्पादन मूल्यांकनमा कमजोर देखिएका मन्त्री परिवर्तन गरेर मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरिरहेका बेला मन्त्री यादवले आफू पनि पदबाट हट्न लागेको स्पष्ट संकेत दिएका हुन्।

अर्थमन्त्रीलाई रावलको प्रश्नः नेपाली बैंकलाई सिंहदरवारभित्र जाने अनुमति किन नदिएको?

बुधबार, २९ फागुन २०७५

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं सांसद भीम रावलले नेपाली बैंकलाई सिंहदरवारभित्र राख्न माग गरेका छन्। बुधवारको प्रतिनिधिसभाको बैठकमा मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै नेता रावलले भारतसहितको संयुक्त लगानीमा सञ्चालित एभरेष्ट बैंक रहेको सिंहदरवारभित्र नेपाली बैंकलाई प्रवेशको अनुमति किन नदिएको प्रश्न अर्थमन्त्री युवराज खतिवडालाई गरे। जवाफमा मन्त्री खतिवडाले सिंहदरवारभित्र शाखा खोल्न वाणिज्य बैंकले प्रक्रिया सुरु गरिसकेको र सरकारले पहिल्यै अनुमति दिइसकेको जानकारी गराए।

युवा नेताको प्रेम : विश्वप्रकाशको रोचक ‘लभ स्टोरी’, योगेश भट्टराई ‘फ्यान’

बिहिबार, ०२ फागुन २०७५

राजनीतिमा प्रेम सजिलो छैन्। झन् पञ्चायतकालमा त कतिखेर कहाँ पक्रराउ परिने हो वा मारिने हो भन्ने निश्चित हुँदैनथ्यो। त्यो समयमा राजनीति र प्रेममा सफल बनेका विश्वप्रकाश शर्मा सबैका लागि प्रेरणाको पात्र बनेका छन्। अहिले नेपाली कांग्रेसको प्रवक्ता रहेका विश्वप्रकाश राजनीतिक वृतमा सफल प्रेमीका रुपमा चिनिन्छन्।

अर्गानिक खेतीमा गोल्यान समूहको प्रवेश

आइतबार, १३ माघ २०७५

मुलुकको अग्रणी व्यावसायिक घराना गोल्यान समूह अर्गानिक खेतीमा प्रवेश गरेको छ। समूहले प्रदेश १ को झापाबाट अर्गानिक खेती सुरु गरेको हो।

पूर्वराजालाई ओलीको चेतावनीः लोकतन्त्रलाई तलमाथि गर्नसक्ने कुनै शक्ति छैन

शुक्रबार, ०६ पुष २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको विकल्प कोही नभएको बताएका छन्। पूर्वराजा ज्ञानेन्द्र शाहका पछिल्ला गतिविधिको सांकेतिक विरोध गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई तलमाथि गर्नसक्ने कुनै शक्ति नभएको जिकिर गरे। ‘अहिले कोही कोही देश दौडाहा, तिर्थ र श्राद्धमा गएका छन्’, पूर्वराजाको पोखरा भ्रमणतर्फ संकेत गर्दै ओलीले भने, ‘अब लोकतन्त्रलाई तलमाथि गर्नसक्ने कुनै शक्ति छैन्। हामी उपलब्धि गुम्न दिँदैनौं।’

‘पाकिस्तानमा इमरानले गाडी लिलाम गर्ने, नेपालमा राष्ट्रपतिलाई किन चाहियो १८ करोडको गाडी?’

बुधबार, २६ मङि्सर २०७५

सार्वजनिक लेखा समितिमा राष्ट्रपति विद्यादेवी भण्डारीको १८ करोडको गाडी खरिद विषय उठेको छ।बुधवार सिंहदरवारमा बसेको बैठकमा सांसदहरुले राष्ट्रपतिका लागि गाडी खरिद गर्ने विषय जायज छ कि छैन भन्ने प्रश्न गर्दै यो विषयमा समितिमा छलफल गर्न सभापति भरत शाहको ध्यानाकर्षण गराएका थिए।

इमरान खानजस्तो प्रधानमन्त्री ‘क्वार्टर’ त्याग्न सक्दिन : ओली

शनिबार, २२ मङि्सर २०७५

‘पाकिस्तानमा इमरान खानले सरकारी निवास त्यागेर आफ्नै घरमा बसेको चर्चा यहाँ भइरहेको छ। उनको आफ्नै महल छ, प्रधानमन्त्री क्वार्टरमा बसेनन्, यो राम्रो कुरा हो। तर उनको जस्तै नेपालमा पनि लागु गर्न अहिले नै मिल्दैन’, प्रधानमन्त्री केपीशर्मा ओलीले भने।

‘वाइडबडी खरिद प्रकरणः भ्रष्टाचार गर्ने मान्छे नै छानविन गर्ने ?’

बुधबार, १९ मङि्सर २०७५

वाइडबडी खरिद प्रकरणको छानविनमा सांसदहरुले प्रश्न उठाएका छन्। बुधवार बसेको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुले वाइडबडी खरिदको छानविन गर्न गठित छानविन समिति स्वतन्त्र नभएको भन्दै आपत्ति जनाएका हुन्। उनीहरुले स्वतन्त्र छानविन समितिको माग समेत गरे।

मन्त्री यादवको गुनासोः बजारमा सरकारको उपस्थिती भएन, कर्मचारीले टेर्दै टेरेनन्

सोमबार, १७ मङि्सर २०७५

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले कर्मचारीले निर्देशन पालना नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्। सोमवार खाद्य संस्थानको ४४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले पटक पटक धान खरिदका लागि निर्देशन दिएपनि नटेरेको गुनासो गरे। ‘

वाइडबडी प्रकरण : सार्वजनिक खरिद अनुगमन कार्यालयलाई राय सहित प्रतिवेदन दिन निर्देशन

बुधबार, १२ मङि्सर २०७५

संसदको सार्वजनिक लेखा समितिले वाइडबडी खरिद प्रक्रियामा अनियमितता भए नभएको अध्ययन गरेर सात दिन भित्र प्रतिवेदन बुझाउन सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिएको छ।

जब सातोपुत्लो गयो...

शनिबार, ०८ मङि्सर २०७५

बन्जी मास्टरले हात माथि सिधा गर्न लगाए। एक, दुई, तीन बन्जी भन्दै हाम फाल्न निर्देशन दिए। तर म दुई पटक बन्जी भन्दा पनि हाम फालिन। डिलमा आधा खुट्टा राखेर डराइरहेको थिएँ। अन्ततः तेस्रोपटक ‘बन्जी’ भन्दा आफैं खसें।

नेकपाकै सांसदको माग : काम नगर्ने ठेकेदारलाई सुलीमा चढाउनुपर्छ

मङ्गलबार, २० कार्तिक २०७५

नेपाल कम्युनिस्ट पार्टीका नेता एवं कञ्चनपुर क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नरबहादुर धामीले काम नगर्ने ठेकेदारलाई सुलीमा चढाउनुपर्ने बताएका छन्।

शेखर भन्छन् : कांग्रेस कम्युनिष्ट जस्तो होइन, सभापतिको 'डिक्टेटर' चल्दैन

बिहिबार, १८ असोज २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले विधान संशोधनको मस्यौदामा असहमति जनाउँदै सभापतिलाई 'डिक्टेटर' बनाउन खोजिएको आरोप लगाएका छन्। ‘हामी विधान संशोधनको चरणमा छौं। विधानमा सभापतिलाई बलियो बनाउने भनिएको छ। यसमा रहेका प्रावधानले सभापतिलाई निरंकुश बनाउँछ, अधिकार बढाउने नाममा सभापतिलाई डिक्टेटर बनाउने?’ उनले प्रश्न गरे।

नेकपामा ओली र नेपाल समूहबीच आरोप प्रत्यारोप, मिल्ला त विवाद ?

आइतबार, १४ असोज २०७५

वरिष्ठ नेता माधवकुमार नेपालले सरकार र नेतृत्वको आलोचना गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद सुरु भएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु उनीमाथि खनिएका छन् भने नेपाल पक्षधर नेताले बचाउ गरिरहेका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।