टंक क्षेत्री

राजमार्गमा मालवाहक सवारीद्वारा ट्राफिक नियम उल्लंघन

आइतबार, १५ बैशाख २०७६

राजमार्गमा गुड्ने लरी, ट्रकजस्ता ठूला मालवाहक सवारीसाधनले क्षमताभन्दा अत्यधिक बढी भारवहन गरी ट्रफिक नियम उल्लंघन गरेको पाइएको छ।

पानीमा डुबेर सर्लाहीमा दुई बालकको मृत्यु

शनिबार, १४ बैशाख २०७६

जिल्लाको दक्षिण–पश्चिम क्षेत्रकाे बरहथवा नगरपालिका–१, हजरियास्थित बागमती नदीको खर्साल घाटमा डुबेर स्थानीय उद्धव परियारका ८ वर्षीय छोरा सुशान्तको घटनास्थलमै मृत्यु भएको छ। स्थानीयका अनुसार सुशान्त साथीहरुसँगै पौडी खेल्न बागमती नदीमा पसेका थिए।

क्षमताभन्दा बढी भार बाेक्ने सवारीमाथि कारवाही

शनिबार, १४ बैशाख २०७६

आकस्मिक चेकजाँचका क्रममा त्यस्ता ८५ वटा सवारीसाधनलाई कार्बाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी सहायक निरीक्षक इन्द्रभूषण मिश्र नेतृत्वको ४ सदस्यीय चेकजाँच टोलीले गरेको कार्बाही अभियानका क्रममा ७ मेट्रिक टन बढी भारबहन गरेका १६ वटा सवारीसाधनलाई भने नियन्त्रणमा लिएर राखिएको छ।

जन्ती र गाउँलेबीच झडप, तीन जना घाइते

शनिबार, १४ बैशाख २०७६

सदरमुकाम मलङ्गवामा शनिवार बिहान बिवाहका जन्ती र स्थानीय गाउँलेबीच झडप हुँदा तीन जना घाइते भएका छन्। झडपमा जन्तीतर्फका महोत्तरीको रामगोपालपुर नगरपालिका–९ का ३२ वर्षीय देवेन्द्र अधिकारी, ५८ वर्षीय राजकिशोर साह र ३२ वर्षीय अरुणकुमार साह घाइते भएका हुन्। उनीहरुको जिल्ला अस्पताल मलङ्गवामा उपचार भैरहेको प्रहरीले जनाएको छ।

दुई चिनी उद्योग बन्द, ईन्दुशंकरमा 'नो क्यान'

बिहिबार, १२ बैशाख २०७६

जिल्ला स्थित दुईवटा चिनी उद्योगले यस वर्षको क्रसिङ्ग बन्द गरेका छन् भने अर्को चिनी उद्योग पनि बन्द हुने तरखरमा छ।

केन्द्रीय सदस्य वाग्लेद्वारा सचिव अस्वीकार, निर्णय सच्याउन माग

मङ्गलबार, १० बैशाख २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य डाचाराज वाग्लेले पार्टीले सोमबार सार्वजनिक गरेको सूचीमा आफूलाई सर्लाहीको सचिवमा मनोनयन गरिएको प्रति असन्तुष्टी जनाएका छन्।

ट्रयाक्टरको ठक्करबाट सर्लाहीमा बालिकाको मृत्यु

सोमबार, ०९ बैशाख २०७६

ज१त ३९५८ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा कौडेना गाउँपालिका –६ सक्रौल निवासी राधे रायकी ४ वर्षीया छोरी पूजाकुमारीकाे घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी फेन्हराले जनाएको छ। सडकमा खेलिरहेका बेला बालिकालाई ट्रयाक्टरले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन्।

कांग्रेस रेलिङ्ग भाँच्ने र कुर्सी तोड्ने प्रतिपक्षी हाेइन : उपसभापति निधि

सोमबार, ०९ बैशाख २०७६

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान ओली सरकारले एकपछि अर्को अलोकतान्त्रिक चरित्रहरु प्रस्तुत गर्दै गएपनि आफूहरु अराजक एवं उदण्ड प्रतिपक्षको रुपमा प्रस्तुत हुन नसक्ने बताएका छन्।

राजर्षि जनक कपको उपाधि थ्रीस्टारले चुम्यो

शुक्रबार, ०६ बैशाख २०७६

तेस्रो राजर्षि जनक कपको उपाधि रुस्लान थ्रिस्टारले चुमेको छ। शुक्रबार भएको फाइनल खेलमा सर्लाहीको बागमती नगरपालिका टिमलाई २–१ गोलले पराजित गर्दै थ्रीस्टारले यो वर्षको पहिलो क्याप भित्रयाएको हो। उपाधिसँगै थ्रिस्टारले राजर्षि रनिङ्ग शिल्ड एवं नगद १० लाख रुपैंया हात पारेको छ भने उपविजेता वागमतीले ५ लाख रुपैंयामै चित्त बुझाउनु परेको छ।

सेनाद्वारा विद्यालय भवन हस्तान्तरण

शुक्रबार, ०६ बैशाख २०७६

नेपाली सेनाले मुस्लिम र दलित समुदायका बालबालिका मात्र अध्ययन गर्ने एक जीर्ण विद्यालय भवन मर्मतसम्भार गरी हस्तान्तरण गरेको छ।

उपाधिका लागि रुस्लान थ्रीस्टार र बागमती नगरपालिका भिड्दै

शुक्रबार, ०६ बैशाख २०७६

तेस्रो राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि हात पार्नका लागि आज रुस्लान थ्रीस्टार क्लब काठमाडौं र सर्लाहीको बागमती नगरपालिका टिमबीच फाइनल भिडन्त हुँदैछ। दुबै टिम १० लाख नगद सहित राजर्षि जनक कपको प्रथम उपाधी चुम्नका लागि दिउँसाे ३ बजे मैदानमा उत्रदैछन्।

३५ किलो गाँजासहित तीन जना पक्राउ

बिहिबार, ०५ बैशाख २०७६

सर्लाही प्रहरीले ३५ किलो गाँजासहित बिहीबार तीन जनालाई पक्राउ गरेको छ।

थ्री स्टार उपाधिनजिक

बुधबार, ०४ बैशाख २०७६

विभागीय टोली एपिएफ क्लबलाई २–० ले पराजित गर्दै थ्री स्टार क्लब सर्लाहीमा जारी तेस्रो तेस्रो राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बागमती युवा क्लबको अयोजनामा सञ्चालन भएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा सुशील राईले ३१औं मिनेटमा गोल गर्दै थ्री स्टारलाई सुरुआती अग्रता दिलाएका थिए।

जनावरको लागि थापिएको विद्युतिय पासोमा परेर एकको मृत्यु

मङ्गलबार, ०३ बैशाख २०७६

जङ्गली जनावरबाट बालीनाली जोगाउन थापिएको विद्युतिय पासोमा परेर सर्लाहीको दक्षिण–पश्चिम भेगमा पर्ने धनकौल गाउँपालिकामा एक जनाको मृत्यु भएको छ।

भुटानको सहज जित

मङ्गलबार, ०३ बैशाख २०७६

तेस्रो राजर्षि जनक कप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भुटानको पारो फुटबल क्लबले मगमग झापाविरुद्ध सहज जित हात पारेको छ। सातौं मिनेटमै रातो कार्ड खानाका बावजुुद १० खेलाडीमा सीमित भुटानले झापालाई ३–० ले पराजित गरेको हो। जितसँगै भुटानी टोली सेमिफाइनल प्रवेश गरेको छ।

बागमती नगरपालिकाद्वारा फ्रेन्ड्स स्तब्ध

सोमबार, ०२ बैशाख २०७६

तेस्रो राजर्षि जनक कप फुटबलमा आइतबार आयोजक बागमती नगरपालिकाले कठिन जित निकालेको छ। पाँच राष्ट्रिय खेलाडीसहित मैदानमा उत्रिएको बागमतीले फ्रेन्ड्स क्लबलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो। बागमती युवा क्लबद्वारा सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा आयोजित खेलको अन्तिम समयमा भएको गोल नै निर्णायक बन्यो। बागमतीका रितिक खड्काले ८८औं मिनेटमा गोल गरे।

नयाँ वर्षकै दिन सर्लाहीमा ५ जनाको मृत्यु, ४२ घाइते

आइतबार, ०१ बैशाख २०७६

बिहान सबा ५ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका–१ नवलपुरस्थित उष्णप्रदेशीय वागवानी केन्द्र अगाडि बस पल्टिँदा तीन जनाको मृत्यु भएको छ। ३२ जना घाइते भएका उक्त दुर्घटनामा पाँच जनाको अवस्था गम्भीर छ।काठमाडौंबाट पूर्व जाँदै गरेको बा३ख १३१८ नम्बरको बसमा जोशी हाइड्रोपावर सिन्धुपाल्चोकका कामदा थिए।

भ्रमणमा निस्किएकाे बस पल्टियाे, तीनको घटनास्थलमै मृत्यु

आइतबार, ०१ बैशाख २०७६

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, बगवानी जंगलमा आज बिहान बस पल्टिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। साेही दुर्घटनामा परी ३१ जना घाइतेसमेत भएका छन्।

भेटिएको एक लाख रूपैयाँ फिर्ता

आइतबार, ०१ बैशाख २०७६

मानिसमा इमानदारीको खडेरी पर्दै गएकाले चोरीडकैतीका घटना बाक्लै हुने गरेका छन्। सर्लाहीको नवलपुरस्थित एक व्यवसायीले भने बाटोमा भेट्टाएको एक लाख रुपैयाँ सम्बन्धित व्यक्तिलाई फिर्ता दिएर उदाहरणीय कार्य गरेका छन्। नवलपुर चोकस्थित ज्ञानज्योति पुस्तक पसलका सञ्चालक अजय श्रेष्ठका छोरा १४ वर्षीय आर्यन श्रेष्ठले शुक्रबार दिउँसो सो रकम भेट्टाएका थिए। आर्यनले सो रकम बुबा अजयलाई लगेर दिएका थिए।

भेट्टाएको १ लाख रुपैयाँ फिर्ता

शनिबार, ३० चैत २०७५

शनिबार दिउँसो इलाका प्रहरी कार्यालय नवलपुरका सइ सूर्य कार्कीसहित स्थानीय भद्रभलाद्मीको रोहवरमा अजय र आर्यन (बाबुछोरा)ले नथुनीलाई नगद फिर्ता गरेका हुन्।

Ncell Footer Ad