टंक क्षेत्री

रेलमार्गकाे मुआब्जा विरुद्ध स्थानीय आन्दोलित, सत्ताधारी सांसद र मेयरकै साथ

शनिबार, ११ जेठ २०७६

पूर्व–पश्चिम विद्युतीय रेलमार्ग आयोजनाले जग्गा अधिग्रहण गर्दा तोकेको मुआब्जा रकम अन्यायपूर्ण भएको भन्दै तीनवटा नगरपालिकाका स्थानीयले आन्दोलनको घोषणा गरेका छन्।

भुक्तानी नपाउँदा मर्नु न बाँच्नु भइयो

बुधबार, ०८ जेठ २०७६

पैसा माग्न चिनी उद्योगमा धाउँदाधाउँदा आजित भएको सिंह र महतोको गुनासो छ। ‘उद्योग महिना दिनअघि बन्द भइसक्यो, पैसा माग्न जाँदा एक–दुई जना भेटिन्छन्,’ महतोले भने, ‘तर उनीहरुले पैसा दिन त परै जाओस् केही कुरै गर्न चाहँदैनन्।’

भैरवपुर बस्तीमा ठेउला आतंक

बुधबार, ०८ जेठ २०७६

लालबन्दी नगरपालिका–३ भैरवपुरस्थित राम र पासवान समुदायको बस्तीमा डेढ महिनादेखि ठेउला रोगको संक्रमण देखिएको छ।

अमेरिकी पेस्तोल छाडेर भागेका अभियुक्त समातिए

मङ्गलबार, ०७ जेठ २०७६

दुई थान अमेरिकी पेस्तोल तथा त्यसमा लाग्ने गोली छाडेर भाग्न सफल अभियुक्तलाई पक्राउ गरिएको सर्लाही प्रहरीले दाबी गरेको छ।

सर्लाहीको भैरवपुरमा ठेउला फैलियो

मङ्गलबार, ०७ जेठ २०७६

जिल्लाको लालबन्दी नगरपालिका अन्तर्गत भैरवपुर स्थित दलित बस्तीमा डेढ महिनादेखि ठेउला रोगको संक्रमण देखिएको छ।

जनता आवास कार्यक्रम : पक्की घरमा खरको छाना

आइतबार, ०५ जेठ २०७६

विपन्न दलित समुदायका लागि जनता आवास कार्यक्रम अन्तर्गत निर्माण भएको पक्की घरको छानो हाल्न लामो समयसम्म पनि जस्तापाता नपाएपछि लाभग्राहीले खरले छाएका छन्।

२४ वर्षदेखि फरार ‘मस्ट वान्टेड’ पक्राउ

शनिबार, ०४ जेठ २०७६

दर्जनौं खुनडाँका, सङ्गठित अपराध र किर्ते मुद्दामा फरार रहेका ‘मस्ट वान्टेड’ अभियुक्तलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। लालबन्दी नगरपालिका–२, पुर्नवास (डी) टोलका ४५ वर्षीय सञ्जिव पासवानलाई प्रहरीले पक्राउ गरेको हो। विशेष सुराकीका आधारमा शुक्रबार साँझ आफ्नै घरबाट पक्राउ परेका पासवानलाई शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय मलङ्गवामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ।

भैँसी चराइरहेका बाबुछाेरालाई जिपले १३ मिटर परसम्म घिसारेपछि...

शनिबार, ०४ जेठ २०७६

नवलपुर–मलङ्गवा सडकखण्ड अन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका–४, हरैयामा शनिबार साँझ जीपकाे ठक्करबाट बाबु छोराको मृत्यु भएको छ।

दुई क्वीन्टल गाँजासहित दुई जना पक्राउ

बिहिबार, ०२ जेठ २०७६

सर्लाही प्रहरीले गाँजासहित २ जनालाई पक्राउ गरेको छ। बुधबार राति दुई क्वीन्टल १२ किलो गाँजासहित पक्राउ परेका दुई जनालाई प्रहरीले बिहीबार दिउँसो सार्वजनिक गरेको हो।

धर्म परिवर्तन गराउनु गलत: उपराष्ट्रपति

बुधबार, ०१ जेठ २०७६

देशभित्र शक्तिपिठसहित पर्याप्त धार्मिक स्थल रहेकाले मुलुकको समृद्धिका लागि धार्मिक पर्यटनमा जोड दिनुपर्ने उनले बताए।

धुलोको कुइरीमण्डलले छोपिँदै गाउँ

मङ्गलबार, ३१ बैशाख २०७६

चर्को गर्मीका कारण हावा खानका लागि झ्याल खोल्दा धुलोको मुस्लो पस्ने गरेपछि नवलपुर–मलंगवा सडकखण्डअन्तर्गत गैरबजारका रजनीकान्त झाले झ्याललाई फिक्स (सधैंका लागि बन्द) नै गरेका छन्। ‘हावा खान भनेर झ्याल खोल्नेबित्तिकै धुलोको मुस्लो छर्छ, धुलो खानुभन्दा त बरु गर्मी नै सहन बेस ठानेर झ्यालमा नखुल्ने गरी किला ठोकिदिएको छु,’ पूर्व प्रधानाध्यापकसमेत रहेका झाले गुनासो गरे, ‘वर्षदिन अगाडि सुरु भएको खोकी र घाँटीको खसखस अझै बिसेक भएको छैन, सडक कालोपत्रे नहुँदा सवारीसाधनले उडाएको धुलोले हरिबिजोग बनाएको छ।’

१२ वर्षदेखि धुलो खाइरहेछन् गैरवासी

सोमबार, ३० बैशाख २०७६

त्यस्तै गैरबजारस्थित सडक किनारमा सिलाईको काम गर्दै आएका उमेश साह पनि धुलोको पीडाबाट आजित छन्। बिहान सबेरैदेखि साँझसम्म सडक किनारमा रहेको आफ्नाे कठघेरा अगाडि खुला स्थानमा सिलाईको काम गर्दै आएका साह धुलोले छपक्कै हुने गरेको बताउँछन्।

दुर्घटनापछि पक्राउ पर्ने डरले मृतक साथी छाडेर भागे जन्ती

बिहिबार, १९ बैशाख २०७६

टेम्पो पल्टिँदा जन्ती आएका भारतीय नागरिकको मृत्यु भएको छ।

महिलाले बनाए बाँसको कलात्मक सामग्री

बुधबार, १८ बैशाख २०७६

आदिवासी जनजाति महिलाले बाँसबाट कलात्मक हस्तकला सामग्री तयार पारेका छन्। हरिवन नगरपालिका–५, घुर्कौलीस्थित आदिवासी जनजाति भवनमा एक महिना लामो तालिम लिएका महिलाले बाँसबाट चुरी स्ट्यान्ड, मोबाइल स्ट्यान्ड, स्टे«, डटपेन स्ट्यान्ड, ब्रस स्ट्यान्ड, जुत्ताचप्पल राख्ने ¥याक, बस्ने मुढा, कपलगायत कलात्मक हस्तकला सामग्री बनाएका हुन्।

तीन चिनी उद्योग बन्द

मङ्गलबार, १७ बैशाख २०७६

मुलुकमै सबैभन्दा बढी उखु क्रसिङ गरेको ईन्दुशंकर चिनी उद्योग चालू सिजनका लागि बन्द भएको छ। सोमबार बिहान साढे १ बजेदेखि उद्योगले यो सिजनका लागि उखु क्रसिङ बन्द गरेको उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिए।

इन्दुशंकर चिनी मिल बन्द !

सोमबार, १६ बैशाख २०७६

सोमबार बिहान साँढे १ बजेबाट उद्योगले यो सिजनका लागि उखु क्रसिङ बन्द गरेको उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिए। रजकका अनुसार उद्योगले यस वर्ष ३५ लाख १३ हजार क्विन्टल उखु क्रसिङ गरेको जनाएको छ।

ठक्कर दिएर भाग्दै गरेका मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

सोमबार, १६ बैशाख २०७६

साइकलयात्रीलाई ठक्कर दिएर भाग्दै गरेको मोटरसाइकल दुर्घटनामा परेको छ। मोटरसाइकल चालक हरिवन नगरपालिका–१०, सुखेपोखरी निवासी ३८ वर्षीय राजेश श्रेष्ठको उक्त दुर्घटनामा परी मृत्यु भएको छ। स्थानीयलाई छलेर मोटरसाइकल चालक भाग्ने खोजेपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

पाँच दिनदेखि इनारमा खसेका जिम्बाको जीवितै उद्धार

सोमबार, १६ बैशाख २०७६

हरिवन नगरपालिका अन्तर्गत घुर्कौलीस्थित सुकेको इनारमा खसेका एक सर्वसाधारणको आज सोमबार जीवितै उद्धार गरिएको छ।

राजमार्गमा मालवाहक सवारीद्वारा ट्राफिक नियम उल्लंघन

आइतबार, १५ बैशाख २०७६

राजमार्गमा गुड्ने लरी, ट्रकजस्ता ठूला मालवाहक सवारीसाधनले क्षमताभन्दा अत्यधिक बढी भारवहन गरी ट्रफिक नियम उल्लंघन गरेको पाइएको छ।

पानीमा डुबेर सर्लाहीमा दुई बालकको मृत्यु

शनिबार, १४ बैशाख २०७६

जिल्लाको दक्षिण–पश्चिम क्षेत्रकाे बरहथवा नगरपालिका–१, हजरियास्थित बागमती नदीको खर्साल घाटमा डुबेर स्थानीय उद्धव परियारका ८ वर्षीय छोरा सुशान्तको घटनास्थलमै मृत्यु भएको छ। स्थानीयका अनुसार सुशान्त साथीहरुसँगै पौडी खेल्न बागमती नदीमा पसेका थिए।

Ncell Footer Ad