टंक क्षेत्री

प्रहरी कारबाहीमा मारिएका कुमार पौडेलको गृहजिल्ला सर्लाही ठप्प

मङ्गलबार, १० असार २०७६

पौडेल मारिएको विरोधमा विप्लवले बन्द आव्हान गरेको हो। जिल्लामा मोटरसाईकल बाहेक कुनैपनि सवारी साधन चलेका छैनन्।

‘यो गणतन्त्र होइन, राज्य आतंकतन्त्र हो’

शनिबार, ०७ असार २०७६

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुर चोकबाट झन्डै तीन किलोमिटर उत्तरस्थित घटनास्थल पुग्दा खसीबाख्रा चराइरहेका स्थानीयले दोहोरो भिडन्त झल्कने गरी बन्दुक पड्किएको आवाज नसुनिएको बताएका छन्।

प्रहरी र विप्लव कार्यकर्ताबीच भिडन्त, जिल्ला इन्चार्जकाे मृत्यु

बिहिबार, ०५ असार २०७६

सर्लाहीमा प्रहरीको गोली लागेर एकजना विप्लवका कार्यकर्ताको मृत्यु भएको छ।

अत्यधिक गर्मी भन्दै सात सय विद्यालय बन्द

बुधबार, ०४ असार २०७६

बजारहरूमा सर्वसाधारणको चहलपहल घटेको छ। अत्यावश्यक कामबाहेक सर्वसाधारणहरू बजार निस्कन छाडेका छन्।

प्रधानाध्यापकको कुटाइबाट विद्यार्थी अर्धचेत

सोमबार, ०२ असार २०७६

जिल्ला स्थित एक सामुदायिक आधारभूत विद्यालयका प्रधानाध्यापकको कुटाइबाट सोमबार एक विद्यार्थी अर्धचेत भएका छन् भने अन्य ५ जना सामान्य घाइते भएका छन्।

गर्मी सहन नसकेर वडाध्यक्ष बेहोस, उपचारका लागि आइसीयुमा भर्ना

सोमबार, ०२ असार २०७६

थेग्नै नसक्ने गर्मी भएपछि वडाध्यक्ष बेहोस भएर ढलेका हुन्। उनलाई आइसीयुमा राखेर उपचार भइरहेको छ।

अत्यधिक गर्मी बढेपछि सर्लाहीमा विद्यालय बन्द

आइतबार, ०१ असार २०७६

थेग्नै नसक्ने गरी गर्मी बढेपछि सर्लाहीको लालबन्दी नगरपालिकाका विद्यालयले पठनपाठन बन्द गरेका छन्। आईतबारबाट नगरपालिका भित्रका ४८ वटा सामुदायिक एवं २० वटा भन्दा बढी संस्थागत विद्यालयमा पठनपाठन बन्द गरिएको लालबन्दी नगरपालिकाले जनाएको छ।

हेलमेट नलगाई ३/३ जना चढेको दुई मोटरसाइकल आपसमा जुध्दा...

बिहिबार, ३० जेठ २०७६

सर्लाहीस्थित छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। हरिपुर नगरपालिका–७, चिताईनमा बुधबार राती दुइटा मोटरसाइकल आपसमा जुध्दा दुबै चालकको मृत्यु भएको छ।

बागमतीद्वारा एक सय १७ लाई रोजगारी

बिहिबार, ३० जेठ २०७६

प्रधानमन्त्री रोजगार कार्यक्रममा छनौट भएका एक सय १७ जनालाई एक महिने रोजगारी दिने कार्यक्रम सञ्चालन गरिएको बागमती नगरपालिका प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक निलम कुश्वाहले जानकारी दिए । चालू आर्थिक वर्षको अन्तिम समयमा मात्र कार्यक्रम सञ्चालन भएकाले एक महिनाका लागि मात्र रोजगारी दिइएको उनले बताए ।

सर्लाहीको उत्तरी क्षेत्रमा खानेपानी हाहाकार

बुधबार, २९ जेठ २०७६

उत्तरी क्षेत्रका हरिवन, बागमती, लालबन्दी, ईश्वरपुर नगरपालिकास्थित चुरे क्षेत्रमा पर्ने अधिकांश गाउँमा खानेपानीको हाहाकार बढेको छ। कर्मैया, ढुंग्रेखोला, सासापुर, अत्रौली, पत्थरकोट, परवानीपुर, कालिन्जोरलगायत गाउँका हजारौं सर्वसाधारण स्वच्छ खानेपानीबाट वञ्चित भएका छन्।

‘तराईमा दाइजो विरोधी युवा चाहियो’

बुधबार, २९ जेठ २०७६

नेता नेपाल विमानस्थलबाट बाहिरिनेबित्तिकै उनलाई जिल्ला अध्यक्ष पन्तले स्वागत गर्दै आफूले व्यवस्था गरेको गाडीमा चढ्न आग्रह गरेपछि नेपाल निकट मानिएका लामा र प्रदेश सांसद लुंगेलीले अर्कोतिर तानेका थिए।

गुटको घेराबन्दीमा माधव नेपाल, गाडीमा चढाउन तानातान

मङ्गलबार, २८ जेठ २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाललाई आफ्नो सवारी साधनमा राख्न सर्लाही नेकपा कार्यकर्ताबीच तानातान भएको छ। बिहान सिमरा एयरपोर्टमा उत्रिएका नेता नेपाललाई स्वागत गर्न सर्लाहीबाट जिल्ला अध्यक्ष रेवती पन्त नेतृत्वको समूह तथा प्रदेश सांसद् बेची लुंगेली एवं सुरेन्द्र लामा नेतृत्वको अर्को समूह पुगेको थियो।

विद्यालयमा मदिरा सेवन गरी तोडफोड

बिहिबार, २३ जेठ २०७६

युवाहरुको समूहले जिल्लाको मध्य क्षेत्रस्थित गैरमा रहेको विद्यालयमा मदिरा सेवन गरी तोडफोड गरेका छन्। कविलासी नगरपालिका–७, गैरमा रहेको श्री माध्यमिक विद्यालयमा तोडफोड भएको हो।

यसरी हुन्छ सशस्त्र र नेपाल प्रहरीकै स्कर्टिङमा रातभर तस्करी

बिहिबार, २३ जेठ २०७६

जिल्लास्थित भारतिय सीमा नाकाबाट रातभर अवैध सामानहरु आयात एवं निर्यात हुने गरेको स्थानीयले बताएका छन्। दिनभर सुरक्षा निकायबाट अत्यन्त कडाई हुने सिमा क्षेत्रमा रातभरी भने तस्कर समूहले निर्वाध रुपमा अवैध सामानहरु आयात एवं निर्यात गर्ने गरेको स्थानीयको गुनासो छ।

सर्लाहीमा ‘क्या दामी भो’

मङ्गलबार, २१ जेठ २०७६

गायक शिव परियारले गत शुक्रबार राती गृहजिल्लाबासीलाई भरपुर मनोरञ्जन दिलाएका छन्। उनको प्रस्तुतीले मध्यरातसम्म सर्लाहीको हरिवनमा जारी रमाईलो मेला एवं महोत्सवस्थल गुञ्जायमान बन्यो।

मोफसलका फिल्म हलमा बक्स अफिस सुरु

आइतबार, १९ जेठ २०७६

उपत्यका बाहिरका फिल्म हलमा सेन्ट्रल सिनेमा म्यानेजमेन्ट सिस्टम (बक्स अफिस) सुरु भएको छ।

बागमतीमा बस खस्दा चालकको मृत्यु

शुक्रबार, १७ जेठ २०७६

सर्लाहीको बागमतीबाट सिन्धुलीको महेन्द्रझाडी जोड्ने सडकखण्डमा गुडिरहेको बस बागमती नदीमा खस्दा चालकको मृत्यु भएको छ।

कलाकारले तताए हरिवन

मङ्गलबार, १४ जेठ २०७६

हरिवनमा जारी ‘रमाइलो मेला एवं महोत्सव’मा हरेक साँझ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको प्रस्तुतीले हरिवनसहित आसपासका दर्शकले मनोरञ्जन लिईरहेका छन् । गत जेठ ३ गतेदेखि जारी महोत्सवअन्तर्गत गत शनिबार राती भारतका भोजपुरी स्टार गायक अवधेश प्रेमीको सांगीतिक टोलीले प्रस्तुती दिएको थियो । आकर्षक सामूहिक नृत्यसहित प्रेमीले आधा दर्जन गीत गाउँदा उपस्थित हजारौं दर्शक झुमेका थिए । भोजपुरी कलाकारहरूको केही भड्किलो प्रस्तुतीका कारण दर्शकहरू उत्तेजित देखिन्थे ।

काठमाडौं आउँदै गरेकाे बसले ठक्कर दिँदा महिलाको मृत्यु

सोमबार, १३ जेठ २०७६

सर्लाहीको लालबन्दीमा रात्रीबसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। काकडभिट्टाबाट काठमाडौतर्फ जाँदै गरेको बा. ४ ख ८०८१ नम्बरको बसले आइतबार राती पौने १० बजे ठक्कर दिँदा ६० वर्षीया मिसमाया परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सरकारी मुआब्जाविरुद्ध स्थानीय आन्दोलित

आइतबार, १२ जेठ २०७६

पूर्व–पश्चिम विद्युतीय रेलमार्ग आयोजनाले जग्गा अधिग्रहण गर्दा तोकेको मुआब्जा रकम अन्यायपूर्ण भएको भन्दै तीनवटा नगरपालिकाका स्थानीयले आन्दोलन घोषणा गरेका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad