टंक क्षेत्री

नेता कार्यकर्तालाई बाहिर राखेर कडा सुरक्षाबीच नेकपाको सपथग्रहण

बुधबार, २५ भदौ २०७६

अधिकांश नेता कार्यकर्तालाई बाहिरै राखेर कडा सुरक्षा घेराबीच सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाही जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रम बुधबार दिउँसो सम्पन्न भएको छ।

कलाकार जोगेन्दरद्वारा छात्रालाई स्यानेटरी प्याड

बुधबार, २५ भदौ २०७६

जोगेन्दर पानवालाको रूपमा चर्चित हास्य कलाकार शिवशंकर रिजालले मंगलबार आफूले अध्ययन गरेको विद्यालयका छात्रालाई स्यानेटरी प्याड तथा शैक्षिक सामग्री वितरण गरेका छन्। बरहथवा नगरपालिकास्थित सरस्वती माविमा आयोजित कार्यक्रममा रिजालले कक्षा ८, ९ र १० का छात्रालाई महिनावारी हुँदा लगाउने स्यानेटरी प्याड वितरण गरेका हुन्।

प्रहरी नियन्त्रणमा रहेका अभियुक्त हत्कडीसहित फरार

आइतबार, २२ भदौ २०७६

लागूऔषध नियन्त्रण कारबाही अन्तर्गत पक्राउ परेका एक अभियुक्त प्रहरी नियन्त्रणबाट हत्कडी सहित फरार भएका छन्।

अवैध आयातनिर्यातमा कडाइ

शुक्रबार, २० भदौ २०७६

बरामद सामान र सो सामान ओसार्न प्रयोग भएका चारवटा मोटरसाइकलको चार लाख ७९ हजार ५ सय रुपैयाँ मूल्यांकनसहित बुधबार बिहानै भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले बढायो सीमा क्षेत्रमा सक्रियता

बिहिबार, १९ भदौ २०७६

सर्लाही प्रहरीले पछिल्लो समय भारतीय सिमा क्षेत्रमा हुने अवैध आयात निर्यातमा कडाई गरेको छ। प्रहरीले कडाई गरेसँगै भन्सार छली गरेर भित्र्याईएका विभिन्न सामान तथा तस्करीमा संलग्नसमेत नियन्त्रणमा पर्न थालेका छन्।

सबै समुदायको ‘साझा पर्व’ बन्दै तीज

मङ्गलबार, १७ भदौ २०७६

पहाडी समुदायका हिन्दू महिलाले मनाउने हरितालिका तीज पर्व पछिल्लो समय सबै समुदायका महिलाको ‘साझा पर्व’ बन्दै गएको छ। हिन्दू धर्म मान्ने मधेसी समुदाय मात्र होइन, जनजाति समुदायका महिलाले समेत तीज उल्लासका साथ मनाउन थालेका छन्।

‘मिटर ब्याजी’विरुद्ध सम्पत्ति शुद्धीकरण समेत

मङ्गलबार, १७ भदौ २०७६

भदचश्रठगीको आरोपमा पक्राउ परेका श्याम परदेशी भन्ने श्यामकृष्ण साह कलवारलाई सर्लाही प्रहरीले सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान गर्ने भएको छ।

विद्यालयको अभिभावक भेलामा झडप, दुई घाइते

सोमबार, ०९ भदौ २०७६

सर्लाहीको दक्षिणपूर्वी क्षेत्र हरिपूर्वा नगरपालिकास्थित केश्वर गरिब जनता माविको सोमबार दिउँसो भएको अभिभावक भेलामा झडप हुँदा दुईजना घाइते भएका छन्।

अभिभावक भेलामा झडप, दुईजना घाइते

सोमबार, ०९ भदौ २०७६

हाल घटनास्थलमा सुरक्षाकर्मी खटाइएको र अवस्था सामान्य रहेको प्रहर प्रवक्ता राठौरले जानकारी दिए। उनले झडपको कारण बुझ्ने प्रयास भइरहेको बताए।

'कम्युनिष्टबाट संघीयतामाथि खतरा'

सोमबार, ०९ भदौ २०७६

सर्लाहीको लालबन्दीमा आयोजित नेपाल राष्ट्रिय मगर संघको प्रदेश नं.२ स्तरीय दुई दिने प्रशिक्षण कार्यक्रम उद्घाटन समारोहलाई सोमबार सम्बोधन गर्दै नेता निधीले कम्युनिष्टले जितेर शासनसत्ता सम्हाल्नु नै देशका लागि खतरा रहेको दाबी गरे।

राहत नपाउँदा बाढीपीडित आहत

सोमबार, ०९ भदौ २०७६

स्थानीय तहका प्रमुख र वडाध्यक्षहरुबीच आआफ्ना मान्छेलाई बढीपीडितको सूचीमा राख्ने होडबाजीका कारण क्षतिकमो विस्तृत सर्भे विवरण आउन ढिलाइ भएको जानकारहरु बताउँछन्।

एकैदिन तीन लाख बिरुवा रोपिएको दाबी

आइतबार, ०८ भदौ २०७६

शुक्रबार दिउँसो सर्लाहीकै सागरनाथ वन विकास परियोजना कार्यालय परिसरमा सम्पन्न प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशभित्रको सम्पूर्ण वन संरक्षण र सम्वद्र्धन गर्ने तथा १९५ हेक्टर खाली जमिनमा वृक्षरोपण गर्ने निर्णय गरेको थियो।

वन बिक्री नगर्न चेतावनी

शनिबार, ०७ भदौ २०७६

सागरनाथ वन विकास परियोजनाको सभाहलमा बसेको बैठकले चारबुँदे निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठक सकिएलगत्तै प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिलामन्त्री यादवले पत्रकार सम्मेलन गर्दै निर्णयहरू सार्वजनिक गरेका हुन्।

सर्लाहीमा बस्यो प्रदेश २ को मन्त्रिपरिषद् बैठक

शुक्रबार, ०६ भदौ २०७६

प्रदेश २ सरकारको मन्त्रिपरिषद् बैठक शुक्रबार सर्लाहीमा बसेको छ।

क्षतिको विवरण संकलनमा विलम्ब, राहत नपाउँदा बाढीपीडितलाई आहत

बिहिबार, ०५ भदौ २०७६

असार अन्तिम साता आएको बाढीबाट पीडितहरु पर्याप्त राहत पाउन नसक्दा थप पीडित बनिरहेका छन्। डुबानले घर भत्केकाहरु पालमा बस्न बाध्य छन्। साउन ३ गते विपद् व्यवस्थापन जिल्ला समितिको बैठकले बाढीले पुगेको क्षतिको विस्तृत तथ्यांक संकलन गर्न ३२ वटा टोली गठन गरेको थियो। समितिले तथ्यांक संकलन कार्य दुईतीन दिनभित्रै सम्पन्न गरेर राहत वितरण प्रक्रिया अगापड बढाइने भनेको थियो।

मन्त्री यादवले सिडिओ र एसपीलाई भनेः मलाई पक्राउ गर्न तयार रहनू

शनिबार, २५ साउन २०७६

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले आफूलाई पक्राउ गर्नका लागि तयार रहन सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रहरी प्रमुख (एसपी)लाई आग्रह गरेका छन्।

त्रिशूली बस दुर्घटनाका बेपत्ता परिवारमा रुवाबासी

शनिबार, २५ साउन २०७६

भएको एउटै छोरा बेपत्ता बनेपछि आमा उषा अर्धचेत अवस्थामा छिन्। बुबा चन्देश्वर पनि बेलाबेलामा टोलाउने गरेका छन्।

शोकमग्न सर्लाही

शुक्रबार, २४ साउन २०७६

मलंगवाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ७४६९ नम्बरको यात्रुबाहक बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाटस्थित त्रिशुली नदीमा खस्दा २४ जना वेपत्ता एवं ५ जनाको शव फेला परेपछि सर्लाही शोकमग्न बनेको छ।

५८ वर्षीय वृद्धले १६ वर्षीया किशोरीलाई बलात्कार गरेर गर्भवती बनाएपछि...

शुक्रबार, २४ साउन २०७६

आफूभन्दा ४२ वर्ष कान्छी १६ वर्षीया किशोरीलाई विभिन्न प्रलोभन देखाई करणी गरेर पाँच महिनाको गर्भवती बनाएको आरोपमा एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय नै असुरक्षित, हुरीबतास चल्नेबित्तिकै सुरक्षाकर्मी भवन छाडेर भाग्छन्

शुक्रबार, २४ साउन २०७६

जिल्लाको दक्षिण–पश्चिम क्षेत्र धनकौलस्थित इलाका प्रहरी कार्यालय हरकठवाका सुरक्षाकर्मी अलि ठूलो हुरीबतास चल्न थालेसँगै कार्यालयबाट भाग्ने गरेका छन्। दुईतले पक्की भवन भए पनि अत्यन्त जीर्ण र कमजोर भएको र हुरीबतास चल्दा घर हल्लिने गरेकाले उनीहरू भाग्ने गरेका हुन्।

Ncell Footer Ad