टंक क्षेत्री

आमरण अनसनकारीको स्वास्थ्य गम्भीर, उपचारका लागि हेटौंडा लगियो

सोमबार, १२ चैत २०७४

उखुको भुक्तानी तत्काल हुनुपर्ने माग राख्दै हरिवनमा आमरण अनसन बसेका हरिवन नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष शेष मेहबुब रेजाको स्वास्थ्य गम्भीर भएपछि उपचारका लागि हेटौंडा लगिएको छ।

प्रहरी प्रशासन उद्योगीसँग मिलेको मुख्यमन्त्रीको आरोप

आइतबार, ११ चैत २०७४

दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले स्थानीय प्रहरी प्रशासनले चिनी उद्योगपतिसँग मिलेमतो गरेको आरोप लगाएका छन्।

उद्योगपतिद्वारा किसानको अर्बौं ‘होल्ड’

आइतबार, ११ चैत २०७४

एक साताअघि घुर्कौलीका उखु किसान बीरबहादुर लामा हरिवनस्थित मेगा बैंकमा चेक बोकेर पुगे । ‘खै मेरो उखुको पैसा निकालिदेऊ त,’ बैंकका कर्मचारीलाई चेक दिँदै उनले आफ्नै लबजमा आग्रह गरे।

ठेकेदारको लापरवाहीले सडक धुलाम्मे

आइतबार, ११ चैत २०७४

केही महिनायता जिल्लामा जताततै सडक निर्माणका कामहरु भइरहेका छन् । पूर्व–पश्चिम राजमार्गबाट सदरमुकाम मलंगवा जोड्ने २५ किलोमिटरको नवलपुर–मलंगवा सडकखण्ड त पटक–पटक टेन्डर लाग्दै र अवरुद्ध हुँदै १० वर्षदेखि निर्माणाधीन अवस्थामा छ।

उखुको भुक्तानी माग्दै वडा अध्यक्ष आमरण अनसनमा

शनिबार, १० चैत २०७४

उखुको भुक्तानी तत्काल हुनुपर्ने माग गर्दै हरिवन नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष शेष मेहबुब रेजाले शनिबारबाट आमरण अनसन सुरु गरेका छन्। शनिबार मध्यान्हबाट हरिवन स्थित ईन्दुशंकर चिनी उद्योगको मुलगेट अगाडि रेजा आमरण अनसनमा बसेका हुन्।

सर्लाहीद्वारा भुटानको ड्रुक स्टार पराजित

शुक्रबार, ०९ चैत २०७४

सर्लाहीको बागमतीमा आयोजित दोस्रो राजर्षि जनक कप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार दोस्रो दिन भएको खेलमा सर्लाही–११ ले भुटानको ड्रुक स्टार फुटबल क्लबलाई ३–० गोलले पराजित गरेको छ। दुई जना अफ्रिकन खेलाडीलाई समेत मैदानमा छिराएको सर्लाहीले मध्यान्तर पछि लगातार गोल गर्दै पाहुना टोलीलाई स्तब्ध बनायो।

आमाछोरीले सँगसँगै दिए एसइई

बिहिबार, ०८ चैत २०७४

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७४ अन्तर्गत सर्लाहीको एक परीक्षा केन्द्रमा आमा र छोरीले सँगसँगै परीक्षा दिएका छन्। चक्रघट्टा गाउँपालिका–७, सगरदिना निवासी मन्तोर देवी राम र उनकी छोरी आरती कुमारीले देवधारी उमावि सुन्दरपुर सुखचैना परीक्षा केन्द्रबाट परीक्षा दिएका हुन्। जनता मावि औरहीमा अध्ययनरत आमाछोरी नियमिततर्फ एसइईमा सहभागी बनेको औरहीका प्रधानाध्यापक लक्ष्मीकान्त यादवले जानकारी दिए।

भुक्तानी माग्दै महिला अनसनमा

बिहिबार, ०८ चैत २०७४

उखुको भुक्तानी तत्काल हुनुपर्ने माग गर्दै सर्लाही हरिवन स्थित इन्दुशंकर चिनी उद्योगको मूलगेटमा तीन दिनदेखि जारी रिले अनसनमा बुधबार महिलाहरु मात्र सहभागी भएका छन्।

‘मस्ट वान्टेड’ उमेश पासवान पक्राउ

बुधबार, ०७ चैत २०७४

नेपालका विभिन्न जिल्ला सहित भारतमा समेत हत्या, लुटपाट लगायत अपराधिक घटना गराउने समूहका नाईके रहेको आरोपमा सर्लाही प्रहरीले एकजना अभियुक्तालाई पक्राउ गरेको छ।

उखुको भुक्तानी तत्काल हुनुपर्ने माग गर्दै अनसनमा महिला

बुधबार, ०७ चैत २०७४

उखुको भुक्तानी तत्काल हुनुपर्ने माग गर्दै सर्लाहीको हरिवन स्थित ईन्दुशंकर चिनी उद्योगको मूलगेटमा ३ दिनदेखि जारी रिले अनसनमा बुधबार महिलाहरूमात्र सहभागी भएका छन्।

उपाधि जितेपनि अर्काे वर्ष फिर्ता गर्नुपर्ने कप !

मङ्गलबार, ०६ चैत २०७४

सर्लाहीको बागमतीमा आगामी विहीबारबाट सुरु हुने राजर्षी जनक कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ।

उखुको भुक्तानी माग्दै रिले अनसन

मङ्गलबार, ०६ चैत २०७४

उखुको भुक्तानी तत्काल हुनुपर्ने माग गर्दै किसानले रिले अनसन सुरु गरेका छन् । अढाई महिनादेखि उखुको भुक्तानी नपाएपछि सोमबारबाट किसानले हरिवनस्थित इन्दुशंकर चिनी उद्योगको मूलगेटमा रिले अनसन सुरु गरेका हुन्।

छोरीको नाममा ५ वटा बिरुवा रोपे गाउँपालिकाले २५ हजार दिने

बिहिबार, २४ फागुन २०७४

१०८ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सर्लाही स्थित २० वटै स्थानीय तहले छुट्टाछुट्टै कार्यक्रम गरी मनाएका छन्। कतै -याली गरे त कसैले स्त्री एवं प्रसुती रोग सम्बन्धी शिविर सञ्चालन गर्दै जिल्लामा विविध कार्यक्रमका साथ नारी दिवस मनाए। कतै महिला अधिकार सम्बन्धी अन्तरत्रिया एवं गोष्ठी आयोजना गरियो।

उखुको भुक्तानी माग्दै ज्ञापन

बिहिबार, १७ फागुन २०७४

उधारोमा दिएको उखुको बक्यौता अविलम्ब भुक्तानी माग गर्दै किसानले इन्दुशंकर चिनी मिल व्यवस्थापनलाई ज्ञापनपत्र बुझाएका छन्।

कार्यालय सहयोगीले नै विद्यालयको कम्प्युटर चोरेपछि...

बुधबार, १६ फागुन २०७४

सुखेपोखरीस्थित चतुर्भूजेश्वर जनता उमाविको कम्प्यूटर चोरीको आरोपमा विद्यालयका कार्यालय सहयोगीसहित दुईजना पक्राउ परेका छन्।

चोरीका मोटरसाइकल किन्दै प्रहरी

मङ्गलबार, १५ फागुन २०७४

मोटरसाइकल हराउने घटना निरन्तर वृद्धि हुने तर चोरीमा संलग्न हुनेहरू पक्राउ नपरेपछि पछिल्लो समय हरिवन प्रहरीले नयाँ जुक्ति निकालेको छ । चोरीमा संलग्न हुनेलाई प्रमाणसहित नियन्त्रणमा लिनका लागि प्रहरीले त्यस्ता मोटरसाइकल किन्न सुरु गरेको हो ।

राजर्षी जनक कप चैत ८ बाट : भुटान र भारतले पनि खेल्ने

सोमबार, १४ फागुन २०७४

सर्लाहीको बागमतीमा गतवर्षबाट सुरु राजर्षी जनक कप नकआउट फूटबल प्रतियोगिताको दोश्रो संस्करण आगामी चैत ८ गतेदेखि १७ गतेसम्म हुने भएको छ। आयोजक वागमती युवा क्लबले सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको छ।

‘चोरीका मोटरसाईकल किन्दै प्रहरी’

सोमबार, १४ फागुन २०७४

मोटरसाईकल हराउने घटना निरन्तर वृद्धि हुने तर चोरीमा संलग्न अभियुक्त पक्राउ नपरेपछि पछिल्लो समय हरिवन प्रहरीले नयाँ जुक्ती निकालेको छ। चोरी कार्यमा संलग्न अभियुक्तलाई सप्रमाण नियन्त्रणमा लिनका लागि प्रहरीले त्यस्ता मोटरसाईकल किन्न सूरु गरेको हो।

गोलभेडा बिक्री आधा घट्यो

सोमबार, १४ फागुन २०७४

आकाशे पानीमा निर्भर रहेको सर्लाहीको लालबन्दी र नवलपुरमा यो वर्ष पानी नपर्दा गोलभेडा उत्पादन घटेको छ । उत्पादन घटेसँगै मुलुकमै चर्चित लालबन्दी र नवलपुर बजारको गोलभेडा कारोबारमा पनि कमी आएको छ।

धुलो उडेपछि चक्काजाम !

आइतबार, १३ फागुन २०७४

निर्माणाधिन नयाँरोड–मधुवनी राजमार्गमा सवारी साधनले उडाएको धुलो नियन्त्रणको माग राख्दै आईतबार दिउँसो बरहथवा बजारका स्थानीयले सडक अवरोध गरेका छन्।

Ncell Footer Ad