जयराम आचार्य

जयराम आचार्य

लिम्पियाधुराप्रति मौनता

मङ्गलबार, १७ मङि्सर २०७६

भारतले नेपालसँग सीमा जोडिएका २३ जिल्लाका ७१ ठाउँमा ६० हजार ६ सय २७ हेक्टर जमिन मिचेको देखिन्छ। यसमध्ये सबैभन्दा धेरै जमिन सुस्ता र कालापानीमा मिचिएको छ।

बिआरआईका प्रभाव

सोमबार, ०९ मङि्सर २०७६

चीनले कम्युनिस्ट पार्टी स्थापना भएको सय वर्ष पूरा हुने सन् २०२१ सम्ममा आफ्नो देशमा गरिबी अन्त्य गर्ने योजना बनाएको छ। साथै जनवादी गणतन्त्र चीन स्थापना भएको सय वर्ष पूरा हुने सन् २०४९ सम्ममा आधुनिक समाजवादी मुलुकसहित सबै तहमा मध्यम तहको समृद्ध समाज बनाउने अठोट गरेको छ। यो योजना पूरा गर्न चिनियाँ कम्युनिस्ट पार्टीको १९औं महाधिवेशनमा महासचिव सी चिनफिङबाट नयाँ युगमा चिनियाँ विशेषतासहित समाजवादको विचार आएको छ। जसलाई ‘सी चिनफिङ विचार’ भनिन्छ। यसअन्तर्गत परिवर्तित विश्वको नेतृत्व गर्न बेल्ड एन्ड रोड इनिसिएटिभ (बिआरआई) जस्ता योजना ल्याइएका छन्।

सी चिनफिङको सन्देश

मङ्गलबार, ०५ कार्तिक २०७६

चीन उत्तेजनामा छैन, जस्तो नेपाल छ। नेपाल–चीनबीच भएको २० बुँदे सम्झौता÷समझदारीको ७ नम्बर बुँदाले नेपालमा चिनियाँ रेलबारेको नेपाली सपनालाई थप सोचनीय बनाइदिएको छ।

परराष्ट्रका प्राथमिकता

बुधबार, ०१ असोज २०७६

नेपालसँग चीनले लामो समयसम्म सरकारी स्तरमा सम्बन्ध राख्यो। उसलाई अहिले यो सम्बन्ध जनस्तरमा विस्तार गर्नुपरेको बुझिन्छ। यसो गर्दा चिनियाँ संस्कृतिसमेत नेपालमा फैलाउन सकिने बुझाइ चीनको छ। नेपाल–चीन सम्बन्ध जनस्तरमा पु¥याउन चिनियाँ दूतावासले पाल कूटनीतिलाई अख्तियार गरेको हो भने यो ठूलो भ्रम हो। चिनियाँ झन्डाअंकित पाल नेपालका ग्रामीण बस्तीहरूमा त पुग्लान्, तर तिनले ग्रामीण बस्तीमा चीनलाई बलियो गरी लैजान सक्दैनन्। पाल सहयोग स्वीकार गर्नु नेपाली कूटनीतिक अभ्यास कमजोर भएको संकेत हो। यसका लागि सम्झौताभन्दा ‘लेटर एक्स्चेन्ज’ गरेको भए राम्रो हुन्थ्यो। सबैभन्दा राम्रो त नेपाली कूटनीतिज्ञले पाल हाम्रो आवश्यकता नभएको भनी दूतावासलाई उत्तर दिनसक्नु हुन्थ्यो।

जम्मु–कश्मिरका कष्ट

मङ्गलबार, ०३ भदौ २०७६

जम्मु कश्मिर लामो समयदेखि राजनीतिक र संवैधानिक दुःखमा छ।भारतीय संविधानको भाग २१ मा अस्थायी, संक्रमणकालीन तथा विशेष उपबन्धको व्यवस्था छ। यही भाग २१ को धारा ३७० मा जम्मु कश्मिर राज्यका सम्बन्धमा अस्थायी उपबन्ध छ।

आवश्यकता स्थिर अमेरिका

शुक्रबार, ०३ साउन २०७६

जापानको हन्चु ओसाकामा सन् २०१९ जुन २८–२९ मा भएको १४औँ जि–२० सम्मेलनले विश्व राजनीतिका जटिलताहरूलाई केही सहजता दिने विश्वास गरिएको थियो। जसमा केही सकारात्मक प्रयास भएको पनि देखिएका छन्। कोरियाली पेनेन्सुलामा शान्ति कायम गराउनेतर्फ भने केही सकारात्मक पहल भएको देखियो। उत्तर कोरियामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमण ऐतिहासिक बन्यो। यस सम्मेलनले अमेरिका–चीन व्यापार युद्धलाई शिथिल पार्न भने सकेको छैन। आजको मुख्य समस्या नै अमेरिकाले सिर्जना गरेका कठिनाइ हुन्। अमेरिका लगातार द्विपक्षीय तथा बहुपक्षीय सम्झौताहरूबाट बाहिरिँदै गर्दा किन यस्ता फोरमहरू उपयुक्त हुन सकेका छैनन् भन्नेबारे विश्व जगत्ले सोच्नुपर्ने समय आएको छ।

हङकङ र नेपालका विधेयक विरोध

शुक्रबार, १३ असार २०७६

स्वार्थ समूहहरूले बनाएका नीतिले समाजशास्त्रलाई सम्बोधन गर्न नसक्दा नेपाल र हङकङका सडकमा विमति पोखिएको छ।

मोदीको पुनरागमन र नेपाल

सोमबार, १३ जेठ २०७६

भारतमा जवाहरलाल नेहरू र इन्दिरा गान्धीपछि एकल बहुमतको सरकार बनाउन सफल भएका भारतीय जनता पार्टीका नरेन्द्र दामोदर दास मोदीले भाजपाको इतिहास रचेका छन्। भाजपाका तर्फबाट अटल विहारी वाजपेयीले सन् १९६६ मा जम्मा १३ दिन र सन् १९९८ देखि २००४ सम्म सरकार चलाएका भए पनि त्यो सहज बहुमतको सरकार थिएन। जवाहरलाल नेहरू, इन्दिरा गान्धी, मनमोहन सिंह जस्तै कार्यकाल दोहो¥याउने भारतीय प्रधानमन्त्रीको सूचीमा नरेन्द्र मोदीले आफूलाई उभ्याउनु भाजपाका लागि सुखद पक्ष हो।

स्विस सपनाको समाप्ति

शुक्रबार, २७ बैशाख २०७६

हामीले राजनीतिक पद्धति बदलेनौँ भने गणतन्त्र यही रूपमा नरहन सक्छ वा राजतन्त्रको सम्भावना रहन्छ। राजतन्त्रको सम्भावना शून्य पार्न हामीले बदल्नुपर्ने मुख्य कुरा हो– प्रतिनिधिमूलक प्रजातन्त्रको अभ्यास। प्रतिनिधिमूलक प्रजातन्त्रमा ५ वर्षको अवधिभरि जनतासँग करिब ५ मिनेट मात्र सार्वभौमसत्ता अधिकार सुरक्षित छ। सार्वभौमसत्ता अधिकार सुम्पेको प्रतिनिधिको प्रवृत्ति नागरिकमुखी छैन। अब हामीले प्रतिनिधिको निर्वाचन नीति निर्माणका लागि मात्र उपयोग हुनेगरी गर्नुपर्छ। अथवा प्रतिनिधिलाई नीति निर्माण गर्ने अधिकार मात्र दिनुपर्छ। निर्वाचित प्रतिनिधिमा कार्यकारी वा शासन गर्ने अधिकार कटौती नगर्दासम्म जनता सार्वभौमसत्ता सम्पन्न हुनसक्ने सम्भावना छैन।

भाजपा घोषणपत्र र मोदीको अवसर

शुक्रबार, १३ बैशाख २०७६

भाजपाले संकल्पपत्रमा सार्कसम्बन्धमा मौनता साँधेर ऐतिहासिक भूल गरेको छ। क्षेत्रीय सम्बन्धमा द्विपक्षीय सहकार्यमात्र चाहेको हो भने बिम्स्टेकलाई उल्लेख गर्नु पनि उसको भूल हो। यसले भाजपाको एकाङ्गी क्षेत्रीय कूटनीति एवम् सार्क संशयलाई थप बढाएको छ।

परीक्षणमा मोदी विदेश नीति

मङ्गलबार, १९ चैत २०७५

विभिन्न मुलुकले मूलतः देश सञ्चालनका लागि वा गृह र विदेश नीति सञ्चालनका लागि अध्यक्षतात्मक, संसदीय, मिश्रितलगायतकाशासन प्रणाली अपनाएका छन्। पश्चिमा मुलुकअमेरिकामा अध्यक्षतात्मक प्रणाली छ।

जेलिएको जम्मु–काश्मीर

सोमबार, २० फागुन २०७५

जम्मु–काश्मीरको विवादलाई चीन, भारत र पाकिस्तानको त्रिकोणात्मक आयामबाट हेर्नुपर्ने हुन्छ। चीनको भन्दा भारतको भौगोलिक अवस्थिति धेरै नै मजबुत छ। भारतसँग व्यापारका लागि सामुन्द्रिक सहजता जस्तो छ, त्यस्तो प्रकृतिको सहजता चीनसँग छैन। चीनले प्रयोग गर्ने व्यापारिक सामुन्द्रिक बाटो दक्षिण चीन सागरहुँदै मलक्का स्टेट भएर हिन्द महासागरसँग जोडिनु हो। मलक्का स्टेट चीनको सहज पहुँचमा छैन। यसमा भारत ज्यादा प्रभावी छ।

प्रियङ्का प्रवेश

शुक्रबार, २५ माघ २०७५

दक्षिण एसियामा अहिले सरकार परिवर्तनको लहर चलेको छ। दुई ठूला कम्युनिस्ट घटकहरू मिलेर निर्वाचन जितेपछि २०७४ फाल्गुन ३ देखि नेपालमा केपी शर्मा ओली प्रधानमन्त्री छन्। कुल ३४२ स्थान रहेको पाकिस्तानी संसद्मा २७२ स्थानका लागि प्रत्यक्ष निर्वाचन र बाँकी स्थानमा आरक्षण रहेकामा तेहरिक–ए–इन्साफ (पिटिआई) ले गत साउन ९ गते भएको निर्वाचनमा ११४ स्थानमा चुनाव जितेपछि प्रधानमन्त्रीका लागि भएको निर्वाचनमा १७६ मतसहित पाकिस्तानमा इमरान खान प्रधानमन्त्री छन्।

रेलमा चिनियाँ रणनीति

मङ्गलबार, १० पुष २०७५

चीनले माओकालीन समयमा प्रथम चरणमा भूमि सुधारको योजना लागु ग-यो र भूमिमा भएको सामन्तवाद उन्मूलन ग-यो भने दोस्रो चरणमा भूमि र उद्योगमा निजी पुँजीलाई निषेध ग-यो।

बुभायर, चिमामान्डा र नेपाली महिला

बुधबार, २३ साउन २०७५

आजीवन सार्त्रकाे प्रेममा अनुबन्धित बुभायरलाई अतिरिक्त प्रेम गर्ने अवसर प्राप्त भइरह्यो । सार्त्र साथमा रहँदारहँदै उनले जैक, मैर्लोपोन्ती, नेल्सन एलग्रेन, क्लांदे लेन्जमेनलगायतसँग प्रणयका पोथा बाँधिन र फुकाइन् पनि । प्रेम सम्बन्धमा सार्त्रको सर्त थियो– अस्थायी या चिरस्थायी संगिनी।

ग्राम्स्की, नेपाल र युरो कम्युनिज्म

बिहिबार, १० जेठ २०७५

पहिलो विश्वयुद्धमा इटाली सम्मिलित गुटमा थियो । यो गुटमा बेलायत, अमेरिका, फ्रान्स, जपान, रुस, चीनलगायतका २८ राष्ट्र थिए । बबरशमशेरको नेतृत्वमा सैनिक फौज पठाएर नेपालले पनि यही गुटलाई समर्थन गरेको थियो । कारण थियो– यो गुटमा बेलायत रहनु । प्रथम विश्वयुद्धको समाप्तिसँगै सन् १९१९ मा मुसोलिनीले फासिस्ट पार्टी स्थापना गरेर इटालीमा संसदीय व्यवस्था र लोकतान्त्रिक पद्धतिलाई दमन गरे । उनको कोपभाजनमा परेका पात्रमध्ये थिए– एन्टिनियो ग्राम्स्की ।

विद्यालय पुनर्निर्माणको गति

आइतबार, ०६ फागुन २०७४

२०७२ वैशाख १२ र त्यसपछिका शक्तिशाली पराकम्पनका कारण क्षति भएका विद्यालयहरूको पुनर्निर्माणका लागि शिक्षा मन्त्रालयले अति प्रभावित १४ जिल्लामा जिल्ला आयोजना कार्यान्वयन एकाइ गठन गरेर काम गरिरहेको छ । यस्तै काम गरिरहेको जिल्लामध्ये रसुवा पनि एक हो । रसुवाको उत्तरगया गाउँपालिकामा २२ वटा सामुदायिक विद्यालय छन् । जसमा चारवटा माध्यमिक विद्यालय, आठ प्राथमिक विद्यालय र १० वटा आधारभूत विद्यालय छन् । भूकम्पपछि पनि १० वटा कोठा सुरक्षित रहेको निलकण्ठ माध्यमिक विद्यालयको पुनर्निर्माण जाइका नेपालबाट भइरहेको छ, जाइकाले यहाँ १० कोठा निर्माण गर्दैछ।

चीन, नेपाल रेल र सिवाङजी

सोमबार, २४ पुष २०७४

एक हप्ते बसाइका लागि केरुङ नाका हुँदै नेपाल आएका सिवाङजी र मेरो भेट धुन्चे बजारमा भयो । धुन्चेदेखि काठमाडौँको यात्रा दार्शनिक, राजनीतिक र परराष्ट्र सम्बन्धमा केन्द्रित थियो । उनी छिन्टुमा राष्ट्रिय संग्रहालयमा काम गर्ने चिनियाँ कर्मचारी हुन् ।

  • 1 (current)
Ncell Footer Ad