युवराज विवश

दमकमा स्वाव परीक्षणको तयारी

सोमबार, २४ चैत २०७६

झापाको दमकमा कोरोना शंकास्पद बिरामीको स्वाव परीक्षणको तयारी थालिएको छ। अन्तर्राष्ट्रिय अप्रवास संगठन (आइओएम)को दमकमा रहेको अन्तर्राष्ट्रिय स्तरको प्रयोगशालालाई प्रयोग गर्ने तयारी भएको हो।

आठ सय शरणार्थी विद्यार्थी सामुदायिक विद्यालयमा,थप शिक्षक दरबन्दीको टुंगो छैन

शनिबार, ०१ चैत २०७६

संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (युएनएचसिआर) ले झापामा रहेका शरणार्थी बालबालिकाको शिक्षा सामुदायिक विद्यालयमा गराउने भएको छ।

कृषिजन्य उपज बंगलादेश निर्यातको पहल भएन

बुधबार, २१ फागुन २०७६

नेपालबाट कृषिजन्य उपज बंगलादेश निर्यातका लागि सरकारले पहल नगरेको व्यवसायी गुनासो गर्दै आएका छन्।

ठूलो बजेट ल्याउने, लक्ष्यमा नपुग्ने

बुधबार, १४ फागुन २०७६

स्थानीय तहले बजेटको सुनिश्चितता नहुँदै ठूलो आकारमा बजेट ल्याउँदा हरेक वर्ष बजेट घाटा हुने गरेको छ।

मच्छिन्द्रलाई सताक्षी गोल्डकप उपाधि

सोमबार, १२ फागुन २०७६

सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्र क्लबले तेस्रो सताक्षी गोल्डकपको उपाधि जितेको छ। झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा आइतबार सम्पन्न फाइनलमा थ्री स्टार क्लबलाई १–० ले हराउँदै मच्छिन्द्रले उपाधि जितेको हो।

फाइनलमा लिगको झझल्को

आइतबार, ११ फागुन २०७६

तेस्रो सताक्षी गोल्डकपको उपाधिका लागि मच्छिन्द्र क्लब र थ्री स्टार क्लब आइतबार आपसमा भिडेर लिगको झझल्को दिँदैछन्।

मच्छिन्द्र र थ्री स्टारबीच उपाधि भिडन्त

शनिबार, १० फागुन २०७६

सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्र क्लब लिगकै प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई २–० ले पराजित गर्दै सताक्षी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

झापामा पनि सरकारी जमिन अतिक्रमण

शनिबार, १० फागुन २०७६

झापाका अधिकांश स्थानमा आदिवासी जनजातिको पहिचान स्थापनाका लागि बनाइएका धार्मिकस्थल अतिक्रमणको चपेटामा परेका छन्।

थ्री स्टार फाइनलमा

शुक्रबार, ०९ फागुन २०७६

आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई ३–१ ले पराजित गर्दै थ्री स्टार क्लब बिहीबार तेस्रो सताक्षी गोल्डकपको फाइनलमा पुगेको छ।

मच्छिन्द्र सेमिफाइनलमा

बिहिबार, ०८ फागुन २०७६

गोर्खा ब्वाइज स्पोर्टिङ क्लब बुटवललाई २–१ ले पराजित गर्दै सानमिगेल मच्छिन्द्र क्लब झापाको सताक्षीधाममा जारी तेस्रो सताक्षी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

आर्मीको संघर्षपूर्ण जित

बुधबार, ०७ फागुन २०७६

शिवसताक्षीको झिलझिलेमा जारी प्रतियोगितामा पाहुना टोली मानेभन्ज्याङ फुटबल क्लबलाई २–१ ले पराजित गर्दै त्रिभुवन आर्मी क्लब तेस्रो सताक्षी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

दमक औद्योगिक पार्कमा जग्गा मुआब्जा विवाद

सोमबार, ०५ फागुन २०७६

झापामा चिनियाँ लगानीमा बन्ने चाइना–नेपाल फ्रेन्डसिप इन्डस्टिङयल पार्कको मुआब्जाका विषयमा स्थानीय सरकार प्रमुखले नै असन्तुष्टि पोखेका छन्।

‘सरकारविरुद्ध प्रतिगामी चलखेल’

सोमबार, ०५ फागुन २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र आफूविरुद्ध अनेकखाले षड्यन्त्र भइरहेको बताएका छन्। मुलुकभित्रैबाट सरकारविरुद्ध षड्यन्त्र भइरहेको उनको दाबी छ।

पुरी अझै फरार, नेकपा मौन

सोमबार, १३ माघ २०७६

हडपिएको जग्ग खोजी गर्दै नापीमा गयो, मालपोत जानु भन्छन्, मालपोत जाँदा गगन पुरीलाई भेटेर मिलाउनुहोस् भन्छन्। रहस्य बुझी नसक्नु छ।

सडककाे ठेक्का सकियो, काम २५ प्रतिशत मात्र

बिहिबार, ०९ माघ २०७६

झापाको विर्तामोडबाट चन्द्रगढी जोड्ने भद्रपुर रोडको निर्माण अवधि सकिए पनि काम भने २५ प्रतिशत मात्र भएको छ। आशिष प्रेरा जेभीले निर्माणको ठेक्का लिएको सो रोडमा विभिन्न विवादका कारण काम अघि बढ्न सकेको थिएन।

चारदेशीय पर्यटन विकास गर्ने प्रतिबद्धता

मङ्गलबार, १५ पुष २०७६

नेपाल, भारत, भुटान र बंंगलादेशका व्यवसायी, पर्यटनकर्मीले चारदेशीय पर्यटन विकासमा लाग्ने प्रतिबद्धता जनाएका छन्। चारै देशका प्रतिनिधिले पर्यटनका लागि साझा हितको एउटा संस्था निर्माणमा जोड दिए।

ऐलानी जग्गा हडप्ने पक्राउ परेनन्

शनिबार, १२ पुष २०७६

आफूहरूले भोगचलन गरेको र फिल्डबुकमा उल्लेखसमेत भइसकेको जग्गा पुरीले राजनीतिक दबाबमा पारेर किर्ते गरेको पीडितहरू बताउँछन्।

आफूखुसी बढाएको तलब अधिकृतले अझैं फिर्ता गरेनन्

मङ्गलबार, ०८ पुष २०७६

मक नगरपालिकाले कानुन मिचेर प्रमुख प्रशासकीय अधिकृतको तलब बढाएको पाइएको छ। प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत गणेश तिम्सीनालाई दशौ तहको तलब सुविधा दिने निर्णय विवादित बनेको हो। उनी नवौ तहका कर्मचारी हुन्।

शरणार्थीलाई स्थानीयकरण गर्ने प्रयास

आइतबार, ०६ पुष २०७६

दुवै देशका तीन/तीनजना सम्मिलित नेपाल–भुटान संयुक्त वार्ता समिति बनाए पछि औपचारिक वार्ताको ढोका खुलेका। तर यो ढोका बन्द भएको १४ वर्ष पुगे पनि फेरि कहिले खुल्ने हो थाहा छैन।

समाचार प्रभाव : बढी लिएको तलब फिर्ता

शनिबार, ०५ पुष २०७६

झापाको दमक नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद तिम्सीनाले बढी लिएको तलब फिर्ता गर्ने भएका छन्।

Ncell Footer Ad