मोहन गुरुङ

रोजगारी सिर्जना गर्न प्राविधिक तालिम

शनिबार, २१ बैशाख २०७६

पुतलीबजार नगरपालिकाभित्रका युवाहरूलाई स्वरोजगार तथा रोजगार बनाउन प्राविधिक तालिम सुरु गरिएको छ।

हत्याको अभियोगमा पुर्पक्षका लागि कारागार चलान

बुधबार, २० चैत २०७५

मृतक र अभियुक्तहरु फागुन १८ गते राति मादक पदार्थ सेवन गरी सामान्य कुरामा भनाभन र  झगडा भएको थियो। गुरुङलाई गत फागुन १९ गते बिहान पुतलीबजार–१४ सतौं जाने पक्की पुलमुनी घाइते अवस्थामा जिल्ला प्रहरीको टोलीले फेला परेको थियो।

१३ औं बिरुवा बजार महोत्सव सुरु

शुक्रबार, ०८ चैत २०७५

१३ औं बिरुवा बजार महोत्सव बिहीबार सुरु भएको छ। बालकन्या युवा क्लब र समाज कल्याण आमा समुहद्वारा आयोजित महोत्सव अगामी १० गतेसम्म चल्नेछ। महोत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समिति स्याङ्जाका उप–प्रमुख दीलिपकुमार बगालेले भने, ‘ग्रामीण भेगमा आयोजित मेला–महोत्सवले गाउँ–ठाउँको पहिचान गराउन सफल हुनेछ।’

जमिन बाँझो राखेर समृद्धि आउँदैन : मन्त्री अर्याल

बुधबार, १६ माघ २०७५

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले जमिन बाँझो राखेर समृद्धि नआउने दाबी गरेकी छन्। बुधबार पोखरामा आयोजित राष्ट्रिय सहकारी नीति, २०६९ को पुनरावलोकन सम्बन्धी प्रदेशस्तरीय गोष्ठीलाई सम्बोधन गर्दै उनले भनिन्, ‘देशको समृद्धिको कल्पना भूमि उपयोग र उपभोगबाट मात्र सम्भव छ। भूमि उपयोग, उपभोग र व्यवस्थापनले मात्र गरिबी अन्त्य हुन्छ।’ समृद्ध नेपाल र सुखी नेपालीका लागि सहकारी आन्दोलन अपरिहार्य रहेको बताइन्।

गुट उपगुट होइन, पार्टीको सिद्धान्त समात्नुस् : पौडेल

आइतबार, ०६ माघ २०७५

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीका नेता तथा कार्यकर्तालाई गुट, उपगुट निर्माणमा नभई पार्टी बनाउन आग्रह गरेका छन्। आइतबार वालिङमा आयोजित पार्टी नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, ‘गुट उपगुट होइन पार्टीको सिद्घान्त समात्नुस्।’

वालिङ–१०० माउण्टेन बाइक दौड माघमा हुने

शनिबार, २१ पुष २०७५

वन्डरफूल वालिङ पर्यटन विकास संस्थाको आयोजनामा वालिङमा ‘वालिङ–१००’ एक दिवसीय अन्तर्राष्ट्रिय माउण्टेन बाइक दौड (म्याराथन) प्रतियोगिता आगामी माघ १८ मा हुने भएको छ। प्रतियोगिताको प्रमुख संरक्षक वालिङ नगरपालिका र सहयोगी संस्था वालिङ उद्योग वाणिज्य संघ हुन्।

‘दुई तिहाइको म्याण्डेटलाई रिस गर्न कसैलाई छुट छैन’

बिहिबार, १९ पुष २०७५

नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले वर्तमान सरकारकै पालामा देशमा समृद्धि आउने दावी गरेकी छन्। ‘देशको नेतृत्व गर्न जनताले स्पष्ट बहुमत दिएको छ,’ उनले भनिन्, ‘जनताले दिएको म्याण्डेटको रिस गर्न कसैलाई छुट छैन।’

ओली सरकार तत्काल कसैले ढाल्न सक्दैन् : गगन थापा

आइतबार, ०८ पुष २०७५

नेपाली कांग्रेसका युवा नेता गगन थापाले केपी शर्मा ओली नेतृत्वको बलियो सरकार बरालिएको आरोप लगाएका छन्। आइतबार प्रथम चापाकोट महोत्सवको समापन समारोहमा बोल्दै उनले भने, ‘ओली नेतृत्वको सरकार काममा होइन, सपनाको चक्रव्यूहमा बरालिएको छ।’

दुई वर्षमा साक्षर नेपाल घोषणा : मन्त्री अर्याल

आइतबार, ०८ पुष २०७५

नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले अगामी दुई वर्षभित्र नेपाललाई साक्षर नेपाल घोषण गर्ने बताएकी छिन्।

प्रथम मेयर कप भलिबल प्रतियोगिता सम्पन्न

शनिबार, ०७ पुष २०७५

वालिङ नगरपालिकाद्वारा पुष ५ देखि ७ गते सम्म आयोजित प्रथम मेयरकप रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर चारले जितेको छ।

बहुविबाहको अभियोगमा १७ वर्षपछि दम्पती पक्राउ

शुक्रबार, ०६ पुष २०७५

बहुविवाह गरेको अभियोगमा आँधीखोला गाउँपालिका ६ घर भई हाल पोखरा महानगरपालिका १७ बस्ने ४४ वर्षीय नरहरी ढकाल र उनकी कान्छी श्रीमती ३५ वर्षीया जानुका ढकाललाई जिल्ला प्रहरी कार्यालयले बिहीबार पक्राउ गरेको छ।

लागुऔषध सहित २ जना पक्राउ

शुक्रबार, ०६ पुष २०७५

प्रहरी चौकी फेदीखोलाले लागुऔषध सहित २ जना युवालाई पक्राउ गरेको छ। फेदीखोला गाउँपालिका–२ थानचौर जंगलमा लागुऔषध प्रयोग गरिरहेको अवस्था उनीहरू पक्राउ परेका हुन्।

प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

आइतबार, २३ मङि्सर २०७५

वालिङ ब्याडमिन्टन क्लबद्वारा आयोजित प्रदेश स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। मंसिर २० गते देखि सुरु भएको प्रतियोगिता आइतबार सम्पन्न भएको हो।

आँगनमै स्वास्थ्य परीक्षण

मङ्गलबार, १८ मङि्सर २०७५

८१ वर्षीया रिमती गुरुङ आइतबार बिहान १० बजे वालिङ नगरपालिका वडा नं ३ कार्यालय आइन्। उनलाई त्यहाँसम्म कसैले ल्याएका होइनन् । एक्लै आएकी हुन् । वडा अध्यक्ष सुकराज गुरुङले उनलाई स्वास्थ्य शिविरको बारेमा जानकारी गराएपछि उनी घर नजिकैको वडा कार्यालयमा स्वास्थ्य जाँच गराउन आएकी हुन्।

सुन्तलाबारी भित्र होमस्टेसहितको बस्ती

शुक्रबार, १४ मङि्सर २०७५

लटरम्म (झुप्पैझुप्पा) सुन्तला। जताततै सुन्तलै–सुन्तला। जता हेरे पनि पहेँलपुर। उठ्दा, बस्दा, सुत्दा पनि सुन्तला ठोकिन्छ। अद्भूत सुन्तला बगैचा। स्वर्गजस्तै सुन्तलाबारी, सुन्तलाघारी। बगैंचा (सुन्तलाबारी, सुन्तलाघारी) घुम्दा, डुल्दा र छिर्दा हामीले सुन्तलालाई होइन, सुन्तलाका दानाले हामीलाई पछ्याईरहेछ।

आलु लगाउने चटारो

बिहिबार, १३ मङि्सर २०७५

बर्खे धान भित्र्याएसँगै स्याङ्जाका किसानहरू आलु लगाउन चटारोमा छन्। जिल्लाका वालिङ, चापाकोट, गल्याङ र भिरकोट नगरपालिका तथा आँधीखोला, अर्जुनचौपरी र फेदीखोला गाउँपालिका कृषक तथा सार्वसाधरण आलु लगाउने काममा व्यस्त छन्। जिल्लामा सबैभन्दा बढी उत्पादन हुने क्षेत्र चापाकोट फाँट, जिमुवा फाँट हो।

शिवजी साँझमा राष्ट्रिय कलाकारको धमाका

आइतबार, ०९ मङि्सर २०७५

गोधूलि साँझ । माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरिलगायतका हिमालका लर्कनमा मात्रै घामको झुल्को छ। हिमालको चिसो सिरेटोसँगै गोधूलि साँझ ढल्किँदै छ। शिवजी मन्दिरका घन्टीहरू अझै बजिरहेछन् । मन्दिरमा दर्शनार्थीको घुइँचो छ।

विश्वकपले जगाएको आशा

शनिबार, ०८ मङि्सर २०७५

स्याङ्जामा साहसिक हवाई खेल प्याराग्लाइडिङको ‘फस्ट एक्युरेसी वल्र्डकप’ (पिजिडब्लुसी) १५–१८ कात्तिकमा सम्पन्न भएको छ।

राम्दीमा नुहाउँदा मोक्ष प्राप्ति (फाेटाे फिचर)

सोमबार, ०३ मङि्सर २०७५

पाल्पा र स्याङ्जाको सीमामा पर्ने राम्दीलाई त्रिवेणीको रुपमा लिइन्छ। अगाहखोला, गुरुवाखोला र कालीगण्डकी मिसिएर त्रिवेणी बनेको हो।

‘सरकार भ्रष्टाचार र माफियाको चक्रव्युहमा फस्यो, धेरै अपेक्षा नराख्नुस्’

आइतबार, ०२ मङि्सर २०७५

नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले वर्तमान सरकारको कार्यशैलीले नेपाली जनता आत्तिसकेको बताएका छन्। सरकार जनताले दिएको म्याण्डेट पुरा गर्न भन्दा नेता कार्यकर्तालाई भर्ती गराउने कार्यमा लागेको उनले आरोप लगाए। ‘ओली सरकार जनताका लागि होइन’, उनले भने, ‘पार्टी भित्रका नेता तथा कार्यकर्ताका लागि हो। त्यसमा अझै पुराना एमाले।’

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।