मेघराज तामाङ

तीन देश जोड्ने सडक बन्न २३ किलोमिटर बाँकी, काममा ढिलार्इ

आइतबार, १८ कार्तिक २०७५

त्रिदेशीय लिंक रोडको रुपमा निर्माणाधिन जोगवनी—किमाथाङ्का कोशी राजमार्ग जोडिन अब २३ किलोमिटर मात्रै बाँकी रहेको छ। मोरङ जिल्लाको रानी हुँदै जोगबनीदेखि संखुवासभाको किमाथाङ्का नाका जोड्न कूल ३ सय ९० किलोमिटर मध्ये ३ सय ६७ किलोमिटर ट्रयाक खोली सकिएको छ।

जेष्ठ नागरिकलार्इ घरमै भत्ता

शुक्रबार, ०९ कार्तिक २०७५

खाँदबारी नगरपालिकाका जनप्रतिनिधिले जेष्ठ नागरिकको भत्ता घर घरमा पुगेर वितरण गरेका छन्। नगर कार्यपालिकाले ८० वर्ष माथिका जेष्ठ नागरिकलाई दशैं, तिहार खर्च भन्दै प्रतिव्यक्ति २ हजारका दरले दिने निर्णय गरेको थियो।

दोहोरो करले रुद्राक्षकाे किनबेच घट्यो, क्लिप लगाउने कार्य अझै राेकिएन

बिहिबार, ०८ कार्तिक २०७५

रुद्राक्षको राजधानी भनेर चिनिने पहाडी जिल्ला भोजपुर र संखुवासभामा पछिल्लो समय रुद्राक्षमा लगाइएको दोहोरो करका कारण खरिदबिक्रिमा कमी अाएकाे छ।

चिनियाँ रुद्राक्ष व्यापारीलाई हिरासतमा राख्न म्याद थप

बुधबार, ०७ कार्तिक २०७५

रुद्राक्ष खरिद बिक्रीको विषयलाई लिएर कुटपिटमा संलग्नलाई १० दिनको म्याद थप गरिएको छ। चार चिनियाँ रुद्राक्ष व्यापारीलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो। पक्राउ पर्नेमा ३५ वर्षीय लिनान, ४० वर्षीय लिउछिन, ३८ वर्षीय हाउ साउहुइ र ४५ वर्षीय लीन तान्वीन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन पोखरेले जानकारी दिए। उनीहरुलाई १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

चक्रबहादुरको दशैं बन्यो दशाः घर जल्यो, छोरा घाइते

मङ्गलबार, ०६ कार्तिक २०७५

संखुवासभा, सभापोखरी गाउँपालिका २ धुपूका चक्र बहादुर भट्टराई विगत वर्षझैं दशैं मनाउने तयारीमा थिए। तर उनको दशैं उस्तै नबनेर दशामा परिणत भयो। सोमबार जिल्ला अस्पताल खाँदबारीको शैयामा घाइते छोराको साथमा आएका भट्टराईको अष्टमीका दिन घरसंगै सारा सम्पति जल्यो।

संखुवासभा : सम्भावना बोकेका पर्यटकीय स्थल (फोटो फिचर)

सोमबार, ११ भदौ २०७५

विश्वको पाँचौं अग्लो मकालु हिमालदेखि विश्वकै सबैभन्दा होचो अरुण उपत्यका, सभापोखरी, पाँच पोखरी, गुफा पोखरी, लाली गुराँसको राजधानी तीनजुरे मिल्के जलजले संखुवासभाका चर्चित पर्यटकीय तथा धार्मिक स्थलहरु हुन्। भौगोलिक विविधताले भरिएको यो जिल्लालाई पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थानको रुपमा लिने गरिन्छ।

लम्सुवा पुलः ८ वर्षमा ७ पिलर

शनिबार, ०९ भदौ २०७५

भोजपुर र संखुवासभालाई जोड्ने अरुण नदीस्थित लम्सुवा घाट पुल निर्माण कार्य सुरु भएको ८ वर्ष बितेको छ।

संखुवासभा–हिले सडक दैनिक ९ घण्टा बन्द गरिने

बिहिबार, ०७ भदौ २०७५

संखुवासभा र धनकुटाको हिले जोड्ने संखुवासभा–हिले सडकखण्ड दैनिक ९ घण्टा बन्द गरिने भएको छ। वर्षायाममा यात्रुहरूलाई समस्या भएको भन्दै यो सडकखण्कोे स्तरोन्नती गरिने भएको छ।

कर्मचारीबाटै ६८ लाख राजश्व अपचलन

बुधबार, ०६ भदौ २०७५

विगत १० वर्षदेखि तत्कालिन जिल्ला विकास समिति मार्फत लाग्ने जिल्ला निकासी र तारघाट राजश्व जम्मा हुन सकेको छैन्। जिल्ला निकासी र तारघाट बापतको ८२ लाख २१ हजार राजश्व ठेकेदार र कर्मचारीकै मिलेमतो अपचलन भएको खुलेको छ।

मृगलार्इ हानेकाे गाेलीले दार्इकाे ज्यान लियाे

सोमबार, ०४ भदौ २०७५

शिकार खेल्न गएका एक युवकको आफ्नै भाईले चलाएको गोली लागि ज्यान गएको छ। ज्यान जानेमा मादी नगरपालिका ८ मावादिनका २५ वर्षीय हस्तबहादुर तामाङ रहेका छन्।

सभापोखरीबाट फर्किने क्रममा तीर्थयात्रीको मृत्यु

सोमबार, ०४ भदौ २०७५

संखुवासभाको धार्मिक तथा पर्यटकिय स्थल सभापोखरीबाट फर्किने क्रममा तीर्थयात्रीको बाटोमा नै मृत्यु भएको छ।

अरुण ३ का जोखिमका बस्ती सारिने

शनिबार, ०२ भदौ २०७५

संखुवासभामा निर्माणाधिन बहुप्रतिक्षित अरुण तेस्रो जलविद्युत परियोजनाबाट १४ घर जोखिममा परेका छन्। आयोजनाको ड्याम साइड निर्माण स्थल मकालु गाँउपालिका ३ मा रहेको नयाँ बस्ती जोखिममा परेको हो।

अरुणको पानी तुम्लिङटारमा

शनिबार, ०२ भदौ २०७५

खाँदबारी नगरपालिका ९ तुम्लिङटारमा सिँचाईका लागि सुरु गरिएको लिफ्टिङ सिँचाई योजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

कटहरबाट राम्रो आम्दानी

शनिबार, ०२ भदौ २०७५

संखुवासभा तुम्लिङटारका किसानहरू वर्षातको समयमा कटहरबाट मनग्य आम्दानी लिइरहेका छन्। शुक्रबार कटहर टिप्ने र शनिबार खाँदबारी हाटमा बिक्री गर्न लाने कार्य उनीहरूको दैनिकी जस्तै बनेको छ।

हेलिकप्टरबाट उद्धार

शनिबार, ०२ भदौ २०७५

संखुवासभाको प्रसिद्ध धार्मिक तीर्थस्थल सभापोखरी पुगेका बिरामी तीर्थयात्रीहरूको हेलिकप्टरबाट उद्धार गरिएको छ।

दश घर पहिरोको उच्च जोखिममा

शनिबार, ०२ भदौ २०७५

संखुवासभा सदरमुकाम खाँदबारी नगरपालिका ४ सेकाहामा पर्ने च्यानडाँडाका १० घर पहिरोको उच्च जोखिममा परेका छन्।

अरुण ३ : मजदुरको शव गृहजिल्ला पठाइयो, काम सूचारु

बुधबार, ३० साउन २०७५

संखुवासभामा निर्माणाधिन अरुण तेस्रो परियोजनामा मृत्यु भएका मजदुरको शव बुधबार गृह जिल्ला पठाइएको छ। कालीकोट जिल्ला खाँडाचक्र नगरपालिका १ का २६ वर्षीय केशव शाहीको शव बुधबार गृहजिल्ला पठाइएको हो।

अरुण ३ मा मजदुरको मृत्यु, काम ठप्प

मङ्गलबार, २९ साउन २०७५

संखुवासभामा निर्माणाधिन अरुण तेस्रो परियोजनामा काम गर्ने एक मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा कालीकोट खाँडाचक्र नगरपालिका १ का २६ वर्षीय केशव शाही रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मन्दिरमा तोडफोड

मङ्गलबार, २९ साउन २०७५

चैनपुरमा रहेको चर्चित धार्मिक शक्तिपिठ सिद्धकालीको शीवको मन्दिर सोमबार बिहान तोडफोड भएको छ। शीव मन्दिरमा पूजा आरधना गर्न आएका भक्तजनले शिवको मुर्ती तोडफोड गरेर फ्याकिएको अवस्थामा देखेका थिए। मन्दिरको प्राङगणमा शिव लिङ्ग, घण्टीहरु, पूजा सामाग्री छरिएको र साढे (बसाह) को मुर्ती समेत भत्काएको स्थानीयले बताए।

सडकले उठीबास

मङ्गलबार, २९ साउन २०७५

अरुण तेस्रो जलविद्युत् आयोजना प्रवेशमार्गबाट प्रभावित बासिन्दा क्षतिपूर्ति नपाउँदा आफ्नो थातथलोबाट विस्थापित भएका छन्।

Ncell Footer Ad