सरिता श्रेष्ठ

झाँक्री हत्याकाण्ड : २६ जनालाई कैद फैसला

बिहिबार, ०९ जेठ २०७६

उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नं २ लताबमा दुई झाँक्रीको हत्या भएको घटनामा धादिङ जिल्ला अदालतले २६ जनालाई कारागार सजाय सुनाएको छ। धादिङ जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुङगानाको इजलासले बुधबार सजाय सुनाएका हुन्। चार जना महिलालाई भने सफाइ दिइएको छ।

धादिङ कारागार बेथिति प्रकरण: छानबिन समिति गठन

बिहिबार, ०९ जेठ २०७६

सहायक प्रजिअ अर्जुनकुमार शर्मा गुरागाइंको संयोजकत्वमा प्रनाउ प्रकाश विष्ट र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रहरी निरीक्षक उत्तम ढुंगेल सदस्य रहने गरी समिति गठन।

होटलका कोठामा भेटिन्छन् कैदीबन्दी

बुधबार, ०८ जेठ २०७६

जबर्जस्तीकरणी मुद्दामा कैद भुक्तान गरिरहेका प्रेम तामाङ धादिङबेंसीस्थित एक होटलमा आपत्तिजनक अवस्थामा रहेको भिडियो बाहिरिएसँगै धादिङ कारागारको चरम बेथिति सार्वजनिक भएको छ।

धादिङ बस दुर्घटना : हराइरहेका एकजनाको शव फेला

मङ्गलबार, ०७ जेठ २०७६

धादिङको गजुरी गाउँपालिका वडा नं ६ बन्छेटारबाट त्रिशुली नदीमा बस खस्दा हराइरहेका एक जनाको शव फेला परेको छ। घटना भएको ठाउँबाटै मंगलबार दिउँसो फेला पारेको प्रहरीले जानकारी दिएको छ।

यो वर्ष सर्वाधिक विकास : प्रधानमन्त्री ओली

मङ्गलबार, ०७ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षमा सरकारले सर्वाधिक विकास र प्रगति गरेको दाबी गरेका छन्। चालु आर्थिक वर्षमा गत वर्ष जति पनि पुँजीगत खर्च गर्न नसकेका ओलीले सर्वसाधारणसमक्ष भने सबै क्षेत्रमा विकास गरेको दाबी गरे। धादिङको गल्छी गाउँपालिकास्थित मासटारमा पर्ने मध्यपहाडी लोकमार्गमा सूचना महामार्ग (अप्टिकल फाइबर नेटवर्क) बिछ्याउने कार्यको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले देश सभ्य, अनुशासित, शान्त र स्थिरताको बाटोतर्फ लम्केको बताए।

क्षतिपूर्ति प्रतिबद्धतापछि परिवारले बुझ्यो शव

सोमबार, ०६ जेठ २०७६

मलेखु खोलामा ग्राभेल निकाल्दा बनेको खाल्डोमा डुबेर मृत्यु भएका बालकको शव परिवारले बुझेको छ। बेनिघाट रोराङ गाउँपालिकाले १० लाख क्षतिपूर्ति दिने र निर्माणाधीन सिमेन्ट उद्योगमा रोजगारीका लागि समन्वय गर्ने सहमतिपछि परिवारले शव बुझेको हो।

हाम्रो होटेलबाट बाघको छालासहित ३ जना पक्राउ

आइतबार, ०५ जेठ २०७६

बाघको छालासहित धादिङको गल्छीबाट तीन जना पक्राउ परेका छन्। जिल्लाको गल्छी गाउँपालिका वडा नं ७ गल्छीबजारमा रहेको हाम्रो होटलबाट शुक्रबार तीन जना पक्राउ परेका हुन्।

किसानलाई मलको हाहाकार

आइतबार, ०५ जेठ २०७६

खेत रोपाई गर्ने बेलामा प्रशस्त पानीको अभाव भए पनि जसोतसो रोपाई गरेका किसानलाई यतिबेला रासायनिक मल अभावले सताउन थालेको छ।

त्रिशुलीमा बस खस्यो: मृतकको संख्या पाँच पुग्यो, २९ जना घाइते

आइतबार, ०५ जेठ २०७६

घाइतमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरुलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।

अपडेटः त्रिशुलीमा बस खस्यो, तीन जनाको मृत्यु

आइतबार, ०५ जेठ २०७६

काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ। गजुरी गाउँपालिका ६ बन्छेटारको वडा नम्बर ६ को आदमघाटमा आइतबार बिहान त्रिशुलीमा खसेको हो। दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

सार्नुपर्ने बस्तीमा घर निर्माण

बिहिबार, ०२ जेठ २०७६

२०७२ वैशाख १२ गतेको भूकम्पपछि उत्तरी धादिङको रुबिभ्याली गाउँपालिका–४ स्थित हिन्दुङका ९६ घरधुरीलाई दुईवटा पहिरोले घे¥यो। घर ढले, जग्गाजमिन चिराचिरा प¥यो र माथिबाट झरेको पहिरोले बस्ती जोखिममा पा¥यो। पहिरोको जोखिम भएपछि केही सदरमुकाम धादिङबेंसी झरे, केही सल्यानटार भने केही आसपासका बस्तीमा सरे। भूकम्पपछि सर्वेक्षणमा पुगेका भूगर्भविद्ले बस्ती नै सार्नुपर्ने भनेर सिफारिस गरेका थिए। तर अहिले यो बस्तीमा न पहिरोको त्रास नै रोकिएको छ न बस्ती नै अन्यन्त्र सारिएको छ। सार्नुपर्ने भनिएको बस्तीमै स्थानीय धमाधम घर बनाएर बसिरहेका छन्।

सुल्झिएन दुई गाउँपालिकाको सडक विवाद

बिहिबार, ०२ जेठ २०७६

सडकको विषयलाई लिएर स्थानीयबिच भएको विवाद अझै टुंगोमा पुग्न सकेको छैन। जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–२ स्थित ताल्तीमा निर्माण चरणमा रहेको ह्वासिन नारायणी सिमेन्ट उद्योगका लागि निर्माणाधीन सडकको विषयलाई लिएर गजुरी गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकाका स्थानीयबिच दुई महिनाअघिदेखि विवाद हुँदै आइरहेको छ। दुई गाउँपालिकाको विवाद सुल्झाउन पटकपटक छलफल भइरहे पनि समाधान भने हुन सकेको छैन।

धादिङबाट ‘मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम’

आइतबार, २९ बैशाख २०७६

प्रदेश ३ ले ‘मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम’ अभियान धादिङबाट सुरु गरेको छ। प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकटेलले शुक्रबार एक कार्यक्रमबिच सो अभियान उद्घाटन गरेका हुन्। निरोगीको स्वास्थ्य परीक्षणका लागि सुरु यस कार्यक्रमको मुख्य उद्देश्य नसर्ने रोग र त्यसको जोखिमबारे समयमै पहिचान गरी उचित उपचार र परामर्श दिनु रहेको मन्त्री जम्मकटेलले बताए। ‘राज्य भनेकै गरिबका लागि हो, दुःख पाएका जनताका लागि हो,’ उनले भने, ‘आफ्नो शरीरमा के रोग छ भनेर जँचाउन नसक्ने र खर्च नहुनेहरूलाई लक्षित गरी सो कार्यक्रम ल्याइएको हो।’

ट्रयाक खोलेको ३४ वर्षपछि कालोपत्रे

मङ्गलबार, २४ बैशाख २०७६

निर्माणाधिन धादिङबेंसी–सल्यानटार आरुघाट सडकखण्ड ट्र्याक खोलेको ३४ वर्षपछि स्तरोन्नतिसहित कालोपत्रे सुरु गरिएको छ। धादिङलाई गोरखासँग जोड्ने एक मात्र महत्त्वपूर्ण सडकको रूपमा चिनिएको योे सडकको धादिङबेंसी र टारीबेंसी दुवै तर्फबाट कालोपत्रेको काम सुरु गरिएको हो। सडक बन्न ढिलाइ हुँदा बर्खामा हिलो र हिउँदमा धुलोको समस्याले जनजीवन प्रभावित हुँदै आएको थियो।

आमाको काजकिरियामा दुई छोरी

सोमबार, २३ बैशाख २०७६

धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ ढोला घर भइ हाल नीलकण्ठ नगरपालिका वडा नम्बर ३ धादिङबेसीमा बस्दै आएका २१ वर्षीया संगीता र १७ वर्षीया सरला दुवाडीले आमाको काजकिरिया गरेका हुन्।

भीरमौरीको मह खादा ७ जना विरामी

आइतबार, २२ बैशाख २०७६

उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका वडा नं ४ बोराङमा भीरमौरीको मह खादाँ ७ जना बिरामी परेका छन्। बिहान साढे नौ बजेतिर मह खादाँ बिरामी परेका हुन्।

अज्ञात समूहद्वारा गाउँपालिका कार्यालय तोडफोड

शनिबार, २१ बैशाख २०७६

जिल्लाको गजुरी गाउँपालिकाको कार्यालयमा तोडफोड भएको छ। बिहीबार राति अज्ञात समूहले तोडफोड गरी सामानहरू चोरी गरेको हो। गाउँकार्यपालिकाको कार्यालयको मूलढोकासहित सबै कार्यकक्षका ढोका फुटाइएका छन् भने दराज र टेबुलका घर्राहरू फुटाई सामानसमेत चोरी गरिएको हो।

गाउँपालिका कार्यालय तोडफोड गरी चोरी

शुक्रबार, २० बैशाख २०७६

मध्यराति कार्यालयभित्र प्रवेश गरी उक्त समूहले ल्यापटप २ थान, मुभी क्यामेरा थान १ थान, डीएसएलआर क्यामेरा १ थान र केही थान हार्डडिक्स समेत चोरी गरेको गाउँपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले जानकारी दिए।

उपयोगी र व्यवस्थित छैनन् अनुदानका घर

शुक्रबार, २० बैशाख २०७६

२०७२ वैशाख १२ को भूकम्पले धेरैको बास खोस्यो। सहरबजारका पक्की घरमा धेरै क्षति नभए पनि ग्रामीण क्षेत्रका ढुंगामाटाका घर सबैजसो काम नलाग्ने भए। कतिपय घरको जग नै उखेलियो भने कतिपय घर ठाडै रहे पनि कतिपय धराप भएकाले बस्न नमिल्ने भयो।

घर हाेइनन्, गाेठ बने

बिहिबार, १९ बैशाख २०७६

भूकम्पपछि उद्धार, राहत हुँदै अहिले पुनर्निर्माणको काम चलिरहेको छ। सरकारले आवास निर्माणका लागि अनुदानस्वरुप तीन चरणमा गरी तीन लाख रकम प्रदान गरेको छ। तर भूकम्पको अनुदान लिएर बनेका निजी आवासहरु न घर न गोठजस्ता भएका छन्।