आदित्यमान श्रेष्ठ

गोरखाली आऊ, देश बचाऊ

शुक्रबार, २९ भदौ २०७५

सिंगापुरमा केही हप्ताअगाडि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका राष्ट्रपति किम इल उन भेटे ।

गोरखाली भाडाका सेना हुन्?

आइतबार, १० भदौ २०७५

कहिलेकाहीँ गोरखालीलाई भाडाका सैनिक हुन् भनेर लेख्ने र भन्ने गरेको पाइन्छ तर के यो साँचो हो ? नेपालीले र नेपाल सरकारले गोरखाली भाडाका सैनिक होइनन् भनेर मान्ने र भन्ने गरेका छन् ।

चीन कम्युनिस्टको कि कन्फ्युसियसको?

आइतबार, २० साउन २०७५

सन् २००४ को कुरा हो । चीनको शेनजेन सहरमा अन्तर्राष्ट्रिय वातावरणसम्बन्धी बैठक बसेको थियो ।

किन गर्नु वाचा !

आइतबार, ०३ असार २०७५

रधानमन्त्री केपी शर्मा ओली केही दिनपछि चीन भ्रमणमा जानेछन् । भ्रमणबारे सरकारको आफ्नै तैयारी हुने गर्छ । तर यस पटक त्यो तयारी कस्तो हुनुपर्छ र के के मुद्दा उठाइनु पर्छ भनेर सार्वजनिकरूपमा ठूलो चासो लिइएकोछ । नेपालका धेरै नागरिक समाजहरूले यस विषयमा अनेक छलफल चलाइसकेका छन् र चलाइरहेका छन् । उनीहरूले प्रधानमन्त्री ओलीलाई चीनसित कुनकुन विषयमा कुराकानी गर्ने र कुन किसिमले कुराकानी गर्ने भनेर अनेक सुझाव दिइरहेका छन् । ती सुझावलाई प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले कुन प्रकारले लिनेछन् भनेर भन्नसकिन्न । तर त्यसबाट नेपालको अन्तर्राष्ट्रिय जगत्मा जनसरोकार कस्तो रहेछ भनेर जानकारी हुन्छ । त्यसमा पनि नेपालका छिमेकीहरूसित कस्तो सम्बन्ध कायम गर्नुपर्ने रहेछ भनेर जनभावना बुझिन्छ।

धराशयी शिक्षा, मौन सरकार

आइतबार, १३ जेठ २०७५

के दुुई–चार जना मन्त्रीहरूले आठ–दश जना केटाकेटीहरूलाई स्कुल भर्ना गर्नेबित्तिकै छुटेकाहरू सबै स्कुल पुग्नेछन् ? समस्या के हो भने विद्यालय जाने उमेरका जम्मा ७० प्रतिशत बालबालिका भर्ना भएको देखियो । बाँकी ३० प्रतिशत बालबालिका अझै विद्यालयबाहिर नै छन् भन्ने कुरा दस्तावेजले समेत स्वीकार गर्‍यो । के अब निदाउने ?

ओलीले के गर्नुपथ्र्याे त ?

बिहिबार, ०३ जेठ २०७५

भारतका प्रधानमन्त्री यसपालि किन नेपाल आए भनेर धेरै मानिसहरू उत्सुक थिए । भारतीय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले त्यसलाई प्रस्ट्याइदिए । उनको लक्ष्य भारतको कर्नाटकमा हुन लागेको चुनावमा हिन्दूहरूलाई तान्न नेपालका धार्मिक स्थलहरूको भ्रमण र पूजाआजा गरेको भनिएको छ।

नेपालको मध्यस्थकता

बुधबार, २८ चैत २०७४

नेपालीले नेपालको महत्व नबुझे पनि संसारले बुझेको छ । त्यो तथ्य हालै पाकिस्तानका प्रधानमन्त्री साहिद खाकान अब्बासीको नेपाल भ्रमणमा देखापर्‍यो ।

नेपाली संस्कृतिको सन्देश के?

बिहिबार, १५ चैत २०७४

अमेरिका एउटा समिश्रित देश मानिन्छ जहाँ संसारभरका मानिस बसोबास गर्दै आएका छन्। त्यसकारण यसलाई अंग्रेजीमा मेल्टिङ पट याने पग्लिरहने भाँडाका रूपमा चित्रण गरिन्छ।

के नेपाल सधैँ गरिब थियो ?

शुक्रबार, ०२ चैत २०७४

विश्वका गरिब मुलुकहरूमा नेपाल पनि परेको छ । त्यसलाई राष्ट्रसंघीय भाषामा अल्प विकसित देश भनेर भनिएको छ । सो स्तरबाट एक तह माथि उक्लने मुलुकलाई विकासशील देश भन्ने गरेका छन् । नेपाललाई पनि त्यो तहमा लैजाने कुरा गर्दा नेपाल सरकारले अहिलेलाई अल्प विकसित स्तरमा नै रहिरहने निर्णय गरेको छ ।

गल्ती उहिले, सकस अहिले

मङ्गलबार, १५ फागुन २०७४

मंसिर २५ गते २०७४ मा नागरिकमा प्रकाशित ‘सन्तानलाई सास्ती’को एउटा पाठकले भारतका मिर्जाफरसित मिल्ने एउटा उदाहरणीय सत्यकथा सुनाए । नेपालको एउटा कलेजमा प्रिन्सिपलको पद खाली हुन आयो । त्यसका दुई प्रत्यासी थिए । एउटा सिनियर र अर्को जुनियर।

कोशी सम्झौताका मिर्जाफरहरू

आइतबार, २१ माघ २०७४

नेपालीहरूको मन पोल्ने गरेका दुई मुख्य कारण छन् । एउटा नेपाललाई नोक्सान हुने गरी गरिएका नदी सम्झौताहरू र अर्को ठूला ठूला भ्रष्टाचारका घटनाहरू । चाहे ती विगतमा गरिएका हुन् या वर्तमानमा, ती काण्डहरू समयको दौरानमा बिलाएर जाने होइनन् । अंग्रेजले भारतमा राज गर्न पाएको मुख्य कारण सन् १७५७ को प्लासीको युद्ध जितेकाले हो।

मेल भएको भए के हुन्थ्यो ?

आइतबार, १४ माघ २०७४

एकथरीले राजा महेन्द्रको राष्ट्रवाद र अर्कोथरीले बिपीको प्रजातान्त्रिक सोच र व्यवहार स्मरण गर्छन् । तर दुवैको मेल भइदिएको भए नेपालको आजको अवस्था कस्तो हुने थियो भनेर कमैले कल्पना गर्ने गर्छन्।

हामी बलियो हुँदैछौँ कि कमजोर ?

आइतबार, ०७ माघ २०७४

नेपालको कार्यकारी प्रमुख भएर बसेका एक प्रधानमन्त्रीले हाम्रो देश चलाउने चाबी विदेशीको हातमा रहेको बताए । अर्को प्रधानमन्त्रीले नेपालको प्रधानमन्त्री एउटा प्रान्तको मुख्यमन्त्री जस्तो मात्र रहेछ भने । झन् अर्को प्रधानमन्त्रीले यो देश स्वतन्त्र रहने कि नरहने कुरा आगामी २४ घन्टामा निधो हुनेछ भने ।

अलोकतान्त्रिक लोकतन्त्र

बिहिबार, २० पुष २०७४

प्रजातन्त्र अथवा आधुनिक अभिव्यक्तिमा भनूँ, लोकतन्त्र नरुचाउने को होला ? झन् यो नभएको बेला, याने एकतन्त्रीय शासनताका, यसको महत्व अत्यधिक ठूलो देखिएको थियो । प्रजातन्त्र आउँदा के के न पाउँला भन्ने आकांक्षा जागेर आउँथ्यो । हुन पनि आजका जल्दाबल्दा सार्वजनिक व्यक्तित्वहरू, अर्को शब्दमा, नेताहरू त्यही प्रजातन्त्र प्राप्तिका लागि जेलनेल गएका थिए ।

सन्तानलाई सास्ती

सोमबार, २५ मङि्सर २०७४

आफू त प्रधानमन्त्री, मन्त्री र अनेकथरीका अधिकारी भएर बाँच्लान् तर उनीहरूका सन्तानको के हविगत हुने हो त्यसबारे कहिले उनीहरूले सोचेका छन् ?

खोजौँ, म को हुँ ?

मङ्गलबार, १९ मङि्सर २०७४

मेरो नाउँमा कसैले ‘श्रेष्ठ’ जोडिदिएकाले म नेवार हुँ भन्ने ठानेँ । तर नेवार यति सम्मिश्रित भएको रहेछ कि आफ्नो यथास्थान फेलै पर्न कठिन देखेँ । न जात, न धर्म, न स्थान, न वंशज कुनै पनि यकिन गर्न सकिएन । केही वर्ष अगाडि मेरो एक जना भाइले ‘बजिमय’ लेख्न थाले । डोटीका एक भाइले केही वर्षदेखि नाउँको आखिरीमा ‘मल्ल’ लेख्न थाले । उनले यो अध्ययन–अनुसन्धान गरेर लेखेको बताए । के म पनि मल्ल हो ?

नेपालको आधारशिला के हो ?

मङ्गलबार, १२ मङि्सर २०७४

नेपालमा हाल विकसित भएर आएका अन्य विभिन्न संस्कृतिहरूको पारस्परिक आदानप्रदान र नेपाली संस्कृतिको मूल प्रवाहमा परिष्कार हुने क्रम अझै पनि जारी नै रहेको छ । यस किसिमको सामाजिक तथा सांस्कृतिक हेलमेलले गर्दा नेपालका सम्पूर्ण निवासीहरू आज सामाजिक आदर्शका दृष्टिले एक भएका छन् ।

राजा किन र कस्तो चाहियो ?

बिहिबार, ०७ मङि्सर २०७४

पूर्वराजा ज्ञानेन्द्रले तिहारको उपलक्ष्यमा देशले अब मेरो नेतृत्व खोज्यो, म नेतृत्व दिन तैयार छु भनेको सार्वजनिक भयो । त्यसले देशमा ठूलो तरंग ल्याउन त सकेन तर केही महत्वपूर्ण प्रश्न खडागरेको छ । क्रियाशील कि संवैधानिक राजतन्त्र ? एउटा प्रश्नको उत्तर राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो घोषणापत्रबाट दिन खोजेको छ । यसले नेपालमा संवैधानिक राजतन्त्र स्थापना गर्ने मुद्दा अगाडि सारेको  छ । तर त्यतिले यसबारेमा उठ्ने जिज्ञासा मेटाउन सक्दैन । २०४६ सालमा नेपालमा प्रजातान्त्रिक पद्धतिअन्तर्गत संवैधानिक राजतन्त्र थियो ।

इतिहास पुनर्लेखन गर्नुपर्दैन ?

बुधबार, २९ कार्तिक २०७४

नेपालको प्राचीन र मध्यकालीन इतिहास मुख्यतः तीन कालमा बाँडिएको छ— किरात काल, लिच्छवि काल र मल्ल काल । सन् १७६९ मा शाह काल सुरु भएपछि यसलाई आधुनिक काल मानिएको छ । प्राचीन र मध्यकालमा जे जति राज्य देखिए ती सबै नेवार जातिको छातामुनि चलेको पाइन्छ । त्यसकारण प्रश्न उठेको छ कि के ती सबै कालहरूलाई नेवार काल भन्न मिल्दैन ?

के इतिहास दोहोरिएला ?

सोमबार, १३ कार्तिक २०७४

मल्लकालमा करिब ९० जना राजा भए तर आपसी कलह र फुटबाट मल्ल राज्यकै नाश भयो । आजको नेपालको बहुदलीय राज्यमा ९० वटा दलले निर्वाचनमा भाग लिइरहेका छन् । यो संयोग हो कि संकेत ? यिनीहरूबीचको कलह र फुटले पनि नेपालको नाश नगर्ला भनेर कसैले भन्न सक्छ ?

  • 1 (current)