ध्रुव दङ्गाल

हिमालयकाे काखमा जलवायु छलफल

सोमबार, १६ पुष २०७५

साढे दुई हजार मिटर उचाइको लेकाली क्षेत्र। पश्चिम र दक्षिणतिर चुचुरो टलक्क टल्केको जुगल हिमशृंखला। हिउँ भरिँदै गरेका हिमशृंखलाका दोर्जे लाक्पा, थाङपालछ्यो, जुगल र लाङटाङ टाकुरा झन् खुल्दा छन्। त्यसैको काखमा छ रमणीय पर्यटकीयस्थल गुफाडाँडा।

हिमाल हेर्दै जलवायु छलफल

आइतबार, १५ पुष २०७५

साढे दुई हजार मिटर उचाइको लेकाली क्षेत्र। पश्चिम र दक्षिणतिर टलक्क टल्केको जुगल हिमशृंखला। हिउँ भरिँदै गरेका हिमशृंखलाका दोर्जे लाक्पा, थाङपालछ्यो, जुगल र लाङटाङ टाकुरा झन् खुल्दा छन्। त्यसैको काखमा छ रमणीय पर्यटकीय स्थल गुफाडाँडा।

माथिल्लो चाकु सेयर निष्कासनकाे अन्तिम चरणमा

शुक्रबार, १३ पुष २०७५

निर्माण अन्तिम चरणमा पुर्‍याउँदै परीक्षण तयारीमा जुटेको २२.२ मेगावाटको अपर चाकु खोला–ए जलविद्युत् आयोजनाले साधरण सेयर निष्कासनको तयारी थालेको छ। आगामी फागुनभित्र उत्पादन थाल्ने तयारीमा जुटेको आयोजनाले सर्वसाधारणका लागि २५ प्रतिशत सेयर जारी गर्न लागेको हो।

माथिल्लो चाकु अन्तिम चरणमा, शेयर निष्कासन तयारी

बिहिबार, १२ पुष २०७५

निर्माण अन्तिम चरणमा पुर्‍याउँदै परीक्षणकाे तयारीमा जुटेको २२.२ मेगावाटको अपर चाकु खोला–ए जलविद्युत आयोजनाले साधारण शेयर निष्कासनको तयारी थालेको छ।

राष्ट्रिय जलवायु सम्मेलनको तयारी तीव्र

शुक्रबार, ०६ पुष २०७५

७७ जिल्ला समन्वय समितिका प्रमुख र उप्रमुखसहित सिन्धुपाल्चोकको पर्यटकीय स्थल मेलम्चीको गुफाडाँडामा हुन लागेको राष्ट्रिय जलवायु सम्मेलनको तयारी तीव्र पारिएको छ।

मेलम्चीका हजार मजदुरलाई तलबको तनाब

बिहिबार, ०५ पुष २०७५

मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणमा संलग्न इटालियन ठेकेदार कम्पनीले सीएमसीले करिब १ हजार नेपाली मजदुरलाई दुई महिनादेखिको पारिश्रमिक नदिएको खुलेको छ।

राष्ट्रिय जलवायु सम्मेलनको तयारी तीव्र

मङ्गलबार, ०३ पुष २०७५

सम्मेलनस्थल गुफाडाँडाबाट ३ सय ६० डिग्रीको कोणबाट जुगल हिमशृंखला, छिमेकी जिल्लाका हिमालका साथै पर्यटकीय क्षेत्र नगरकोटसम्मका दृश्य र बातावरण नियाल्न सकिन्छ। सम्मेलनका सहभागिलाई मेलम्ची आयोजनाको १० किमि दुरीको सुन्दरीजल–सिन्धु सुरुङमार्गबाट मेलम्ची उतार्ने आयोजकको तयारी छ।

ठेकेदारको राहदानी नियन्त्रण प्रकरण : मेलम्ची विवाद सतहमा, काम ठप्प

सोमबार, ०२ पुष २०७५

मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग निर्माणमा संलग्न ठेकेदारको राहदानी नियन्त्रणमा लिएपछि सरकार र इटालियन ठेकेदार कम्पनीबीचको लामो विवाद सतहमा आएको छ। यो प्रकरणले मेलम्ची आयोजना चाँडै सकिनुको सट्टा अझै लम्बिने खतरा बढाएको छ।

गुँथ्न छोडियो फेटा, बज्न छाड्यो डम्फु

बिहिबार, २७ मङि्सर २०७५

शिरमा ढाका टोपी । टाउकोमा मामाले गुँथिदिएको सेतो फेटा । निधारमा छपक्क टाँसिएका सेतै अक्षता । फेटाको फेरोभरि चेलिबेटी र आफन्तले दक्षिणामा घुसाइदिएको नोट रुपैयाँको झपक्क घेरा । उलिनकाठ (डोली) चढेर लगनगाँठो कँस्न घरबाट अन्मिदा सिन्धुपाल्चोक, कदमबास गाउँका ज्ञानबहादुर तामाङ भर्खर १७ वर्षका थिए ।

सम्बन्ध विच्छेद गर्न अदालत धाउने पुरुषकाे संख्या बढ्दै

बिहिबार, २७ मङि्सर २०७५

मुलुकी देवानी संहिता ऐन कार्यान्वयनमा अाएपछि पुरुषसमेत सम्बन्ध विच्छेदका लागि अदालत धाउन थालेका छन्।गएको भदौ १ गतेदेखि ऐन कार्यान्वयनमा आएपछि सम्बन्ध विच्छेद गर्न अदालतमा निवेदन दिने पुरुषको संख्या बढिरहेको हो।

दुई जलविद्युत् आयोजनाको पिपिए सम्पन्न

बिहिबार, २७ मङि्सर २०७५

जिल्लाको उत्तर–पूर्वी भेगमा पर्ने जुगल हिमालको काखमा निर्माण तयारी गरिएको दुई जलविद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरणबीच पिपिए (विद्युत् खरिद सम्झौता) भएको छ।

हजुरआमा कुटेर घरबाट निकाल्ने नाती र नातिनी बुहारीलाई कैद

मङ्गलबार, २५ मङि्सर २०७५

सिन्धुपाल्चोक जिल्ला अदालतले बृद्ध हजुरआमालाई खान, लाउन नदिइ कुटपिट गरेको घरेलु हिंसा मुद्दामा नाती र नातिनी बुहारीलाई कैद जरिवाना र क्षतिपूर्ति सजायको फैसला सुनाएको छ।

नाका खोल्न पूर्वाधार निर्माण तीव्र

बिहिबार, २० मङि्सर २०७५

चीन जोड्ने उत्तरको मुख्य तातोपानी नाका खुलाउन सडक लगायत पूर्वाधार विकासको काम थालिएको छ । २०७२ वैशाख १२ को बिनासकारी भूकम्पपछि आयात–निर्यात व्यापारबाट वार्षिक २० अर्ब रुपैयाँ कारोबार हुने यो नाका बन्द रहँदै आएको छ ।

सतप्रतिशत घर बनाउने कालिका पहिलो वडा

आइतबार, १६ मङि्सर २०७५

भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकको कालिका गाउँ जिल्लामा पुनर्निर्माण (व्यक्तिगत आवास निर्माण) सम्पन्न गर्ने पहिलो वडा बनेको छ। सुनकोसी गाउँपालिका–३ कालिकाका ६ सय ५३ परिवारले पुनर्निर्माण सकेका हुन्।

जुरे पीडितलाई सरकारी निर्णय अमान्य

शनिबार, १५ मङि्सर २०७५

पाँच गाउँ सुनकोसी नदीमा सुलुत्त बिलय गराउँदै १ सय ४५ स्थानीयको ज्यान लिएको जुरे पहिरो घटनाका पीडितले सरकारको पछिल्लो निर्णय आफूहरुलाई अमान्य रहेको बताएका छन्। उक्त निर्णय सच्याएर तत्काल राहत वितरण नथाले सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनीसमेत पीडितले दिएका छन्।

विस्थापित शिविरमा एकीकृत बस्ती

आइतबार, ०९ मङि्सर २०७५

भूकम्पमा परेर चिराचिरा थातथलो छोडेर हिमाली गाउँ सेलाङको काफ्लेडाँडास्थित विस्थापित शिविरमा आश्रित भूकम्पपीडित एकीकृत बस्तीमा पुनःस्थापित हुने भएका छन्।

विस्थापित शिविरमा एकीकृत बस्ती

शनिबार, ०८ मङि्सर २०७५

चिराचिरा थातथलो छोडेर हिमाली गाउँ सेलाङको काफ्ले डाँडा स्थित विस्थापित शिविरमा आश्रित भूकम्प पीडित एकीकृत बस्तीमा पुनर्स्थापित हुने भएका छन्।

जलवायु परिवर्तन सम्मेलन सिन्धुपाल्चोकमा, प्रधानमन्त्रीले सम्बोधन गर्ने

आइतबार, ०२ मङि्सर २०७५

जलवायु परिवर्तनले निम्त्याइरहेको जल्दोबल्दो समस्या र असरउपर छलफल गर्न देशभरका जिल्ला समन्वय प्रमुख सिन्धुपाल्चोकमा भेला हुँदै छन्। जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले जलवायु परिवर्तन सम्वन्धि राष्ट्रिय सम्मेलन गरेर यो अवसर जुराउन लागेको हो।

जोखिमस्थलमै घर बनाउँदै भूकम्पपीडित

आइतबार, ०२ मङि्सर २०७५

सिन्धुपाल्चोकका भूकम्पपीडितले आफू बसिरहेको स्थान जोखिमयुक्त भए पनि छोड्न मानेका छैनन् । स्थानान्तरण हुन भूगर्भविद्ले गरेको सिफारिस बेवास्ता गर्दै उनीहरुले जोखिमयुक्त क्षेत्रमै आवास पुनर्निर्माण गरिइरहेका छन्।

जोखिमयूक्त बस्तीमै बनाए पीडितले घर

बुधबार, २८ कार्तिक २०७५

भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकका पीडितले जोखिमयूक्त बस्ती छोड्न मानेका छैनन्। स्थानान्तरण हुन भूगर्भविद्ले गरेको सिफारिस वेवास्ता गर्दै उनीहरुले जोखिमयूक्त बस्तीमै धमाधम पुनर्निर्माण अघि बढाइरहेका छन्।

Ncell Footer Ad