ध्रुव दङ्गाल

स्थानीय स्तरबाट प्याराग्याइडिङ सञ्चालनमा ल्याइँदै

शनिबार, १८ फागुन २०७५

सदरमुकाम चौतारा नजिकै स्थानीय स्तरबाट साहसिक खेल प्याराग्याइडिङ सञ्चालनमा ल्याइने भएको छ। चौतारा–साँगाचोकगढी नगरपालिका–९ कदमवासमा यसै साताबाट प्याराग्लाइडिङ सञ्चालनमा ल्याउन लागिएको हो। लामाचौर प्याराग्याइडिङ तथा ह्याङग्लाइडिङ संघ गठन गरेर स्थानीयले उडानको आवश्यक तयारी पूरा गरेका छन्।

चन्द नेतृत्वको नेकपाका १७ नेता तथा कार्यकर्ता पक्राउ

शनिबार, १८ फागुन २०७५

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका १७ नेता तथा कार्यकर्तालाई प्रहरीले सिन्धुपाल्चोकबाट नियन्त्रणमा लिएको छ। उनीहरुका गतिविधिलाई उच्च निगरानीमा राखिरहेको नेपाल प्रहरीले उनीहरुलाई शुक्रबार राती एकै पटक नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएकाहरुमा अधिकांश जिल्ला तहका नेता छन्।

हिमालको काखमूनि ओखरेनी

शनिबार, ११ फागुन २०७५

गुराँस फूल्दा गाउँ दुलही झैँ सिंगारिन्छ। पछिल्लो समय आन्तरिक पर्यटकको चासोमा पर्न थालेको गाउँमा स्थानीय होमस्टे (घरवास) सञ्चालनमा ल्याउने तयारीमा जुटेका छन्।

भूकम्पपछिको पुनर्निर्माण : ५७ हजार प्रभावित परिवारले घर पाए

मङ्गलबार, २९ माघ २०७५

२०७२ सालको भूकम्पबाट सर्वाधिक क्षति बेहोरेको सिन्धुपाल्चोक बौरिँदै जान थालेको छ। ५७ हजार प्रभावित परिवारले नयाँ घर पाएका छन्। सहरको छनक दिँदै ठडिरहेका गाउँ–बस्तीको पुनर्निर्माण लगभग अन्तिमतिर पुगेको छ।

ह्योल्मो एकीकृत बस्तीमा परम्पराको झल्को

सोमबार, २८ माघ २०७५

चर्चित पर्यटकीय गाउँ हेलम्बुको प्रवेशद्वार हो– तिम्बु बजार। तिम्बु हुँदै उकालो चढ्दा ह्योल्मो समुदायका पातला बस्ती छिचोलेपछि पुगिन्छ तेम्बाथाङ। लालीगुराँसलगायत घना बुट्यानबीच झन्डै सय रोपनी जग्गामा एउटै शैली र आकारमा घरहरू ठडिँदै छन्। न ठूला न साना, मझौला संरचना। हरियो रङका कर्कटपाताले छाइएका घरहरू चिटिक्क देखिन्छन्।

खुल्यो हेलम्बु

शनिबार, २६ माघ २०७५

ह्योल्मो समुदायको सुन्दर बस्ती–हेलम्बु। लाङटाङ राष्ट्रिय निकुञ्जले घेरेको हेलम्बु पर्यटकीय गाउँ पनि हो। लाङटाङ पदयात्राका लागि हेलम्बु चर्चित छ। यहाँका ह्योल्मो समुदाय जति मनकारी र  सहृदयी छन्, उति नै रमणीय छन् गाउँहरू। प्राकृतिक छटाले भरिपूर्ण छ हेलम्बु।

एकता प्रक्रिया छिट्टै टुंगोमा पुग्ने : अध्यक्ष दाहाल

बुधबार, २३ माघ २०७५

नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता प्रक्रिया छिट्टै टुंगोमा पुग्ने बताएका छन्। कुबिण्डेस्थित सेतीदेवी पञ्कन्या माविको ४२ औँ वार्षिकोत्सवको बुधबार उद्घाटन गर्दै उनले एकता प्रक्रिया टुंगोमा पुर्‍याउन आफू र नेतृत्व गम्भीर रहेको बताए।

जुरेपीडितले अझै पाएनन राहत

शुक्रबार, १८ माघ २०७५

साढे चार वर्षअघि एक सय ४५ सयको ज्यान जानेगरी भएको जुरे पहिरो घटनाका पीडितका नाममा संकलित राहत अहिलेसम्म वितरण गरिएको छैन छ। उनीहरूलाई तत्काल राहत उपलब्ध गराउन सरोकारवालाले माग गरेका छन्। संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने सांसद, पूर्वमन्त्री र राजनीतिक दलका प्रतिनिधिसमेतको उपस्थितिमा बिहीबार बसेको जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले पाँच गाउँ सुनकोसीमा विलय गराउने जुरे पहिरोबाट पीडित बनेकालाई राहत दिने विषयमा सरकारले लिएको निर्णय मान्य नहुने अडानसमेत लिएको छ।

बम्जन आश्रम प्रकरण : मुद्दा बलियो बनाउन ठोस प्रमाण बटुल्दै प्रहरी

सोमबार, ०७ माघ २०७५

तपस्वी भनिएका रामबहादुर बम्जनको आश्रमबाट अनुयायी बेपत्ता बनाएको जाहेरीमा सिन्धुपाल्चोक प्रहरी मुद्दा बलियो हुनेगरी ठोस प्रमाण बटुल्नतिर अग्रसर भएको छ। पहिलो चरणमा प्रहरी बम्जनको बाँडेगाउँस्थित तोड्केभिर आश्रमबाट बेपत्ता भएका मकवानपुर हैटौँडाका सञ्चलाल आइवाको अनुसन्धानमा केन्द्रित भइरहेको छ। बाँडेगाउँको आश्रमभित्रै सञ्चलालाई कुटिकुटी हत्या गरेर खाडल खनी गाडेको सार्वजनिक भएपछि प्रहरीले मुद्दा बलियो हुनेगरी ठोस प्रमाण जुटाउनतिर अनुसन्धान केन्द्रित बनाइरहेको हो।

पुनर्निर्माणमा व्यस्त दलित समुदाय

सोमबार, ०७ माघ २०७५

भूकम्पले थातथलोबाट खेदिएका नयनबहादुर बिक बाह्रविसेको खुर्साबारीस्थित कान्लेखेतमा घर बनाउन व्यस्त छन्। पुनर्निर्माण अन्तिम चरणमा पुग्दा घरले आकार लिएपछि उनी फुरुंग देखिन्छन्। नयनबहादुर गातीको कुखुरे गाउँका हुन्। भुँइचालोले घर मात्रै भत्काएन, बस्तीको चारैतिरबाट पहिरो लागेपछि उनी गाउँबाटै विस्थापित हुन बाध्य भए।

पुनर्निर्माणमा व्यस्त दलित समुदाय

बिहिबार, ०३ माघ २०७५

भूकम्पले थातथलोबाट खेदिएका नयनबहादुर बिक बाह्रविसेको खुर्सानीवारीस्थित कान्लेखेतमा घर बनाउन व्यस्त छन्। पुनर्निर्माण अन्तिम चरणमा पुग्दा घरले आकार लिएपछि उनी फुरुङ्ग देखिन्छन्।

सिंहदरवारको अधिकार गाउँमै पाउँदा घोर्थलीवासी दंग

बुधबार, ०२ माघ २०७५

गाउँमै नागरिकता प्रमाणपत्र १८ वर्षीय जिवा शेर्पा फुरुङ्ग थिए। स्थानीय विद्यालयमा १२ कक्षा पढ्ने उनले दुई वर्षअघि नै १६ वर्ष उमेर पूरा गरेपनि नागरिकता बनाउन सकेका थिएनन्। कारण थियो सदरमुकाम टाढा रहनु र खर्च अभाव हुनु।

बलेफी गाउँपालिकालाई जिल्ला स्तरीय फुलबलकाे उपाधि

आइतबार, २९ पुष २०७५

प्रथम बलेफी गाउँपालिका जिल्ला स्तरीय फुलबल प्रतियोगिताको उपाधि आयोजक बलेफी गाउँपालिकाले जितेकाे छ। प्रतियोगिताको विजेता बनेकाे बलेफीले नगद १ लाखसँगै १७ किलोका ट्रफी प्राप्त गर्‍याे।

बाह्रविसेको नगरसभा बस्न सकेन, सदस्यलाई बन्धक बनाएको प्रमुखको आरोप

शनिबार, २८ पुष २०७५

बहुमत सदस्यले ‘बहिस्कार’ गरेपछि बाह्रविसे नगरपालिकाको चौथो नगरसभा बस्न सकेन। विभिन्न ६ प्रस्तावमा छलफल गरी निर्णय गर्न नगरकार्यपालिकाले शुक्रबारलाई नगरसभा बोलाएको थियो।

तातोपानी नाका खोल्न यसरी हुँदैछ काम (भिडियो)

शुक्रबार, २७ पुष २०७५

चीन जोड्ने उत्तरको मुख्य तातोपानी नाका आगामी मे महिना भित्रमै सञ्चालनमा ल्याउने तयारी छ। २०७२ वैशाख १२ को विनासकारी भूकम्पपछि वार्षिक २० अर्ब रुपैयाँको कारोवार हुने यो नाका बन्द रहँदै आएको छ।

तालीमप्राप्त कुकुरकाे निगरानीमा बम्जनकाे बाँडेगाउँ आश्रम

बिहिबार, २६ पुष २०७५

अनुयायी हत्या गरी गाडिएको आशंकामा ‘तपस्वी’ रामबहादुर बम्जनको बाँडेगाउँ आश्रममा प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरी पुनः अनुसन्धान थालेको छ ।

बम्जन आश्रममा तालिम प्राप्त कुकुर परिचालन

बिहिबार, २६ पुष २०७५

अनुयायी हत्या गरी गाडिएको आशंकामा रामबहादुर बम्जनको बाँडेगाउँ आश्रममा प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरी पुनः अनुसन्धान थालेको छ।

ऋण फुकुवा नहुँदा पुनर्निर्माण प्रभावित

बिहिबार, २६ पुष २०७५

जापान सरकार सहयोग नियोग (जाइका) ले नेपाल सरकारलाई उपलब्ध गराएको ऋण सहयोग फुकुवा नहुँदा भूकम्पपछिको पुनर्निर्माण प्रभावित भएको छ। महालेखा नियन्त्रकको कार्यालय (मलेनिका) ले जाइकाको दोस्रो चौमासिक रकम फुकुवा नदिँदा पीडित अनुदान पाउनबाट वञ्चित भएका हुन्।

मलेनिकाले रोक्यो भूकम्पपीडितको अनुदान

बुधबार, २५ पुष २०७५

जापान सरकार सहयोग नियोग (जाइका) ले नेपाल सरकारलाई उपलब्ध गराएको ऋण सहयोग फुकुवा नहुँदा भूकम्पपछिको पुनर्निर्माण प्रभावित भएको छ । पीडितले महिनादेखि निजी आवास अनुदान पाउन सकेका छैनन् ।

बम्जन आश्रममा अनुयायी हत्या आरोप : अनुसन्धान जिम्मा सिन्धुपाल्चोक प्रहरीलाई

मङ्गलबार, २४ पुष २०७५

रामबहादुर बम्जनको बाँडेगाउँस्थित आश्रममा भएको अनुयायी सञ्चलाल तामाङ हत्या घटनाको अनुसन्धान गर्ने जिम्मेवारी सिन्धुपाल्चोक प्रहरीले पाएको छ। पीडित परिवारले दिएको जाहेरी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा दर्ता भएपछि अनुसन्धानको जिम्मेवारीसमेत उसैले पाएको हो।

Ncell Footer Ad