ध्रुव दङ्गाल

यसरी सञ्चालनमा आउँदै छ नेपालको ‘लाइफ लाइन’

बुधबार, १५ जेठ २०७६

चार वर्षदेखि बन्द नेपालको लाइफलाइन (जीवनरेखा) मानिने उत्तरको प्रमुख व्यापारिक केन्द्र तातोपानी नाका बुधबारबाट औपचारिक रुपमा सञ्चालनमा आउँदै छ।

अन्तत तातोपानीको विकल्प तातोपानी नै

मङ्गलबार, १४ जेठ २०७६

तातोपानी नाकाबाट वार्षिक २० अर्बको आयात र साढे २ अर्ब रुपैयाँको निर्यात व्यापार हुँदै आएको थियो। राज्यले वार्षिक पाँच अर्ब रुपैयाँ राज्य पाउँथ्यो।

चार वर्षपछि यसरी खुल्दैछ तातोपानी नाका

मङ्गलबार, १४ जेठ २०७६

ऊन बोकेर भित्रिने कन्टेनर हालको तातोपानी भन्सारमा ‘इन्ट्री’ गराएर बन्दरगाह पुग्ने छन्। यहीँबाटै सामग्री जाँचपास हुने तातोपानी भन्सार प्रमुख कृष्ण बस्नेतले बताए। उनका अनुसार जाँच र मुख्य कारोबार बन्दरगाहबाट हुने भए पनि हालको कार्यालय छोटी भन्सारको रुपमा सञ्चालनमा आउने छ।

कपालमा कैंची चलाउँदै शिक्षक

सोमबार, १३ जेठ २०७६

थुम्पाखरस्थित कोल्दौङदेवी मावि, टिमुरेका विद्यार्थी कपाल बढ्न थालेपछि चिन्तामा रहन्थे। खासगरी छात्रहरु लामो कपाल कहाँ गएर काट्ने भन्ने तनावमा हुन्थे। गाउँमा कपाल काट्ने सीप कोहीसँग थिएन। कपाल काट्नकै लागि उनीहरु गाउँबाट एक घन्टा पैदल हिँडेर र अर्को एक घन्टा बस चढेर बखाडिचौर बजार पुग्थे।

अरनिको राजमार्गको साधी खोलामा बेलिब्रिज

आइतबार, १२ जेठ २०७६

अरनिको राजमार्गको बाह्रविसेस्थित साधी खोलामा मोटरेबल पुल जडान गरिएको छ। चार वर्षदेखि बन्द रहेको उत्तरी व्यापारिक तातोपानी नाका सञ्चालनमा आउने भएपछि सवारी आवागमन सहज बनाउन साधी खोलामा बेलिब्रिज हालिएको हो।

बुधबारबाट तातोपानी नाका आंशिक सञ्चालनमा

आइतबार, १२ जेठ २०७६

तातोपानी नाकामा केही काम बाँकी भएकाले पूर्ण रुपमा सञ्चालनमा आउन अझै एक महिना लाग्नेछ। लामो समयदेखि बन्द नाका खुलेको सन्देश दिन तत्काललाई आंशिक सञ्चालनमा ल्याउन लागिएको हो।

गृहमन्त्रीद्वारा तातोपानी अनुगमन, बुधबारबाट नाका सञ्चालनमा

शनिबार, ११ जेठ २०७६

सञ्चालनको पूर्वसन्ध्यामा गृहमन्त्री रामबहादुर थापाले तातोपानी नाकाको सुरक्षा व्यवस्थाबारे जानकारी लिएका छन्। नाका सञ्चालनअघि तातोपानीमै पुगेर उनले नाकाको सुरक्षा अवस्था अनुगमन गरेका हुन्।

जुगलको काखमा गाउँ कार्यपालिका बैठक

बुधबार, ०८ जेठ २०७६

तीन हजार पाँच सय मिटर उचाइको जुगल आधार शिविरमा बसेको गाउँ कार्यपालिकाको २१औं बैठकले ने–पेमासाल घोषणा जारी गर्दै ने–पेमासाल बृहत्तर परियोजना सञ्चालन गर्ने निर्णय गरेको छ। ने–पेमासाल उपत्यका र दोस्रो शिविर बुम्बाशेर्पु आसपासलाई बैठकले विशेष क्षेत्र घोषणासमेत गरेको छ।

जुगलको काखमा गाउँ कार्यपालिका बैठक

मङ्गलबार, ०७ जेठ २०७६

तीन हजार पाँच सय मिटर उचाइको जुगल आधार शिविरमा बसेको २१ औं बैठकले ने–पेमासाल घोषणा जारी गर्दै ने–पेमासाल बृहत्तर परियोजना सञ्चालन गर्ने निर्णय गरेको छ। ने–पेमासाल उपत्यका र दोस्रो शिविर बुम्बाशेर्पु आसपासलाई बैठकले विशेष क्षेत्र घोषणासमेत गरेको छ।

टुल्के एक्लैले ठड्याए घर

सोमबार, ०६ जेठ २०७६

भुइँचालोले भत्काएको घर श्रमिक लगाएर बनाउने धेरै छन्। तर चौतारा साँगाचोकगढी नगरपालिका–४ कुबिन्डेका ४० वर्षीय टुल्के श्रेष्ठ भने अपवाद बनेका छन्। न परिवारको बलियो साथ न आर्थिक सबलता, चतुरे टोलका टुल्केले हिम्मत जुटाएर एक्लैले घर ठड्याए। ‘आँट र इच्छाशक्ति हुने हो भने नसकिने केही छैन,’ पुनर्निर्मित घरको छाना छाउँदै गर्दा भेटिएका उनले खुसी हुँदै बताए। टुल्केले तीन महिना लगाएर फराकिला दुई कोठासहितको घर ठड्याएका हुन्।

भुइँचालो पन्छाउँदै टुल्के एक्लैले ठड्याए घर

आइतबार, ०५ जेठ २०७६

२०७२ वैशाख १२ गतेको भूकम्प टुल्केको जीवनमा दुर्गती बनेर आयो। घर ढाल्यो, व्यवसाय चौपट भयो। भूकम्पमा १३ वर्षका जेठा छोरा गुमाए।

विद्यार्थीको कपाल काट्न शिक्षकलाई तालिम

शनिबार, ०४ जेठ २०७६

सिन्धुपाल्चोकको थुम्पाखरस्थित कोल्दौङदेवी मावि टिमुरेका विद्यार्थी कपाल बढ्न थालेपछि चिन्तामा रहन्थे। खासगरी छात्रहरु लामो कपाल कहाँ गएर काट्ने भन्ने तनावमा हुन्थे। गाउँमा कपाल काट्ने सीप कोहीसँग थिएन। कपाल काट्नकै लागि उनीहरु गाउँबाट एक घण्टा पैदल र अर्को एक घण्टा बस यात्राद्धारा खाडिचौर बजार पुग्थे। समय र पैसाको बर्बादी हुन्थ्यो, पढाइसमेत छुट्थ्यो।

नाम जस्तै स्वर्ग ने–पेमासाल (फोटो फिचर)

शनिबार, ०४ जेठ २०७६

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं. ३ मा अवस्थित ने–पेमासाल काठमाडौंबाट उत्तरतर्फ १ सय ४० किलोमिटर दुरीमा छ।

आयोग सदस्यसँग कैदीबन्दीको गुनासो

शनिबार, ०४ जेठ २०७६

सिन्धुपाल्चोक जिल्ला कारागारका कैदी, बन्दीले आफूहरुको जेल बसाइ सकसपूर्ण भएकाे गुनासो गरेका छन्।

आयोग सदस्यसँग कैदीबन्दीको गुनासो

शनिबार, ०४ जेठ २०७६

भूकम्पबाट क्षतिग्रस्त यो कारागारमा क्षमताको १२ गुणाभन्दा बढी कैदी, बन्दी राखिएका छन्। यहाँ एक सय १५ कैदी, बन्दी राखिएका छन्। पाठक कारगारभित्र प्रवेश गर्दा कैदी, बन्दी आफ्ना कोठा र शयन कक्षमा सुस्ताइ रहेका थिए।

बौरिँदै चीन जोड्ने घाँटी

मङ्गलबार, ३१ बैशाख २०७६

२०७२ वैशाख १२ को भूकम्पमा पहिरो खसेर तहसनहस भएको भोटेकोसी गाउँपालिकामा पर्ने नाकाका बजार बिस्तारै तंग्रिदै थिए। भूकम्पमा बचेका घर, होटल, पसलमा बिस्तारै चहलपहल सुरु हुँदै थियो। पहिरो खसेर पुरिएको सडक पन्छाएर सवारी गुड्न थालेका थिए। नाका सञ्चालनमा ल्याउन तातोपानी भन्सार, अध्यागमन, पशु र खाद्य क्वारेन्टाइनका कार्यालय र सुरक्षा एकाइ फर्केका थिए।

चौथो सिन्धु कप जावलाखेललाई

शनिबार, २८ बैशाख २०७६

चौथो संस्करणको सिन्धु कप फुटबल प्रतियोगिताको उपाधि ‘ए’ डिभिजन क्लब जावलाखेल युथ ललितपुरले जितेको छ।  स्थानीय लामोसाँघु मैदानमा शनिबार भएको फाइनलमा मोफसल क्लब गोर्खा युथ स्पोट्र्स भैरहवालाई ०–२ गोलले हराउँदै १० खेलाडीमा समेटिएको जावलाखेलले उपाधि चुमेको हो।

उत्तरी नाकामा पहिलो अत्याधुनिक सुक्खा बन्दरगाह

बिहिबार, २६ बैशाख २०७६

चीन जोड्ने उत्तरको प्रमुख व्यापारिक तातोपानी नाका आउँदो जेठ दोस्रो साताबाट सञ्चालनमा आउँदै छ। २०७२ वैशाख १२ को विनासकारी भूकम्पपछि वार्षिक २० अर्व रुपैयाँ कारोवार हुने यो नाका बन्द रहँदै आएको छ।

यस्तो बन्यो उत्तरी नाकामा पहिलो अत्याधुनिक बन्दरगाह (फाेटाे फिचर)

बुधबार, २५ बैशाख २०७६

चीन जोड्ने उत्तरको प्रमुख व्यापारिक तातोपानी नाका आउँदो जेठ दोस्रो साताबाट सञ्चालनमा आउँदै छ । २०७२ वैशाख १२ को विनासकारी भूकम्पपछि वार्षिक २० अर्ब रुपैयाँ कारोवार हुने यो नाका बन्द रहँदै आएको छ।

काममा फर्कंदै भन्सार कर्मचारी

बुधबार, २५ बैशाख २०७६

उत्तरको प्रमुख व्यापारिक तातोपानी नाका छिट्टै सञ्चालनमा आउने भएपछि भन्सार कर्मचारी फर्कने तयारीमा छन्। चार वर्षअघिको बिनासकारी भूकम्पसँगै नाकाबाट व्यापारिक कारोबार बन्द भएपछि तातोपानी भन्सार कर्मचारी विभागमा कार्यरत रहँदै आएका थिए।

Ncell Footer Ad