ध्रुव दङ्गाल

रोइदिनेसम्म कोही नबाँचेका ६ वर्ष अघिको संसार हलचल गराउने त्यो घटना

शुक्रबार, १७ साउन २०७६

घटनाले धेरैलाई एक्लो बनायो, कपतियको रोइदिनेसम्म कोही बाँचेनन्। तल्लो तटीय क्षेत्रका हजारौँ स्थानीयले त्रासले महिनौँसम्म घर छोडे।

चालु वर्षलाई एक अर्ब ४७ करोड बजेट

बिहिबार, १६ साउन २०७६

भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकका पीडितको निजी आवास, सम्पदा पुनर्निर्माण र जग्गा (घडेरी) व्यवस्थापनमा चालु आर्थिक वर्षका लागि एक अर्ब ४७ करोड रुपैयाँ छुट्याइएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जिमाली)मार्फत खर्च हुने गरी बजेटसहितको कार्यक्रम पठाएको हो।

बजेट विनियोजनसँगै गुम्बा पुनर्निर्माणको बाटो खुल्यो

बिहिबार, १६ साउन २०७६

पर्यटकीय गाउँ हेलम्बु, किउल, इचोक, बाँसखर्क, थाङपालकोट, भोताङ, बरुवालगायत हिमाली गाउँमा पुरातात्विक महत्वका दर्जनौं प्राचीन गुम्बा भत्किएका छन्। बजेट छुट्याइएकाले गुम्बाको पहिचान पुनः ब्युँतिने स्थानीयको विश्वास छ।

वडा कार्यालयमा आगजनी

बुधबार, १५ साउन २०७६

मेलम्ची नगरपालिका–१० को वडा कार्यालयमा आगो लगाइएको छ। आगालागीबाट कार्यालयमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् भने भवनमासमेत क्षति पुगेको छ।

चौतारामा बहुप्राविधिक शिक्षालय

बुधबार, १५ साउन २०७६

प्रदेश सरकारले शिक्षा क्षेत्रको गौरवको योजनाअन्तर्गत मकवानपुरको हेटौंडा र सिन्धुपाल्चोकको चौतारामा दुईवटा बहुप्राविधिक महाविद्यालय स्थापना गर्ने नीति अघि सारेको छ। महाविद्यालय स्थापनार्थ प्रदेशअन्तर्गत सामाजिक विकास मन्त्रालयले गत आवमै आवश्यक बजेट विनियोजन गरेको थियो।

प्रदेश सरकारको अगुवाईमा चौतारामा बहुप्राविधिक शिक्षालय

मङ्गलबार, १४ साउन २०७६

महाविद्यालयको अवधारणा अन्तर्गत प्रदेश नं. ३ सरकारको अगुवाइमा सदरमुकाम चौतारामा स्थापित दिनेश रामजी स्मृति बहुप्राविधिक शिक्षालय यसै शैक्षिक सत्रबाट सञ्चालनमा आउने भएको छ।

‘रिसोर्ट’ जस्तै सिन्धुका विद्यालय (फोटो फिचर)

बुधबार, ०८ साउन २०७६

रिसोर्ट जस्ता देखिने विद्यालय भवन अपांगमैत्री, बालमैत्री र छात्रामैत्री छन्। सोलारजडित विद्यालयमा खानेपानी र प्रशस्त धारा र आवश्यक शौचालय छन्। छात्र, छात्रा दुबैका लागि दिसा, पिसाव गर्ने छुट्टाछुट्टै शौचालयको व्यवस्था गरिएको छ। शौचालयका साथै पिउन र हातमुख धुन दुई खाले धारा बनेका छन्। शौचालय र खानेपानी धारामा ह्विलचियर चढेर अपांग विद्यार्थी सहजै पुग्न सक्छन्। शौचालयमा महिनावारी हुने छात्राका लागि इन्सिनेरेटर (प्याड फाल्ने संरचना) बनाइएको छ।

पर्यटक भित्र्याउन गीति बृत्तचित्र

शनिबार, ०४ साउन २०७६

पर्यटन वर्ष सन् २०२० लाई सघाउन बरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको स्वरमा सिन्धुपाल्चोकको चिनारी झल्कने गीति बृत्तचित्र सार्वजनिक गरिएको छ।

चौतारा नगरको बजेट सवा अर्ब

बुधबार, ०१ साउन २०७६

समृद्ध नगरको परिकल्पना गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि झण्डै सवा एक अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

चौतारा नगरको बजेट झण्डै सवा अर्ब

मङ्गलबार, ३१ असार २०७६

समृद्ध नगरको परिकल्पना गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाले आगामी आर्थिक वर्ष ०७६/७७ को लागि झण्डै सवा एक अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

लिपिङ खोलालाई लगानी जुट्यो

आइतबार, २९ असार २०७६

तिब्बत सीमावर्ती भोटेकोसी गाउँपालिकाको तातोपानीमा निर्माणाधीन १६.२६ मेगावाट क्षमताको लिपिङ खोला हाइड्रोपावरलाई लगानी जुटेको छ।

हेलम्बुमा बन्दै नेपाली ‘ग्रेट वाल’

आइतबार, २९ असार २०७६

चर्चित सुन्दर पर्यटकीय गाउँ हेलम्बुमा चीनको ‘ग्रेटवाल’को झल्को दिने गरी ६० किलोमिटर लामो हिमालयन पदमार्ग पर्खाल (ग्रेट टेल) बनिरहेको छ।

१६ मेगावाटको लिपिङ खोलालाई लगानी जुट्यो

शनिबार, २८ असार २०७६

तिब्बत सीमावर्ती भोटेकोसी गाउँपालिकाको तातोपानीमा निर्माणाधीन १६.२६ मेगावाट क्षमताको लिपिङ खोला हाइड्रोपावरलाई लगानी जुटेको छ। आयोजना निर्माण गरिरहेको हिमरिभरपावर प्रालि र एनएमबी बैंकबीच ऋण सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

७० हजार परिवार छानामुनि

शुक्रबार, २७ असार २०७६

२०७२ सालको भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकका ७० हजार प्रभावित परिवार छानोमुनि छिरेका छन्। भूकम्पपछिको पुनर्निर्माणमार्फत उनीहरू सुरक्षित बासस्थल छिरेका हुन्।

तातोपानी नाकाबाट सामग्री आयात हुन थाल्यो

मङ्गलबार, २४ असार २०७६

एक महिनाअघि पुनः सञ्चालनमा ल्याइएको चीन जाड्ने उत्तरको मुख्य तातोपानी नाकाबाट चिनियाँ सामग्री नेपाल भित्रन थालेका छन्। पछिल्लो एक साताबाट सुरु आयात कारोवार बिस्तारै बढ्दै गएको छ।

बाढीपहिरोमा परी दुईजना बेपत्ता,आधा दर्जन आयोजना क्षतिग्रस्त

सोमबार, २३ असार २०७६

बेपत्ताद्वय शिवश्री हाइड्रो पावरद्वारा निर्माणाधीन १ सय २२ मेगावाट क्षमताको सो आयोजनाको उपठेकेदार बेस स्ट्रक्चरका कर्मचारी हुन्।

जलविद्युत आयोजनामा कार्यरत दुई बेपत्ता, दुई घाइते

आइतबार, २२ असार २०७६

अविरल बर्षासँगै गएराति आएको बाढीले भोटेकोसी नदी करिडोर क्षेत्रमा रहेका विभिन्न पाँच जलविद्युत आयोजनामा व्यापक क्षति पुर्‍याउने क्रममा दुई कामदारलाई बगाएर बेपत्ता बनाएको छ। अन्य दुई घाइते भएका छन्।

हुस्सुभित्र हराउने मेलम्चीघ्याङको १३ वर्षदेखि सानदार नतिजा

शुक्रबार, १३ असार २०७६

सुन्दर तर निकै विकट हिमाली गाउँ हेलम्बुको मेलम्चीघ्याङ माविले परम्परा कायम राख्दै यो पटक पनि एसईई (माध्यमिक शिक्षा परीक्षा) मा बिरासत जोगाएको छ। बाह्रैमास हिउँले ढाक्ने, नभए धुम्म मेलम्चीघ्याङले विगत १३ वर्षदेखि लगातार सानदार नतिजा ल्याउँदै आएको छ। यो पटक पनि विद्यार्थीले विरासत जोगाएका छन्।

ठूला आयोजनामा मात्र बजेट विनियोजन नीति

आइतबार, १९ जेठ २०७६

लिसंखुपाखर गाउँपालिकाले आगामी आर्थिक वर्ष (आव)देखि ठूला आयोजनामा मात्र बजेट विनियोजन गर्ने नीति अघि सारेको छ। धेरै टुक्रे योजनामा छुट्ट्याइने वितरणमुखी बजेटले प्रतिफल दिन नसकेको निष्कर्ष निकाल्दै गाउँपालिकाले ठूला आयोजना बनाएर मोटो रकम विनियोजन गर्ने निर्णय गरेको हो। ‘गाउँपालिकाका सातवटै वडालाई ठूला योजना बनाउन भनेका छौं,’ चालु आवको योजना, कार्यक्रम र सेवा प्रवाहको अवस्थाबारे हालै आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिका अध्यक्ष कमल नेपालले दुई वर्षको अनुभव सुनाउँदै भने, ‘टुक्रे योजनाले लाभ दिने रहेनछ।’

ठूला योजनामा मात्र बजेट विनियोजन गर्ने नीति

शनिबार, १८ जेठ २०७६

सिन्धुपाल्चोकको सबैभन्दा कम आन्तरिक आम्दानी रहेको लिसंखुपाखर गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि ठूला योजनामा मात्र बजेट बिनियोजन गर्ने नीति अघि सारेको छ।

Ncell Footer Ad