ध्रुव दङ्गाल

मेलम्चीको सुरुङ निर्माणमा फर्के मजदुर

मङ्गलबार, २२ फागुन २०७४

ज्याला भूक्तानी माग गर्दै हड्तालमा उत्रिएका मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङ निर्माणमा संलग्न मजदुर पाँच दिनपछि काममा फर्केका छन्। सुरुङ निर्माणमा संलग्न इटालीयन ठेकेदार कम्पनी सिएमसीले ज्याला दिन बिलम्ब गरेको भन्दै बुधबार साँझदेखि उनीहरु काम रोकेर हड्तालमा उत्रिएका थिए।

चिटिक्क विद्यालय भवन पाउँदा विद्यार्थी दंग

मङ्गलबार, १५ फागुन २०७४

भूकम्पपछि त्रिपाल र जस्ताको अस्थायी टहरोमा पढ्दै आएका महाकाली सेतीदेवी आधारभूत विद्यालयका विद्यार्थीले भूकम्पप्रतिरोधी भवन पाएका छन्।

भूकम्पमा भागेका कैदीलाई थप कैद सजाय

आइतबार, १३ फागुन २०७४

सिन्धुपाल्चोक जिल्ला अदालतले भूकम्पको समयमा भागेर फरार रहेका ९८ कैदीबन्दीलाई थप कैद सजायको फैसला सुनाएको छ।

भूकम्पमा भागेका ९८ कैदीलाई थप सजाय

शुक्रबार, ११ फागुन २०७४

सिन्धुपाल्चोक जिल्ला अदालतले भूकम्पको समयमा भागेर फरार रहेका कैदीलाई थप कैद सजायको फैसला सुनाएको छ। जिल्ला न्यायाधीश दीपक खनालको इजलासले भूकम्पको समयमा भागेर अझै सम्पर्कमा नआएका ९८ जना कैदीलाई उक्त फैसला सुनाएको हो।

निर्माणाधीन बेलिब्रिज भासियो

बुधबार, ०९ फागुन २०७४

उत्तरी तातोपानी नाकालाई सडक मार्गमार्फत जोड्न अरनिको राजमार्गको लार्चामा निर्माणाधीन बेलिब्रिज भासिएको छ । पुल जोड्ने काम भइरहँदा मंगलबार भुँईं छुने गरी पुल भासिएको हो।

लार्चा पुल प्रकरण : निर्माणाधीन बेलिब्रिज भासियो

मङ्गलबार, ०८ फागुन २०७४

उत्तरी तातोपानी नाकालाई सडकमार्गमार्फत जोड्न अरनीको राजमार्गको लार्चामा निर्माणाधिन बेलिब्रिज भासिएको छ। पुल जोड्ने काम भइरहँदा मंगलबार भुँई छुने गरी पुल भासिएको हो।

२५ मेगावाटको म्याग्दी आयोजनालाई लगानी जुट्यो

सोमबार, ०७ फागुन २०७४

म्याग्दी जिल्लामा निर्माण हुने २५ मेगावाट क्षमताको म्यादी खोला जलविद्युत् आयोजनालाई तीन अर्ब रुपैयाँभन्दा बढी ऋण लगानी जुटेको छ।

रंगिन घर बने कात्तिके गाउँमा

आइतबार, ०६ फागुन २०७४

ढुंगामाटोको गाह्रो, काठैको प्रयोग । साना र मझौला आकारका संरचना । धेरै निलो अनि केही रातो, हरियो जस्तापाताको छपनी (छानो) ले सजिएका घर । तस्बिरको यो रंगिन बस्ती, भूकम्पपछि पुनर्निर्मित जलवीरको कात्तिके गाउँ हो ।

मेलम्ची आयोजना अन्तिम चरणमा

मङ्गलबार, ०१ फागुन २०७४

अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग एक महिनाभित्रै ‘ब्रेक थ्रु’ हुने भएको छ । जतिसक्दो चाँडो आयोजना सक्ने तदारुकता र लक्ष्यमा अन्यथा नभए मेलम्चीको पानी पिउने उपत्यकावासीको दुई दशक लामो सपना असारभित्रै पूरा हुने देखिएको छ।

पीडित ‘लोडबियरिङ’ संरचनामा आकर्षित

शुक्रबार, १९ माघ २०७४

भूकम्पपछिको पुनर्निर्माणमा जुटेका पीडित ‘लोडवियरिङ’ संरचनामा आधारित साना तथा मझौला किसिमका घरमा आकर्षित देखिएका छन् । ३३ महिनाअघिको विनाशकारी भूकम्पबाट परम्परागत ठूला र भद्दा संरचना ‘चिहान’ सरह रहेको बुझाइपछि पीडित प्रविधियुक्त सुरक्षित बलियो घर निर्माणमा आकर्षित देखिएका हुन् । परम्परागत संरचनाकै कारण भूकम्पबाट भौतिक र मानवीय हिसाबले सर्वाधिक क्षति बेहोरेका उनीहरूको सस्तो र आकर्षकसमेत देखिने भूकम्पप्रतिरोधी लोडबियरिङ घर रोजाइमा परेको हो ।

सिन्धुपाल्चोकमा ५० हजार घर पुनर्निर्माण हुँदै

सोमबार, १५ माघ २०७४

सीपयुक्त कामदार, प्राविधिक, निर्माण सामाग्री अभाव, लगातारको मुल्यवृद्धि र कालोबजारीका बाबजुद भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकका पीडितले पुनर्निर्माणलाई तीव्र बनाउँदै लगेका छन्।

भूकम्पपीडित कक्रक्क

बिहिबार, ११ माघ २०७४

भूकम्पपछिको तेस्रो हिउँद पनि अस्थायी टहरामा गुजारिरहेका पीडित बुधबारको झरीले थप कठ्यांग्रिएका छन् । हिमाली क्षेत्रमा झरीसँगैको हिमपातले पीडितका टहरामा ठिही निम्त्याएको छ भने जाडो ह्वात्तै बढ्दा मध्ये तथा बेंसी क्षेत्रकै जनजीवन प्रभावित भएको छ।

झरी र हिमपातले भूकम्प पीडितलाई झन् पीडा

बुधबार, १० माघ २०७४

तेस्रो हिउँद अस्थायी टहरोमा गुजारिरहेका भूकम्प पीडित बुधबारको झरीले थप कठ्यांग्रिएका छन्। हिमाली क्षेत्रमा झरीसँगैको हिमपातले पीडितका टहरोमा ठिही निम्त्याएको छ भने ह्वात्तै जाडो बढ्दा मध्ये तथा वेँसी क्षेत्रकै जनजीवन प्रभावित भएको छ।

मेलम्ची सुरुङ अन्तिम चरणमा

आइतबार, १६ पुष २०७४

मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग निर्माण अन्तिम चरणमा प्रवेश गर्दा ग्याल्थुम–अम्बाथान खण्ड ‘ब्रेक थ्रु’ भएको छ । शुक्रबार राति सुरुङमार्गका तीन खण्डमध्ये दोस्रो सबैभन्दा लामो ग्याल्थुम–अम्बाथान खण्ड ८.२ किलोमिटर सुरुङले जोडिएको हो ।

नयाँ वर्षमा सुन्दरीजलमा मेलम्चीको पानी

शुक्रबार, १४ पुष २०७४

मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग निर्माण अन्तिम चरणमा प्रवेश गर्दा ग्याल्थुम–अम्बाथान खण्ड ‘ब्रेक थ्रु’ भएको छ । शुक्रबार राति सुरुङमार्गका तीन खण्डमध्ये दोस्रो सबैभन्दा लामो ग्याल्थुम–अम्बाथान खण्ड ८.२ किलोमिटर सुरुङले जोडिएको हो  ।

सिन्धुपाल्चोकमा ४३ उम्मेदवारको जमानत जफत

शुक्रबार, २९ मङि्सर २०७४

सिन्धुपाल्चोकमा प्रतिनिधिसभा र प्रदेसभा निर्वाचनमा प्रत्यक्ष चुनावी मैदानमा उत्रिएका वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बाहेक अरु कसैले जमानत जोगाउन सकेनन् । ५५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा होमिएकोमा ४३ जनाको जमानत नै जफत भएको छ।

प्रत्यक्षभन्दा समानुपातिमा बदर मत बढी

शुक्रबार, २९ मङि्सर २०७४

सिन्धुपाल्चोकमा प्रत्यक्षको तुलनामा समानुपातिक चुनावमा तीन प्रतिशतभन्दा बढी मत बदर भएको छ । प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचनमा ७ दशमलव ३३ प्रतिशत मत बदर भएकोमा समानुपातिकमा भने १० दशमलव ९६ प्रतिशत भोट बदर भएको पाइएको हो ।

मतपेटिकालाई तीन घेराको सुरक्षा (फोटो फिचर)

सोमबार, ११ मङि्सर २०७४

जनमतले भरिएका मतपेटिकालाई तीन घेराको सुरक्षा दिइएको छ। मतपेटिका राखिएको भवनलाई निषेधित क्षेत्र घोषणा गर्दै तीन घेरामा रहेर नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिइरहेका हुन्।

माझी गाउँको सन्देश : भोजभतेरमा बिक्दैनौं, वाचा पूरा गर्नेलाई भोट

शुक्रबार, ०१ मङि्सर २०७४

चौतारा–दोलालघाट सडकको बन्देउबाट धुले सडक हुँदै केही अघि बढेपछि आउने जामुने गाउँका माझी युवा टहरोमा दलीय झण्डा गाढ्दै थिए। अलिपर एक्लेबेँसीमा उम्मेदवारका प्रचार सामग्री टाँस्न व्यस्त माझी युवाको अर्को टोली भेटियो। इन्द्रावती फाँटको झुम्म बस्ती महादेवटार अझ रंगिन थियो। टहरोको धुरीमा दलीय झण्डा फहराउँदै पाखा, भित्तैभरी छपक्क प्रचार सामग्री टाँसेर माझी समुदाय स्वागत साथ चुनावको व्यग्र प्रतिक्षा गरिरहेका छन्।

पशुपति सम्शेरको भोट माग्दै रेखा थापा

बिहिबार, ३० कार्तिक २०७४

चर्चित नायिक रेखा थापा बिहीबार साँगाचोक, भीमटारस्थित पिछडिएका अल्संख्यक समुदाय माझी गाउँमा भेटिइन। पर्दामा देखिइरहने उनलाई प्रत्यक्ष भेटेपछि स्थानीय माझी समुदायका महिला र बालबालिकाले घेरिहाले। आदरपूर्वक नमस्ते गर्दै उनले महिलाहरुसँग भलाकुसारी गरिन्। सञ्चो, बिसञ्चो र गाउँका दुःख, सुख सोधिन्। स्थानीय केटाकेटीसँगै परिचय गर्दै पढाइबारे जानकारी लिइन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad